22/09/2026
आफ्नो भाद्र १७ गते परेको जन्मदिनको खुसी विशेष आवश्यकता भएका हाम्रा विद्यार्थीहरूसँग चकलेट वितरण गरी साट्नुभएकोमा श्री कृष्ण प्रसाद शर्मा ज्यु प्रति हार्दिक आभार व्यक्त गर्दछौं।
साथै, आज उहाँलाई यस सि आशा फाउन्डेसन को विशिष्ट सदस्यता प्रमाणपत्र प्रदान गर्दै हाम्रो परिवारमा हार्दिक स्वागत गर्न पाउँदा हामी अत्यन्त हर्षित छौं।
तपाईंको सहयोग, सद्भाव र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताले विशेष आवश्यकता भएका बालबालिकाको जीवनमा आशा, हौसला र उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएका छौ ।
समस्त
सि आशा फाउन्डेसन परिवार
आशा बिशेष पाठशाला तथा पुनस्र्थापना केन्द्र