26/08/2026
🚨🚨‼️ 🦺🛟 सूचना सूचना‼️ 🚨 🚨🦺🛟
नेपाल स्काउटका सम्पुर्ण सदस्यहरुलाई तयारी अवस्थामा रहन अत्यन्त जरुरी सूचना !
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्रमा उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नुहुन अनुरोध छ। साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ।
स्काउटहरूका लागि विशेष निर्देशन:
यस विपद्को घडीमा उक्त क्षेत्रका सम्पूर्ण स्काउट लिडर, रोभर/रेन्जर र स्काउट सदस्यहरूलाई आफ्नो व्यक्तिगत सुरक्षाको पूर्ण ख्याल राख्दै, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी सुरक्षित रूपमा सूचना प्रवाह गर्न र आवश्यक उद्धार कार्यमा सहयोग पुर्याउन विशेष आह्वान गरिन्छ।