Association of pre school educator Nepal Kirtipur-APEN

Association of pre school educator Nepal Kirtipur-APEN Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Association of pre school educator Nepal Kirtipur-APEN, Non-Governmental Organization (NGO), Kirtipur.

२ दिने फोनीक्स तालिम सफलतापूर्वक सम्पन्न भएको छ।”
04/05/2026

२ दिने फोनीक्स तालिम सफलतापूर्वक सम्पन्न भएको छ।”

04/05/2026
22/01/2026
कीर्तिपुर ।APEN कीर्तिपुरको आयोजनामा २०८२ पौषदेखि २०८२ माघ ४ गतेसम्म सञ्चालन भएको १० दिने E.L.D.S. (Early Learning and D...
18/01/2026

कीर्तिपुर ।
APEN कीर्तिपुरको आयोजनामा २०८२ पौषदेखि २०८२ माघ ४ गतेसम्म सञ्चालन भएको १० दिने E.L.D.S. (Early Learning and Development Standards) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। नेपाल सरकारको शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) को समन्वयमा तथा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवा र युनिसेफको प्राविधिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रम कीर्तिपुर नगरप्रमुख कृष्णमान डंगोलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख डंगोलले बाल्यकालीन शिक्षा नै दीगो समाज निर्माणको आधार भएको उल्लेख गर्दै ELDS जस्ता कार्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले कीर्तिपुर नगरपालिकाले प्रारम्भिक बालशिक्षाको गुणस्तर सुधारका लागि यस्ता कार्यक्रम तथा सहकार्यलाई निरन्तर प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) की देवी पराजुलीले ELDS लाई राष्ट्रिय मापदण्डका रूपमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न शिक्षकको क्षमता विकास अपरिहार्य रहेको बताउनुभयो। उहाँले यस्ता तालिमले शिक्षकहरूलाई कक्षा कोठामा ELDS व्यवहारिक रूपमा लागू गर्न सक्षम बनाउने विश्वास व्यक्त गर्नुभयो।

कीर्तिपुर नगरपालिका शिक्षा शाखा प्रमुख विमल निरौलाले नगरभित्र सञ्चालन भइरहेका प्रि–स्कूल तथा मोन्टेसोरी विद्यालयहरूमा शैक्षिक गुणस्तरमा एकरूपता ल्याउन ELDS महत्वपूर्ण आधार भएको बताउनुभयो।

त्यसैगरी युनिसेफका बाल विकास विशेषज्ञ डा. दिपु शाक्यले प्रारम्भिक बालविकासमा गरिएको लगानी दीर्घकालीन रूपमा समाज र राष्ट्रका लागि लाभदायी हुने उल्लेख गर्दै ELDS बालमैत्री, समावेशी तथा खेलमुखी शिक्षाको मेरुदण्ड भएको धारणा राख्नुभयो।

कार्यक्रममा APEN केन्द्रीय वरिष्ठ उपाध्यक्ष रिता घिमिरे तिमल्सिनाले बोल्दै APEN ले प्रारम्भिक बालशिक्षाको क्षेत्रमा राष्ट्रिय नीतिसँग तालमेल मिलाउँदै गुणस्तर अभिवृद्धिमा निरन्तर काम गरिरहेको बताउनुभयो। उहाँले ELDS तालिमले विद्यालय, शिक्षक र अभिभावकबीच समान बुझाइ विकास गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

APEN केन्द्रीय उपाध्यक्ष राज्यलक्ष्मी बैदारले प्रारम्भिक बालशिक्षामा शिक्षकको भूमिका अत्यन्त संवेदनशील हुने उल्लेख गर्दै यस्ता तालिमले शिक्षकहरूको पेशागत आत्मविश्वास वृद्धि गर्नुका साथै बालकेन्द्रित शिक्षण अभ्यासलाई सुदृढ बनाएको बताउनुभयो।

सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाकी शशी बी.सी. र रितिका दाहालले प्रशिक्षण कार्यक्रमले शिक्षकहरूको ज्ञान, सीप र दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याएको अनुभव साझा गर्नुभयो।

त्यसैगरी APEN कीर्तिपुरका अध्यक्षले APEN ले प्रारम्भिक बालशिक्षाको क्षेत्रमा गुणस्तर, समन्वय र क्षमता विकासलाई केन्द्रमा राखेर काम गर्दै आएको बताउनुभयो। उहाँले सरकारी निकाय, विकास साझेदार तथा स्थानीय तहसँगको सहकार्यले APEN कीर्तिपुरका कार्यक्रमहरू अझ प्रभावकारी र दिगो बन्दै गएको उल्लेख गर्नुभयो।

१० दिनसम्म सञ्चालन भएको तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरूलाई सेतो गुराँस राष्ट्रिय बाल विकास सेवाकी प्रशिक्षक रमा थपलियाले ELDS सम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गर्नुभएको थियो। कार्यक्रममा कीर्तिपुर APEN अन्तर्गतका विद्यालयहरू तथा चन्द्रागिरि नगरपालिकाका APEN आबद्ध प्रि–स्कूलका प्रधानाध्यापक तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन APEN कीर्तिपुरका सचिव कृष्णराज तिमल्सिनाले गर्नुभएको थियो। कार्यक्रम सञ्चालनका क्रममा उहाँले नेपाल सरकार तथा स्थानीय सरकार अन्तर्गतको शिक्षा शाखाले निजी प्रि–स्कूलहरूलाई हेर्ने दृष्टिकोण अझ फराकिलो र सहयोगी हुन आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले प्रारम्भिक बालशिक्षाको क्षेत्रमा निजी प्रि–स्कूलहरूको योगदान महत्वपूर्ण रहेको जनाउँदै स्थानीय सरकारले नीति, अनुगमन र सहकार्यका पक्षमा थप ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।

कार्यक्रमको समापनमा सहभागीहरूले तालिमले बालकेन्द्रित, समावेशी तथा गुणस्तरीय शिक्षण अभ्यासमा महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। आयोजक APEN कीर्तिपुरले आगामी दिनमा पनि यस्ता क्षमता अभिवृद्धि तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

APEN किर्तिपुरको आयोजनामा तथा युनिसेफ र सेतोगुराँसको प्राविधिक सहयोगमा सञ्चालन गरिएको ELDS (Early Learning and Developme...
08/01/2026

APEN किर्तिपुरको आयोजनामा तथा युनिसेफ र सेतोगुराँसको प्राविधिक सहयोगमा सञ्चालन गरिएको ELDS (Early Learning and Development Standards) सम्बन्धी १० दिने तालिम आज मिति २०८२ पौष २४ गतेदेखि माघ ४ गतेसम्म सञ्चालन हुँदैछ।
तालिमको पहिलो दिन
सफलतापूर्वक सम्पन्न भई बालबालिकाको प्रारम्भिक सिकाइ र विकासका मापदण्ड, यसको महत्व तथा व्यवहारिक प्रयोगका विषयमा उपयोगी छलफल गरियो।
सहभागीहरूको उत्साहजनक सहभागिताले तालिमलाई अझ प्रभावकारी बनाएको छ। यस १० दिने तालिम कार्यक्रममा १४ वटा विद्यालयबाट २३ जना सहभागीहरू सक्रिय रूपमा सहभागी भइरहनु भएको छ, जसको सञ्चालन माघ ४ गतेसम्म हुनेछ।

यस तालिमको मुख्य उद्देश्य ४ देखि ५ वर्ष उमेर समूहका बालबालिकाका लागि प्रारम्भिक बालशिक्षण अभ्यासलाई सुदृढ बनाउँदै सिकाइको गुणस्तर अभिवृद्धि गर्नु

सेतो गुरास
#बालविकास
तालिम को केहि झलकहरु

अपेन कीर्तिपुरको नगर अधिवेशन सम्पन्न             मिति २०८२/९/८ गते अपेन कीर्तिपुरको नगर अधिवेशन केन्द्रीय अपेन  अध्यक्ष ...
25/12/2025

अपेन कीर्तिपुरको नगर अधिवेशन सम्पन्न

मिति २०८२/९/८ गते अपेन कीर्तिपुरको नगर अधिवेशन केन्द्रीय अपेन अध्यक्ष श्री बद्री प्रसाद दाहालज्यूको प्रमुख आतिथ्यमा तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रिता घिमिरे तिमल्सिनाज्यूको विशेष उपस्थितिमा तथा केन्द्रीय अपेन उपाध्यक्ष तथा किर्तिपुर को वरिष्ठ सल्लाहकार राज्यलक्ष्मी बैदारज्यूको विशेश उपस्थितिमा सम्पन्न भयो।उक्त नगर अधिवेशन एपेन कीर्तिपुर नगर समितिकी अध्यक्ष शिल्पा भण्डारीज्यूको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा एपेन कीर्तिपुर नगर समितिका पदाधिकारी तथा सदस्यज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नगर अधिवेशनका अवसरमा पुरानो कार्यसमितिलाई सफल कार्यकाल सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गर्दै ।नवगठित कार्यसमितिलाई आगामी कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न शुभकामना व्यक्त गर्दै कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रमको सञ्चालन एपेन कीर्तिपुरका सचिव कृष्ण राज तिमल्सिनाज्यूले गर्नु भएको थियो। कार्यक्रम को केहि झलकहरु

भोलि दिउसो 3:००बजे अपेन किर्तिपुर को तेस्रो नगर अधिबेशन हुने कुरा सम्पुर्न मा जानकारि गराउदछौ।
22/12/2025

भोलि दिउसो 3:००बजे अपेन किर्तिपुर को तेस्रो नगर अधिबेशन हुने कुरा सम्पुर्न मा जानकारि गराउदछौ।

09/09/2025

आदरणीय अभिभावकज्यू,

हिजो देशभरका विद्यार्थीहरूले सामाजिक अन्याय, बढ्दो भ्रष्टाचार, जिम्मेवार निकायको अकर्मण्यता, तथा आफ्नो मौलिक अधिकारको रक्षा गर्न शान्तिपूर्ण प्रदर्शन गरेका थिए। तर दुर्भाग्यवश, सो प्रदर्शनमा सुरक्षाकर्मीको अत्यधिक बल प्रयोगका कारण कैयौं निर्दोष विद्यार्थीहरूले आफ्ना अमूल्य जीवन गुमाउनु परेको हृदयविदारक घटना घट्यो।

भ्रष्टाचारले मुलुकको भविष्य नै अन्धकारतर्फ धकेलिरहेको यथार्थविरुद्ध बोल्नुअघि नै युवापुस्तामाथि भएको यो अमानवीय आक्रमण केवल शिक्षा क्षेत्रको मात्र पीडा नभई सम्पूर्ण राष्ट्रकै घाउ हो। शान्तिपूर्ण आवाज दवाउने यो प्रयासप्रति हाम्रो संस्थाले गहिरो आपत्ति प्रकट गर्दछ।

यस गम्भीर परिस्थितिमा दिवंगत विद्यार्थी आत्माहरूको चीर शान्तिको कामना गर्दै, शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दछौं। साथै, विद्यार्थी अधिकार र भ्रष्टाचारविरोधी अभियानप्रति ऐक्यबद्धता जनाउँदै विद्यालय आज (२०८२/०५/२४) र भोलि (२०८२/०५/२५) दुबै दिन शोक विदा रहने निर्णय गरिएको जानकारी गराइन्छ।

विद्यार्थीहरूको सुरक्षा, भविष्य र नैतिक उत्थानमा विशेष ध्यान दिनुहुन सबै अभिभावकज्यूलाई हार्दिक अनुरोध गर्दछौं।

धन्यवाद।

विद्यालय प्रशासन

Address

Kirtipur

Website

Alerts

Be the first to know and let us send you an email when Association of pre school educator Nepal Kirtipur-APEN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share