Nepal Rastriya Abhibhawak Sangh

Nepal Rastriya Abhibhawak Sangh नेपाल अभिभावक संघ अभिभावक र विद्यार्थीहरुको हक, हित र अधिकारका लागि लड्ने क्रियाशील संस्था हो ।

बर्बाद भो !प्राईभेट स्कुलले १४ शीर्षक बाहेक शुल्क लिन नपाउने र exam fee ५०% भन्दा बढी लिन नपाउने भन्दै नयाँ नियम आएछ ।  ...
07/04/2026

बर्बाद भो !
प्राईभेट स्कुलले १४ शीर्षक बाहेक शुल्क लिन नपाउने र exam fee ५०% भन्दा बढी लिन नपाउने भन्दै नयाँ नियम आएछ । सुन्दा के के न गरेको जस्तो लाग्नसक्छ । तर,

हिजोसम्म छोरिहरुको बिलमा जम्मा केही शिर्षकमा बिल आउँथ्यो र ती सबै शिर्षकहरु यहिँ भित्रका हुन्,

अर्को एउटा कुरा exam fee लगभग २०% जति आउँथ्यो तर अब ५०% लिन पाउने भो ! भनेपछी २०% मात्र आउला र अब ?

भन्न खोजेको आशय !! यो शिर्षकमै त हो बिल आउने, अनि सहज बनाउनुपर्ने नै यहि शिर्षकहरुमा हो । तर यहि शिर्षकहरुमा लिन पाउने भनेपछी सहज कहाँनेर भयो?

अभिभावकलाई शुलभ बनाउनै खोजेको भए एकपटक भर्ना भएपछी मासिक शुल्क ( बढिमा यतिसम्म ) बाहेक अरु लिन नपाईने भनी निर्णय गर्नुपर्ने थियो । बिध्यालय परिवर्तन नगरुन्जेल वार्षिक भर्ना गर्न नपाईने हुनुपर्ने थियो ।

विशेष : ५ वर्ष नपुगि भर्ना लिन नपाईने हुनुपर्थ्यो !!! प्राईभेट शिक्षकको न्यूनतम तलब पनि तोक्नुपर्ने थियो ।

अनि अतिरिक्त कृयाकलापमा भाग लिनेहरुको मात्र अर्कै शुल्क लिन पाउने , यातायात प्रयोग गर्नेको यातायात शुल्क लिन पाउने गर्नुपर्थ्यो , शैक्षिक सामाग्री शुलभ मूल्यमा जहँबाट किन्न पनि पाईने हुनुपर्थ्यो ।

हुन त धेरै लेखे गाली आउला !! सबै जान्ने देशमा । आफ्नै माग राख्दा पनि गाली गर्नेहरु छन् 😂😂😂

यस्ता शिक्षकलाई के सजाय दिनु उचित होला ?
30/01/2026

यस्ता शिक्षकलाई के सजाय दिनु उचित होला ?

07/01/2026

विद्यार्थीको पिडा !!

कुनै पनि निजी वा सरकारी विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थी अथवा विद्यार्थीका अभिभावकहरूमाथि यदि कुनै पनि प्रकारको च...
07/01/2026

कुनै पनि निजी वा सरकारी विद्यालय तथा कलेजमा अध्ययनरत विद्यार्थी अथवा विद्यार्थीका अभिभावकहरूमाथि यदि कुनै पनि प्रकारको चरम ज्यादती, शारीरिक वा मानसिक हिंसा, दुर्व्यवहार, अपमान, धम्की, शोषण वा अन्याय हुने गरेको छ भने, त्यसलाई अब चुपचाप सहेर बस्नुपर्ने अवस्था छैन।
यस्ता अमानवीय तथा गैरकानुनी कार्यको डटेर विरोध गर्न र पीडित विद्यार्थी तथा अभिभावकलाई न्याय दिलाउने उद्देश्यका साथ
नेपाल राष्ट्रिय अभिभावक संघ सधैं तपाईंहरूको साथमा उभिएको छ।
यदि तपाईं वा तपाईंका बालबालिका कुनै पनि शिक्षण संस्थामा अन्याय, दमन वा हिंसाको शिकार बन्नुभएको छ भने, निडर भएर नेपाल राष्ट्रिय अभिभावक संघमा सिधै उजुरी दिनुहोला।
हामी तपाईंको आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याई, कानुनी, नैतिक तथा सामाजिक सबै माध्यमबाट न्याय सुनिश्चित गर्न सक्रिय रूपमा पहल गर्नेछौँ।
विद्यार्थीको सुरक्षित, सम्मानजनक र न्यायपूर्ण शैक्षिक वातावरण हाम्रो साझा जिम्मेवारी हो।
अभिभावक र विद्यार्थीमाथि हुने अन्यायविरुद्ध एकजुट भएर लड्नु नै आजको आवश्यकता हो।
✊ नेपाल राष्ट्रिय अभिभावक संघ
✔ विद्यार्थी तथा अभिभावकको हक, हित र अधिकारका लागि
✔ अन्यायविरुद्ध निरन्तर संघर्षरत
✔ न्याय र सुरक्षाको भरोसायोग्य संस्था
🙏 हामी सबै विद्यार्थी तथा अभिभावकलाई न्याय दिलाउन दृढ संकल्पित छौँ।

07/01/2026

ब्रिटीस कलेजको बदमाशी धरापमा विद्यार्थीको भबिस्य !!!
पूरा भिडियो हेरेर हामिलाई फलो गरेर साथ दिन नबिरिस्नुहोला ।

06/01/2026

शब्दबिहिन भिडियो !

05/01/2026

Address

Putali Sadak
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Nepal Rastriya Abhibhawak Sangh posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share