संसारलाइ यो बेला निायलेरा हेर्ने हो भने हाम्रो देश नेपाल ढुङ्गेय युग भन्दा अलिकति माथि मात्रै पुगेको देखिन्छ। परन्तु, यस देशको सम्पदा र संस्कृतिको हिसाबले हामी विश्वमा धनी छौ । तर यसको समुचित बिकास गर्न हामी जस्ता युवाहरुले केही गर्न पर्दछ भन्ने उद्धेश्यका साथ स्थापना भएको यस "श्री अलैंचे युवा क्लब "युवा जनशक्ती लाई प्रतिस्पर्धी बनाउन देश भर छरिएर रहेको ज्ञान , शिप, जोश, जागर, र अनुभव लाई एकिक्रित
गरी मानव बिकास सगै सुचना प्राबिधिक बिकासले विश्व विविध पक्षमा अघी बढीरहेको अवस्थामा चौतर्फी बिकास गर्ने लक्ष्य राखी ग्रामीण क्षेत्रको समुदाय को स्वास्थ्य ,शिक्षा ,खेलकुद ,वन तथा बातावरण ,ग्रामीण पर्यटन कृषि ,पशुपालन ,नदिनाला र संस्कृतिक सम्पदाको संरक्षण र बिकास गर्न तथा मानबिय आवश्यकताहरुको परिपुर्तिका लागि स्थानिय श्रोत र साधन हरुको पहिचान र उचित ब्यबस्थापन गरी एकिक्रित सामुदायिक बिकासको माध्यम बाट दिगो बिकास र आत्मनिर्भर समाजको निर्माण गर्ने यस् संस्था को उद्धेश्य रहेको छ।
साथै , यस सामाजिक कार्यका लागि तपाईं हामी सबैको अावश्यकता भएको हुनाले हाम्रो उद्धेश्य राम्रो लागेमा यस संस्थाको बिधान अनुशार यस् क्लबमा सहभागि भएर सामाजिक कार्य मार्फत समाज र देश बिकासमा टेवा पुर्याउ भन्ने अनुरोध गर्न चाहन्छौ ।