30/07/2026
तर्कभन्दा आवेग धेरै भएपछि यस्तै हुन्छ।
काठमाडौँको आन्दोलन र सुनसरीको धार्मिक विवादबाट उत्पन्न आन्दोलन एउटै देख्ने हो भने समस्या घटनामा होइन, विश्लेषण गर्ने क्षमतामा छ।
सरकारविरुद्धको राजनीतिक आन्दोलन र दुई पक्षबीचको धार्मिक तनावबाट भएको आन्दोलनको कारण, प्रकृति र जिम्मेवारी फरक हुन्छ। सबै घटनामा एउटै टेप बजाएर "प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा देऊ" भन्नु भनेको तथ्य होइन, नारा दोहोर्याउनु मात्र हो।
फरक छुट्याउन नसक्नेहरूले राजनीति होइन, भावनाको रिमोट समातेर बहस गरिरहेका छन्।