Queer Youth Group

Queer Youth Group Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Queer Youth Group, Youth Organization, Lalitpur.
(1)

- We are hiring PoMSOGIESC (LGBTIQAP+) person in the position of Legal Assistance.- Anyone who is in the spectrum of int...
01/12/2024

- We are hiring PoMSOGIESC (LGBTIQAP+) person in the position of Legal Assistance.

- Anyone who is in the spectrum of inters*x, transgender, trans man, trans woman, non-binary, gay, le***an, bis*xual, as*xual, pans*xual and so on, can apply for this position. Priority shall be given to inters*x, transgender and non-binary individuals.
- You must be a citizen of Nepal to apply for this position.

- You must be BALLB Student.
- minimum qualification third year passed.

- You must have knowledge of administrative procedures and court procedures.

- You must be proficient in Khas (Nepali) language.

- Can work both individually and in a team.

- Previous experience is not required, but please mention it if you have it.

- Deadline: December 15, 2024

- Please email your application to [email protected]

- Applications sent through any other medium may go unnoticed.

- Email subject must be “Application for Legal Assistant"

#क्वयेर_युथ_ग्रुप

- हामी कानूनी सहायकको पदका लागि सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू (लैङ्गिक तथा यौनि...
01/12/2024

- हामी कानूनी सहायकको पदका लागि सिमान्तकृत यौन अभिमुखिकरण, लैङ्गिक पहिचान तथा यौन विशेषताका व्यक्तिहरू (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरू) लाई नियुक्ती गर्दैछौँ ।

- अन्तरलिङ्गी व्यक्ति, पारलैङ्गिक व्यक्ति (पारलैङ्गिक महिला, पारलैङ्गिक पुरुष), गैर-द्वयसांखिक व्यक्ति, समयौनिक व्यक्ति, द्वियौनिक व्यक्ति, अयौनिक व्यक्ति, सर्वयौनिक व्यक्ति इत्यादीले यस पदमा आवेदन दिन सक्छन् । त्यसमध्ये अन्तरलिङ्गी व्यक्ति, पारलैङ्गिक तथा गैर-द्वयसांखिक व्यक्तिहरूलाई प्राथमिकता दिइनेछ ।

- आवेदक नेपाली नागरिक हुनुपर्छ ।

- आवेदक BALLB को विध्यार्थी ।

- आवेदकले कम्तिमा BALLB तेस्रो वर्ष उत्तीर्ण गरेको हुनुपर्छ ।

- प्रशासनिक प्रक्रिया तथा अदालती प्रक्रिया सम्बन्धी ज्ञान भएको हुनुपर्छ ।

- खस (नेपाली) भाषामा दक्षता हुनुपर्छ ।

- एकल रूपमा र सहकार्यमा दुबै ढङ्गले काम गर्न सक्ने हुनुपर्छ ।

- पूर्व अनुभव अनिवार्य छैन । तर भएमा भन्नुहोला ।

- मिति २०८१ मंसिर ३० गते सम्म आवेदन खुल्ला छ ।

- कृपया आफ्नो आवेदन [email protected] मा ईमेल गर्नुहोला । यस बाहेक अन्य माध्यमबाट पठाइएका आवेदन हेरिनेछैन ।

- ईमेलको विषय "कानूनी सहायकको लागि आवेदन" हुनुपर्छ ।

#क्वयेर_युथ_ग्रुप

World Aids Day, 2024"HIV doesn't define you—love and support does".On World AIDS Day, let's stand together, break the st...
01/12/2024

World Aids Day, 2024

"HIV doesn't define you—love and support does".

On World AIDS Day, let's stand together, break the stigma, and celebrate the strength of those living with HIV.

#क्वयेर_युथ_ग्रुप

वश्व रोग प्रतिरोधात्मक क्षमता ह्रास लक्षणबृत्त (AIDS) दिवस, २०८१“एचआईभीले तपाईँलाई परिभषित गर्दैन - माया र समर्थनले तपाई...
01/12/2024

वश्व रोग प्रतिरोधात्मक क्षमता ह्रास लक्षणबृत्त (AIDS) दिवस, २०८१

“एचआईभीले तपाईँलाई परिभषित गर्दैन - माया र समर्थनले तपाईँलाई परिभषित गर्दछ” ।

वश्व एड्स दिवसको दिनमा हामी एक साथ उभिऔँ, लाञ्छनालाई तोडौँ र मानव रोग प्रतिरोधात्मक क्षमता ह्रास विषाणु (HIV) भएका व्यक्तिहरूको शक्तिलाई कदर गर्दै मनाऔँ ।

#क्वयेर_युथ_ग्रुप

WoW Festival 2024!!The British Council organized the World of Women (WoW) Arts Festival from November 23 to 24 at Naksha...
26/11/2024

WoW Festival 2024!!

The British Council organized the World of Women (WoW) Arts Festival from November 23 to 24 at Nakshal Narankhya (Narayanchaur), Yen (Kathmandu), which highlights the struggles faced by women and girls and celebrates their achievements.

We also had the opportunity to participate in this event and organize a fundraising event for the LGBTIQ+ community. It was a wonderful time to spread love, exchange knowledge, and make connections with individuals and organizations.

#क्वयेर_युथ_ग्रुप

वाउ (WoW) महत्सव २०८१ !!ब्रिटिश काउन्सिल (British Council) ले २०८१ साल मंसिर ८ देखि ९ गतेसम्म नक्साल नारांख्यः (नारायण च...
26/11/2024

वाउ (WoW) महत्सव २०८१ !!

ब्रिटिश काउन्सिल (British Council) ले २०८१ साल मंसिर ८ देखि ९ गतेसम्म नक्साल नारांख्यः (नारायण चौर), येँ ( काठमाडौँ ) मा आयोजना गरेको थियो । विश्वको महिला (WoW) कला महत्सव मार्फत् महिलाहरूले भोग्नु पर्ने संघर्षलाई उजागर गर्नुका साथै उनीहरूको उपलब्धि हासिललाई कदर गर्दै मनाउँदै आइरहेको छ ।

हामी पनि यस कार्यक्रममा सहभागी भई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक जनसंख्याका लागि आर्थिक स्रोत सङ्कलन कार्यक्रमको आयोजना गर्ने अवसर पाएका थियौँ । यस कार्यक्रममा सहभागी भएका व्यक्ति विशेष तथा संस्थाहरूसँग माया अनि जानकारी आदान-प्रदान गरी सम्बन्ध बनाउने एउटा रामाइलो अवशर थियो ।

#क्वयेर_युथ_ग्रुप

Legal Literacy for Transgender Persons !!The "Legal Literacy for Transgender Persons" program, organized by Q***r Youth ...
17/11/2024

Legal Literacy for Transgender Persons !!

The "Legal Literacy for Transgender Persons" program, organized by Q***r Youth Group on November 16, 2024, in Kathmandu, has been successfully concluded. The program focused on providing information to transgender persons about their legal rights and procedures on how to change your name and gender marker on official papers such as citizenship, educational certificate, passport, etc. Financial support was provided by the United States Embassy in Nepal.


#क्वयेर_युथ_ग्रुप #पारलैङ्गिकव्यक्ति #कानूनीसाक्षरता #लैङ्गिकपहिचान

पारलैङ्गिक व्यक्तिहरूका लागि कानूनी साक्षरता !!२०८१ मंसिर १ गतेको दिन काठमाण्डौँमा क्वयेर युथ ग्रुपद्वारा आयोजना गरिएको ...
17/11/2024

पारलैङ्गिक व्यक्तिहरूका लागि कानूनी साक्षरता !!

२०८१ मंसिर १ गतेको दिन काठमाण्डौँमा क्वयेर युथ ग्रुपद्वारा आयोजना गरिएको "पारलैङ्गिक व्यक्तिहरूका लागि कानूनी साक्षरता" कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ । यस कार्यक्रमले पारलैङ्गिक व्यक्तिहरूलाई आफ्नो व्यक्तिगत कागजातहरूमा नाम तथा लैङ्गिक विवरण संशोधन प्रक्रियाको बारेमा जानकारी प्रदान गर्नुमा ध्यान केन्द्रत गरिएको थियो । संयुक्त राज्य अमेरिकाको नेपालस्थित राज्दुतावास मार्फत आर्थिक सहयोग प्रदान गरिएको छ ।


#क्वयेर_युथ_ग्रुप #पारलैङ्गिकव्यक्ति #कानूनीसाक्षरता #लैङ्गिकपहिचान

केप टाउनमा २०२४ विश्व स.द्वि.पा.अ वित्तपोषण सम्मेलन (The Global LGBTI Funding Summit) मा क्वयेर युथ ग्रुपको सहभागिता ।वि...
14/11/2024

केप टाउनमा २०२४ विश्व स.द्वि.पा.अ वित्तपोषण सम्मेलन (The Global LGBTI Funding Summit) मा क्वयेर युथ ग्रुपको सहभागिता ।

विश्व परोपकार परियोजना (Global Philanthropy Project) ले २०८१ साल कर्तिक २४ देखि २६ गतेसम्म केप टाउन, दक्षिण अफ्रिकामा आयोजना गरिएको विश्व स.द्वि.पा.अ वित्तपोषण सम्मेलन (The Global LGBTI Funding Summit) ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक व्यक्तिहरूको मानव अधिकारको लागि परोपकारी सहयोग कार्य अघि बढाउने विषयमा ध्यान केन्द्र गरिएको छ । यस कर्यक्रममा विश्वभरीबाट स.द्वि.पा.अ (LGBTI) समुहहरूको समानता तथा समावेशी विकास कार्य गरिआएका करिब दुई सय दातृहरू भेला भएका थिए ।

ईश्वी २०२४ को विश्व स.द्वि.पा.अ वित्तपोषण सम्मेलनमा क्वयेर युथ ग्रुप पनि सहभागि भएको थियौँ । सो कर्यक्रममा विश्वव्यापी नेतृत्वहरूसंग हामीले विश्वभरीका स.द्वि.पा.अ (LGBTI) समुहहरूलाई सहयोग तथा दिगो बनाउनका लागि सहयोगी दृष्टिकोणहरूको बारेमा छलफल गर्ने मौका पाएका थियौँ ।

QYG Attends 2024 Global LGBTI Funding Summit in Cape TownThe Global LGBTI Funding Summit, organized by the Global Philan...
13/11/2024

QYG Attends 2024 Global LGBTI Funding Summit in Cape Town

The Global LGBTI Funding Summit, organized by the Global Philanthropy Project (GPP) from November 9-11 in Cape Town, South Africa which focused on expanding philanthropic support for the human rights of LGBTI people. The event bought together around 200 leading funders from across the globe who are committed to advancing equality and inclusive development for LGBTI communities.

Q***r Youth Group (QYG), attended the 2024 Global LGBTI Funding Summit, During the event, we got a chance to engage with global leaders to discuss collaborative approaches for supporting and sustaining LGBTI communities worldwide.

- We are seeking Website Developer(s) to create a website for QYG.- We are looking for an IT company or a group of peopl...
12/11/2024

- We are seeking Website Developer(s) to create a website for QYG.

- We are looking for an IT company or a group of people to create a website for us. IT companies must be based and registered in Nepal, while individuals must be Nepali citizens.

- Expertise in web development is essential, including strong skills in design and functionality.

- Experience in responsive design to ensure optimal performance on all devices.

- Ability to integrate accessibility features to make the site inclusive for all users.

- Ability to engage with multiple languages to manage a multilingual website.

- Knowledge of security best practices to protect user data and maintain privacy.

- We shall prioritize to PoMSOGIESC (LGBTIQAP+) individuals, or groups and companies owned or run by PoMSOGIESC.

- Mail us at [email protected]

Abandoned by their families, trans people in Nepal are heading to university to escape the street - only to discover mor...
10/11/2024

Abandoned by their families, trans people in Nepal are heading to university to escape the street - only to discover more prejudice.

Trans people in Nepal, despite facing family rejection and discrimination, are increasingly pursuing higher education as a path to opportunity and stability. But the journey is filled with obstacles, from delays in receiving certificates due to mismatched gender records to stigma in classrooms. Rubina Bhujel, a resilient student and transwoman, shares the challenges she overcame to attend college while advocating for acceptance of all professions, including s*x work. Law student Samon Chettri also speaks out, highlighting the importance of inclusive and respectful education for Nepal’s trans community.

Reported by Dipesh Khanal

Abandoned by their families, trans people in Nepal are heading to university to escape the street - only to discover more prejudice. Dipesh Khanal reports.

सार्वजनिक सूचनाक्वयेर युथ ग्रुपलाई पछ्याउनु हुने सबैमा यो दुःखद सूचना सम्प्रेषण गर्न चाहन्छौँ ।यस संस्थासँग आबद्ध रहनुभए...
05/11/2024

सार्वजनिक सूचना

क्वयेर युथ ग्रुपलाई पछ्याउनु हुने सबैमा यो दुःखद सूचना सम्प्रेषण गर्न चाहन्छौँ ।
यस संस्थासँग आबद्ध रहनुभएका दिपेश श्रेष्ठ (Dee, Deepsh, Sayara Shrestha) ले केही समय अघि आफ्नो आर्थिक स्वार्थका लागि संस्थाको सम्पत्ति (Ipad) ठगी गरी सम्पर्कविहीन हुनुभएको छ । गत साल २०७९ को माघमा २ हप्ताका लागि सापटी माग गरी लगेको Ipad निजले आफ्नो आर्थिक स्वार्थका लागि बेचबिखन गरेको भन्ने लिखित रूपमा स्वीकार गर्नुभएको थियो । २०८१ जेठ १० गते सो कुराको यस संस्थालाई जानकारी भएपश्चात निजलाई पटक-पटक सम्पर्क गरी आफ्नो गल्ती सच्याउने अवसर प्रदान गरिरहँदा पनि निजले संस्थाको सो आग्रहलाई बेवास्ता गरी हालसम्म पनि संस्थाको सम्पत्ति फिर्ता नगरेको हुनाले बाध्य भई कानूनी उपचारमा गएका छौँ भनी यसै सार्वजनिक सूचना मार्फत जानकारी गराउँदछौँ ।

सापटी लिएको दुई हप्ताको समयावधि मिति २०८१।१०।२१ मा व्यतीत भइसकेपछी निज दिपेश श्रेष्ठलाई कम्पनीले पटक-पटक सम्पर्क गर्न खोजेको थियो । निजलाई फोन गर्दा सधैँ केही दिनपछि फिर्ता दिन्छु भनी आलटाल गरिरहने गर्नुहुन्थ्यो । तर निजले एकजना साथीलाई उक्त मोबाइल ट्याब्लेट आफ्नो आर्थिक स्वार्थको लागि बेचेको भन्ने कुरा हाम्रो संस्थाका अर्का सदस्य एवं साथीलाई बताएको -
(confess गरेको) भन्ने जानकारी पाएपछि तत्कालै कम्पनीको सञ्चालक समिति तथा कर्मचारीहरूको बैठक मिति २०८१।०२।१० मा बसेका थियौँ ।

कम्पनीको उक्त बैठकमा निज दिपेश श्रेष्ठ समेत सहभागी हुनुहुन्थ्यो । निजले आफ्नो आर्थिक स्वार्थका लागि सो मोबाइल ट्याबलेट बेचेको कुरालाई स्वीकार गरी कागज गर्नुभएको थियो । दुई हप्ताको लागि उक्त मोबाइल ट्याबलेट सापटी लिएको स्वीकार्दै कम्पनीले पटक पटक फिर्ता माग गर्दा समेत नदिएको कुरा समेत स्वीकार्नुभएको छ । साथै उक्त कागजमा “... उक्त pad मैले आफ्नो आर्थिक लाभका लागि बेचेको कुरा स्वीकार गर्दछु । म आजबाट १५ (पन्ध्र) दिन भित्र कम्पनीलाई सोही Brand र मोडलको Xiaomi Pad 5 खरिद गरी प्रदान गर्नेछु । मैले यसो गर्न सक्षम नभएमा कम्पनीले कानून बमोजिम कारवाही चलाउन सक्ने मलाई जानकारी छ । आफ्नो कार्यको लागि म लज्जित छु र कम्पनीको सञ्चालक समिति तथा सदस्यताबाट राजीनामा पेश गर्नेछु ” भन्ने उल्लेख गरी मोबाइल ट्याब्लेट लिई फिर्ता नगरी आफ्नो स्वार्थको लागि बेचबिखन गरेको तथ्य स्वीकार्नुभएको छ । उक्त कागजमा निज दिपेश श्रेष्ठले सहीछाप समेत गर्नुभएको छ । साथै मिति २०८१।०२।१० को बैठकमा निज दिपेश श्रेष्ठले उक्त मोबाइल ट्याब्लेट जाहेरवाला कम्पनीले खरिद गरेकै पसलमा second hand मा बेचेको भन्ने कुरा मौखिक रूपमा कबुल गरी स्वीकार गर्नुभएको थियो।

तत्पश्चात निज दिपेश श्रेष्ठलाई लिएर हामी सो मोबाइल ट्याबलेट खरिद गरेको पसल Rhythm Electronics Hub, जोरपाटी, काठमाडौँमा गयौँ । पसलमा बस्ने व्यवसायीलाई यस सम्बन्धमा सोध्दा निज व्यवसायीले पनि निज दिपेश श्रेष्ठले नै second hand मा पुनः सोही पसललाई उक्त मोबाइल ट्याबलेट रु.३०,०००/ (तीस हजार) मा बेचेको हो भनी पुष्टि गर्नुभयो । साथै सोही मितिमा निज यस कम्पनीका सञ्चालक दिेपेश श्रेष्ठले आफ्नो उक्त कार्यको लागि आफू लज्जित भएको बताउँदै सञ्चालक समिति तथा कम्पनीको साधारण सदस्यबाट नै राजीनामा दिनुभएको थियो ।

तत्पश्चात समेत निज दिपेश श्रेष्ठले मोबाइल ट्याबलेट फिर्ता गर्नुभएन । पटक पटक मौखिक रुपमा फिर्ता गर्न आग्रह गरेतापनि केही समय आलटाल गरी निज हालसम्म सम्पर्कविहीन हुनुहुन्छ । हामीले ईमेल मार्फत् तथा हुलाक मार्फत् निजलाई पटक-पटक सचेत पनि गराएका थियौँ । तर ईमेल र हुलाकको पत्राचारलाई समेत निजले बेवस्ता गर्दै आउनुभयो ।

मिति २०८१।०२।२९ गते हामीले निज दिपेश श्रेष्ठलाई “कारवाही गर्ने सम्बन्धमा” विषयक पत्र प्रेषित गर्दै मिति २०८१।०२।१० को कागज बमोजिम निजले मोबाइल ट्याबलेट फिर्ता नगरेको हुँदा -
“आजको मितिले ७(सात) दिनभित्र कम्पनीलाई उक्त Xiaomi Pad 5 फिर्ता गर्नुहुन आह्वान गर्दछौँ।अबको ७(सात) दिन भित्र उक्त सम्पत्ति फिर्ता नभएको खण्डमा तपाईँ विरुद्ध कानूनी कारवाहीमा जाने जानकारीका लागि अनुरोध छ” भनी पत्र काट्यौँ । सो पत्र निजको ईमेल ठेगाना [email protected] मा Wed, Jun 12, 2024 (तदनुसार २०८१।०२।३०) मा पठाइएको थियो । मिति २०८१।०२।२९ को पत्र हुलाक मार्फत् निजको थाहा भएको हालको दुवै ठेगानामा पठाइएको थियो । हुलाक मार्फत पठाइएको पत्रको हुलाक टिकट RD8010574055NP तथा RD8010574005NP रहेका छन्। ईमेलको कुनै जवाफ प्राप्त भएन । हुलाकबाट पठाइएको पत्र पनि प्रेषित नभई यस संस्थामा नै फिर्ता हुन आयो ।

निजले कुनै जवाफ नदिई मोबाइल ट्याबलेट फिर्ता नगरेकोले हामीले फेरी मिति २०८१।०३।१६ मा निज दिपेश श्रेष्ठलाई “कारवाही गर्ने सम्बन्धमा” विषयको पत्र काट्यौँ । उक्त पत्रमा “आजको मितिले ७ (सात) दिन भित्र उक्त Xiaomi Pad 5 फिर्ता वा सो खरिद गरेवापत् संस्थालाई लागेको खर्च रु ४९,५००।- कम्पनीलाई भर्नुहुन सचेत गराइएको छ। आजको मितिले ७ (सात) दिनभित्र सो कार्यसम्पन्न हुन नसकेको खण्डमा तपाईँ विरुद्ध प्रहरीमा किटानी जाहेरी दिई कानून बमोजिम कारवाहीको प्रक्रिया अघि बढ्नेछ।” भनी जानकारी गराएको थियौँ । सो पत्र निजको ईमेलमा Tue, Jul 2, 2024 (तदनुसार २०८१।०३।१८) मा पठाइएको थियो । त्यसैगरी हुलाक मार्फत् निजको थाहा भएको दुबै ठेगाना साथै निजको स्थायी ठेगानामा समेत पठाइएको थियो । ती हुलाक टिकट RD011227345NP, RD011227283NP तथा RD011518405NP रहेका छन् । तर निजबाट सो पत्रमा पनि कुनै जवाफ प्राप्त भएन । हुलाकबाट पठाइएको पत्र पनि पुन: फिर्ता आयो ।

उक्त ट्याबलेट फिर्ता गर्न निजलाई पटक-पटक मौका दिइरहेपनि निजले पटक पटक बेवास्ता गर्दै आउनुभएको छ । निजले हालसम्म Ipad फिर्ता दिनुभएको छैन, Ipad वापतको रकम पनि भुक्तानी गर्नुभएको छैन ।

निज दिपेश श्रेष्ठ यस कम्पनीको जिम्मेवार पदाधिकारी एवं सदस्य रहेको हुँदा निजले कम्पनीको कार्यको लागि नै मोबाइल ट्याबलेट माग गरेको अवस्थामा निजलाई दुई हप्ताको लागि उक्त मोबाइल ट्याबलेट सहर्ष सापटी दिएका हौँ । निजले उक्त ट्याबलेट फिर्ता नदेलान्, हामी जाहेरवाला कम्पनीका अन्य पदाधिकारी र कर्मचारीलाई झुक्याई बेचबिखन गर्लान भन्ने कुरा कल्पनासम्म गरेका थिएनौँ । उक्त मोबाइल ट्याबलेट पूर्ण विश्वासका साथ निजलाई दिएकोमा निजलाई पटक पटक फिर्ता गर्न मौखिक एवं लिखित भाखा दिँदै आग्रह गर्यौँ । निजले पटक पटक लिखित रुपमै फिर्ता गर्छु भनेका पनि छन् ।

तर सो मोबाइल ट्याबलेट निज दिपेश श्रेष्ठले फिर्ता गर्नु त परको कुरा उल्टै बेचबिखन गरिसकेको भन्ने तथ्य प्रकाशमा आई निजले यस कम्पनीलाई ठगी गरी, आपराधिक विश्वासघात समेत गरी सम्पत्तिको आपराधिक उपयोग समेत गर्नु भएको स्पष्ट छ ।

निज दिपेश श्रेष्ठले गरेको कार्य थाहा पाए लगत्तै मिति २०८१ जेठ १० गते सञ्चालक समितिको आकस्मिक बैठक पनि बसेका थियौँ । निजलाई आन्तरिक रूपमा कारवाही गरी आफ्नो गल्ती सच्याउने पटक-पटक मौका दिँदा पनि हामीलाई बेवास्ता गरी बसेको हुनाले अन्य केही सिप नलागेकोले हामी कानूनी उपचार अवलम्बन गर्न बाध्य भएका छौँ ।

निज दिपेश श्रेष्ठको कार्यबाट निज उपर मात्र नभएर संस्थाकै निष्ठा, चरित्र र जवाफदेहिता समेतका विषयमा प्रश्न खडा हुने एवं लाञ्छना लाग्ने अवस्था विद्यमान हुने जोखिम रहेको हुँदा यस विषयलाई संस्थाले गम्भीरतापूर्वक लिएको छ । यस्तो कार्यले निजको नैतिकता माथि पनि गम्भीर प्रश्न उब्जिएको छ । तसर्थ सोही मितिदेखि निज दिपेश श्रेष्ठलाई यस संस्थाको सदस्यता ग्रहण गर्न, कर्मचारी वा परामर्शदाता भई काम गर्न, कम्पनीबाट प्रदान हुने कुनै प्रकारको सेवा सुविधाको लाभग्राही हुन, कम्पनीबाट आयोजना हुने कुनै पनि कार्यक्रम लगायत कम्पनीसँग कुनै पनि सम्बन्ध राख्ने कार्यमा सहभागी संलग्न हुनबाट निषेध गर्ने गरी निजलाई संस्थाको कालोसूचीमा राख्ने निर्णय गरिएको थियो ।

आफ्नो व्यक्तिगत स्वार्थका लागि संस्थाको सम्पत्ति एवं श्रोतको दुरुपयोग गर्ने कुनै पनि प्रकारको कार्य तथा व्यवहार यस संस्थाको लागि सह्य हुदैन। यस्तो प्रकृतिको कार्य तथा आचरण गर्ने व्यक्तिहरूलाई जवाफदेही बनाउन यस संस्था सँधै कटिबद्ध रहेको जानकारी समेत गराउन चाहन्छौँ ।

त्यसै गरी, निज दिपेश श्रेष्ठले विभिन्न व्यक्ति तथा संस्थाहरूबाट विभिन्न बहानामा पैसा माग्दै आइरहेको भन्ने सुन्नमा आएको छ । यदि निजले यस संस्थासँगको आबद्धतालाई प्रयोग / दुरुपयोग गरी कुनै व्यक्ति वा संस्थासँग आर्थिक लाभ लिएको थाहा जानकारी भएमा हामीलाई तुरुन्त सम्पर्क गर्नहुन अनुरोध गर्दछौँ ।

भवदीय,
क्वयेर युथ ग्रुप

२०८१ कार्तिक २० गते ।

“Legal Literacy for Transgender Persons on Amending Name and Gender Marker in Legal Documents” now happening in Kathmand...
24/10/2024

“Legal Literacy for Transgender Persons on Amending Name and Gender Marker in Legal Documents” now happening in Kathmandu, Hetauda and Pokhara.

The workshop aims to provide information about your legal rights and procedures on how to change your name and gender marker on official papers such as citizenship, educational certificate, passport, etc. Those who wish to initiate this legal process shall also be provided with legal assistance afterwards.

Link: https://docs.google.com/forms/d/1sSMx_8VyvXCiJD66DRZOAFOOsnpDzqNqpVLK-EJ6Esk

#क्वयेर_युथ_ग्रुप #पारलैङ्गिकव्यक्ति #कानूनीसाक्षरता #लैङ्गिकपहिचान

"कानूनी कागजातहरूमा नाम तथा लैङ्गिक पहिचान संशोधन / परिवर्तन गर्न पारलैङ्गिक व्यक्तिहरूको लागि कानूनी साक्षरता" कार्यक्र...
24/10/2024

"कानूनी कागजातहरूमा नाम तथा लैङ्गिक पहिचान संशोधन / परिवर्तन गर्न पारलैङ्गिक व्यक्तिहरूको लागि कानूनी साक्षरता" कार्यक्रम अब काठमाण्डौँ हेटौँडा र पोखरा हुन गइरहेको छ ।

यस कर्यक्रममा नागरिकता, शैक्षिक प्रमाणपत्र, राहदानी आदि जस्ता आधिकारिक कागजातहरूमा आफ्नो नाम र लैङ्गिक विवरण के कसरी संशोधन / परिवर्तन गर्ने बारे तपाइँको कानुनी अधिकार र प्रक्रियाहरू बारे जानकारी प्रदान गराइनेछ । आफ्नो प्रक्रिया सुरु गर्न चाहने व्यक्तिहरूलाई कार्यक्रम पछी आवश्यक सहायता उपलब्ध गराइनेछ ।

लिङ्क : https://docs.google.com/forms/d/1sSMx_8VyvXCiJD66DRZOAFOOsnpDzqNqpVLK-EJ6Esk

#क्वयेर_युथ_ग्रुप #पारलैङ्गिकव्यक्ति #कानूनीसाक्षरता #लैङ्गिकपहिचान

21/10/2024

We are pleased to re-announce an upcoming workshop on “Legal Literacy for Transgender Persons on Amending Name and Gender Marker in Legal Documents”. The workshop aims to provide information about your legal rights and procedures on how to change your name and gender marker on official papers such as citizenship, educational certificate, passport, etc. Those who wish to initiate this legal process shall also be provided with legal assistance afterwards.

LINK HERE:
https://docs.google.com/forms/d/1sSMx_8VyvXCiJD66DRZOAFOOsnpDzqNqpVLK-EJ6Esk

#क्वयेर_युथ_ग्रुप #पारलैङ्गिकव्यक्ति #कानूनीसाक्षरता #लैङ्गिकपहिचान

21/10/2024

पुनः घोषणा !!
"कानूनी कागजातहरूमा नाम तथा लैङ्गिक पहिचान संशोधन / परिवर्तन गर्न पारलैङ्गिक व्यक्तिहरूको लागि कानूनी साक्षरता" कार्यक्रमकको आयोजना गर्नगइरहेकाछौँ । यस कर्यक्रममा नागरिकता, शैक्षिक प्रमाणपत्र, राहदानी आदि जस्ता आधिकारिक कागजातहरूमा आफ्नो नाम र लैङ्गिक विवरण के कसरी संशोधन / परिवर्तन गर्ने बारे तपाइँको कानुनी अधिकार र प्रक्रियाहरू बारे जानकारी प्रदान गराइनेछ । आफ्नो प्रक्रिया सुरु गर्न चाहने व्यक्तिहरूलाई कार्यक्रम पछी आवश्यक सहायता उपलब्ध गराइनेछ ।

फारम : https://docs.google.com/forms/d/1sSMx_8VyvXCiJD66DRZOAFOOsnpDzqNqpVLK-EJ6Esk

#क्वयेर_युथ_ग्रुप #पारलैङ्गिकव्यक्ति #कानूनीसाक्षरता #लैङ्गिकपहिचान

नेपालको संविधानधारा (१२) को वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकता अनुसार नेपालको संविधानले लैङ्गिक पहिचान सहितको ...
19/09/2024

नेपालको संविधान

धारा (१२) को वंशीय आधार तथा लैंगिक पहिचान सहितको नागरिकता अनुसार नेपालको संविधानले लैङ्गिक पहिचान सहितको नागरिकता प्रमाणपत्र पाउने सक्नेछ।

धारा (१८) को समानताको हकको उपधारा (३) अनुसार नेपालको राज्यले नागरिकका बिच लिङ्गको आधारमा भेदभाव गर्ने छैन ।
तर प्रतिबन्धात्मक वाक्यमा सामाजिक वा सांस्कृंतिक दृष्टिले लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएका व्यक्तिको संरक्षण, सशक्तीकरण वा विकासका लागि कानून बमोजिम विशेष व्यवस्था गर्न रोक लगाएको छैन ।

धारा (४२) सामाजिक न्यायको हकको उपधारा (१) अनुसार नेपालको संविधानले लैङ्गिक तथा यौनिक अल्पसंख्यक भएका व्यक्तिलाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा राज्यका निकायमा सहभागिताको हक हुनेछ ।


#संविधानदिवस #क्वयेर_युथ_ग्रुप #लैङ्गिक_तथा_यौनिक_अल्पसंख्यक #सामाजिक_न्यायहक #समानताहक
#लैंगिकपहिचान_नागरिकताहक

Address

Lalitpur

Alerts

Be the first to know and let us send you an email when Queer Youth Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Queer Youth Group:

Share

Q***r Youth Group

Q***r Youth Group, an informal group in verge of being registered as a not-for-profit, is an affiliation of young activists (16-30) who identify in the spectrum of q***r identities or #PoMSOGIESEC (people of marginalized s*xual orientation, gender identity and s*x characteristics). We work for the rights of q***r folks/pomsogiesec.

We are non-registered group of people working in alternative ways.

Note “q***r” refers to the diverse spectrum of gender identity, s*xual orientation and s*x characteristics beyond endos*x-cisgender-heteros*xual ( every diversity apart from being assigned male at birth, gender identity as male and being attracted to women; being assigned female at birth, gender identity as female and being attracted to men )

The three major principles of Q***r Youth Group are: