13/09/2025
नेपालको व्याप्त समस्यामध्ये एउटा समस्या मैले बुवा पुस्ता र हजुरबुबा पुस्तालाई छोडेर, यसपालि Gen-Y र Gen-Z मा पनि देखिएको उल्लेख गर्न चाहन्छु।
नेपालमै बस्नेभन्दा प्रवास बाहिर रहेका धेरै मानिसहरूलाई देशको माया त छ, तर वस्तुगत रूपमा फिल्डमा के भइरहेको छ भन्नेबारे थाहा हुँदैन। प्रायः घरैपिच्छे यस्ता मानिस भेटिन्छन्।
घरको ओछ्यानबाटै “यो भयो, त्यो भयो” भन्दै धेरै हल्ला पिट्नेहरू विशेषगरी काठमाडौंसँग प्रत्यक्ष जोडिन नसकेकाहरू नै हुन्छन्। विगतमा पार्टीका नेता–कार्यकर्ताले पनि यस्तै गर्थे—आफ्नो स्वार्थअनुसार एउटा हुइम (buzz) सिर्जना गर्ने, काठमाडौंका टाउके नेताबाट सर्कुलर झर्ने र त्यसै गाउँसम्म पुग्ने। अहिले सबै विच्छेद भएर त्यो संस्कार केहि हद सम्म रोकिएको थियो।
फिल्डमा समयमा नउत्रने, आफैंले हाइपोथेसिस (कल्पना) बनाएर “डुब्यो, डुब्यो” भन्ने, “आबुइ, आबुइ” गरेर घर–घर डर पसाउने, र स्वार्थअनुरूप वातावरण सिर्जना गर्ने काम तेतिबेला भइरहेको थियो।
कोहि देशभक्त र कोहि स्वार्थ लुकेको प्रवासी Gen-Y र Gen-Z पुस्ताका व्यक्तिहरु पनि ओछ्यानमै लम्पसार परेर के हुने हो के हुने हो भनेर बसिरहेका थिए।
सुनेको कुरा सामाजिक संजाल मै लेख्न सीमित भएका थिए।
लम्पसारवाद हामीभित्रै थियो, अझै छ, र यही कारणले अति भयो, “अब हामी गर्छौं” भनेर उठेपछि मात्रै सम्भव भयो भन्ने बुझिन्छ यो विद्रोह। तर याद रहोस्—घर र ओछ्यानमै बस्दा त माखो पनि मर्दैन।
हेर्नुस् त, के–के भएन—कोही “राजा आउँछ” भनेर कराउने, कोही “इण्डियन सेना आयो” भनेर भिडियो पठाउने, कोही “अमेरिकाले यसो भन्यो” भनेर हल्ला फैलाउने। अनि “अबुइ, अबुइ” भन्दै केही गर्न हिँडेका मान्छेलाई समेत तर्साउने। यस्तो हुँदा मान्छेलाई “साँचै के भयो त?” भन्ने लाग्छ।
त्यसैले सुक्ष्म भएर हिँड्नुस्, हेर्नुस्—देखिएको कुरा पनि सधैं वास्तविक फिल्डमा भएको नहुन सक्छ।
धेरैलाई थाहा छैन, अझै पनि पार्टीहरूबाट बिच्छेद हुन नसकेको र व्यक्तिहरु पुरानो शैलीमै अड्किएको देखिन्छ। फलतः एक–एक जनाले आफ्नै हाइपोथेसिस सिर्जना गरेर “हो कि?” भन्ने भ्रम बनाइरहेका छन्, अब झन यो व्याप्त हुने छ।
समय मै सचेत भइएस्।🙏