Area B3 District 41

  • Home
  • Area B3 District 41

Area B3 District 41 Page for Area B3 District 41 2025-26

विपत्तिमा एकता 🤝विपत्तिको समयमा हाम्रो शक्ति हाम्रो एकता, सहकार्य र साथ हो।आउनुहोस्, विचार, अनुभव र प्रेरणामार्फत एकअर्क...
05/09/2026

विपत्तिमा एकता 🤝

विपत्तिको समयमा हाम्रो शक्ति हाम्रो एकता, सहकार्य र साथ हो।
आउनुहोस्, विचार, अनुभव र प्रेरणामार्फत एकअर्काबाट सिक्दै नेतृत्व र समुदायको भावना अझ बलियो बनाऔँ।

🎤 क्षेत्रीय संयुक्त बैठक | Division B | Area B3
✨ विषय: “विपत्तिमा एकता”
📅 भदौ २१, २०८३ (आइतबार)
⏰ साँझ ६:०० बजे देखि
📍 साउथवेस्टर्न स्टेट कलेज, बसुन्धारा

विशेष वक्ता तथा मूल्याङ्कनकर्तासहितको यो विशेष बैठकमा तपाईंलाई हार्दिक स्वागत छ।

Together, We Learn. Together, We Lead. Together, We Stand. 🌟

📣 CALL FOR FOUNDING MEMBERS | JANAKPUR TOASTMASTERS CLUBAre you ready to speak with confidence, lead with purpose, and g...
04/09/2026

📣 CALL FOR FOUNDING MEMBERS | JANAKPUR TOASTMASTERS CLUB

Are you ready to speak with confidence, lead with purpose, and grow beyond your comfort zone? 🎤✨

👉 Register here: https://forms.gle/8xJibF97EijnbSQ49

We are excited to invite you to become a Founding Member of Janakpur Toastmasters Club, a prospective club.

Whether you want to improve your public speaking, communication, leadership, networking, or confidence, this is your opportunity to be part of something new and meaningful in Janakpur. 🌟

🔥 Be among the first members to build the club and shape its future!

📞 For more information:
Susan Dangol: 9709197371
Santosh Subedi: 9849006659
Ram Kumar Mahato: 9823578295

Ready to Speak. Lead. Grow.
Join us and help build the Janakpur Toastmasters Club! 🗣️🚀

Leadership CommunicationSkills FoundingMembers CallForMembership SpeakLeadGrow

4th Demo Meeting of Nepali Toastmasters Club (Prospective) conducted successfully.
23/08/2026

4th Demo Meeting of Nepali Toastmasters Club (Prospective) conducted successfully.

🇳🇵 नेपाली टोस्टमास्टर्स क्लबको चौथो बैठकबोल्ने मात्र होइन, अरूलाई सुन्ने र प्रतिक्रिया दिने अभ्यास पनि उत्तिकै महत्त्वपू...
21/08/2026

🇳🇵 नेपाली टोस्टमास्टर्स क्लबको चौथो बैठक

बोल्ने मात्र होइन, अरूलाई सुन्ने र प्रतिक्रिया दिने अभ्यास पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

यसपटकको बैठकमा प्रमुख मूल्याङ्कनकर्ता विनय डंगोल सँगै हामी सिक्दै, बोल्दै र एकअर्काबाट प्रतिक्रिया लिँदै अघि बढ्नेछौँ।

💬 विषयवस्तु: “दिक्क किन लाग्नुपर्छ?”

📅 भदौ ७, २०८३ (आइतबार)
⏰ साँझ ६:०० बजेदेखि
📍 Southwestern College, बसुन्धरा

नेपालीमै बोल्ने, सिक्ने र आफ्ना कुरा खुलेर राख्ने एउटा राम्रो अवसर।
भेटौँ है! 🎙️

#नेपालीटोस्टमास्टर्सक्लब

🇳🇵 नेपाली टोस्टमास्टर्स क्लबको चौथो बैठकनेपालीमै बोलौँ, आफ्ना कुरा खुलेर राखौँ अनि सँगै सिकौँ। 😊यसपटकको नमुना बैठक मा हा...
20/08/2026

🇳🇵 नेपाली टोस्टमास्टर्स क्लबको चौथो बैठक

नेपालीमै बोलौँ, आफ्ना कुरा खुलेर राखौँ अनि सँगै सिकौँ। 😊

यसपटकको नमुना बैठक मा हामीसँग हुनुहुन्छ अनुप गैरे, र उहाँको विषयवस्तु छ:

💬 “दिक्क किन लाग्नुपर्छ?”

बोल्ने अभ्यास गर्न, नयाँ साथीहरूसँग जोडिन र रमाइलो वातावरणमा केही नयाँ सिक्न चाहनुहुन्छ भने, सहभागी हुनुहोस्।

📅 भदौ ७, २०८३ (आइतबार)
⏰ साँझ ६:०० बजेदेखि
📍 Southwestern College, बसुन्धरा

आउनुहोस्, नेपालीमै कुरा गरौँ। भेटौँ, बोलौँ र सिकौँ। 🎙️

#नेपालीटोस्टमास्टर्सक्लब

🌟 धैर्य राखौँ, निरन्तर अघि बढौँ!जीवनमा हरेक उपलब्धिको आफ्नै समय हुन्छ। चुनौतीहरूका बीच पनि धैर्य राख्दै अघि बढ्नु नै सफल...
08/08/2026

🌟 धैर्य राखौँ, निरन्तर अघि बढौँ!

जीवनमा हरेक उपलब्धिको आफ्नै समय हुन्छ। चुनौतीहरूका बीच पनि धैर्य राख्दै अघि बढ्नु नै सफलताको यात्राको सुन्दर पक्ष हो।

नेपाली टोस्टमास्टर्स क्लबको #दोस्रो नमुना बैठक मा यसपटकको विषय “धैर्य” सँगै वक्तृत्व, मूल्याङ्कन र सिकाइको रमाइलो यात्रामा जोडिनुहोस्। 🎤✨

📅 श्रावण २४, २०८३ (आइतबार)
⏰ साँझ ६:०० बजे
📍 साउथवेस्टर्न कलेज, बसुन्धरा
आउनुहोस्, बोलौँ, सुनौँ र सँगै सिकौँ। 💙

#नेपालीटोस्टमास्टर्सक्लब #दोस्रोनमुनाबैठक #धैर्य PublicSpeaking

🌟 धैर्य: सफलताको यात्रामा सबैभन्दा ठूलो शक्ति!कहिलेकाहीँ सफलता ढिलो आउँछ, बाटो कठिन हुन्छ, अनि परिणाम कुर्नुपर्छ। त्यही ...
08/08/2026

🌟 धैर्य: सफलताको यात्रामा सबैभन्दा ठूलो शक्ति!

कहिलेकाहीँ सफलता ढिलो आउँछ, बाटो कठिन हुन्छ, अनि परिणाम कुर्नुपर्छ। त्यही बेला धैर्यले हामीलाई अघि बढाइरहन्छ। 💙

नेपाली टोस्टमास्टर्स क्लबको #दोस्रो नमुना बैठक मा आउनुहोस्, जहाँ हामी “धैर्य” बारे बोल्ने, सुन्ने र आफ्ना अनुभवहरू बाँड्नेछौँ।

🎤 प्रमुख मूल्याङ्कनकर्ता: विनय वैद्य
🗣️ वक्ताहरू: खुशी डंगोल, विनय डंगोल, कमल गौतम
✨ सन्ध्याकालीन टोस्टमास्टर: सुसन डंगोल

📅 श्रावण १२, २०८३ (सोमबार)
⏰ साँझ ६:०० बजे
📍 साउथवेस्टर्न कलेज, बसुन्धरा

धैर्य गरौँ, सिक्दै अघि बढौँ, अनि आफ्नै आवाजमा आत्मविश्वासका साथ बोलौँ। 🌱🎙️

#नेपालीटोस्टमास्टर्सक्लब

Every great club grows through honest reflection.Join us as Toastmaster Susan Dangol facilitates the Moment of Truth (MO...
06/08/2026

Every great club grows through honest reflection.

Join us as Toastmaster Susan Dangol facilitates the Moment of Truth (MOT) session—a powerful opportunity to evaluate, reflect, and strengthen our club together.

📅 7 August 2026
🕕 6:30 PM onwards
📍 Mahalaxmi Bikas Bank Ltd., Gyaneshwor

Let's celebrate what's working, identify what can be better, and build an even stronger Mahalaxmi Toastmasters Club.

🌟 दोस्रो नमुना बैठकमा सहभागी हुनुहोस्! 🌟नेपाली भाषामा Toastmasters को अनुभव लिँदै आफ्नो सार्वजनिक वक्तृत्व, नेतृत्व र सञ...
03/08/2026

🌟 दोस्रो नमुना बैठकमा सहभागी हुनुहोस्! 🌟

नेपाली भाषामा Toastmasters को अनुभव लिँदै आफ्नो सार्वजनिक वक्तृत्व, नेतृत्व र सञ्चार कौशल अझ प्रभावकारी बनाउने अवसर।

📅 मिति: श्रावण २४, २०८३ (आइतबार)
⏰ समय: साँझ ६:०० बजे देखि
📍 स्थान: साउथवेस्टर्न कलेज, बसुन्धरा

🎤 केही भूमिका अझै उपलब्ध छन्! इच्छुक सहभागीहरूले विभिन्न भूमिका लिएर बैठकलाई अझ रमाइलो र प्रभावकारी बनाउन सक्नुहुन्छ।

आउनुहोस्, बोल्ने मात्र होइन, नेतृत्व गर्ने यात्रा पनि सुरु गरौँ!

27/07/2026

🙏 धन्यवाद! | नमुना बैठक | मेरो प्यारो भाषा 🇳🇵

हाम्रो पहिलो नेपाली टोस्टमास्टर्स क्लबको नमुना बैठकलाई सफल बनाउन उपस्थित हुनुहुने सम्पूर्ण अतिथि, वक्ता, भूमिका निर्वाह गर्ने साथीहरू तथा सहयोगी सबैप्रति हार्दिक धन्यवाद।

तपाईंहरूको उत्साह, सहभागिता र नेपाली भाषाप्रतिको माया नै यस बैठकको सबैभन्दा ठूलो सफलता बन्यो।

यो त केवल सुरुवात हो। नेपाली भाषामा नेतृत्व, सञ्चार र आत्मविश्वास विकासको यो यात्रामा आगामी बैठकहरूमा पनि यही साथ र सहभागिताको अपेक्षा गर्दछौं।

फेरि भेटौँ, अझ उत्कृष्ट बैठकमा! ❤️

Address

Dhapasi

44600

Website

Alerts

Be the first to know and let us send you an email when Area B3 District 41 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed non profit organization?

Share