13/02/2026
Previously, we purchased school uniforms from the market. Now, we have supported two members of our women’s group to sew uniforms for our children.पहिले हामी विद्यालयको पोशाक बजारबाट खरिद गर्थ्यौं। अब भने, हाम्रो महिला समूहका दुई सदस्यलाई विद्यालय पोशाक सिलाउने अवसर प्रदान गरेका छौं।
In the first batch, they prepared 39 uniforms, generating a combined additional income of NPR 35,000 in just 1.5 months, on top of their regular earnings. This has created meaningful local employment and strengthened their financial independence. पहिलो चरणमा उहाँहरूले ३९ सेट पोशाक तयार गर्नुभयो र डेढ महिनामा आफ्नो नियमित आम्दानी बाहेक थप रु. ३५,००० कमाउन सफल हुनुभयो। यसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै आर्थिक आत्मनिर्भरता पनि बढाएको छ।
Even more inspiring, they voluntarily decided to contribute NPR 100 per uniform back to the women’s group for the common good. झन् प्रेरणादायी कुरा त के छ भने, उहाँहरूले स्वेच्छाले प्रत्येक पोशाकबाट रु. १०० महिला समूहको साझा हितका लागि योगदान गर्ने निर्णय गर्नुभएको छ।
They will continue receiving uniform orders throughout the academic cycle, ensuring ongoing income opportunities. Importantly, this initiative is still more affordable than purchasing from the market. उहाँहरूले शैक्षिक वर्षभरि नै विद्यालय पोशाकको अर्डर पाउने हुनुहुन्छ, जसले निरन्तर आम्दानी सुनिश्चित गर्नेछ। साथै, यो पहल बजारबाट किन्नुभन्दा अझै सस्तो छ।
This effort is empowering women, encouraging families, and building a stronger community together. यसले महिला सशक्तिकरण, परिवारको उत्साह, र समुदायको एकता अझ बलियो बनाएको छ।