Maya Ko Saath Foundation

Maya Ko Saath Foundation We work to protect child rights, support marginalized communities, and empower youth and women through impactful community development initiatives.

भोटेकोसी-त्रिशूली बाढीबाट प्रभावित भई परिवार सम्पर्क विहीन हुनुभएका तथा परिवार गुमाएका बालबालिका (विशेष संरक्षणको आवश्यक...
01/09/2026

भोटेकोसी-त्रिशूली बाढीबाट प्रभावित भई परिवार सम्पर्क विहीन हुनुभएका तथा परिवार गुमाएका बालबालिका (विशेष संरक्षणको आवश्यकता भएका बालबालिका) लाई हामीले राष्ट्रिय बाल अधिकार परिषद् मार्फत अस्थायी संरक्षणको सम्पूर्ण व्यवस्था मिलाइसकेका छौ।

प्रभावित स्थानीय तहहरू सङ्ग समन्वय मै छौ। प्रभावित बालबालिकाको उद्धारका लागि परिषद्को कार्यदल मार्फत काम भइरहेकाले कुनै पनि व्यक्ति , संस्था र स्थानीय तहले समेत परिषद्को पूर्व सहमति बिना बालबालिकाको ओसारपसार नगर्न नगराउन सबैमा अनुरोध गर्दछौ ।

थप जानकारी तथा आवश्यक समन्वयका लागि (राम बहादुर चन्द,सूचना अधिकृत, राष्ट्रिय बाल अधिकार परिषद् : 984-1386871)

26/08/2026

विपद्पछिको उद्धार तथा राहतका लागि यो लिङ्कमा गई विवरण भर्नुहुन अनुरोध छ। यो सन्देशलाई सम्बन्धित सबैमाझ सेयर गरिदिनुहुन समेत अनुरोध गर्दछौं।
https://setu.ndrrma.gov.np/

🙏
26/08/2026

🙏

हार्दिक अपिल

🙏
26/08/2026

🙏

अत्यन्त जरुरी सूचना!

हालैको रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी तथा गर्भवती महिलालाई कुनै सहयोग आवश्यक परेमा सम्बन्धित निकायमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौँ।

सम्पर्क नम्बरहरू:
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय: ०१-४२०००८२
राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्र (NEOC): १२३४, १११२
बालबालिका खोजतलास सेवा: १०४
राष्ट्रिय महिला आयोग: ११४५

आफू सुरक्षित रहौँ, जोखिममा रहेका व्यक्तिलाई सहयोग गरौँ र आवश्यक सूचना सम्बन्धित निकायसम्म पुर्‍याऔँ।

26/08/2026

हेलिकोप्टर र ड्रोनसँग सम्बन्धित सबै संघ, संस्थालाई जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय एवं सम्बन्धित स्थानीय तहसँग समन्वय गरी खोज तथा उद्धारमा सहयोग गर्न प्राधिकरण विशेष अनुरोध गर्दछ।
हेलो गृह मन्त्रालय - Ministry of Home Affairs - Nepal

26/08/2026

🙏🙏🙏

विशेष सतर्कताका लागि अनुरोध🙏Stay Alert and stay safe.भोटेकोशी नदी रसुवामा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको अर्को सूच...
26/08/2026

विशेष सतर्कताका लागि अनुरोध🙏Stay Alert and stay safe.

भोटेकोशी नदी रसुवामा तिब्बततर्फबाट ठूलो बाढी प्रवेश गरेको अर्को सूचना नआउँदासम्म भोटेकोशी, त्रिशूली नदी एवं नारायणी नदीको तटीय क्षेत्रमा रहने हुने सम्पूर्ण नागरिकलाई उच्च सतर्कता अपनाउनु हुन अनुरोध छ।

रसुवा, धादिङ, नुवाकोट, गोर्खा, चितवन एवं तनहुँ जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा जानु हुन एवं खोज तथा उद्धारको आवश्यकता भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्री नम्बर १००/१२३४/११४८ मा सम्पर्क गर्नुहुन अनुरोध छ।

साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेँसी सडक, मुग्लिन-नारायणगढ सडकमा यात्रा नगर्नु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन स्थानीय तह एवं प्रशासनलाई अनुरोध गरिन्छ।

विपद्पछिको खोज, उद्धार तथा राहत कार्यमा समन्वय, सहयोग र सहजीकरण गर्न, गराउन हुन सम्बन्धित सम्पूर्णमा प्राधिकरण हार्दिक अपिल गर्दछ।

पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन स्थानीय तह एवं प्रशासनलाई अनुरोध गरिन्छ।

बारा, सिमराको अमानवीय घटनाप्रति ध्यानाकर्षण, न्याय र बाल सुरक्षाका लागि मायाको साथ फाउन्डेसनको अपिल! बाराको सिमरामा ३ वर...
19/08/2026

बारा, सिमराको अमानवीय घटनाप्रति ध्यानाकर्षण, न्याय र बाल सुरक्षाका लागि मायाको साथ फाउन्डेसनको अपिल!

बाराको सिमरामा ३ वर्षीया अबोध बालिकामाथि भएको विभत्स बलात्कार र हत्याको जघन्य घटनाले सिङ्गो मानवतालाई नै मर्माहत र स्तब्ध बनाएको छ। एक अबोध बालिकामाथि गरिएको यो क्रूर, अमानवीय र सोच्न पनि नसकिने निकृष्ट अपराध हो।

विभिन्न नकारात्मक कारणहरूले गर्दा आजभोलि समाजमा मानिसहरूको मानसिक स्वास्थ्यमा गम्भीर असर परिरहेको छ। यस्तै विकृत मानसिकताका कारण ३ वर्षीया अबोध बालिकामाथि भएको अमानवीय अपराध र हत्या जस्ता सोच्न पनि नसकिने घट्नाहरू घटिरहेका छन्। यो सिङ्गो मानवतालाई नै मर्माहत बनाउने कुकर्म हो।

यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जालमा 'भ्युज' र 'लाइक'को नाममा पीडित बालिका र परिवारको आघातलाई अझ बढाउने गरी तस्बिरहरू सेयर नगर्न हामी हार्दिक अनुरोध गर्दछौँ। कसैको प्रचार वा स्वार्थभन्दा अरूको पीडा र संवेदना सधैँ ठुलो हुन्छ।

हाम्रो माग र अपिल:

१. निष्पक्ष छानबिन: सरकार र प्रशासनले बिना कुनै राजनीतिक वा बाह्य दबाब अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कडा भन्दा कडा कारबाही गरोस्।
२. सत्यको साथ: कुनै पनि बहानामा अपराधीलाई संरक्षण दिने प्रयास कसैबाट नहोस्।
३. जिम्मेवार नागरिक: अफवाह फैलाउनुको सट्टा सत्य-तथ्य र प्रमाण भए प्रशासनलाई दिएर सहयोग गरौँ।

समाजमा बढ्दै गएको मानसिक विकृति र अपराध विरुद्ध लड्दै हरेक बालिका सुरक्षित हुने वातावरण निर्माण गर्न हामी सबै एकजुट बनौँ।

दिवङ्गत नानीप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा गहिरो समवेदना।🙏

A Voice, Not an Echo: Celebrating Every Child’s Right to Speak Up!On this National Child Participation Day, we honor the...
10/08/2026

A Voice, Not an Echo: Celebrating Every Child’s Right to Speak Up!
On this National Child Participation Day, we honor the invaluable perspectives and leadership children bring to shaping their own futures. Investing in genuine opportunities for children to be heard, seen, and respected is a collective responsibility for a just and inclusive society. We celebrate the strength and creativity of young voices across Nepal.

10/08/2026

बालबालिकाको आवाज, समाजको समृद्धिको आधार! राष्ट्रिय बाल सहभागिता दिवसको उपलक्ष्यमा सम्पूर्ण बालबालिकाहरूमा हार्दिक शुभकामना! 🇳🇵

Address

Budhhanager/10
Kathmandu
44600

Opening Hours

Monday 09:30 - 17:00
Tuesday 09:30 - 17:00
Wednesday 09:30 - 17:00
Thursday 09:30 - 17:00
Friday 09:30 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Maya Ko Saath Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share