Community based Snow Leopard Conservation Project-Nepal

Community based Snow Leopard Conservation Project-Nepal Teka Samuha Nepal is a Kathmandu-based non-profit working to conserve biodiversity and support marginalized communities through education and empowerment.

A beautiful poem by Sanju Sawa, Grade 8, Balden Secondary School, Taplejung
23/12/2025

A beautiful poem by Sanju Sawa, Grade 8, Balden Secondary School, Taplejung

सत्यकथाहिउँ चितुवा र पलडिसीको चेतना   –अर्जुन आचार्य२०८२ कार्तिक महिनाको चिसो बिहानी, मुस्ताङको हिमाली हावाले हड्डीसम्म ...
15/12/2025

सत्यकथा

हिउँ चितुवा र पलडिसीको चेतना

–अर्जुन आचार्य

२०८२ कार्तिक महिनाको चिसो बिहानी, मुस्ताङको हिमाली हावाले हड्डीसम्म चिस्याइरहेको अनुभूति भइरहेको थियो । म निलगिरी हिमालको फेदीमा अवस्थित सुन्दर गाउँ ठिनीतर्फ लागेँ । अकस्मात परेका वर्षाले बाटो हिलाम्य थियो । आकाश धमिलो थियो । बादलले एउटा टुक्राले निलगिरीको हिमशिखरलाई लुकाउन खोजिरहेको थियो ।

ठिनी, मुस्ताङको ऐतिहासिक र सांस्कृतिक गाउँ हो । ठिनीका स्थानीय एवं समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमका संयोजक निरज थकाली त्यो बिहान मलाई ठिनीका एकजना स्थानीय गोठाला पलडिसी थकालीको घर देखाउन जाँदै थिए । बिहान आठ बजेतिर हामी झरीमा ओत लाग्दै उनको घरतिर लम्कन थाल्यौं । तर पलडिसी भने घरमा भेटिएन । ‘लौ, अब हिउँ चितुवाको कथा नपाइने भयो’, मनमनै म सोच्न थालें । म ठिनी गाउँबाट हिउँ चितुवाको अनुभव समेटिने एउटा रोमाञ्चक कथा लिने सुरमा थिएँ । र उनी एक अनुभवी बुढा गोठाला थिए ।

केही बेरपछि म दोश्रो पटक पुनः उनलाई भेट्ने आसले उनको घरको कम्पाउण्डभित्र छिरेँ । आँगनमा छिर्नासाथ नाकमा धुवाँको गन्ध ठोस्यो । म सिंढी चढेर माथि पुगें । एकजोडी बुढाबुढी चुलोको छेउमै आगो ताप्दै, चियाको सुर्की लगाउँदै बसिरहेका थिए । चुलोको मन्द उज्यालोमा उनीहरुको अनुहारमा उमेरका रेखाहरू देखिन्थे, आँखामा जोश झल्किन्थ्यो ।

‘हिउँ चितुवाको कुरा सुन्न आउनु भएको?’, पलडिसी थकालीले हाँस्दै भने, ‘ल, यता बस्नुस्’ उनले आपूm नजिक इशारा गरे ।

म मुस्कुराएँ, ‘कसरी थाहा पाउनु भयो बुवा?’

‘बुढीले सुनाएकी’, उनले भने ।

‘चिया खाने बाबु,’, आमाले भनिन्।् ।

म हिचकिचाउँदै भनेँ, ‘दूध चिया त म खान्न आमा ।’

‘लोकल घिउ चिया खानु’ पलडिसीले अनुरोध गरे ।

सुनेरै म उत्साहित भएँ । ‘सिुन्या थिएँ, अहिलेसम्म खाएको थिइँन ।’

‘चाखेर त हेर्नुहोस्’, पलडिसीले आँखाले इसारा गरे ।

मैले हाँस्दै गिलास समाएँ । आमाले गिलासमा घिउ चिया खनाइन् । घिउ चियाको स्वाद बेजोड थियो, मुस्ताङकै चिसो बिहानीसँग मिठो स्वाद मिसिँदै गयो ।

चिया सुर्किँदै गर्दा पलडिसीले कथा सुनाउन थाले — ‘मैले २०२३ सालदेखि २०४२ सम्म खच्चड पालें । त्यसपछि अहिलेसम्म च्यांग्रा पाल्दै आएको छु । अठहत्तर वर्षको भएँ, तर गोठ त अहिले पनि त्यहीँ छ बाबु ।’

मैले पलडिसीको अनुहार एकटकले हेरिरहें र सोधें ‘हिउँ चितुवासँग त धेरैपटक जम्काभेट भयो होला नि बुवा?

उनी मुस्कुराए, आँखामा चमक देखियो । लाग्थ्यो पर्बतको प्रेतसँग उनको धेरैपटक देखादेखी भाथ्यो कि! ,

‘कति कति, तर एउटा चाहिँ बाबुलाई सुनाउँछु ।’

मेरो उत्सुकताको सीमा नाघ्यो । म आफ्नो सेल फोन खोलेर उनको कुरा रेकर्ड गर्न तयार भएँ ।

‘कतिपटक त च्यांग्रा नै हानिदिन्छ, कहिलेकाहीँ त नजिकै आएर मलाई हेरेको पनि छ ।’, उनले कुरा थाले ।

त्यसपछि सुरु भयो—मुस्ताङका लेक, च्यांग्राको गोठाला, र हिउँ चितुवासँगको जम्काभेटको कथा ।

हिउँदमा बेशी झर्ने र बर्षामा लेक लाग्नु पर्ने च्याङ्ग्राहरु २०७८ साल हिउदको कथा उनले सुनाउन थाले । ‘झन्डै छ वर्ष अगाडिको कुरा हो,’ उनले भने, ‘त्यो बिहान म करिब तीन सय च्याङ्ग्राहरु लिएर लुप्रा र ठिनीको सिमानामा रहेको घरमाथिको लेकतिर (कुम्लेको वन) गइरहेको थिएँ’।

उत्रे हावा (हिउँको हावा) चल्न थालेको थियो, आकाश नीलो र डाँडामा घाम भुल्कँदै थियो । उनी च्यांग्राहरूलाई डाँडामा छाडेर, आपूm चारैतिर देखिने ठाउँमा बसेर खाना खान थाले । भातको भाडा खाली गरी झोलामा राख्दै गर्दा आँखा अचानक तलतिर प¥यो—जहाँ च्याङ्ग्राहरू वरिपरि छरिएका थिए । त्यसै बीच, उनको नजर एउटा सेतो कालो धर्का भएको, लामो पुच्छर बोकेको जनावरमा प¥यो । टाढाबाट हेर्दा कुकुरजस्तै देखिने त्यो जनावर च्याङ्ग्राहरु भएतिर सुस्त गतिमा अघि बढ्दै थियो । पलडिसी झसङ्ग भए । ‘हा हा, हो हो’ भनेर हल्ला गर्दै उनले लठ्ठी भुइँमा बजारे । तर त्यो जनावर टसमस भएन, न त डरायो, बरु ठिक उनितिर फर्केर बस्यो—शान्त, स्थिर र एकटकसँग हेर्दै ।
त्यो बेला मात्र उनले बुझे—त्यो साधारण जनावर होइन, हिउँ चितुवा रहेछ ।

हिमालको रानी अनि पर्वतको रहस्यमयी बासिन्दा, मान्छे नजिकै आइपुगेको देख्दा पलडिसी अचम्मित थिए । गोठालाहरुले गाउँनजिकबाट हीउ चितुवाले बाख्रा खायो भन्थे तर उनि पत्याउदैनथे तर उक्त घटनाले उनलाई गोठालाका कुराहरु सत्य लाग्न थाल्यो । केहि बर्ष अगाडि उनले चौरी पालेका थिए । झन्डै २३ वटा चौरी उनले हिउँ चितुवाबाटै १ बर्षमा नै गुमाए । त्यसपछि बाकी चौरी बेचेर उनले च्याङ्ग्रा पाल्न थालेका हुन् ।

पलडिसीले एउटा अनौठो कुरा सुनाए —‘हिउँ चितुवाले जब आक्रमण गर्न चाहन्छ, ऊ पहिले माथि हेचुंङ (पहाडको चोटी) मा भएको घाँसको ठूल्ठूला जराहरुलाई उखेलेर त्यहाँबाट तलतिर गुल्ट्याउँछ । त्यो जराले तलतिर खस्दा आवाज आउँछ । जन्तु डराएर भाग्यो भने हिउँ चितुवा निहुरिन्छ । तर नडराई उभिरह्यो भने, चितुवाले तुरुन्त उसलाई आक्रमण गर्छ ।’

अहिले पलडिसी थकाली ७८ वर्षका भइसके । बाल्यकालदेखि अहिलेसम्म उनले गाउँ छोडेनन् । परम्परागत गोठाला पेशा छाडेनन्, गाउँकै रहनसहन र वातावरणमा जीवन समर्पण गरे ।

मैले जाँदाजाँदै उनलाई सोधेँ—‘बुवा, हिउँ चितुवालाई त बचाउनुपर्छ कि पर्दैन?’

उनी हल्का मुस्कुराए र भने, ‘उसले च्याङ्ग्रा खायो भन्दैमा हामी उसलाई खान त सक्दैनौँ क्यारे । आफ्ना बस्तु राम्ररी हेर्नुपर्छ, त्यसको दोष जनावरलाई किन दिने?’

उनको त्यो उत्तर सुन्दा मेरो मन हर्षले भरियो।

त्यो सरल वाक्यमा थियो — प्रकृतिप्रति माया, सह–अस्तित्वको दर्शन, र अनुभवी हिमाली बासिन्दाको गहिरो बुद्धिको प्रतिबिम्ब ।

त्यो क्षणपछि मैले महसुस गरेँ — ठिनी लगायतका हिमाली बस्तिहरूमा यस्ता अनुभवहरूको अनुसन्धान र दस्तावेजीकरण गर्नु अत्यन्त जरुरी छ । जब समुदायमा हिउँ चितुवाको महत्वबारे चेतना फैलिन्छ, त्यो दिन—समुदाय स्वयं हिउँ चितुवाको संरक्षक बन्नेछ ।

सम्पादनः अनिल अधिकारी

Teka Samuha Nepal published 10 editions of Snow Leopard Magazine in English and Nepali version partnering with Snow Leop...
11/12/2025

Teka Samuha Nepal published 10 editions of Snow Leopard Magazine in English and Nepali version partnering with Snow Leopard Conservancy (SLC) and National Trust for Nature Conservation (NTNC).

08/12/2025

A local parent at Tapethok village of Taplejung District shares her learning and experience after attending the Snow Leopard Nature Tour that took place at the Tamor River side on December 2, 2025. Students of grade 6-9 of Sarswoti Secondary School participated in the tour.

An Italian journalist, Alfonso Lucifredi, has reviewed and published an article about a community-based Snow Leopard con...
08/12/2025

An Italian journalist, Alfonso Lucifredi, has reviewed and published an article about a community-based Snow Leopard conservation program. You can read it here: “Il leopardo delle nevi a scuola.”

A Gharapjhong, in Nepal, l’amministrazione locale ha introdotto il leopardo delle nevi nei programmi di studio

ताप्लेजुङमा हिउँ चितुवा प्रकृति भ्रमणताप्लेजसमुदायमा आधारित चितुवा संरक्षण परियोजना अन्तर्गत सरस्वती माध्यमिक विद्यालय, ...
22/11/2025

ताप्लेजुङमा हिउँ चितुवा प्रकृति भ्रमण

ताप्लेजसमुदायमा आधारित चितुवा संरक्षण परियोजना अन्तर्गत सरस्वती माध्यमिक विद्यालय, सिकैचा, ताप्लेजुङ र हिमाली संरक्षण मञ्चले, टेका समूह नेपाल र स्नो लेपर्ड कन्सर्भेन्सीको साझेदारीमा, स्थानीय समुदायका सदस्यहरूको सहभागितामा हिउँ चितुवा प्रकृति भ्रमण आयोजना गरेको छ । सिरिजंघा गाउँपालिका, ताप्लेजुङको सिकैचास्थित तोरीबारीमा नोभेम्बर २२, २०२५ मा यो कार्यक्रम आयोजना गरिएको छ ।

सरस्वति माविका कक्षा ६, ७ र ८ का विद्यार्थीहरूले वेब अफ लाइफ खेल खेलेर मानव–वन्यजन्तुबीचको सहअस्तित्व र सम्बन्ध बुझ्ने अवसर पाएका थिए भने उनीहरुले साथीहरूसँग रमाएर पिकनिकको मजा लिए ।

यस परियोजना अन्तर्गत मुस्ताङका स्थानीय नागरिक वैज्ञानिक मिलन बि.क.ले क्यामेरा ट्र्याप र जीपीएसले कसरी काम गर्छ भनेर विद्यार्थीहरुलाई सिकाएका थिए । विद्यार्थीहरूले हिउँ चितुवाको अनुगमन र यसका लागि चाहिने उपकरणकाबारेमा हिउँ चितुवा सन्दर्भ पुस्तकहरू मार्फत कक्षा कोठामा पढ्दै आइरहेका छन्, र यस्तो प्रकृति भ्रमणले उनीहरूलाई सिकेका कुरा अभ्यास गर्न र थप गहिराइमा जान प्लेटफर्म उपलब्ध गराउँदछ ।

हिउँ चितुवा प्रकृति भ्रमण टेका समूह नेपालका संरक्षण कार्यक्रम सहायक, अर्जुन आचार्यले सहजिकरण गरेका हुन् ।

Snow Leopard Nature Tour in Taplejung

Under Community-Based Snow Leopard Conservation Project (CBSLCP), Sarswoti Secondary School, Sikaicha, Taplejung and Himali Conservation Forum (HCF), in partnership with Teka Samuha Nepal (TSN) and Snow Leopard Conservancy (SLC), organized a one-day Snow Leopard Nature Tour at Toribari, Sikaicha, Sirijhangha RM, Taplejung participation of local community members. Students played the Web of Life game to understood coexistence and relationship between humans and wildlife, had fun with friends, and enjoyed a picnic.

CBSLCP’s local citizen scientist, Milan B.K. from Mustang, joined the tour to demonstrate how camera traps and GPS devices work. Students are learning about snow leopard monitoring and its tools through snow leopard reference books, and nature tour provides them with platform like to practice and deepen their learning.
Arjun Acharya (Conservation Program Associate, TSN) facilitated the tour.

समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमले मुस्ताङ र ताप्लेजुङका विभिन्न १२ वटा समुदायहरु लक्षित ‘हिउँ चितुवा चिया ...
19/11/2025

समुदायमा आधारित हिउँ चितुवा संरक्षण कार्यक्रमले मुस्ताङ र ताप्लेजुङका विभिन्न १२ वटा समुदायहरु लक्षित ‘हिउँ चितुवा चिया गफ’ सञ्चालन गर्दै आइरहेको छ । समुदायलाई हिउँ चितुवाका समयसान्दर्भिक विषयवस्तुहरुमा छलफल गराउने, वहाँहरुको संरक्षणका अनुभवहरु साझा गर्ने र समुदायमा हिउँ चितुवाप्रति जनजागरण सिर्जना गर्ने उद्देश्यले यस्ता चिया गफहरु आयोजना गरिएका छन् ।

के तपाईंहरुले हिउँ चितुवा पत्रिकाको १० औं अंक पाउनु भयो? यसको अंक पाउन तपाईंहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग,...
14/11/2025

के तपाईंहरुले हिउँ चितुवा पत्रिकाको १० औं अंक पाउनु भयो?

यसको अंक पाउन तपाईंहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभाग, बबरमहल, टेका समूह नेपाल कार्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोष, केन्द्रिय कार्यालय, यसका परियोजना कार्यालयहरु एक्याप–पोखरा, जिक्याप–दोलखा, एमक्याप–गोर्खा, सदर चिडियाघर–जावलाखेलबाट सक्नुहुनेछ । त्यस्तै, हिमाली संरक्षण मञ्च, फुङलिङ, ताप्लेजुङ तथा निरज थकाली, जोमसोमबाट पनि प्राप्त गर्नसक्नुहुनेछ ।
https://snowleopardconservancy.org/wp-content/uploads/2025/10/SL-Magazine-Vol-10-2025.pdf मा डिजिटल कपि प्राप्त गर्न सक्नुहुनेछ ।

Have you received the 10th issue of the Snow Leopard Magazine?

You can receive a copy from the Department of National Parks and Wildlife Conservation, Babarmahal; the Teka Samuha Nepal office, Maligaun, Kathmandu; the National Trust for Nature Conservation, central office, Satdobato; and its project offices in ACAP–Pokhara, KCAP–Dolakha, MCAP–Gorkha, and the Central Zoo–Jawalakhel. You can also get a copy from the Himali Conservation Forum in Phungling, Taplejung, and from Niraj Thakali in Jomsom.
You can also access the digital copy at:https://snowleopardconservancy.org/wp-content/uploads/2025/10/SL-Magazine-Vol-10-2025.pdf

हिउँ चितुवा पत्रिका, अंक १०, २०२५मुस्तांग, झारकोट (३५१५ मि.) मा अवस्थित महिला विकास समितिका सदस्यहरुPhoto Source:  Niraj...
11/11/2025

हिउँ चितुवा पत्रिका, अंक १०, २०२५
मुस्तांग, झारकोट (३५१५ मि.) मा अवस्थित महिला विकास समितिका सदस्यहरु

Photo Source: Niraj Thakali/TSN/SLC-CBSLCP

हिउँ चितुवाको ज्ञान बाँड्दै वर्षा                                                      –अर्जुन आचार्य, टेका समूह नेपालका...
07/11/2025

हिउँ चितुवाको ज्ञान बाँड्दै वर्षा

–अर्जुन आचार्य, टेका समूह नेपाल
कार्तिकको एक बिहान म निलगिरी हिमालको फेदीमास्थित ठिनी गाउँ पुगें । अनपेक्षित वर्षाले मुस्ताङको मौसम कठ्याङ्ग्रीने थियो । केही पर रहेको निलगिरीको सौन्दर्यता बादलले ढकमक ढाकेको थियो । मुस्ताङकै ऐतिहासिक र सांस्कृतिक गाउँ ठिनीका होमस्टे सञ्चालक आशबहादुर थकालीले मलाई स्थानीय देवी थकालीको घर देखाउन सघाउनु भयो । मेरो यात्राको उद्देश्य देवीकी छोरी वर्षा थकालीसँग हिउँ चितुवा विषयक संरक्षण शिक्षा पुस्तक पढेको उनको अनुभव बटुल्नु थियो । म काठको ढोका खोलेर घरको कम्पाउण्डभित्र पसें ।

वर्षा मुस्ताङ जिल्लाको सदरमुकाम जोमसोमस्थित धौलागिरी बोर्डिङ स्कूलमा १० कक्षामा पढ्छिन् । धौलागिरी ठिनीदेखि २ किलोमिटर पर पर्दछ । वर्षा न्यानो टोपी, ट्रेकिङ बुट र रेनकोट लगाएर विद्यालय जान तयार हुँदै थिइन् ।
‘म त वर्षाले हिउँ चितुवाको किताब पढेर के के सिकेको रहेछ, त्यो बुझ्न आएको’, मैले मेरो परिचय दिंदै त्यहाँ आउनुको उद्देश्य बताएँ ।
‘मैले पढेको कक्षा ६ देखि ८ सम्म हो सर’, वर्षाले भनिन् ।

मैले आपूmले लगेको झोलाबाट केही सामान निकालें । त्यत्तिकैमा वर्षाको बुवा देवी टुप्लुक्क आइपुगे । ‘गोठ गाथें’, उनी नजिकैको कुर्सिमा बस्दै भने । मैले पुनः एकपटक आफ्नो परिचय दिएँ ।

मैले साथमा ल्याएको दुरबिन, जीपीएस र क्यामेरा ट्र्याप देखाउँदै सोधें । “यो उपकरण चिन्छ्यौ? तिमिलाई थाहा छ भने तिम्रो बुबालाई यसको बारेमा भनिदेउ न ।”

वर्षाले शुरुमा त केही अप्ठेरो मानिन् । पछि मुस्कुराउँदै भनिन्, “दुरबिन हो ।’
‘यसले के गर्छ नि?’

‘टाढाको वस्तु जस्तै जनावर र चराचुरुङ्गी नजिक ल्याएर हेर्न प्रयोग गरिन्छ ।’, उनले भनिन् ।

देवीले सोधे, ‘त्यो एउटा आँखा भएको फिता जोडिएको चाहिँ के नि!”

बुवाको कुरा सुनेर वर्षा खितिति हाँसिन् । ‘त्यो क्यामेरा ट््याप हो । लेकतिर वन्यजन्तुहरुको फोटो खिच्न प्रयोग गरिन्छ । वन्यजन्तु आउने–जाने बाटो वरपर करिब ३० सेन्टिमिटरको उचाइमा कुनै किला वा ढुंगामा यसलाई फिट गरिन्छ । यो क्यामेराको अघिल्तिरबाट आएको जुनसुकै आकृति आउनासाथ यसले आफैं फोटो खिच्छ ।’, उनले फेरि भनिन् ।

‘अनि यो मोबाइल फोन जस्तो के नि!’, देवीले फेरि सोधे ।

‘त्यो जीपीएस हो बुवा । कुनै पनि ठाउँको स्थान र उचाइ नाप्न यसको प्रयोग गरिन्छ ।’

‘हैन, मेरी छोरीले निकै कुरा जानिछ । कहाँ सिक्यौ यो सबै?’, देवीले सोधे ।
‘क्लासमा पढेको, हिउँ चितुवा संरक्षण शिक्षा किताबमा ।’, वर्षाले अथ्र्याइन् ।
मैले हिउँ चितुवा पत्रिकाको कभर पेज देखाउँदै देवीलाई सोधें, ‘यहाँ भएको जनावर चिन्नुहुन्छ?’

“हिउँ चितुवा । यही माथि लेकमा बस्छ ।”

‘बुवा भन्नुसु त, हिउँ चितुवालाई जोगाउन पर्छ कि पर्दैन’, मैले अन्त्यमा सोधें, ‘परि गो नि । यसलाई नि त बाँच्नु प¥यो । खान प¥यो ।’

Sarbesh (on camera) takes photo of snow leopard scout's monitoring camp participants at Thorangphedi, Mustang, 4,000 met...
06/11/2025

Sarbesh (on camera) takes photo of snow leopard scout's monitoring camp participants at Thorangphedi, Mustang, 4,000 meters. He assisted Community Based Snow Leopard Conservation Project voluntarily designing banners, taking photograph and videos, and provided technical inputs. Many of his photographs have contributed to Snow Leopard Magazines and CBSLCP reports and media articles.

We are always thankful to your contribution and dedication.

Address

95 Machaga Marg, Maligaun
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Community based Snow Leopard Conservation Project-Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share