हाम्रो जालपा -Hamro Jalapa

हाम्रो जालपा -Hamro Jalapa Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from हाम्रो जालपा -Hamro Jalapa, Community Center, Jalapa, Khotang.

इच्छा आ-आफ्नो, लागे पनि को-कता,
विचार आ-आफ्नो,भए पनि जो जता,
फुटको मानक हैन राजनैतिक सिध्दान्त।
राखौं कायम हामी जालपाली एकता ।। 🙏🙏

जालपालाई माया गरौं, जालपाली हुनुमा गर्व गरौं💪

16/04/2026

हाम्रो जालपा, सुन्दर जालपा❤️
Video: Sargam

14/04/2026

नयाँ वर्षको सम्झना ! नयाँ वर्षको शुभकामना ! !

अलि टाढा जाँदा रुपाकोट डाँडा । नत्र मसाने डाँडा, सतिडाँडा , कोरे जङ्गल , छैलोढुङगा भिरकुना , तापखोला, रावखोला यी ठाउँहरु जालपालीहरुको नयाँवर्ष (वैशाख १ गते ) मनाउन जाने चर्चित ठाउँहरु हुन । आफ्नो दामल मिल्ने साथीहरुसँग धुमधाम सरसल्लाह गरेर यीनै ठाउँहरुमा पिक्निक खान गको याद हामी जालपालीहरुसँग पक्कै छ । नभए पनि घरछेउको पायक पर्ने ठाउँमा नयाँ वर्ष मनाएको सम्झना साँचेर राखिएकै होला । आ- आफ्नो गाउँगाउँको छुट्टाछुट्टै हुने, ठूलोसानो, आमाबाउ, दाजुभाइ सबैको बृहत हुने यस्तो बृहतमा जान मन नपराउने, स्वतन्त्र खोज्ने, अझ भनौं बाउआमा वा दाजुदिदीहरुको अगाडी रक्सी खान डर, लाज मान्नेहरुको ५/६ जनाको भएपनि छुट्टिएर छुट्टै नयाँ वर्ष मनाउन गएको स्मरण पनि हामीसँग होला । सुँगुर बोक्दै, बाख्रा बोका, बलेख्रो जे हुन्छ तान्दै, ठूलो समूहले त राँगा नै घिसार्दै प्रायजसो उकालो पिक्निक खान गएको सम्झनुहोस त । जो जान सक्नु भएन, जान सकेर पनि मन नभएर जानु भएन तपाईहरुले जानेहरुको ताउरमाउर, चुरीफुरी देख्नु भएको होला हैन ? सम्झनुहोस त । बढो काइदा हुने, रमाईलोको त सीमा नै नहुने, वर्षभरीको दुखकष्ट त एकदिनको नयाँ वर्षको पिक्निकले स्वात्तै कहाँ लाने कहाँ ।

जांडको ड्रम, रक्सिको जर्किन, चामलको पोका, आलुको बोरा, लगायत खिच्रिडमिच्रिड बोकेर बैशाखको घाममा रातो पिरो हुदैँ, खुईया मार्दै असिन पसिन भएर बल्ल तल्ल पिक्निक स्पट पुग्यो । हतारहतार दाउरा खोज्न दौडधूप, पानी लिन भाडाकुँडा बोकेर मुहानतिर, चुला बनाउने, राती बस्नको लागि स्याउलाले छानो हालेर स्याउलाकै बार लगाएर छाप्रो बनाउने काम गरेको, अलि रक्सि लाग्दै गएपछि बुर्कुसी नै मार्दै नाचेको कथा छुटेको साथीहरुलाई तपाईहरु मध्य कोही न कोहीले बढो सबिस्तार सुनाउनु भएकै होला । हैन त ?

आजभोली नयावर्षको रौनक पहिले जस्तो पक्कै छैन । गाउँमा मान्छे नै छैन । तेत्रो ठूलो सुङ्गुर बोकेर उकालो ठमठम हिड्ने लाठे नै छैन । रागो तान्ने मान्छे नै छैन । सुङ्गुर नै छैन गाउँमा । रागो नै छैन गोठम । अनि कहाँ पहिले जस्तो हुन्छ त । यसपाली नयाँवर्षमा पिक्निक जाने सल्लाह कोकोस्ले गर्नुभो । हामी त नजिकै जाने सल्लाह भा छ । १५/२० जना जतिको अनुमान भाको छ । सुङ्गुर पाइएन । छिप्पिन नपाउँदै काठमाडौं लाने ठेक्दारले धाकोधाकै गरेर गाउँमा सकिहाल्यो सुङ्गुर । राँगा त अब पाइन्न नै । पाइए पनि हाम्रो समूहले आट्नै सक्दैन । त्यै भएर ससर्कामा पालेको बोइलर पोल्ने सल्लाह भो । अहिले डिउ र कोक टन्न पाइन्छ पसलमा । त्यो लाने । बियरको कार्टुन लाने । पुन्टे क्वार्टर लाने । अब यस्तै त होला । थोरै पहिलेको नयाँवर्षको याद गरेको । त्यो अर्गानिक थ्यो ।

लु सबै जालपालीहरुलाई नयँवर्ष २०८३ को शुभकामना । पुरानो अनुभव सुनाउनुहोस । यो नयाँवर्ष को कहाँ कसरी मनाउँदै हुनुहुन्छ ? लेख्नुहोस है ।

06/04/2026

खोटाङको साविक जालपा गाविस पुरानो गाउँका तीनचोक आमा समूहमा आबध्द आमाहरुले गाउँघर सरसफाई गर्नुभएको छ । यो भिडियो त्यहीँ सरसफाइ अभियानको हो । अब कसैले पनि जथाभावी फोहोर नफाल्ने र बाटोमा विभिन्न ठाउँमा टोकरी निर्माण गर्ने निर्णय गर्नुभएको छ । #आफ्नोगाउँआफैबनाउ #सलाम #आमाहरुलाई
भिडियो: Dhanu Jalpali

खुशीको खबर!
06/04/2026

खुशीको खबर!

जालपा ब्याडमिन्टन क्लबले यही असोज २१ देखी २३ गतेसम्म जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । दशैँ तिहार शुभ...
21/09/2025

जालपा ब्याडमिन्टन क्लबले यही असोज २१ देखी २३ गतेसम्म जिल्ला स्तरीय ब्याडमिन्टन प्रतियोगिता गर्ने भएको छ । दशैँ तिहार शुभकामना आदान प्रदान तथा खेलकुद कार्यक्रमको प्रायोजक दिरुम नगरपालिका वडा नम्बर १२, जालपा रहेको छ ।

शिक्षामा हाम्रो गुणस्तर बढेकै हो कि नतिजा राम्रो देखाउन कृपा गरेको हो त?
28/06/2025

शिक्षामा हाम्रो गुणस्तर बढेकै हो कि नतिजा राम्रो देखाउन कृपा गरेको हो त?

ज्योति मावि र जालपा माविको SEE रिजल्ट ।
28/06/2025

ज्योति मावि र जालपा माविको SEE रिजल्ट ।

चराको कथा । प्रकृति अपरम्पार !
05/06/2025

चराको कथा । प्रकृति अपरम्पार !

"हाँसले दुधको दुध पानीको पानी छुट्याउँछ " भन्छन नी ! यही हाँस हो। प्रकृतिको विशाल ज्ञान र बुद्धिबाट सृजित एक चमत्कार । शान्त प्राणी। अर्को भूगोलको महान तीर्थयात्रामा आकाशको मार्ग पहिल्याउने वैज्ञानिक ।

बसाईसराईका क्रममा हुलको कुनै सदस्य बिरामी पर्‍यो भने कतै रोकेर आराम गर्न दिन्छन । निर्धालाई एक्लै बेसहारा छोडिदिएर उड्दैनन्। हुल एकसाथ रोकिन्छ । यिनमा पारिवारिक साथ्, माया र करुणा हुन्छ । समुह र एकताको बल यिनीहरुलाई थाह छ ।

यात्राकालमा आफ्ना आफन्तहरूलाई मौन रहन सिकाउँछन । छायामा यात्राका नियम अर्थ्याउँछन । हावाको वहाव बुझ्ने, तारापुञ्ज र चन्द्रमाको चमकको संकेत जान्ने, पहाड पर्वत र कन्देराको उपस्थिती सहजै चिन्ने ज्ञान भएको स्त्री (पोथी) तीनको नेतृत्वकर्ता हुन्छिन । मातृभाषा जान्ने उनले तारा र ऋतुहरूले कोरेका बाटोहरू पहिल्याउँदै गन्तब्यमा पुर्‍याउँछिन ।

ति नेतृत्वकर्ता आदेश दिन्नन । बरु मार्गदर्शन गर्छिन् । सिकाउँछिन । सम्पूर्ण आकाशको ज्ञान उनमा भए जस्तो हुलका सदस्यहरुलाई लाग्छ । त्यो भरोसा दिन्छिन । तिनमा एक संरक्षकत्वको भावना, भूमिका र एक कोमल आत्मा हुन्छ । यात्रामा कुनै सदस्य बिरामी परे एक सुसारे, हेरचाहकर्ता वा सहयोगी खटाइदिन्छिन । यदि बिरामी निको भए विश्रामस्थलमा फेरी भेट हुन्छ । मृत्यु भएमा यात्रा अघि बढ्छ ।

तिनीहरू एक पती वा एक पत्नी अँगाल्ने जीव हुन । जीवनभरि विश्वासी रहन्छन्, प्रजननमा असफलता वा दुई मध्ये एकको क्षति नभएसम्म जोडी टुट्दैन । जब नयाँ बन्धनमा बाँधिन्छन नी ओहो, तिनीहरू यसरि नाच्छन् कि पखेटा र लहरहरूको उत्साह रोमाञ्चक हुन्छ । घुमाउरो घाँटी एक अर्कामा बेर्छन । ऐना हेरेझैं एक अर्काको अनुहार हेरिरहन्छन । गहिरोमा गहिरो पानीको विशाल सतहमा तैरिएर अँगालो हालिहाली टाउको खेलाएर, पानीमा दगुरेर कसले नाच्न सक्छ ? यस्तो लाग्छ कि पानीभित्रबाट कसैले चार जोडी पञ्चेबाजा बजाईरहेको छ ।

-Dadi Sapkota

होशियार बनौं । विषालु सर्पहरु पहाडतिर ।
28/05/2025

होशियार बनौं । विषालु सर्पहरु पहाडतिर ।

तराईबाट पुगेका मात्रै होइन, पहाडी क्षेत्रमै पाइने पिट भाइपर (हरियो सर्प), गुरुबे सर्पको विष कडा हुन्छ तराईका

Address

Jalapa
Khotang

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो जालपा -Hamro Jalapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to हाम्रो जालपा -Hamro Jalapa:

Share