L A Drugs/Alcohal Treatment & Rehabilitation center

  • Home
  • Nepal
  • Kavre
  • L A Drugs/Alcohal Treatment & Rehabilitation center

L A Drugs/Alcohal Treatment & Rehabilitation center Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from L A Drugs/Alcohal Treatment & Rehabilitation center, Kavre.

Just for today, November~24 Gratefully recovering (आभारी हुँदै सुध्रदै)"हामीले त्यो बिचार हरुलाई निमन्त्रणा दिई रह्यौ कि...
24/11/2025

Just for today, November~24
Gratefully recovering (आभारी हुँदै सुध्रदै)
"हामीले त्यो बिचार हरुलाई निमन्त्रणा दिई रह्यौ कि स्वच्छ रहेपछी पनि सोचेको परिणाम पाउन सकेका छैनौ र यो पुरानो सोच ले हाम्रो अप्रसन्नता र आवेश लाई मात्र बढाउने काम गर्‍यो।"
Basic Text, p. 102
---------------=--------------
कुनै त्यस्तो दिन हरु पनि आउने गर्दछ जब हामी मध्ये केही हिनभावना मा नै लटपटिने गर्दछौ। यस्तो गर्न सजिलो हुने गर्दछ। हामी मध्ये केही यस् प्रकारको आशा हरु पाल्ने गर्दछौ कि सुधार मा हाम्रो जीवन कस्तो हुनु पर्छ भनेर र हाम्रो यो आशा सधैं पुरा हुने गर्दैन। हुन सक्छ हामीले कसैलाई नियन्त्रण गर्नको लागि असफल प्रयास गरेका छौ, वा हामीले यो सोच्ने गरेका छौ कि हाम्रो अवस्था केही अलग प्रकारको हुनु पर्ने। शायद हामीले अरु सूधारमा भएको दुर्व्यसनी सँग आफ्नो तुलना गर्दा यो पायौ कि हामी मा केही कमी कमजोरी हरु छ। जती नै धेरै हामी हाम्रो जीवन लाई हामी हाम्रो आशा अनुरुप बनाउदै जाने गर्दछौ त्यती नै धेरै हामी असजिलो महसुस गर्ने गर्दछौ। हिनभावना तब जन्मन सक्दछ जब हामी संसार जस्तो छ त्यसलाई त्यही अवस्था मा स्विकार नगरिकन हामी आफ्नो आशा अनुरुप जीवन जिउन थाल्दछौ ।
जब संसार हाम्रो आशा अनुरुप हुँदैन तब हामी ले नै हाम्रो आशा सँग सम्झौता गर्नु पर्दछ संसार लाई हामी सँग होइन। त्यसको लागि हामी आफ्नो आजको जीवन को तुलना हामी आफ्नो बिगत को जीवन सँग गर्न सक्तछौ र यस प्रकारले आफ्नो सुधार प्रतिको कृतज्ञता लाई बिकसित गर्न सक्तछौ। हामी कृतज्ञता को यो अभ्यास लाई आफ्नो जीवनको राम्रो कुरा हरुलाई गन्दै अगाडि बढाउन सक्तछौ र धन्यावाद हुनेछौ कि संसार केवल हाम्रो आशा अनुरुप हुनेछैन अपितु यसले त हामीले आशा गरे भन्दा पनि धेरै नै बढी हामीलाई दिनेछ। र यदी हामी बाह्र पाइला हरुमा निरन्तर कार्य गर्दै रह्यौ र कृतज्ञता र स्विकार भाव लाई बढाउदै लग्यौ भने हामी आफ्नो भविष्य मा धेरै बिकास, धेरै खुशी र मन मा अझ बढी शान्ती प्राप्त गर्न सक्तछौ।
हामीलाई सुधार मा धेरै कुरा दिएको छ। स्वच्छ रहन को लागि हामीलाई अनुकुल परिणाम मिलेको छ। आजको निम्ती मात्र आफ्नो जीवनलाई जस्तो छ त्यही अवस्था मा स्विकार गर्नाले हामी लाई हरेक प्रकारको हिनभावना बाट बहिर निकाल्ने गर्दछ।
----------------=---------------
आजको निम्ती मात्र -मेरो जीवन जस्तो छ त्यस्लाई कृतज्ञता को साथ स्विकार गर्ने छु।

24/11/2025
12/11/2025

"The real difficulty is to overcome how you think about yourself.”

Address

Kavre

Telephone

+9779840219044

Website

Alerts

Be the first to know and let us send you an email when L A Drugs/Alcohal Treatment & Rehabilitation center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to L A Drugs/Alcohal Treatment & Rehabilitation center:

Share