30/07/2026
परामर्श कार्यक्रम:
नेपालमा सामुदायिक रेडियो: अबको बाटो कता?
मिति: १८ साउन २०८३, सोमबार
समय: ११-१२:३० सम्म
कार्यक्रम अमार्कको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण (Facebook Live) गरिनेछ।
Link: https://www.facebook.com/AMARCAsiaPacific
यस परामर्श कार्यक्रममा सहभागी सामुदायिक रेडियोकर्मीहरूले नेपालको सामुदायिक प्रसारण क्षेत्रलाई अझ सशक्त बनाउन आवश्यक व्यावहारिक उपायहरू बारे छलफल गर्नेछन्। कार्यक्रममा प्राप्त हुने सुझावहरू सामुदायिक रेडियोहरू, नीति निर्माताहरू, नियामक निकायहरू तथा विकास साझेदारहरूसँग साझा गरिनेछन्।
छलफलका प्रमुख विषयहरू निम्नानुसार हुनेछन्:
१. नेपालको सामुदायिक रेडियो क्षेत्रको वर्तमान अवस्था तथा संस्थागत, आर्थिक, प्राविधिक र जनशक्ति सम्बन्धी चुनौतीहरू।
२. सामुदायिक प्रसारणलाई सुदृढ बनाउन आवश्यक नीति, कानुन तथा नियामक सुधारहरू।
३. विपद् सञ्चार, जलवायु परिवर्तन अनुकूलन, आदिवासी तथा स्थानीय ज्ञान, स्थानीय भाषा, लैङ्गिक समानता, सामाजिक समावेशीकरण, शान्ति निर्माण, स्थानीय लोकतन्त्र, सार्वजनिक स्वास्थ्य, युवा नेतृत्व तथा गलत सूचना र दुष्प्रचारविरुद्ध सामुदायिक रेडियोको विशिष्ट योगदान।
४. सामुदायिक चरित्र, स्थानीय स्वामित्व र सार्वजनिक विश्वास कायम राख्दै परिवर्तनशील सञ्चार तथा डिजिटल प्रविधिसँग सामुदायिक रेडियोले कसरी अनुकूलन गर्न सक्छ।
५. डिजिटल प्लेटफर्महरूको प्रयोग, आवश्यक नयाँ सीप तथा भविष्यका अवसरहरू।
६. आगामी पाँच वर्षमा सामुदायिक रेडियो, सरकार, नागरिक समाज, विश्वविद्यालय, विकास साझेदार तथा अन्य सरोकारवालाबिच आवश्यक सहकार्य र साझा प्राथमिकताहरू।
नेपालमा सामुदायिक प्रसारणप्रति रुचि राख्ने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूलाई तलको फेसबुक लिङ्कमार्फत प्रत्यक्ष प्रसारणमा सहभागी हुन हार्दिक निमन्त्रणा छ।
कार्यक्रम हेर्दै आफ्ना प्रश्न, टिप्पणी तथा सुझावहरू फेसबुकमा लेख्नुहोस्। प्राप्त भएका केही प्रश्न तथा टिप्पणीहरू कार्यक्रम सञ्चालकद्वारा प्रत्यक्ष छलफलमा समावेश गरिनेछन्।
कार्यक्रम सञ्चालक: सुवास खतिवडा
आयोजक: अमार्क एसिया-प्रशान्त कार्यालय क्षेत्रीय कार्यालय