ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा

  • Home
  • Nepal
  • Lumbini
  • ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा

ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा, Community Center, सुनछहरी गाउँपालिका ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा, Lumbini.
(1)

हाम्रो गाउँ–टोल हामी आफैँ बनाऔँ! 💪 युवा शक्ति भनेको समाजको ऐना हो। युवाहरूमा इच्छाशक्ति, एकता र सकारात्मक सोच भयो भने हरेक कुरा सम्भव छ। समाजको विकास र परिवर्तनका लागि अरूको मात्र मुख नताकी हामी आफैँ अघि बढ्नु आजको आवश्यकता हो।

आउनुहोस्, हातेमालो गरौ ।

📢 अत्यन्त जरुरी सूचनायस ऐँसेलुखर्क थर्न टोल विकास संस्था तथा माझिबाङ टोलका सम्पूर्ण जनसमुदायमा यो सूचना जारी गरिएको छ।यह...
21/09/2026

📢 अत्यन्त जरुरी सूचना

यस ऐँसेलुखर्क थर्न टोल विकास संस्था तथा माझिबाङ टोलका सम्पूर्ण जनसमुदायमा यो सूचना जारी गरिएको छ।

यही असोज ९ गते मकैबारीका घाँस–झार फुकाउने कार्य गर्नुपर्ने भएकाले त्यसअघि असोज ७ गते ऐँसेलुखर्क तथा माझिबाङ टोलका गाई–भैँसी चराउन जाने बाटोहरू निर्माण तथा मर्मत–सम्भार गर्ने कार्यक्रम रहेको हुँदा सम्पूर्ण टोलवासीहरूलाई अनिवार्य रूपमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौँ।

📅 मिति: असोज ७ गते
⏰ समय: बिहान ९:०० बजे
📍 स्थान: दलपती रोका मगर काकाको घरछेउको ठूलो डुङ्गा " पलेतो" मा
👥 कार्य: समूह विभाजन गरी गाई–भैँसी चराउने बाटो निर्माण तथा मर्मत–सम्भार

उक्त दिन सबै जना निर्धारित समयमा उपस्थित भई सामूहिक श्रमदानमा सहभागी हुन अनुरोध गर्दछौँ।

नोट: कुनै उचित कारणबिना उपस्थित नभएको अवस्थामा टोलको निर्णयअनुसार हाजिरीमा उल्लेख भएबमोजिम रु. ५०० (पाँच सय रुपैयाँ) टोल कोषमा जम्मा गर्नुपर्नेछ।

सबैको सहयोग र सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ।

ऐँसेलुखर्क थर्न टोल विकास संस्था
ऐँसेलुखर्क, सुनछहरी–७, रोल्पा

अत्यन्त जरुरी सूचना

यस ऐँसेलुखर्क थर्न टोल विकास संस्था तथा माझिबाङ टोलका सम्पूर्ण जनसमुदायमा यो सूचना जारी गरिएको छ।

यही असोज ९ गते मकैबारीका घाँस–झार फुकाउने कार्य गर्नुपर्ने भएकाले त्यसअघि असोज ७ गते ऐँसेलुखर्क तथा माझिबाङ टोलका गाई–भैँसी चराउन जाने बाटोहरू निर्माण तथा मर्मत–सम्भार गर्ने कार्यक्रम रहेको हुँदा सम्पूर्ण टोलवासीहरूलाई अनिवार्य रूपमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौँ।

📅 मिति: असोज ७ गते
⏰ समय: बिहान ९:०० बजे
📍 स्थान: दलपती रोका मगर काकाको घरछेउको ठूलो डुङ्गा " पलेतो" मा
👥 कार्य: समूह विभाजन गरी गाई–भैँसी चराउने बाटो निर्माण तथा मर्मत–सम्भार

उक्त दिन सबै जना निर्धारित समयमा उपस्थित भई सामूहिक श्रमदानमा सहभागी हुन अनुरोध गर्दछौँ।

नोट: कुनै उचित कारणबिना उपस्थित नभएको अवस्थामा टोलको निर्णयअनुसार हाजिरीमा उल्लेख भएबमोजिम रु. ५०० (पाँच सय रुपैयाँ) टोल कोषमा जम्मा गर्नुपर्नेछ।

सबैको सहयोग र सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौँ।

ऐँसेलुखर्क थर्न टोल विकास संस्था
ऐँसेलुखर्क, सुनछहरी–७, रोल्पा
#श्रमदान

13/09/2026

🎉 भाग्यशाली चिठ्ठा कार्यक्रम! 🎉
जलजला हार्डवेयर एण्ड प्लास्टिक पसल
रुइनीबाङ, सुनिल स्मृति गाउँपालिका, रोल्पा
अब सामान खरिद गर्नुहोस् र भाग्यशाली बन्ने अवसर पनि पाउनुहोस्!
👉 तपाईंले यस पसलबाट रु. १०,०००/- (दश हजार) वा सोभन्दा माथिको सामान खरिद गर्नुभयो भने तपाईंलाई भाग्यशाली चिठ्ठाको कुपन प्रदान गरिनेछ। 🎟️
🎁 भाग्यले साथ दियो भने जित्नुहोस्:
🏍️ एउटा TVS मोटरसाइकल
🗄️ एउटा दराज
सामान पनि खरिद गर्नुहोस्, आफ्नो भाग्य पनि जाँच्नुहोस्! ❤️
तपाईंको सानो खरिदले ठूलो उपहार जित्ने अवसर ल्याउन सक्छ। 🙏
👤 साहुजी: गोपाल पुन मगर “शेरे”
📞 सम्पर्क नं.: 9857822243
जलजला हार्डवेयर एण्ड प्लास्टिक पसल — गुणस्तरीय सामान, विश्वासिलो सेवा!
किनमेल गर्नुहोस्, भाग्य चम्काउनुहोस्! 🎟️🏍️🗄️
#चिठ्ठा

Purnima magar From Rolpa Resham Pun Magar Rimu R Magar

13/09/2026
10/09/2026

यही मिति २०८३ साल भाद्र २७ गते को दिन रोलबाङ् मावि को २०८२/८३ को लेखा परिक्षण हुने भएको हुँदा सबै अभिभावक हरु अनिवार्य रूपमा उपस्थित हुन अनुरोध गरिन्छ । ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा

ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा
05/09/2026

ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा

🙏 पहिरो पीडित परिवारका लागि राहत संकलन विवरण 🙏
सुनछहरी गाउँपालिका वडा नं. १, सेरम र गाममा गएको पहिरोमा परी ज्यान गुमाउनु हुनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ।
यस दुःखद् घडीमा ऐंसेलु खर्क थर्न टोल बाट पीडित परिवारहरूको सहयोगका लागि राहत रकम संकलन गरिएको छ। विभिन्न व्यक्तिहरूले आफ्नो इच्छाअनुसार गर्नुभएको सहयोगको विवरण निम्नानुसार रहेको छ।

सविना बुढा मगर र आस बहादुर बुढा मगरको जिम्मामा
१. कुल प्रसाद बुढा मगर — रु. ५००
२. बर्मान रोका मगर — रु. ५००
३. आस बहादुर बुढा मगर — रु. १५०
४. सविना बुढा मगर — रु. १००
५. दाँत बुढा मगर — रु. १००
६. सुक बहादुर बुढा मगर — रु. १००
७. भागिमाला बुढा मगर — रु. १००
८. विनिता रोका मगर — रु. १००
जम्मा: रु. १,६५०/-

सुनिल रोका मगरको जिम्मामा
१. शिशिर रोका मगर — रु. १,०००
२. जानसरा रोका मगर — रु. ५००
३. दिपसरा रोका मगर — रु. २००
४. सुनिल रोका मगर — रु. २००
५. गोमाला रोका मगर — रु. १००
६. बिरमाला रोका मगर — रु. १००
७. फर्क रोका मगर — रु. १००
८. सुबित्रा रोका मगर — रु. १००
९. जुन बहादुर रोका — रु. २००
१०. उनसरा रोका मगर — रु. १००
११. बिमा रोका मगर — रु. १००
१२. सिर कुमार रोका मगर — रु. १००
जम्मा: रु. २,८००/-

रामपुरा रोका मगर र सुकमाया बुढा मगरको जिम्मामा
१. रामपुरा रोका मगर — रु. २००
२. कुमारी रोका मगर — रु. २००
३. भक्त बहादुर रोका मगर — रु. १००
४. उजला बुढा मगर — रु. १००
५. श्याम रोका मगर — रु. १००
६. बुझिमाला रोका मगर — रु. १००
७. रज बुढा मगर — रु. १००
८. सुकमाया बुढा मगर — रु. १००
जम्मा: रु. १,०००/-

थर्नबाट बन्सिङ बुढा मगरको जिम्मामा
१. सन्ता कुमार बुढा मगर — रु. २००
२. भानिलाल बुढा मगर — रु. १५०
३. मन प्रसाद बुढा मगर — रु. १००
४. लालसरी बुढा मगर — रु. १००
५. कर्ण बहादुर बुढा मगर — रु. १५०
६. बन्सिङ बुढा मगर — रु. १००
७. रामु बुढा मगर — रु. १००
जम्मा: रु. ९००/-

कुल संकलित रकम
रु. ६,३५०/- (छ हजार तीन सय पचास रुपैयाँ मात्र)

यसरी दुःख र विपद्को समयमा ऐंसेलु खर्क थर्न टोलका दाजुभाइ तथा दिदीबहिनीहरूले आफ्नो क्षमताअनुसार गर्नुभएको सहयोगप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ। 🙏❤️
संकलित रु. ६,३५०/- रकम हाम्रो वडा कार्यालयमार्फत सम्बन्धित पहिरो पीडित परिवारहरूलाई सहयोग गर्नेछौँ।
सानो–सानो सहयोगले पनि पीडामा परेका परिवारलाई ठूलो हौसला दिन सक्छ। विपद्को यस घडीमा एक–अर्काको साथमा उभिनु नै हाम्रो मानवीय जिम्मेवारी हो। 🤝❤️
ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा । #राहत #सहयाेग #आर्थिकसहयाेग

महिनावारी हुनु महिलाहरूका लागि विज्ञान र प्रकृतिको नियमअनुसार हुने पूर्णतः प्राकृतिक प्रक्रिया हो। यसलाई लुकाउने, घृणा ग...
05/09/2026

महिनावारी हुनु महिलाहरूका लागि विज्ञान र प्रकृतिको नियमअनुसार हुने पूर्णतः प्राकृतिक प्रक्रिया हो। यसलाई लुकाउने, घृणा गर्ने वा अपमान गर्ने होइन, हामी सबैले सम्मान र सहज रूपमा स्वीकार गर्नुपर्छ। ❤️
तर, महिनावारीका समयमा प्रयोग गरिएका सेनेटरी प्याड तथा अन्य सामग्रीहरू बाटोघाटो, सार्वजनिक स्थान र खोलानालामा जथाभावी फाल्ने कार्य नगर्नुहोला। यसले वातावरण प्रदूषित हुनुका साथै दुर्गन्ध फैलिन र स्वास्थ्यमा समेत नकारात्मक असर पर्न सक्छ।
प्रयोग गरिसकेका प्याडहरूलाई राम्रोसँग बेरेर तोकिएको फोहोर व्यवस्थापन गर्ने स्थानमा राखौं।
महिनावारीलाई सम्मान गरौं, सरसफाइलाई पनि प्राथमिकता दिऔं।
स्वस्थ समाजका लागि सबैको जिम्मेवारीपूर्ण व्यवहार आवश्यक छ। 🙏 आज जेलबाङ जाँदा दलसरी रोका मगर बुजु को घरको छेउमा बाटोमा जे देखे त्यही हो यो ।
#महिनावारी_प्राकृतिक_हो
#सरसफाइ_हाम्रो_जिम्मेवारी
#वातावरण_जोगाऔं
#सचेतना_फैलाऔं #महिनावारी #मिन्स

ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा र माझिवाङ टोलको पुवा " अल्लो " यही मिति २०८३ भाद्र...
01/09/2026

ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा र माझिवाङ टोलको पुवा " अल्लो " यही मिति २०८३ भाद्र २६ गते फुकाउने निर्णय सर्वसहमतिले पारित गरियो । #पुवा #अल्लो

ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा को आर्थिक प्रतिवेदन तथा आय–व्यय विवरणआर्थिक वर्ष २...
01/09/2026

ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा को आर्थिक प्रतिवेदन तथा आय–व्यय विवरण
आर्थिक वर्ष २०६४ सालदेखि २०८२/०८३ श्रावण महिना सम्म
स्थान: ऐंसेलु खर्क, थर्न टोल
वडा नं.: ७, जेलबाङ
गाउँपालिका: सुनछहरी गाउँपालिका
जिल्ला: रोल्पा
विषय: संस्थाको विभिन्न कार्यकालको आय, खर्च तथा बचत रकम सम्बन्धी आर्थिक विवरण
ऐंसेलु खर्क थर्न टोल विकास संस्थाको २०६४ सालदेखि हालसम्म विभिन्न कार्यकालमा रहेको रकम, भएको खर्च, प्राप्त रकम तथा बाँकी रकमको विवरण पारदर्शिताका लागि निम्नानुसार प्रस्तुत गरिएको छ।
१. २०६४ सालदेखि २०७८ सालसम्मको पुरानो वडा कोष
जम्मा बचत रकम
रु. १,१७,२३१/-
(अक्षरेपी: एक लाख सत्र हजार दुई सय एकतीस रुपैयाँ मात्र)
उक्त रकमबाट भएको खर्च
खर्च विवरण
रकम
१, सन्ता बुढा मगरको घर जल्दा सहयोगस्वरूप दिएको
रु. ६,०००/-
२, विद्यालयको वायरिङ गर्दा दिएको
रु. ७,५००/-
३, धारा पेन्टिङ गर्दा खर्च भएको
रु. १४,७००/-
४, जेलबाङ स्वास्थ्य भवनलाई दिएको
रु. ३०,०००/-

जम्मा खर्च
रु. ५८,२००/-

बाँकी बचत
रु. ५९,०३१/- उक्त रकममध्ये राजु रोका मगरबाट आउन/तिर्न बाँकी रकम रु. ६,०१०/- रहेको छ।
२, २०७८ सालदेखि २०८० सालसम्मको रकम
रामजी बुढा मगर र सिरप्रसाद बुढा मगरहरूको पालामा रहेको बचत रकम:
जम्मा बचत रु. २८,६१०/-
(अक्षरेपी: अठ्ठाइस हजार छ सय दश रुपैयाँ मात्र)
हालसम्म प्राप्त रकम

रकम बुझाउने व्यक्तिको नाम
प्राप्त रकम
१, रामजी बुढा मगर
रु. १०,०००/-
२, गजवीर रोका मगर
रु. १०,०००/-
३, लालप्रकाश रोका मगर
रु. १,२००/-
जम्मा प्राप्त रकम रु. २१,२००/-
आउन बाँकी रकम रु. ७,४१०/-
जसमध्ये:
लालप्रकाश रोका मगरबाट आउन बाँकी: रु. १,८००/-
अन्य बाँकी रकम: रु. ५,६१०/-
रु. ५,६१०/- सम्बन्धित व्यक्तिहरू उपस्थित भएपछि छलफल गरी आवश्यक निर्णय गरिनेछ।
३. २०८१ सालदेखि २०८२ सालसम्मको रकम
सन्ते रोका मगरको कार्यकालमा रहेको बचत रकम:
जम्मा बचत रु. २९,४८२/-
हाम्रो कार्यकालमा बुझाइएको रकम: विवरण प्राप्त रकम
१, पहिलो पटक बुझाएको नगद रु. १०,०००/-
२, दोस्रो पटक बुझाएको रकम रु. १७,०००/-
जम्मा प्राप्त रकम रु. २७,०००/-
आउन बाँकी रकम रु. २,५००/-
उक्त रकम आसबहादुर बुढा मगरबाट आउन बाँकी रहेको छ।
४. हाम्रो कार्यकालमा २०८२/०८३ मा उठेको रकम
रकम प्राप्त भएको विवरण रकम
१, स्वर्गीय हर्क रोका मगरको चिनो बिसौनीबाट रु. ५,५३०/-
२, सन्ता बुढा मगर र रामु बुढा मगरबीचको सामान्य झैँ-झगडाको जरिवाना रु. २,५००/-
३, सुनिता बुढा मगरको काठ चिरेबापत रु. १,२००/-
४, सुनिल रोका मगरको काठ चिरेबापत रु. ७५०/-
५, धनबहादुर बुढा मगरले काठ बोकेको बापत रु. २,०००/-
६, भक्तबहादुर रोका मगर भीरमा आगो लगाउँदा नगएको बापत
रु. ५००/-
७, खानेपानी ट्याङ्की पेन्टिङ गर्दा १३ घरबाट उठेको रु. ११,७६५/-
८, पिल्ची पाउ भीरमा सन्ता बुढा मगरले खर काटेको बापत
रु. ६००/-
९, स्वर्गीय रथ रोका मगरको चिनो बिसौनीबाट रु. ४,१३५/-
१०, स्वर्गीय सुम्पुरा रोका मगरको चिनो बिसौनीबाट रु. ७,२५५/-
११, स्वर्गीय जान्से रोका मगरको मृत्युमा प्राप्त रकम रु. २,५००/-
१२, रज बुढा मगरले बिजुली जोडेको बापत रु. १०,०००/-
१३,सविना बुढा मगरको काठ बोकेको बापत रु. २,०००/-
हाम्रो कार्यकालमा जम्मा उठेको रकम रु. ४८,७३५/-
(अक्षरेपी: अरचालीस हजार सात सय पैंतीस रुपैयाँ मात्र)
५. हाम्रो कार्यकालमा भएको खर्च
खर्च विवरण रकम
१, रोल्बाङ माध्यमिक विद्यालयको खानेपानी मर्मतका लागि रु. ५,०००/-
२, खानेपानी पेन्टिङको हिसाब तथा जेलबाङ कार्यशाला/गोष्ठीका स्वयंसेवकहरूलाई दिएको रु. ११,३००/-
जम्मा खर्च
रु. १६,३००/-
(अक्षरेपी: सोह्र हजार तीन सय रुपैयाँ मात्र) हाम्रो कार्यकालमा हाल बचत रु. ३२,४३५/-
(अक्षरेपी: बत्तीस हजार चार सय पैंतीस रुपैयाँ मात्र)

समग्र आर्थिक विवरण
उपलब्ध विवरणअनुसार विभिन्न कार्यकालको रकम तथा हाम्रो कार्यकालमा उठेको रकम र खर्चको हिसाबसमेत गरी संस्थासँग रहेको कुल रकम: रु. १,३४,८२५/-
(अक्षरेपी: एक लाख चौँतीस हजार आठ सय पच्चीस रुपैयाँ मात्र)
निष्कर्ष तथा निर्णयका लागि
उपरोक्त आर्थिक विवरण संस्थाको पारदर्शिता, आय–व्यय विवरण सार्वजनिक गर्ने तथा भविष्यमा आर्थिक कारोबारलाई व्यवस्थित रूपमा अगाडि बढाउने उद्देश्यले तयार गरिएको हो।
पुराना कार्यकालबाट केही रकम विभिन्न व्यक्तिहरूबाट आउन बाँकी रहेको हुँदा सम्बन्धित व्यक्तिहरू उपस्थित भएपछि बैठक बसी आवश्यक छलफल तथा निर्णय गरी हिसाब मिलान गरिनेछ।
प्रमाणित गर्ने पदाधिकारीहरू
अध्यक्ष - सुनिल रोका मगर
उपाध्यक्ष - आस बहादुर बुढा मगर
सचिव - भन्सिङ बुढा मगर
कोषाध्यक्ष - जानमती रोका मगर
कार्यसमिति सदस्यहरू
१. नाम: सुकमाया बुढा मगर
२. नाम: लाल प्रकाश रोका मगर
३. नाम: रामपुरा रोका मगर

तयार गर्ने:
ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा
#ऐंसेलुखर्कआर्थिकविवरण

हाम्रो टोलको जनसमुदाय बाट थोरै सहयोग
25/01/2026

हाम्रो टोलको जनसमुदाय बाट थोरै सहयोग

जरुरी सूचना
10/01/2026

जरुरी सूचना

आज मिति २०८२/०९/२६ गतेको दिन ऐंसेलु खर्क टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा को अध्यक्ष श्री सुनिल रोका मगर को अध्यक्षता मा बैठक बसी तपशील को व्यक्ति हरुको रोबहरमा निम्न निर्णय गरियो ।
तपशील
१, सुनिल रोका मगर ( Sunil vlogs2 ) टोल विकास संस्थाका अध्यक्ष
२,आस बहादुर बुढा मगर /उपाध्यक्ष
३, रामपुरा रोका मगर सदस्य
४,लाल प्रकाश रोका मगर सदस्य
५ जा रोका मगर कोषअध्यक्ष
६, बन्सिङ बूढा मगर सचिव
७, सुकमाया बूढा मगर सदस्य
८, राम प्रसाद बूढा मगर , वडा सदस्य
साथै सम्पूर्ण ऐंसेलु खर्क टोल बासी दिदी बहिनी , दाजुभाई हरु
प्रस्ताव
१, दाले घाँस काट्ने सम्बन्धमा र कचलता दाउरा ल्याउने सम्बन्धमा।
२, कानुन विपरीत कार्य नगर्ने सम्बन्धमा ।
निर्णय
२०८२/०९/२७ गतेको दिन देखि तमाखे टोटके देखि माथि डाले घाँस फुकाउने काट्ने र सबैजना बिहान ६:३० बजे देखि ७ बजे सम्म तमाखे चौपाति मा जम्मा भएर सँगै घाँस काट्ने , साथै तोकिएको ठाउँ भन्दा तल माथि बाहिर अटेरी गरेर काटेमा रू - २,५००/- अक्षररूपी पच्चीस सय जरिमाना गरिनेछ । साथै प्रत्येक शनिबार काँचो कचलता दाउरा फुकाएर ल्याउने र शनिबार बाहेक अरु दिन काचलता काठ लिएको पाएमा रू - २,५००/- पच्चीस सय जरिमाना गरिनेछ। घाँसे डाला काट्दा रेखदेखको लागि तल्लो डेरा बाट फरक रोका मगर , माझ डेरा बाट रामपूरा रोका मगर र माथि डेरा बाट भागीमाला बूढा मगर लाई जिम्मा दिएका छौं । साथै गाउँघर टोल समाजमा कानुनले भर्जित गरेको कुनै पनि कार्य गर्न ससक्त मनाही गरिएको पनि जानकारी गराएका छौं । धन्यबाद।

Address

सुनछहरी गाउँपालिका ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा
Lumbini
22100

Website

Alerts

Be the first to know and let us send you an email when ऐंसेलु खर्क थर्न टोल विकास संस्था सुनछहरी ७ जेलबाङ ऐंसेलु खर्क रोल्पा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share