05/07/2026
हाम्रा छिमेकी देशहरूबाट सिक्ने समय आएको छ।
बङ्गलादेश आज सेमिकन्डक्टर डिजाइन र उद्योगको विकासमा तीव्र गतिमा अघि बढिरहेको छ। यस यात्रामा सरकार, स्थानीय कम्पनीहरू, प्राविधिक समुदाय र प्रवासी बङ्गलादेशी (Diaspora) सबैले उल्लेखनीय भूमिका निर्वाह गरिरहेका छन्।
नेपालले बङ्गलादेश र पाकिस्तानका अनुभवबाट सिक्न आवश्यक छ। अर्कोतर्फ, भारत भने सेमिकन्डक्टर डिजाइनको क्षेत्रमा निकै अगाडि पुगिसकेको छ। भारतले सेमिकन्डक्टर चिपको फ्याब्रिकेसन (Fabrication) र प्याकेजिङ (Packaging) मा अर्बौं डलर लगानी गरिरहेको छ र राष्ट्रिय सेमिकन्डक्टर रणनीति तथा नीति कार्यान्वयन गर्दै दीर्घकालीन इकोसिस्टम निर्माणमा केन्द्रित छ।
नेपालमा पनि सेमिकन्डक्टर डिजाइन, चिप डिजाइन, एम्बेडेड प्रणाली र VLSI जस्ता क्षेत्रमा लगानी, जनशक्ति विकास, अनुसन्धान, उद्योग–विश्वविद्यालय सहकार्य र स्पष्ट राष्ट्रिय रणनीति आवश्यक छ।
यदि आजदेखि तयारी सुरु गरियो भने, नेपाल पनि विश्वव्यापी सेमिकन्डक्टर मूल्य शृङ्खलामा आफ्नो स्थान बनाउन सक्षम हुनेछ। अब भविष्यका प्रविधिमा लगानी गर्ने समय आएको छ।
For Bangladesh, the question is no longer whether to join the global chip industry but how and who will do the building