United Fellowship Nepal - LANDU

United Fellowship Nepal - LANDU (School of recovery)
our youtube channel :United Fellowship Nepal

03/08/2026
03/08/2026

आज United Fellowship Nepal संस्थालाई संगीत, ध्यान Meditation तथा सचेतना Awareness कार्यक्रमलाई सफलतापूर्वक सञ्चालन गरिदिनुभएकोमा हामी United परिवारका सम्पूर्ण सदस्यहरूको तर्फबाट आदरणीय गुरु स्वामी प्रेमसंगीतज्यू प्रति हार्दिक नमन तथा गहिरो कृतज्ञता व्यक्त गर्दछौं।

तपाईंको प्रेरणादायी मार्गदर्शन, सकारात्मक ऊर्जा तथा समाजप्रतिको समर्पणले हामी सबैलाई नयाँ सोच, सकारात्मक दृष्टिकोण र उज्ज्वल भविष्यतर्फ अघि बढ्न महत्वपूर्ण प्रेरणा प्रदान गरेको छ। उक्त अमूल्य साथ, सहयोग र उपस्थिति हाम्रो संस्थाका लागि सदैव स्मरणीय रहनेछ।

आगामी दिनहरूमा पनि यस्तै आत्मीय सहकार्य, मार्गदर्शन र सहयोग निरन्तर प्राप्त हुने विश्वासका साथ, दुर्व्यसनमुक्त, सभ्य तथा सचेत समाज निर्माणको अभियानमा तपाईंको भूमिका अझ सशक्त र प्रभावकारी रहिरहोस् भन्ने हाम्रो हार्दिक अपेक्षा छ।

14/07/2026

आज हाम्रो संस्थामा साइकोसोसियल काउन्सिलर तथा प्रशिक्षक आदरणीय दिपेश शाही ठकुरीज्यू तथा उहाँको सम्पूर्ण टिमद्वारा उपचाररत सेवाग्राहीहरूका लागि विशेष प्रेरणादायी (Motivational) तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरियो।
उक्त कक्षामार्फत उपचारको यात्रामा रहेका सहभागीहरूलाई आत्मविश्वास, सकारात्मक सोच, जीवनप्रतिको आशा र पुनःस्थापनाको महत्वबारे प्रेरणा प्रदान गरिएको थियो।
"नशालाई त्यागौं, स्वस्थ जीवन अपनाऔं। उपचार सम्भव छ।" भन्ने सशक्त सन्देशसँगै दुर्व्यसन कुनै नैतिक कमजोरी होइन, यो उपचार गर्न सकिने रोग हो। त्यसैले दुर्व्यसनमा परेका व्यक्तिलाई हेला, अपमान वा सामाजिक बहिष्कार होइन, समयमै उपचार र आत्मीय साथ दिनु हामी सबैको सामाजिक दायित्व हो भन्ने महत्वपूर्ण सन्देश पनि प्रदान गरिएको थियो।
यस महत्वपूर्ण तथा भावनात्मक कक्षाका लागि आदरणीय दिपेश शाही ठकुरीज्यू तथा उहाँको सम्पूर्ण टिमप्रति संस्थाको तर्फबाट हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौं। यस्ता प्रेरणादायी कार्यक्रमहरूले धेरै जीवनमा नयाँ आशा, नयाँ ऊर्जा र नयाँ सुरुवातको ढोका खोलिरहून् भन्ने शुभकामना व्यक्त गर्दछौं।

“मनलाई जित्नु हजार युद्ध जित्नुभन्दा ठूलो विजय हो।”बुद्ध जयन्तीको हार्दिक शुभकामना!
01/05/2026

“मनलाई जित्नु हजार युद्ध जित्नुभन्दा ठूलो विजय हो।”
बुद्ध जयन्तीको हार्दिक शुभकामना!

Address

Lamatar-9
Lalitpur

Telephone

+9779851161363

Website

Alerts

Be the first to know and let us send you an email when United Fellowship Nepal - LANDU posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to United Fellowship Nepal - LANDU:

Shortcuts

Share