29/11/2025
#मेरो आक्रोश अनि तमाङ पुर्खा तत्कालीन काभ्रे तिमालको राजा ह्रेन्जेन दोर्जेको वास्तविकतामा आधारित इतिहास!!
#कहिले हत्या हिंसा नचाहने काभ्रे तिमालको तामाङ राजा ह्रेन्जेन दोर्जे र राजा ह्रेन्जेन दोर्जेको बहादुर, साहसिक सैनिकलाई अमाने-समाने युद्धमा कहिले पनि पृथ्वीनारायण शाह र उसको सैनिकले जित्न सकेका थिएनन।
जित्ने सम्भावना पनि देखिदैन।
#जुन ठाउँमा वि.स. १८१९ आश्विन २ गतेका दिन कायरता र धोखेबाजपुर्ण षडयन्त्र पुर्बक मीत लगाउने बहानामा तिमालबेसि अमलटार भन्ने ठाउँ सुनकोसीको बगरमा बिना हातहतियार बोलाएर, पृथ्वीनारायण शाहको कायर सैनिक पलान्चोकी थापा-कुवर हरुलाई राती नै हातहतियार लागेर बालुवामुनि लुकाउन लगाएर जसरी क्रूर र निर्मम धोखेबाज पुर्बक तामाङ राजा ह्रेन्जेन दोर्जेको हत्या भएको थियो त्यही ठाँउको स्थानीय वासिन्दा हौं हामी, वास्तविक इतिहास राम्रोसँग थाहा छ हामिलाई।
#त्यस लडाइँमा पृथ्वीनारायण शाहको जित कहिले कदापि स्विकार्य हुने छैन ह्रेन्जेन दोर्जेका बहादुर, निडर, साहसिक सन्तान तामाङ समुदायलाई।
#त्यस्तो जितलाई जित भनिदैन कायर भनिन्छ।
तसर्थ साहसिक युद्धको नियम अनुसार लडाइँ लडने हो भने ह्रेन्जेन दोर्जेको लाखौं सन्तानहरु अझै सच्चिकै तयार छन अन्तिम फैसलाको लडाइँ लड्नलाई।
#नेपाललाई एकीकरण गर्नुमा पृथ्वीनारायण शाहको भुमिका छ भन्दैमा हामी हाम्रो पू्र्खाको कायरता पुर्वक गरेको त्यो दर्दनाक हत्यालाई उसको बहादुरीको रुपमा लिएर कहिले बिर्सिने छैन। कसरी बिर्सिन सक्छ र? बलवान्, बहादरी, इमानदारीको कथा इतिहास बोकेको तामाङ पू्र्खाको इतिहासलाई धोखेबाज षड्यन्त्र पुर्वक नष्ट गरेर आफ्नो मात्र एकलौटी सफलता अनि बहादुरीको इतिहास लेख्ने पृथ्वीनारायण शाहलाई कसरी राष्ट्रपिता मान्ने ??? जसले सत्ता बाहेक अन्य नातागोता, आफन्त, विश्वास सबै भ्रम हो भन्ने संस्कारको विकास गराए
#बरु पृथ्वीनारायण शाहलाई सधै ध्रुत कायर अनि गद्धारको रूपमा लिनेछ्न सम्पुर्ण तामाङ तथा जनजाती समुदायले, किनकी युद्ध मैदानमै पनि युद्धको नियम अनुसार दुश्मनलाई नि:शस्त्र वा आत्मा समर्पण गरेको अबस्थामा हत्या अर्थात मार्न पाइदैन भने, लडाइँ झैझगडालाई सदाको लागि त्यागेर मीत लगाउन अर्थात मित्रताको नाता कायम गर्ने उदेश्यले आएको एक सच्च, इमानदार, अनि अहिंसावादी धर्मिक व्यक्तिको हत्याले कुन चै र कस्तो चै शुभ सन्देश, भाइचारा अनि विस्वासको वातावरण बनाउछ भन्न खोजेको हो ???
#जबर्जस्ति लाद्न खोजेको हो या पांगु, मुर्खा, उल्लु बनाउन खोजेको हो???
कसले दिन सक्छ सहि तर्क र जवाफ???
#सत्य कुरा त जुन २०५८जेठ १९गते शुक्रवार सम्म आइपुग्दा जसरी जानी नजानी ८०% नेपाली जनताले भगवान बिष्णु अवतारको रुपमा लिएको राजा बिरेद्रको आफ्नै दरबारमा निर्मम पुर्बक क्रुर तरिकाले बंश नै नास हुनएगरि हत्या भयो त्यो अरु कारण नभएर पृथ्वीनारायण शाहले सिकाएको परम्परा सस्कृति अनि त्यही संस्कारको कारण हो भन्दा सायद दुईमत नहोला!
#पृथ्वीनारायण शाहको नीति सरसर्ति हेर्दा र बुझ्दा जनजातिहरु गुरुङ, राई, लिम्बु, मगर, शेर्पा, नेवार विशेष गरि तामाङ जातिलाई जसरी पनि भौतिक, आर्थिक, शैक्षिक सबै कुरामा नाम निशाना मेटाउने उदेश्य रहेको बुझिन्छ।
#उदाहरणको लागि यदि उसको त्यो नीति नभएको भए वार्ता र मीत लगाउन राजी भएको तामाङ राजा ह्रेन्जेन दोर्जेलाई किन मार्नु पर्यो र???
#यसको मतलब एकीकरणको नाम मात्रै हो उसलाई जसरी हुन्छ तामाङ लगायत जनजातीको इतिहास मेटाउनु थियोे! किनकि जबसम्म जनजातीको राज रहन्छ तबसम्म उसको निरंकुश शासन चल्दैन भन्ने निश्कर्षमा उ पुगेको थियो र उसले त्यही अठोट गरे, र सिधा तरिकाले लडाइँ जित्न सक्ने साहस पनि थिएन त्यसैले जनजातिको सोझोपन, छिटो विस्वास गर्ने, शत्रुतामा भन्दा मित्रतामा विस्वास गर्ने, दयालुपनलाई कमजोरी र फाइदाको रूपमा प्रयोग गर्न थल्यो, अनि पुर्ण षड्यन्त्र, जालझेल, धोखेबाज, कायर नीति अपनाएर अन्ततः सबैलाई भौतिक रूपमा समाप्त पार्न सफल पनि भएको देखिन्छ।
#त्यस पश्चात् जनजाति अनि जनजातिको बहादुरी,अहिंसावाद र साहसको इतिहास मेटाउन जबर्जस्तले लागि परे र उ सफल पनि भए।
#यसबाट उ हाम्रो जनजाति लगायत तामाङ पू्र्खासंग डराउथ्यो भन्ने कुरा समेत प्रमाणित हुन्छ।
र काभ्रे मात्र नभएर मकवानपुर, धदिङ, नुवाकोट र काठमाडौंमा समेत तामाङले राज गर्थे भन्ने कुरा हाम्रो सदियौंदेखि बसोबास गरिरहेकोे स्थानीय तामाङ बस्ती समुदाय र यदाकदा इतिहासविद हरुले लेखेको लेखबाट पुष्ठि गरेको छ। जातीय भेदभाव कामी दमाई, सार्की, च्यामे, पौडे, आदि ठूला साना कसले र किन बनाए???
#जात अनुसारको काम गर्नुपर्ने नियम किन र कसले बनायो???
बाहुननिती र बाहुनबाद हविको सुरुवात कसरी र कहिलेदेखि भयो??? त्यसको जन्मदाता को हो???
#ढिलै भए पनि राम्रोसंग बुझेका छ्न जनजाति समुदायहरुले।
#समय भनेको एकनास तथा बलवान कहिले हुदैन।
के म तामाङ भएर तामाङ समुदायमा जन्मिनु मेरो दोष र अपराध हो???
#एउटा दलितको कोखबाट जन्मीने बित्तिकै उ अपराधी हुने???
#त्यसो त राष्ट्रनिर्माता नभएर भगवान पो हुनुपर्ने होकि???
तामाङ भएर जन्मे भारी बोक्ने, दमाई भएर जन्मे कपडा सिलाउने र बाजा बजाउने, कामी भएर जन्मे फलामको काम मात्र गर्नुपर्ने, पोँडे भएर जन्मे चर्पी सफा गर्ने इत्यादी.... #जन्मिनु अघि नै उसको कर्मको तय गर्ने उ को हो र???
#यदि नेपाल चार बर्ण छत्तीस जात सबैको साझा फुलबारी हो भने त्यो भेदभाव चाहिँ किन???
कर्म आफ्नो क्षमता र इच्छा अनुसार गर्ने होकि जात अनुसार???
#मैले आजसम्म बुझ्न नसकेको कुरा!
#हालको विस्वको कानुनले पनि यस्त खालको हत्यालाई हार जित र बहादुरी नभई जघन्य युद्ध अपराधको रुपमा चित्रण गरिएको पाइन्छ।
#त्यसैले पनि कहिले कदापि त्यो हत्या सहज र साधारण हुनै सक्दैन।
#सायद त्यसैले होला हाम्रो आदरणीय अग्रजहरुले यस्तो षड्यन्त्र, धोका, छलकपडबाट सचेत रहोस् र आफ्नो भावी पुस्ताले कहिले नबिर्सियोस भनेर नै होला त्यस कथित हत्या भएको आसपासको ठाँउलाई त्यही क्रूर हत्यासंग सम्बन्धित जस्तै तामाङ राजा ह्रेन्जेन दोर्जेको औंला काटिएको ठाउँलाई (अमलटार) घोडा मारेको ठाँउ (घोडादान) अन्तिम हत्या गरेको ठाँउलाई (भोगटार) भोटटार, दरबार र मालअड्डा जलाइदिएर खरानी भएर सुकेको ठाँउ ईलाकालाई ("मेफ्रङार") नेपालीमा "मेफ्र" भनेको "खरानी" "ङार" भनेको सुकेको, सुक्नु हो।
#राजा ह्रेन्जेन दोर्जेको काटिएको टाउको सुनकोशिमा फाल्दा नबगाएर गुमिरहेको अवस्थामा रानी दमक्षिक डोल्मोले कोसीमा हामफालेर आत्मादह गरेको ठाँउको नाम सुनकोसीको (रानीदह) इत्यादी नाम रहेको बुढापकाहरू बताउँछन। रानी दमछिक डोल्मोको आत्मदह पश्चात मात्र राजाको टाउको सुनकोशिले बगाएको बुढापकाहरु बताउँछन।
#यदि आज पृथ्वीनारायण शाह जिवित भएको भए हाल प्रत्येक वार्षिक रूपमा पृथ्वी जयन्ती मनाइरहदा उसको बिरुद्ध राष्ट तथा अन्तर्राष्ट्रिय अदालत, मानवअधिकार अनि जेनेभा सन्धि अनुसार अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्न अग्रपंक्तिमा उभिन कति पनि हिचकिचाउने थिएन होला..
#नोट: यदि २०५८जेठ १९गते राति राजदरबार सुरक्षाको निम्ति खटिएका ती ३००जना अधिराज्य भरिको सैनिक मध्यबाट हर सैनिक कलामा दक्ष, कुशल निपुणता भनेर छानिएका selected special force Royal family security Brigade शाही रक्षक बहिनीमा एकजना मात्र कर्तव्यनिष्ठा आफ्नो कर्तव्यको निम्ति मर्नै परे पनि एकइन्च पछाडि वा दायाँबायाँ नहट्ने र एक सेकेन्ड पनि नसोच्ने निडर नेपाली आमाको सपूत त्यहाँ भैदिएको भए त्यो विपत्स, क्रूर, दर्दनाक अमानवीय हत्या हुने सम्भव नै थिएन।
#यदि त्यो एक सैनिक जवान मध्य म नै किन नहोस त्यो दरबार हत्याकाण्ड सम्भव र सफल हुने थिएन।
म मर्नु पर्थ्यो होला तर आफ्नो duty कर्तव्य ढुक्क खुशीसाथ पुरा गर्थे।
#तर राजा बिरेन्द्रको परिवार सकुशल रहन्थ्यो।
#त्यो मेरो स्वच्छ अन्तर आत्माले व्यक्त गरेको र दिएको ग्यारेन्टी हो।
#किनभने कर्तव्यनिष्ठा, दायित्व, जिम्मेवारी बोध गर्ने सच्चा, निडर मानवले आफ्नो दायित्व, कर्तव्य, जिम्मेवारी पुरा गर्ने सवालमा कहिले पनि आफ्नो व्यक्तिगत चिन्ता वा ज्यानको पर्वाह गर्दैन।
#तर अवसोस त्यो विश्वास, कर्तव्य, मानवीय अनि इमानदारीताको संस्कार बसाल्न र सिकाउन चुकेकै हो सत्ता र शक्ति प्राप्तिका उनमातले पृथ्वीनारायण शाह।
अन्ततः त्यही संस्कारको निरन्तरता स्वरुप आफ्नै सन्ततिहरुलाई समाप्तिको खाडलमा पुर्याइछाडे।
G.D. Tamang Ujwal