15/07/2026
बझाङ्गी राजा रामजंग बहादुर सिंह
करिव ५०० वर्ष राज्य गरेको बझाङ्गी राजाहरुमा राजा रामजंग बहादुर सिंह ५८औ राजा थिए । प्राय भारतको उत्तराखन्ड राज्य को पिथौरागढमा बसोबास गर्ने हुँदा समय समयमा भारतीयको उक्साहतमा नेपाल सरकार बिरुद्ध पनि कदम चाल्ने गर्दा राजा महेन्द्रको समय भारत निर्वासनमा रहन गएका थिए ।
बझाङमा आपसी पारिवारिक विवाद हुन थाले पछि वीरशम्शेरले पृथ्वीबहादुर सिंहलाई राज्यारोहण गराइदिएका थिए । शिक्षा प्रेमी तथा मानवतावादी पृथ्वीबहादुर सिंहको पनि सत्ता खोसेर राणाहरुले देवीजंग बहादुर सिंहलाई राजा बनाए । यिनै देवीजंग बहादुर सिंहको बि.सं. १९९५ मा मृत्यु भए पछि उनका जेठा छोरा रामजंग बहादुर सिंह ५८औ राजा बनेका थिए ।
२०१७ सालमा बनेको नयाँ कानुनले राज्य तथा रजौटा उन्मुलन भए पनि बझाङ सहित सबे बाइसे-खश राज्ये हरु मध्ये सल्यान, जाजरकोट, मुस्ताङ, भिर्कोट, माल्नेटा, दर्ना गरी १७ रजौटाले भने मान्यता पाइरहेका थिए । तर राज्य भने उन्मुलन गरिएको थियो । तर बझाङका राजा तथा युवराज ओमजंग बहादुर सिंह भने यसको विरोधमा रहे । आफ्नो राज्यको कानुनी अधिकार नेपाल सरकारले खटाएको न्यायाधिश उत्तमकुमार पोखरेललाई राज्यको कागजात नबुझाइ बिद्रोह गरेका थिए । यसपछि बडाहाकिम बद्रिप्रसाद थपलियाले पक्राउको तैयारी गरे ।
राजा रामजंग बहादुर सिंह भने भारत पिठौरागढमा रहेको हुँदा उतैबाट काठमाडौ पुगेर पत्रकारलाई जानकारी गराउन तैयारी गरिरहदा पक्राउ परे । उता ओमबहादुर सिंह भने प्रहरीको घेराबन्दीबाट भागेर लटिनाथको ओढारमा लुकेको अवस्थामा उनलाई २०१९ असोज १७ मा नेपाली सेनाले गोली हानेर हत्या गरे । उनको साथ बिद्रोहमा सहयोग गर्ने कयो अन्यको पनि राज्यविद्रोहको आरोपमा सेनाले हत्या गरेको थियो ।
यता कैदमा रहेका राजा रामजंग बहादुर सिंहले भारत निर्वासनमा रहने अनुमति पाए पछि भारत लागेका थिए । पछि उनको भतिजा दिपकजंग बहादुर सिंहलाई बझांगको राजा बनाइयो र राजा महेन्द्रले आफ्नो छोरी अधिराजकुमारी शान्ती राज्य लक्ष्मीको बिबाह दिपकजंग बहादुर संग गराइ दिए । जसले गर्दा रामजंग बहादुर सिंहले नेपाल फर्कने अनुमति पाए ।
यहाँ राखिएको तस्विर तिनै बझांगी पूर्व राजा रामजंग बहादुर सिंह २०२८ सालमा भारत निर्वासनबाट फर्कदा बझाङको मुम्लामा खिचिएको तस्विर हो ।।
साभार - sunilulak
#जाती_भाषा_संस्कृतिको_पहिचान #जितारी #खश