ह्रेन्जेन दोर्जे प्रतिस्ठान Hrenjen Dorje Pratishthan

  • Home
  • Nepal
  • Kathmandu
  • ह्रेन्जेन दोर्जे प्रतिस्ठान Hrenjen Dorje Pratishthan

ह्रेन्जेन दोर्जे प्रतिस्ठान Hrenjen Dorje Pratishthan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ह्रेन्जेन दोर्जे प्रतिस्ठान Hrenjen Dorje Pratishthan, Nonprofit Organization, Temal_1 रातमाटेडाडा, Kathmandu.

19/03/2026

#ह्रेन्जेन_दोर्जे_Hrenjen_Dorje

03/01/2026

ेमाल काभ्रेपलान्चोक

 # #काभ्रे तिमाल (तेमालको) तामाङ राजा ह्रेन्जेन दोर्जेसंग पृथ्वीनारायण शाहको युद्ध इतिहास  # #काठमाडौं - सम्पुर्ण तामाङ ...
29/11/2025

# #काभ्रे तिमाल (तेमालको) तामाङ राजा ह्रेन्जेन दोर्जेसंग पृथ्वीनारायण शाहको युद्ध इतिहास

# #काठमाडौं - सम्पुर्ण तामाङ समुदायले गुरुरेम्पोछे पद्मसम्भवले ध्यान सिद्धि पश्चात बुद्धचित्ता मालाको उत्पत्ति गराएको पबित्र इतिहासिक भुमीको रूपमा तिमाल क्षेत्रलाई आफुहरुको इतिहासिक महत्वको क्षेत्र मान्दै आएका छन।
झिंगु तथा रोशी खोला र सुनकोशी नदिले छुने मध्यपहाडी बेसि भेगमा रहेकोे तिमाल क्षेत्रले महत्त्वपूर्ण इतिहास र संस्कृतिको विरासत बोक्दै आएको छ।

# #हरेक वर्षका चैत शुक्ल चतुर्दशीका दिन बौद्ध स्तुपामा तामाङहरुको ठुलो तिर्थयात्रा हुन्छ।
यसको भोलिपल्ट अर्थात चैत पुर्णिामामा तिर्थालुहरु बालाजुको बाइसधारामा स्नान गर्न पुग्छन र उनीहरुको यी तिर्थायात्रा स्वयम्भूमा दिप प्रज्वलन दानदक्षीण र पुजापाठसम्म पुग्छ।

# #यसरी दुइदिनसम्म लाग्ने यो तिर्थायात्राको नाम तिमाल जात्रा हो। तिमाल क्षेत्रका अन्तिम राजा ह्रेन्जेन दोर्जेले पनि यो यो जात्रामा सहभागीता जनाएका हुनाले पनि तामाङहरुले यसलाई महत्वपूर्ण सस्कृतिक र इतिहासिक विरासतको रूपमा लिदै आएका छन।

# #तामाङहरुले आफ्नो अन्तिम राजा मानेको तत्कालीन तिमालका स्थानीय तिमालका राजा ह्रेन्जेन दोर्जेको बारेमा अनुश्रुतिका आधारमा इतिहास लेखिएको पाइन्छ।
उनी तिमालका राजा हुन भन्ने प्रामाणिक आधार प्रकाशमा आइसकेका छन।

# #पुरातत्व विभागको मुखपत्र प्राचीन नेपाल पुर्णङ्क: ९१ ( पुस-माग २०४२:६) मा चन्द्रप्रसाद त्रीपाठिले लेखेको प्राचीन तामाङ बस्ती:
तिमालको इतिहासमा प्रकाश शिर्षकको लेखमा मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेनले ह्रेन्जेन दोर्जेको नाममा जारी गरेको एक तम्रापत्र छापिएको छ।
तिमाल कल्लेरी निवासी भुपु न्यायाधीश धर्म प्रसाद पान्डेले सुरक्षित गरि राखेको यो तम्रापत्रमा जग्गा विर्ता दिएको भने लेखक त्रीपाठिले उल्लेख गरेका छन।
विक्रम सम्वत: १८१९ भाद्र सुदिमा हरिहरपुरबाट ह्रेन्जेन दोर्जेका नाममा जारी गरिएको तम्रापत्रका व्यहोरा यस्तो छ।

विरु दावती विराज मानन्नत श्री
मत्महाराजधिराज
श्री श्री श्री दिग्वन्धन सेन देवदेवाना सदा
समय विजइ नाम
आगे ह्रेन्जेन दोर्जेको कल्या मटे
य मरि १० लाक्या मद्दे वाझो मुरि ६०९....पहरो पक्षिम सालको ......
ढलो उत्तर कोसी पुर्व डाडो ल्व (कि)
ल विर्ता गरि दियोको छ च .......
वा गरि षातिरजामा सा वित
नु विर्ताका सरह सेवा गर्नु घडे
रि पाथी तीन दिव जान्या ......
मा गरि दियाको छ। इति सम्वत १८१९
भाद्र सुदि ....... हरि

# #हरपुरमा आगे सुक्रीबिक्री सरिषानु
मकवानपुरका तत्कालीन राजा अर्थात अन्तिम राजा दिग्वन्धन सेनले हरिहरपुरबाट ह्रेन्जेन दोर्जेलाई यस्तो तम्रापत्र पठाएको देखिएकोले उनी तिमाल क्षेत्रका स्थानीय राजा भएको प्रामाणित हुन्छ।

# #तिमाल हात लिने गोर्खाली तयारी
# #पृथ्वीनारायण शाहले सुरुमा उपत्यका कब्जा गर्न वरिपरिका साना राज्यहरूलाई हात लिदै उपत्यकालाई घेर्दै लैजाने नीति बनाएको देखिन्छ।
यसका लागि तामाङहरुको आवाद रहेकोे र उनीहरुकै जातीय शासक रहेकोे तिमालकोट आक्रमण गरि त्यसलाई हात लिने पृथ्वीनारायण शाहले व्यवस्थित र गम्भीर तयारी गरेको देखिन्छ।

# #यहि अभियान अन्तर्गत नेपाल राज्य अर्थात काठमाडौं उपत्यकालाई घेर्दै जाने क्रममा गोर्खाली सेना शिवराम सिंह वस्नेतको नेतृत्वमा साँगाभन्याङमा उत्रेको थियोे।
त्यो समयमा पलान्चोक आसपासका बगाले थापाहरु गोरखालीको त्यो अभियानबाट शसंकित भए र गोर्खालीहरुलाई भगाउने जिम्मा काशिराम थापाले कान्तिपुरका राजा जयप्रकाश मल्लबाट प्राप्त गरे।

# #बाबुराम आचार्यद्धार लिखित 'श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जिवनी (२०६१:१७१-१७६) मा पलान्चोक क्षेत्रका बगाले थापाहरुलाई कसरी पृथ्वीनारायण शाहले हात लिए भन्ने प्रसङ्ग पढ्न पाइन्छ।

# #आचार्यको लेख अनुसार काशिराम थापाको नेतृत्वमा रहेकोे कान्तिपुरको सेनाले आक्रमण गर्दा साँगाभन्याङमा उत्रेका गोर्खाली सेनाका सेनानायक भारदार शिअराम सिंह बस्नेतलाई नै मारिदिएपछी गोर्खाली सेना नुवाकोट फर्क्यो। यसबाट जयप्रकाश मल्लको खुशीको सिमा रहेन।
यता काशिराम थापा थप उत्साहित हुदै नुवाकोट पनि कान्तिपुरलाई फिर्ता गरिदिने उद्योगमा लागे। तर उनी हारे।
यता जयप्रकाश मल्ल उनीसंग रिसाए।
नुवाकोट कान्तिपुरलाई फर्काउने उद्योगमा असफल भएपछि काशिरामलाई बोलाए।

# #तर जयप्रकाशले बोलाउने बित्तिकै उनी आएनन, पछि देउपाटननेरको कुटुम्बाहिमा डेरा गरि बसे।
जयप्रकाश स्नान गर्ने बहानामा आएर काशिरामलाई मराए। काशिरामको हत्या पछि उनका भाइ पशुराम थापा जयप्रकाशसंग क्रुद्ध भए।
यो परिस्थिति बुझिरहेको पृथ्वीनारायणले उनैलाई साँखु र चाँगुमाथी आक्रमण गर्न लगाइ त्यो कब्जा गरि आफ्नो मितबुबा रणजित मल्ललाई सुम्पे।

# #यस्तै चालबाजी अनुसार पृथ्वीनारायण शाहले पलान्चोकका थापाहरुलाई पनि हातमा लिदै रहेका थिए।
यता बगाले थापाहरु पनि पृथ्वीनारायण शाहसंग मिल्न लालायित थिए।
यस घाटनलाई पुष्ठि गर्ने एक लालमोहर इतिहासकार मोहन प्रसाद खनालले आफ्नो पुस्तिका पृथ्वीपत्र संग्रह १' (२०१८:१०) मा प्रकाशमा ल्याएका छन।
लछिमन थापाको नाममा पृथ्वीनारायण शाहले जारी गरेको लालमोहरको व्यहोरा यस्तो छ।

# #स्वस्ती श्री गरिराज चक्रचुअडामाणी नरनरायणोत्या
दि विविध विरुदावलिदिराजमानोन्नन श्री
मन्महाराजधिराज श्री श्री श्री पृथ्वीनारायण शाहदे
वानां सदासमरविजयिनाम।
आगे लछिमन थापाके आशिषपुर्वक पत्रमिदं यहाँ कु
सल तहाँ कुसल चाहये पत्र आयो अर्थ मालुम भयो
यहाँको
समाचार निको छ उप्रान्त हिजो पनि मइले तेरो पिछा लियाकै हो तेरै भर परि नेल काट्यो आज उ पारिको
भोट्या उठाई चमक्या छ अरु कोनै तेरो विराउ छैन धर्म भागी
पिछा पर्छस त हाम्रा काजी साथै कविला पठा. तेरो जति
हो तति वकसुला. उप्रान्त तिमालको काज पुर्याउ छु
भनी विन्ती परि पठाइछस भलो हो. सक्या भया आ
ट. भदउका दिन नसकी जैसिले साइत दियानन
ततिन्जेलसंग भोटयालाई संझाइबुझाइ थामन्या कांम
गर. अरु बाँकी काजिकै मोहर देषत गर. इति सम्बत
१८१९ भाद्र सुदि १ रोज ६ शुभम

# #यस लालमोहरमा व्यक्त गरिएको भाका अनुसार लछिमन थापाले बिरे धामी नामका व्यक्तिको नेल काटेर भगाएको, बिरे पारि अर्थात तिमाल क्षेत्रमा गई भोटे अर्थात तामाङहरुलाई उक्साएको र उनीहरु पनि आवश्यक परे युद्ध लड्न तयारी अवस्थामा रहेकोे बुझिन्छ।
साथै यस लालमोहर बाट तिमालको युद्धमा लछिमन थापाले पृथ्वीनारायण शाहलाई आवश्यक सहयोग गर्ने खबर पठाएको र उनलाई सम्झाउदै बुझाउदै गर्न पनि आदेश दिएको बुझिन्छ।

# #तिमालको त्यो युद्ध
# #पृथ्वीनारायण शाह कुनैपनि क्षेत्रमा युद्ध वा आक्रमण गर्नु अघि ज्योतिषीलाई साइत हेर्न लगाउथे।
माथी उल्लेखित लालमोहर अनुसार तिमाल क्षेत्रमा आक्रमण गर्न भादौ महिनाभर ज्योतिषीले साइत दिएनन भन्ने स्पष्ट हुन्छ।
असोज लाग्नसाथ गोर्खालीहरुले तिमाल क्षेत्रमा आक्रमण गरे। यस युद्धमा त्यस समयमा नाम चलेको गोर्खाली भारदार र सैन्य अधिकारीहरुले त्यो आक्रमणमा भाग लिएका थिए। भाषा 'वंशावली' लाई उद्धत गर्दै इतिहासप्रधान पत्रीका पुर्णिामा 'पुर्णाङ्क १४ (श्रावण, भाद्र, आस्विन, २०२४:१४४) मा पृथ्वीनारायण शाहको भाकामा यस्तो छापिएको छ:

# #मकवानपुर सर भयो।
तिमाल र सिन्धुली फत्ते भयो। अब मैले तिमाल र सिन्धुली हानामा हो भनी आफ्नो मन्त्रीवर्गसित सल्लाह गरि तिमाल हान्न भना सर्दार दलजित शाह, काजी वंशराज पाँडे, जीव शाह, रुद्र शाही, जेठाबुढा रामकृष्ण कुँवर, प्रभृती नजिकी, द्दारया, उमराव गैह्रथरघर मालमानिस समेत फौज पिछा गर्नुभयो, लस्कर।
लिइ भाइभारादारले तिमालकोट हान्या।
हान्दा ३०० गिड परयाका ।

@@ # #भाषा वंशावलिको यो वर्णनबाट तिमालको त्यो युद्धमा तीन सय जना मारिएका स्पष्ट हुन्छ।
यसबाट तत्कालीन तिमालका तामाङ राजा अर्थात स्थानीय शासक ह्रेन्जेन दोर्जे पनि मारिए भन्ने अनुश्रुती तिमाल क्षेत्रमा पाइन्छ।
उनलाई शान्ति सम्झौता गर्ने तथा मीत लगाउने बहानामा तिमालबेशी सुनकोशी बगरमा निशस्त्र आउन खबर पठाएको र त्यही शर्त अनुसार उनी त्यहाँ पुगेका तर गोरखालीहरुले सुनकोशी किनारको बालुवामुनी अघिल्लो रातिनै लुकाएर राखेको खुकुरी, भाला, तरबार, खुँडा जस्ता हतियार झिकी तामाङ राजा ह्रेन्जेन दोर्जे लगायत उनको मानिसहरूको हत्या गरिएको अनुश्रुती बटुलेर तिमाल क्षेत्रकै स्थानीय बासिन्दा लेखक: लिला बहादुर दोङ तामाङले आफ्नो पुस्तक तेमाल दरबार र तामाङ राजाहरु (२०६०:३०-३४) र तामाङ राजा ह्रेन्जेन दोर्जे र त्यो अन्तिम युद्ध भएको मानिने तिमाल सर्स्युखर्क गाविसमा जन्मेका स्थानीय G.D. Tamang Ujwal ज्ञान ध्वज तामाङ (उज्वल) द्धार विभिन्न समयमा लिखित (तामाङ पू्र्खा अनि मेरो आक्रोश) नामक लेखहरुमा उल्लेख गरिएका छन।

# #त्यो समयमा आफूसंग रहेकोे बाँकी रहेकोे राज्यलाई जोगाउन दस्ता तयार पार्दै थिए। उनलाई शान्ति सम्झौताका लागि सुनकोशी नदिको बगरमा आउन गोर्खाली पक्षबाट बोलाइएको थियो।
ह्रेन्जेन दोर्जेका भाइभारादारहरुले गोरखली पक्षप्रती अलि शंका व्यक्त गरे, तर धार्मिक र अहिंसाबादी राजा ह्रेन्जेन दोर्जेले भाइभारादारको कुरा सुनेनन।
अन्ततः उनी बिना हातहतियार वार्ता र मीत लगाउने भनिएको स्थल तिमालबेशीको सुनकोशी बगरमा पुगे। उनी घोडा चढेर त्यहाँ पुगेका थिए।

# #उनलाई पलान्चोके काजीले स्वागत गरे। वार्ताका लागि वस्दै उनले सोधे, राजा चाहिँ वार्ताका लागि नआएको?

# #षड्यन्त्रको आभास भएपछि आफ्नो घोडा चढेर उनी त्यो ठाँउबाट भाग्न खोज्दा बालुवामा लुकाएर राखेको हतियार झिकी गोर्खाली पक्षबाट आक्रमण सुरु गरे, भाग्दै गरेका ह्रेन्जेन दोर्जे माथी पहिलो तरबार प्रहार अमलटार भन्ने ठाँउमा भएको बुझिन्छ जहाँ छेक्ने क्रममा औंला छिनेर भुइँमा झरेको बुझिन्छ । अन्तिम प्रहार भोकटार भन्ने ठाँउमा भयो र उनी ढले। उनको टाउको सुनकोशी नदिमा बगाइयो।

# #यस युद्धमा तामाङ सैन्यमा ठुलो क्षति हुन पुग्यो। यता गोर्खली पक्षले सानतिनो क्षति मात्र बेहोर्नु पर्‍यो।
जङ्गबहादुर राणाको जीजुबुबा र वलभद्र कुँवरका ठुलाहजुरबुबा त्यो समयका चर्चित सेनानायक रामकृष्ण कुँवरका एकजना भाइले यस युद्धमा ज्यान गुमाए।
यस विषय खुल्ने एक लालमोहर रेग्मी रिसर्च सेरिज वर्ष ४ अंक ५ (डिसेम्बर ,सन १९७२:९४-९५) मा पृथ्वीनारायण शाहले रामकृष्ण कुँवरको नाममा लेखेको लालमोहरमा उल्लेख छ।
किरात राज्य जित्नका लागि म तिम्रै भर परेको छु, तिम्रा बुद्धि र तरबार बिना किरात फत्ते गर्न सक्दिन, तिम्रा भाइ जब तिमालमा मारिए, त्यो बेला म निक्कै दु:खि भएको थिए, भन्दै किरात फत्ते गर्न रामकृष्ण कुँवरलाई लालमोहरमा उत्साहित गरिएको छ।

# #किर्तिपुरबाट बुधबार आस्विन ५ मा लेखिएको यो लालमोहर विक्रम सम्वत: १८२९ लेखिएको हुन सक्रे इतिहास सशिरोमणी आचार्यको अनुमान छ।
किरात जित्न १८२९ भदौ १३ मा रामकृष्ण दुधकोशी तरिसकेको आधारमा आचार्यले यस्तो अनुमान गरेका हुन।

# #मित्रताको नाममा धोका:
# #तिमाल क्षेत्रमा प्रचलित अनुश्रुती अनुसार तामाङ राजा ह्रेन्जेन दोर्जेका षड्यन्त्रमुलक र धोकापुर्ण ढङ्गले कसरी हत्या गरियो भन्ने प्रसङ्ग: माथी परिसकेको छ।
यसबारे मुलधारका मानिने इतिहासकारहरुले छर्लङ्ग हुने गरि लेखेको हालसम्म पाएको छैन।
तर आधिकारिक मानिने सरकारी निकाय, स्वयम राजदरबारले प्रकाशित गरेको तथा इतिहास शिरोमणि बाबुराम आचार्यले लेखेको इतिहासहरुमा पृथ्वीनारायण शाहका पू्र्खा तथा उनी स्वयमले मित्रताको नाममा अघिल्लो समय हतियार जमिनमुनि गाडिराख्ने र जोसंग मित्रता गाँस्ने हो, त्यो पक्षलाई बिना हतियार बोलाउने तथा अन्तिममा हतियार झिकेर निशस्त्र भएकाहरुलाई मार्ने गरेको उल्लेख भएको पाइन्छ।

# #पुरातत्व विभागको मुखपत्र `प्राचीन नेपाल' संख्या २८ (श्रावण २०३१: २०) मा प्रकाशित 'गोरखा वंशवली' को राम शाह प्रकरणमा यस्तो एउटा तथ्य पढ्न पाइन्छ।

# #बारपाकमा घले राजा चाग्या र उनका भाइ सुर्तानलाई मित्रताको मनसुवा राखी राम शाहलाई पत्र पठाए।
यस बारे राम शाहले ६ थर प्रभृती भारदारहरुलाई सुनाए। भारदारहरुले चाग्या र सुर्तानको फौज धेरै भएको, उनीहरु शरिरिक वलमा पनि बलियो भएकोले उनीहरुलाई हराउन कठिन हुने हुँदा छल गरि मार्नुपर्ने सुझाव राम शाहलाई दिए। यसका लागि चाग्या र सुर्तानलाई हतियार नलिइ बालुवाबेशिमा मीत लगाउन बोलाए।
यता गोरखालीहरुले मीत लगाउने भनिएको अघिल्लो दिन नै बालुवाबेशिमा गइ खुँडा, खुकुरी, तरबार आदि लुकाइ राखे।

# #ती भाइभारादार राम शाह जस्तै अनुहार परेका 'चुहान' नामका व्यक्तिलाई राम शाहजस्तो तुल्याएर राम शाहको दर्शन गरि बालुवाबेशी आइपुगे।
गोरखालीहरुले आफ्नो अनुकुल ठाँउमा उनीहरूलाई राखे। दुबैतर्फ आराम कुशल विषयमा कुराकानी भए।
मितेरी लगाउने काम सुरु भयो।
त्यहाँ आएका निशस्त्र घले तथा भोटेहरु निशंका भएर मितेरी समारोह हेर्न लागे।
त्यतिबेलै गोरखालीहरुले बालुवामा लुकाएर राखिएको हतियार झिकि चाग्या र सुर्तान माथि प्रहार गरे।
चाग्या त्यही मारिए। सुर्तान भाग्न सफल भए।

# #यस्तो काम पृथ्वीनारायण शाह स्वयमले पनि गरेको थियो भने इतिहास शिरोमणि बाबुराम आचार्यले श्री ५ महाराजधिराज संवाद सचिवालय राजदरबारबाट छापिएको 'बढामहाराजधिराज पृथ्वीनारायण शाहको संक्षिप्त्त जीवनी' मा यस्ता प्रसङ्ग छापेका छन।

# #आचार्य (२०६१:२०८) अनुसार पृथ्वीनारायण शाह भक्तपुरका राजा रणजीत मल्लबाट एक युवती मैजुकन्या सेवासुसाराका लागि सौगात पाएका थिए।
पृथ्वीनारायण नुवाकोट आएपछि ती मैजुकन्या भित्रीनी बनिन (उनलाई क्षयरोगले समात्यो) ऊनीलाई देवघाटको बाटो गरि बनारसतिर पठाउदा तनहुँका राजा त्रीविक्रम सेनले ती मैजु बसेको डोलिनको झापन झिकेर उनको मुख हेरिदिए। यो घाटनले पृथ्वीनारायण शाह रिसले चुर भए।

# #आचार्य (२०६१:२११) अनुसार नै यो घाटनको बदला लिन पृथ्वीनारायण शाहले लमजुङ राज्यलाई फुटाएर आधा-आधा गरि बाँडने भनी त्रीविक्रम सेनालाई सम्झौताका लागि निशस्त्र आउन भनी ज्यामिरघाटमा बोलाए।
तर पृथ्वीनारायण शाहले आफ्नोे भाइभारादारहरुलाई अघिल्लै रात बगरका बालुवा भित्र आफ्नो अंगरक्षकहरुको हतियार लुकाएर ठिक गरेका थिए।
# #त्यहाँ पृथ्वीनारायण शाहको भित्रीनीको झापन खोली मुख हेरेको कुरा उठयो. विवाद चल्यो। त्यहिबेला गोरखालीहरुले बालुवामा लुकाएर राखेको हतियार झिके अनि त्रीविक्रम सेनालाई पक्रीएर नेल हाली गोरखा ल्याए।
पछि रिस ठन्डा भएपछि पृथ्वीनारायण शाहले त्रीविक्रम सेनालाई छाडिदिए।

# #यस्तो षड्यन्त्रमुलक घाटनहरुको पृष्ठभुमि भएका कारण भन्न सकिन्छ तिमाल क्षेत्रमा पनि त्यहाँका राजा ह्रेन्जेन दोर्जेलाई मित्रता गाँस्ने बहानामा छलकपड र धोकापुर्वक मारे र गोरखालीहरुले तेमाल क्षेत्रलाई आफ्नो राज्यमा गाभे।
G.D. Tamang Ujwal

 #मेरो आक्रोश अनि तमाङ पुर्खा तत्कालीन काभ्रे तिमालको राजा ह्रेन्जेन दोर्जेको वास्तविकतामा आधारित  इतिहास!! #कहिले हत्या...
29/11/2025

#मेरो आक्रोश अनि तमाङ पुर्खा तत्कालीन काभ्रे तिमालको राजा ह्रेन्जेन दोर्जेको वास्तविकतामा आधारित इतिहास!!

#कहिले हत्या हिंसा नचाहने काभ्रे तिमालको तामाङ राजा ह्रेन्जेन दोर्जे र राजा ह्रेन्जेन दोर्जेको बहादुर, साहसिक सैनिकलाई अमाने-समाने युद्धमा कहिले पनि पृथ्वीनारायण शाह र उसको सैनिकले जित्न सकेका थिएनन।
जित्ने सम्भावना पनि देखिदैन।

#जुन ठाउँमा वि.स. १८१९ आश्विन २ गतेका दिन कायरता र धोखेबाजपुर्ण षडयन्त्र पुर्बक मीत लगाउने बहानामा तिमालबेसि अमलटार भन्ने ठाउँ सुनकोसीको बगरमा बिना हातहतियार बोलाएर, पृथ्वीनारायण शाहको कायर सैनिक पलान्चोकी थापा-कुवर हरुलाई राती नै हातहतियार लागेर बालुवामुनि लुकाउन लगाएर जसरी क्रूर र निर्मम धोखेबाज पुर्बक तामाङ राजा ह्रेन्जेन दोर्जेको हत्या भएको थियो त्यही ठाँउको स्थानीय वासिन्दा हौं हामी, वास्तविक इतिहास राम्रोसँग थाहा छ हामिलाई।

#त्यस लडाइँमा पृथ्वीनारायण शाहको जित कहिले कदापि स्विकार्य हुने छैन ह्रेन्जेन दोर्जेका बहादुर, निडर, साहसिक सन्तान तामाङ समुदायलाई।

#त्यस्तो जितलाई जित भनिदैन कायर भनिन्छ।
तसर्थ साहसिक युद्धको नियम अनुसार लडाइँ लडने हो भने ह्रेन्जेन दोर्जेको लाखौं सन्तानहरु अझै सच्चिकै तयार छन अन्तिम फैसलाको लडाइँ लड्नलाई।

#नेपाललाई एकीकरण गर्नुमा पृथ्वीनारायण शाहको भुमिका छ भन्दैमा हामी हाम्रो पू्र्खाको कायरता पुर्वक गरेको त्यो दर्दनाक हत्यालाई उसको बहादुरीको रुपमा लिएर कहिले बिर्सिने छैन। कसरी बिर्सिन सक्छ र? बलवान्, बहादरी, इमानदारीको कथा इतिहास बोकेको तामाङ पू्र्खाको इतिहासलाई धोखेबाज षड्यन्त्र पुर्वक नष्ट गरेर आफ्नो मात्र एकलौटी सफलता अनि बहादुरीको इतिहास लेख्ने पृथ्वीनारायण शाहलाई कसरी राष्ट्रपिता मान्ने ??? जसले सत्ता बाहेक अन्य नातागोता, आफन्त, विश्वास सबै भ्रम हो भन्ने संस्कारको विकास गराए

#बरु पृथ्वीनारायण शाहलाई सधै ध्रुत कायर अनि गद्धारको रूपमा लिनेछ्न सम्पुर्ण तामाङ तथा जनजाती समुदायले, किनकी युद्ध मैदानमै पनि युद्धको नियम अनुसार दुश्मनलाई नि:शस्त्र वा आत्मा समर्पण गरेको अबस्थामा हत्या अर्थात मार्न पाइदैन भने, लडाइँ झैझगडालाई सदाको लागि त्यागेर मीत लगाउन अर्थात मित्रताको नाता कायम गर्ने उदेश्यले आएको एक सच्च, इमानदार, अनि अहिंसावादी धर्मिक व्यक्तिको हत्याले कुन चै र कस्तो चै शुभ सन्देश, भाइचारा अनि विस्वासको वातावरण बनाउछ भन्न खोजेको हो ???

#जबर्जस्ति लाद्न खोजेको हो या पांगु, मुर्खा, उल्लु बनाउन खोजेको हो???
कसले दिन सक्छ सहि तर्क र जवाफ???

#सत्य कुरा त जुन २०५८जेठ १९गते शुक्रवार सम्म आइपुग्दा जसरी जानी नजानी ८०% नेपाली जनताले भगवान बिष्णु अवतारको रुपमा लिएको राजा बिरेद्रको आफ्नै दरबारमा निर्मम पुर्बक क्रुर तरिकाले बंश नै नास हुनएगरि हत्या भयो त्यो अरु कारण नभएर पृथ्वीनारायण शाहले सिकाएको परम्परा सस्कृति अनि त्यही संस्कारको कारण हो भन्दा सायद दुईमत नहोला!

#पृथ्वीनारायण शाहको नीति सरसर्ति हेर्दा र बुझ्दा जनजातिहरु गुरुङ, राई, लिम्बु, मगर, शेर्पा, नेवार विशेष गरि तामाङ जातिलाई जसरी पनि भौतिक, आर्थिक, शैक्षिक सबै कुरामा नाम निशाना मेटाउने उदेश्य रहेको बुझिन्छ।

#उदाहरणको लागि यदि उसको त्यो नीति नभएको भए वार्ता र मीत लगाउन राजी भएको तामाङ राजा ह्रेन्जेन दोर्जेलाई किन मार्नु पर्‍यो र???

#यसको मतलब एकीकरणको नाम मात्रै हो उसलाई जसरी हुन्छ तामाङ लगायत जनजातीको इतिहास मेटाउनु थियोे! किनकि जबसम्म जनजातीको राज रहन्छ तबसम्म उसको निरंकुश शासन चल्दैन भन्ने निश्कर्षमा उ पुगेको थियो र उसले त्यही अठोट गरे, र सिधा तरिकाले लडाइँ जित्न सक्ने साहस पनि थिएन त्यसैले जनजातिको सोझोपन, छिटो विस्वास गर्ने, शत्रुतामा भन्दा मित्रतामा विस्वास गर्ने, दयालुपनलाई कमजोरी र फाइदाको रूपमा प्रयोग गर्न थल्यो, अनि पुर्ण षड्यन्त्र, जालझेल, धोखेबाज, कायर नीति अपनाएर अन्ततः सबैलाई भौतिक रूपमा समाप्त पार्न सफल पनि भएको देखिन्छ।

#त्यस पश्चात् जनजाति अनि जनजातिको बहादुरी,अहिंसावाद र साहसको इतिहास मेटाउन जबर्जस्तले लागि परे र उ सफल पनि भए।

#यसबाट उ हाम्रो जनजाति लगायत तामाङ पू्र्खासंग डराउथ्यो भन्ने कुरा समेत प्रमाणित हुन्छ।
र काभ्रे मात्र नभएर मकवानपुर, धदिङ, नुवाकोट र काठमाडौंमा समेत तामाङले राज गर्थे भन्ने कुरा हाम्रो सदियौंदेखि बसोबास गरिरहेकोे स्थानीय तामाङ बस्ती समुदाय र यदाकदा इतिहासविद हरुले लेखेको लेखबाट पुष्ठि गरेको छ। जातीय भेदभाव कामी दमाई, सार्की, च्यामे, पौडे, आदि ठूला साना कसले र किन बनाए???

#जात अनुसारको काम गर्नुपर्ने नियम किन र कसले बनायो???
बाहुननिती र बाहुनबाद हविको सुरुवात कसरी र कहिलेदेखि भयो??? त्यसको जन्मदाता को हो???
#ढिलै भए पनि राम्रोसंग बुझेका छ्न जनजाति समुदायहरुले।
#समय भनेको एकनास तथा बलवान कहिले हुदैन।
के म तामाङ भएर तामाङ समुदायमा जन्मिनु मेरो दोष र अपराध हो???

#एउटा दलितको कोखबाट जन्मीने बित्तिकै उ अपराधी हुने???
#त्यसो त राष्ट्रनिर्माता नभएर भगवान पो हुनुपर्ने होकि???
तामाङ भएर जन्मे भारी बोक्ने, दमाई भएर जन्मे कपडा सिलाउने र बाजा बजाउने, कामी भएर जन्मे फलामको काम मात्र गर्नुपर्ने, पोँडे भएर जन्मे चर्पी सफा गर्ने इत्यादी.... #जन्मिनु अघि नै उसको कर्मको तय गर्ने उ को हो र???

#यदि नेपाल चार बर्ण छत्तीस जात सबैको साझा फुलबारी हो भने त्यो भेदभाव चाहिँ किन???
कर्म आफ्नो क्षमता र इच्छा अनुसार गर्ने होकि जात अनुसार???

#मैले आजसम्म बुझ्न नसकेको कुरा!
#हालको विस्वको कानुनले पनि यस्त खालको हत्यालाई हार जित र बहादुरी नभई जघन्य युद्ध अपराधको रुपमा चित्रण गरिएको पाइन्छ।

#त्यसैले पनि कहिले कदापि त्यो हत्या सहज र साधारण हुनै सक्दैन।
#सायद त्यसैले होला हाम्रो आदरणीय अग्रजहरुले यस्तो षड्यन्त्र, धोका, छलकपडबाट सचेत रहोस् र आफ्नो भावी पुस्ताले कहिले नबिर्सियोस भनेर नै होला त्यस कथित हत्या भएको आसपासको ठाँउलाई त्यही क्रूर हत्यासंग सम्बन्धित जस्तै तामाङ राजा ह्रेन्जेन दोर्जेको औंला काटिएको ठाउँलाई (अमलटार) घोडा मारेको ठाँउ (घोडादान) अन्तिम हत्या गरेको ठाँउलाई (भोगटार) भोटटार, दरबार र मालअड्डा जलाइदिएर खरानी भएर सुकेको ठाँउ ईलाकालाई ("मेफ्रङार") नेपालीमा "मेफ्र" भनेको "खरानी" "ङार" भनेको सुकेको, सुक्नु हो।

#राजा ह्रेन्जेन दोर्जेको काटिएको टाउको सुनकोशिमा फाल्दा नबगाएर गुमिरहेको अवस्थामा रानी दमक्षिक डोल्मोले कोसीमा हामफालेर आत्मादह गरेको ठाँउको नाम सुनकोसीको (रानीदह) इत्यादी नाम रहेको बुढापकाहरू बताउँछन। रानी दमछिक डोल्मोको आत्मदह पश्चात मात्र राजाको टाउको सुनकोशिले बगाएको बुढापकाहरु बताउँछन।

#यदि आज पृथ्वीनारायण शाह जिवित भएको भए हाल प्रत्येक वार्षिक रूपमा पृथ्वी जयन्ती मनाइरहदा उसको बिरुद्ध राष्ट तथा अन्तर्राष्ट्रिय अदालत, मानवअधिकार अनि जेनेभा सन्धि अनुसार अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता गर्न अग्रपंक्तिमा उभिन कति पनि हिचकिचाउने थिएन होला..

#नोट: यदि २०५८जेठ १९गते राति राजदरबार सुरक्षाको निम्ति खटिएका ती ३००जना अधिराज्य भरिको सैनिक मध्यबाट हर सैनिक कलामा दक्ष, कुशल निपुणता भनेर छानिएका selected special force Royal family security Brigade शाही रक्षक बहिनीमा एकजना मात्र कर्तव्यनिष्ठा आफ्नो कर्तव्यको निम्ति मर्नै परे पनि एकइन्च पछाडि वा दायाँबायाँ नहट्ने र एक सेकेन्ड पनि नसोच्ने निडर नेपाली आमाको सपूत त्यहाँ भैदिएको भए त्यो विपत्स, क्रूर, दर्दनाक अमानवीय हत्या हुने सम्भव नै थिएन।

#यदि त्यो एक सैनिक जवान मध्य म नै किन नहोस त्यो दरबार हत्याकाण्ड सम्भव र सफल हुने थिएन।
म मर्नु पर्‍थ्यो होला तर आफ्नो duty कर्तव्य ढुक्क खुशीसाथ पुरा गर्थे।

#तर राजा बिरेन्द्रको परिवार सकुशल रहन्थ्यो।
#त्यो मेरो स्वच्छ अन्तर आत्माले व्यक्त गरेको र दिएको ग्यारेन्टी हो।

#किनभने कर्तव्यनिष्ठा, दायित्व, जिम्मेवारी बोध गर्ने सच्चा, निडर मानवले आफ्नो दायित्व, कर्तव्य, जिम्मेवारी पुरा गर्ने सवालमा कहिले पनि आफ्नो व्यक्तिगत चिन्ता वा ज्यानको पर्वाह गर्दैन।

#तर अवसोस त्यो विश्वास, कर्तव्य, मानवीय अनि इमानदारीताको संस्कार बसाल्न र सिकाउन चुकेकै हो सत्ता र शक्ति प्राप्तिका उनमातले पृथ्वीनारायण शाह।

अन्ततः त्यही संस्कारको निरन्तरता स्वरुप आफ्नै सन्ततिहरुलाई समाप्तिको खाडलमा पुर्‍याइछाडे।
G.D. Tamang Ujwal

29/11/2025

Address

Temal_1 रातमाटेडाडा
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when ह्रेन्जेन दोर्जे प्रतिस्ठान Hrenjen Dorje Pratishthan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share