UANTO, Kavre को सचिवालय,काभ्रेपलाञ्चोक

UANTO, Kavre को सचिवालय,काभ्रेपलाञ्चोक शिक्षामा आमूल परिवर्तन यसको प्रमुख गन्तव्य हो ।

25/02/2026
18/11/2024

आव्हान चे.(विस्फोट)
म आव्हान गर्छु-
तिमी कोशी बेचुवालाई भोट देउ,
तिमी गण्डक बेचुवालाई भोट देउ,
तिमी महाकाली बेचुवालाई भोट देउ,
तिमी टनकपुर बेचुवालाई भोट देउ,
तिमी दास हौ, तिमी नोकर हौ,
मालिकले जे जे अह्राउँछ,त्यही त्यही गर्नु,
तिमी गुलामी गर, तिम्रो यो संसारमा अस्तित्व छैन,
त्यसैले,
तिमी देशको उद्योग,कलकारखाना कमिसन खाई कौडीको भाउमा बिक्री गर्ने दलाल पार्टीलाई भोट हाल्नु,
तिमी नेपाल आमालाई बलात्कार गर्ने देशद्रोही पार्टीलाई भोट हाल्नु,
तिमी ३४ बर्षसम्म देश लुट्ने लुटेरा पार्टीलाई भोट हाल्नु,
तिमी भ्रष्टाचारको काण्डै काण्ड मच्चाउने पार्टीलाई भोट हाल्नु,
लाउडा काण्ड घटाउने दललाई भोट हाल्नु,
गिरीबन्धु टीस्टेट घोटाला गर्ने दललाई भोट हाल्नु,
तिमी भ्रष्ट,दलाल,तस्कर,बिचौलिया र भूमाफियाको संरक्षक दललाई भोट हाल्नु,
तिमी देशलाई जतिसक्छौ लुट्न देउ
तिमी हुतिहारा हौ,टुलुटुलु हेरेर बस्नु,
जतिसक्छौ खान देउ,मिलिजुली खान देउ,
तिमी ॐनी,यति खाने पार्टीलाई भोट देउ,
तिमी नेपालीलाई भुटानी शरणार्थी बनाई
मान्छे बेच्ने मानव तस्कर पार्टीलाई भोट देउ ।
तिमी बालुवाटार ललिता निवास जग्गा क्वाप्लाप्प खाने खन्चुवा दलाल अनि भूमाफिया संरक्षक पार्टी लाई भोट देउ,
तिमीलाई त्यसैमा भलाई छ, तिमीलाई त्यसैमा खुसी छ,
तिमी अझै खान पल्केकालाई खान देउ,उसैलाई भोट देउ,
तिमी त्यसैमा खुसी छौ,तिमी तस्कर संरक्षक पार्टी लाई भोट देउ,तिमी भ्रष्टाचारको पक्षपोषक पार्टीलाई भोट देउ,तिम्रो अस्मिता लुट्ने पार्टीलाई भोट देउ,तिमीलाई मेरो यही छ आव्हान,तिमीलाई धेरै धेरै शुभकामना !

एक नयाँ सर्जकको कलमबाट...........
20/07/2024

एक नयाँ सर्जकको कलमबाट...........

शिक्षामन्त्रीलाई चिठी
16/07/2024

शिक्षामन्त्रीलाई चिठी

03/07/2024

तैँले के नापिस् ? -चे.(बिद्रोही)
७ सालदेखि १७ सालसम्म
तैँले सरकार चलाईस् ।
तैँले के नापिस् ?
४६ सालदेखि ६१ सालसम्म
तैँले सरकार चलाईस् ।
तैँले के नापिस् ?
तैँले ८१ सालसम्म
सरकार चलाइस् ।
तैँले के नापिस् ?
कहिले एकलौटी सरकार चलाइस् ।
कहिले मिलीजुली सरकार चलाइस् ।
कहिले ज्ञानेन्द्र सङ्ग मिलेर चलाइस् ।
तैँले के नापिस् ?
बरु
तँ भ्रष्टाचारमा चुर्लुम्म डुबिस् ।
तेरो आसेपासे टन्न मोटाइस् ।
तैंले कर्मचारी कव्जा गरिस् ।
तैँले प्रहरी कव्जा गरिस् ।
तैँले शिक्षक कव्जा गरिस् ।
तैँले सोझासाझा जनता लाई
खसी बोका झैँ किनिस् ।
तैँले न्यायाधीश कव्जा गरिस् ।
तैँले यति ओम्नी काण्ड घटाइस् ।
तैँले लाउडा काण्ड घटाइस् ।
तैँले भुटानी शरणार्थी काण्ड घटाइस् ।
तैंले ललिता निबास काण्ड घटाइस् ।
तैँले गिरीबन्धु टीस्टेट काण्ड घटाइस् ।
तैँले सारा जनताको लागि के गरिस् ?
तैँले ब्रम्हालुट मच्चाइस् ।
तैँले जनतालाई जुकाले झैँ रगत चुसिस् ।
तैँले क्रान्तिकारीहरुको रगत पिइस् ।
तैँले भूत बङ्गला बनाइस् ।
तैँले मोजमस्ती खुब गरिस् ।
तैँले पिआर लिइस् ।
तँ दोहोरो नागरिकता भइस् ।
तँ आधी नेपाली
आधी बिदेसी भइस् ।
तैँले जनताका छोराछोरी
बिदेस जान बाध्य पारिस् ।
तँ बिदेशी डलर खाने भइस् ।
तैँले सोझा शिधा
जनतालाई झुक्क्याइस् ।
तैँले गर्न नहुने काम गरिस् ।
तैँले जनतालाई साह्रै हेपिस् ।
तँ बिदेशी दलाल भइस् ।
तैँले भूईंमान्छेको मर्म बुझिनस् ।
तर जनताले तेरो के बिगारिस् ?
तँ त आखिर प्रतिगामी भइस् ।
तैंले संबिधान संशोधन गर्न खोजिस् ।
तैँले धर्म निरपेक्षता हटाउन खोजिस् ।
तैंले समाबेशी हटाउन खोजिस् ।
तैंले समानुपातिक हटाउन खोजिस् ।
तैंले सङ्घीयता खान खोजिस् ।
तैंले रगत बाट साटिएको
गणतन्त्र हत्या गर्न खोजिस् ।
तैंले अराजकता निम्त्याउन खोजिस् ।
तैंले फेरि द्वन्द्व निम्त्याउन खोजिस् ।
साबधान ! साबधान !! साबधान!!!
होसियार ! होसियार !! होसियार !!! अस्तु ।

02/07/2024

"सरकार परिवर्तन हुनु सामान्य कुरा हो तर संबिधान संशोधनको नाउँमा ४७ सालतिर फर्काउन खोज्नु राष्ट्र अराजक र द्वन्द तिर धकेल्नु हो ।" चेतना भया ।

अस्थिर राजनीति ?
02/07/2024

अस्थिर राजनीति ?

15 seconds · Clipped by Chet Lama · Original video "रविले फाइल खोलेकै राती ढल्यो सरकार, छट्पटीमा कांग्रेस, रविले सरकार नछाड्ने ? प्रचण्डमाथि बज्.....

02/07/2024

बीरमान काका ! -चे.(विस्फोट)
राष्ट्रको व्यथा र कथा
म कसलाई के सुनाउँ?
भ्रष्टाचारले सीमा नाघिसके
म के गरौं ?
तिमी खुसीसाथ सुनाउने गर्थे-
राजनैतिक क्रान्ति पूरा भो भन्थे
अब जनताको सुदिन आउनेछ भन्थे
किन हो किन म त बाराम्बार भन्ने गर्थे-
पूँजीबादी गणतन्त्र मात्र आको हो,काका !
जनगणतन्त्र त डाँडापारी हो ।
समाजबाद त झन परको कुरा हो ।
बेलाबेलामा भएको
सत्ता समीकरण बारे
भन्न मन लागेको छ,काका!
भ्रष्टाचारको फायलहरु
धमाधम खोल्न थालेपछि
भुटानी शरणार्थी फायल खोल्न थालेपछि
गिरीबन्धु टि स्टेट फायल खोल्न थालेपछि
धमाधम आफ्नो मान्छे पक्रन थालेपछि
बिआर आई परियोजना आउने भएपछि
क्रान्तिकारी शक्ति कमजोर भए पछि
दुश्मन त एकजुट हुने नै भयो,
सरकार त त्यसै ढल्ने नै भयो,
प्रतिगामी त्यसै खुसी हुने नै भयो,
प्रतिगमन त फेरि आउने नै भयो ।
म बाराम्बार भन्ने गर्छु-
कागलाई बेल पाक्यो हर्ष न बिस्मात
त्यही त हो नि ब्रो
काले काले मिलेर खाउँ भाले
तसर्थ,
समीकरण परिवर्तन हुँदैमा
तरङ्गित हुनु नि पर्दैन
आत्तिनु नि पर्दैन,
बिचलित हुनु नि पर्दैन
रुनु नि पर्दैन,कराउनु नि पर्दैन
जनता जनार्दन भन्ने गर्छन् -
जुन जोगी आए नि कानै चिरेको
चिन्ता राष्ट्रको।
प्रणाली परिवर्तनको ।
सङ्घीयता खारेजीको ।
संविधान संशोधनको ।
खुसी हुनु नि पर्दैन ।
उत्सब मनाउनु नि पर्दैन ।
निरास हुनु नि पर्दैन ।
भोज खानु नि पर्दैन ।
भतेर खानु नि पर्दैन ।
तर
अब परिवर्तनकारी शक्ति माथि
नानाथरी दोष लाउनेछन् ।
सकेसम्म फेरि
राजतन्त्र फर्काउने छन् ।
यही फोहोरी संसदीय व्यबस्थामा
नै फुरफुर गरी रम्ने छन् ।
बफे पार्टीमा खुबै जम्नेछन् ।
लुते भनेर गिज्याउने छन् ।
आतंककारी भनी
लखेट्न खोज्ने छन् ।
बल्ल पो स्वर्ग आयो
भनी चिच्याउनेछन् ।
सङ्घीय संबिधान लाई
फाल्ने छन् ।
४७ सालको संबिधान
उल्ट्याउन खोज्ने छन् ।
समाबेसी हटाउनेछन् ,
समानुपातिक हटाउने छन्,
धर्म निरपेक्षता हटाउने छन् ।
सङ्घीयता खारेज गर्न खोज्नेछन् ।
छातीमा हात राखेर भन्नै पर्छ-
क्रान्तिकारी शक्ति झनै भुत्ते भएपछि,
टुट्फुट र अनेकतामा रम्ने भएपछि,
साथी लाई नि दुश्मन देख्ने भएपछि,
जनसम्बन्ध नि तोड्ने भएपछि,
क्रान्तिकारी शक्ति
परिवर्तन हुन नखोजेपछि,
मित्रले पनि हेप्ने नै भो ।
दुश्मनले त झनै हेप्ने नै भो ।
त्यसैले,
क्रान्तिकारी शक्तिलाई
एकजुट बनाउनुछ ।
संबिधान संशोधन गर्नुछ,
राष्ट्र्पति प्रणाली ल्याउनुछ,
समाजबादको आधार तयार गर्नुछ,
समाजबादको बाटोमा अघि बढ्नुछ,
समाजवादी क्रान्ति गर्नुछ ।
जन संबिधान बनाउनु छ ।
जनताको मुहार फेर्नुछ । अस्तु ।

Address

Dhulikhel
Kavrepalanchowk

Alerts

Be the first to know and let us send you an email when UANTO, Kavre को सचिवालय,काभ्रेपलाञ्चोक posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to UANTO, Kavre को सचिवालय,काभ्रेपलाञ्चोक:

Share