MC NEPAL News

MC NEPAL News Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from MC NEPAL News, Lalitpur.
(1)

Truth • Facts • Public Interest
Independent digital news and analysis platform from Nepal.
📊 Simplifying complex issues into clear insights

⚡ Fast • Accurate • Reliable

📩 For Ads & Collaborations: Inbox
📺 YouTube: MC Nepal

13/10/2026

भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा मूल्य चुकाउनुपर्‍यो : खगेन्द्र सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले आफूविरुद्ध नियोजित षड्यन्त्र भइरहेको बताएका छन्। उनले भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा आफूले मूल्य चुकाउनुपरेको उल्लेख गर्दै आज आफूले भोग्नुपरेको पीडाले आमसाधारण नागरिकको अवस्थाबारे प्रश्न उठाएको बताएका छन्।

“मविरुद्ध नियोजित षड्यन्त्र भइरहेको छ। आज मैले जे पीडा खपेको छु, आमसाधारण मानिसको के हालत होला? भ्रष्टाचारविरुद्ध आवाज उठाउँदा मैले मूल्य चुकाएको छु,” सुनारले भने।

11/10/2026

🚨 BREAKING NEWS | बूढीगण्डकीको बाढीले मोटरेबल पुल बगायो

गोरखाको सोतीमा बूढीगण्डकी नदीमा आएको बाढीले मोटरेबल पुल बगाएको छ। बाढीका कारण सोती बजार क्षेत्रसमेत डुबानमा परेको छ।

आरुघाट गाउँपालिकाका अध्यक्ष राजु गुरुङका अनुसार बाढीले सोतीस्थित मोटरेबल पुल बगाएको हो। बजार क्षेत्र डुबानमा परे पनि हालसम्म घरहरू भने बगेका छैनन्।

बूढीगण्डकीको माथिल्लो क्षेत्रमा पर्ने जगत र बगरतिर भने बाढीले घरसमेत बगाएको बताइएको छ। नदीमा पानीको बहाव बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ। पुल बगाएपछि स्थानीयको आवतजावत तथा यातायातमा समेत समस्या परेको छ। बाढीबाट भएको थप क्षति र प्रभावित क्षेत्रको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

11/10/2026

🚨 BREAKING NEWS | गोरखामा बाढीको वितण्डा

गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बूढीगण्डकी नदीमा आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ।

दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत व्यापक क्षति भएको छ। बाढीपछि स्थानीय सुरक्षित स्थानतर्फ लागेका छन्।

बाढीको जोखिमलाई ध्यानमा राख्दै खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाटका बासिन्दालाई समेत सुरक्षित स्थानमा जान आग्रह गरिएको छ।

हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

He played for his country. He played for his club. But above all, he played for football itself.Wherever there was footb...
07/10/2026

He played for his country. He played for his club. But above all, he played for football itself.

Wherever there was football, there was Messi.

He left his mark in the hearts and souls of football fans around the world. For many, he will forever be the greatest footballer the world has ever seen.

He earned immense respect and love from millions of football fans across the globe.

Thank you, Messi, for giving us so many unforgettable moments and for making us fall in love with the beautiful game. ❤️⚽🐐

🚨 भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हल्जेनलाईआइसक्युब न्युट्रिनो अब्जर्भेटरीमा गरेको योगदान तथा खगोलीय उत्पत्त...
06/10/2026

🚨 भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हल्जेनलाई

आइसक्युब न्युट्रिनो अब्जर्भेटरीमा गरेको योगदान तथा खगोलीय उत्पत्तिका उच्च ऊर्जाका न्युट्रिनो पत्ता लगाउन पुर्‍याएको योगदानका लागि फ्रान्सिस हल्जेनले भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन्।

01/10/2026

🚧 गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, आवतजावत सुरु

रसुवा बाढीका कारण क्षतिग्रस्त गल्छी–बेत्रावती सडकखण्डको ट्रयाक खोल्ने काम सम्पन्न भएसँगै सर्वसाधारणको आवतजावत सुरु भएको छ।

सडकमा ग्रेड मिलाउने र ग्राभेल हाल्ने काम भने बाँकी छ। बाक्लो आवतजावतका कारण निर्माण कार्य प्रभावित भएकाले आवश्यक सहजीकरण गरिदिन सम्बन्धित पक्षले सबैमा अपिल गरेको छ।

यसैबीच, सडकखण्डमा बेलिब्रिज जडानको काम अघि बढाइएको छ। नुवाकोटतर्फ फाउन्डेसन निर्माण सम्पन्न भएको छ भने रसुवातर्फको काम अन्तिम चरणमा पुगेको छ। नेपाली सेनाको सहयोगमा बेलिब्रिज जडानको तयारी भइरहेको छ।

29/09/2026

कान्ति राजमार्ग पूर्ण रूपमा दुईतर्फी सञ्चालनमा

ललितपुरको छपेलीनजिक खसेको पहिरो पन्छाएपछि अवरुद्ध कान्ति राजमार्ग पुनः दुईतर्फी सञ्चालनमा आएको छ।

लगातारको वर्षाका कारण ललितपुरका बिर्खेधारा, भालुखोला, देवीसाध, तार्कुचे र छपेली तथा मकवानपुरको भर्‍याङडाँडा र घट्टेपाखामा सडकमा क्षति पुगेको छ। क्षतिग्रस्त सडकको मर्मतसम्भार प्रक्रिया अघि बढाइएको छ।

⚠️ वर्षाका कारण सडकमा थप क्षति हुन सक्ने भएकाले यात्रा गर्दा सावधानी अपनाउनुहोस्।

#कान्तिराजमार्ग #पहिरो #वर्षा

🚨 नारायणी पुलमा अड्किएको राइनो क्रुज तीन क्रेन लगाएर निकालिँदैचितवन । नारायणी नदीमा आएको भीषण बाढीले बगाएर पुलको पिलरमा ...
28/09/2026

🚨 नारायणी पुलमा अड्किएको राइनो क्रुज तीन क्रेन लगाएर निकालिँदै

चितवन । नारायणी नदीमा आएको भीषण बाढीले बगाएर पुलको पिलरमा अड्किएको राइनो क्रुजसिपलाई तीन वटा क्रेनको सहायताले निकाल्ने प्रयास भइरहेको छ।

बाढीले होटल रिभर क्राउन अगाडिबाट बगाएर ल्याएको क्रुज पुलको गैंडाकोटतर्फको पिलरमा अड्किएको थियो। तीन तले क्रुज पिलरमा अड्किएपछि पुलको संरचनामा क्षति पुग्न सक्ने जोखिम बढेको थियो।

प्रशासनका अनुसार क्रुजलाई क्रेनको सहायताले गैंडाकोटतर्फकै सुरक्षित किनारमा लैजाने प्रयास भइरहेको छ।

कम्पनीका अनुसार क्रुजलाई २० एमएमका दुई वटा टुचिनमार्फत रुखमा बाँधिएको थियो। बाढीका कारण दुई वटा रुख आएर ठोक्किएपछि टुचिन चुँडिएर क्रुज बगेको हो।

करिब ७० टनभन्दा बढी तौल रहेको क्रुज १०० फिट लामो र २५ फिट चौडा छ। यसमा एकपटकमा १८० जनासम्म यात्रु अट्ने क्षमता रहेको छ। करिब १५ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको यो क्रुज नेपालकै पहिलो क्रुजसिपका रूपमा सञ्चालनमा ल्याइएको थियो।

27/09/2026

नारायणी पुल बन्द

नारायणी नदीमा आएको बाढीले बगाएर ल्याएको बुलडोजर पुलको पिल्लरमा अड्किएपछि नारायणी पुलमा दुईतर्फी सवारी आवागमन अवरुद्ध भएको छ।

पुलमा सवारीसाधन आवतजावत गर्न नसक्दा यात्रु तथा चालकहरू प्रभावित भएका छन्।
video : Arjun Bhusal

26/09/2026

प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर आज स्वदेश फर्किएका छन् । महासभामा उनले नेपालमा हालै आएको भोटेकोशी–त्रिशूली बाढीलाई जलवायु परिवर्तनले निम्त्याइरहेको संकटको उदाहरणका रूपमा प्रस्तुत गरेका छन् ।

Address

Lalitpur

Website

Alerts

Be the first to know and let us send you an email when MC NEPAL News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share