NMA Election 2025-Kul Gurung Team

NMA Election 2025-Kul Gurung Team Nepal Mountaineering Association (NMA) Election 2025 Campaign page.

चुनावको प्रक्रिया नै पक्ष, विपक्ष, जित र हार हो।चुनाव अवधिभर सबैले आ–आफ्नो उम्मेदवार जिताउन बल, बुद्धि, विवेक र रणनीतिक ...
29/08/2025

चुनावको प्रक्रिया नै पक्ष, विपक्ष, जित र हार हो।
चुनाव अवधिभर सबैले आ–आफ्नो उम्मेदवार जिताउन बल, बुद्धि, विवेक र रणनीतिक खेल खेल्नु सामान्य र स्वीकार्य कुरा हो। प्रतिस्पर्धा हुनु लोकतन्त्रको सौन्दर्य हो। आफ्नो पक्षको विपक्षमा खुलेरै समर्थन गर्नु वा सहयोग गर्नु पनि व्यक्तिको अधिकार हो – यसमा आपत्ति हुनुपर्ने कारण छैन।

तर दुर्भाग्यवश, केही मानिसहरू यस्तो डर लाग्दो र घृणित खेल खेल्दारहेछन्, जुन न त नैतिकतासँग मेल खान्छ, न त इमान्दार राजनीतिसँग।

यी व्यक्ति एकातिर समर्थन गरेजस्तो देखाउने – अग्रिम बधाइ दिँदै जित सुनिश्चित छ भन्ने भाषण गर्ने – तर अर्कोतिर आफैं मातहतका भोटहरू जम्मा गरेर अर्कै टिमसँग आर्थिक सौदा गर्ने! अनि अन्त्यमा अर्को समूहका उम्मेदवार मैदानमा उभ्याउने जस्ता हर्कत गर्ने!

अब यस्ता ‘दोहोरो चरित्र’ भएका व्यक्तिहरूको पहिचान गर्न अत्यन्त जरूरी भइसकेको छ। चाहे जुनसुकै पर्यटन संघ वा संस्था होस्, आगामी कुनै पनि चुनावमा यस्ता व्यक्तिबाट सचेत रहनै पर्छ। किनभने यस्ता मानिसहरूको सिकार तपाईं, हामी – जो कोही पर्न सक्छौं।

बरु चुनाव अवधिभर खुलेरै विपक्षको विरोध गरौं, इमान्दारीपूर्वक पक्ष–विपक्षमा उभिऔं। चुनावपछि हार–जित जे भए पनि हातेमालो गर्न सजिलो हुन्छ। तर सहयोग गरेजस्तो देखाएर पछाडि घोचो हान्नेहरूको व्यवहार कहिल्यै स्वीकार्य हुने छैन – न अहिले, न भविष्यमा।

हामी सचेत बनौं, सजग बनौं, र स्वच्छ प्रतिस्पर्धालाई सम्मान गरौं।

फुर दाईको सम्पूर्ण बिजयी टिमलाई सफल कार्यकालको शुभकामना !

NMA Election 2025 Kul Gurung Team समर्थक !

23/08/2025

📢 आज भदौ ७ (August 23rd), कामलादी प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजे देखि बेलुकी ४ बजे सम्म NMA को निर्वाचन भैरहेको छ।कुल बहादुर गुरुङ समूहका उम्मेदवारहरु मतपत्रको बायाँपट्टि माथि देखि तलसम्म रहेका छन्।✅ पदाधिकारीहरु क्रम संख्या १ नं. मा✅ खुला तर्फका सदस्यहरु क्रम संख्या १ नं. देखि ९ नं. सम्म✅ महिला सदस्यहरु क्रम संख्या १ र २ नं. मामतदान गर्दा कृपया सम्बन्धित कोष्ठभित्र टिक ✔️ चिन्ह लगाउनुहोस्।👉 आफ्नो अमूल्य मत सही तरिकाले प्रयोग गरी, बदर हुन नदिई कुल बहादुर गुरुङ समूहका सम्पूर्ण उम्मेदवारहरुलाई मतदान गरी भारी मतले विजयी गराइदिनुहुन विनम्र आग्रह गर्दछौं।

21/08/2025

टुरिजम मिडिया नेटवर्क (Tourism Media Network) द्धारा सञ्चालन गरिएको नेपालको पहिलो मल्टिमिडिया युट्युब च्यानल ‘टुरिजम अनलाईन .....

21/08/2025

गल्ती गरे ३ वर्षमा हामीलाई गाली गर्नुस्, सच्चिएर जाँउला। सके राम्रो काम गरौंला, नसके नराम्रो काम नगरौँला। यो हाम्रो प्रतिबद्धता हो।

कुल बहादुर गुरुङ
उध्यक्ष पदको उम्मेदवार
कुल बहादुर गुरुङ समूह

हिजो भएको पूर्व नेपालका आरोही तथा पर्यटन व्यवसायीहरूसँगको कुल बहादुर गुरुङ प्यानलको आत्मीय भेटघाट कार्यक्रम ।
21/08/2025

हिजो भएको पूर्व नेपालका आरोही तथा पर्यटन व्यवसायीहरूसँगको कुल बहादुर गुरुङ प्यानलको आत्मीय भेटघाट कार्यक्रम ।

मिङ्मा ग्याबु शेर्पा हिमाल चढ्न थालेको डेढ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा उनले हिमाल मात्रै चढेका छैनन, सयौँ नेपाली र ...
21/08/2025

मिङ्मा ग्याबु शेर्पा हिमाल चढ्न थालेको डेढ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा उनले हिमाल मात्रै चढेका छैनन, सयौँ नेपाली र विदेशीलाई हिमालका चुचुरोमा पुऱ्याएका छन् । हिमालमा अलपत्र परेका सयौँको उद्धार गरेका छन् । त्यति मात्रै होइन, हिमाललाई जलवायु परिवर्तनबाट बचाउन कैयौँ पटक हिमाल सफा गरेका छन् ।

काठमाडौँ । मिङ्मा ग्याबु शेर्पा हिमाल चढ्न थालेको डेढ दशकभन्दा बढी भइसक्यो । यस अवधिमा उनले हिमाल मात्रै चढेका छ.....

21/08/2025

जसरी यो विश्वमा सगरमाथा भनेर चिनिन्छ, त्यही उच्च तहमा हामी यो नेपाल पर्वतारोहण संघ (NMA) लाई पुऱ्याउनेछौँ।

टीका राम गुरुङ
वरिष्ठ उपाध्यक्ष पदको उम्मेदवार
कुलबहादुर गुरुङ समूह

21/08/2025

3'E: Energetic (ऊर्जा), Excitement (उत्तेजना) र Enthusiasm (उत्साह).

अब मात्र २ दिन बाँकी ! यही भदौ ७ गते हुने निर्वाचनमा पर्वतारोही, व्यवसायी तथा मजदुरहरूको साझा उम्मेदवार श्री कुल बहादुर ...
21/08/2025

अब मात्र २ दिन बाँकी !
यही भदौ ७ गते हुने निर्वाचनमा पर्वतारोही, व्यवसायी तथा मजदुरहरूको साझा उम्मेदवार श्री कुल बहादुर गुरुङको समूहलाई आफ्नो अमूल्य मत प्रदान गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौँ

21/08/2025

विश्व पर्वतारोहण महासंघ देखि एसियाली पर्वतारोहण महासंघमा काम गर्दै, यही विषय पढेर, यही विषय पढाउँदै, यसैमा अनुसन्धान गर्दै आएको छु। आज पनि म र मेरो टिम पूर्ण रूपमा निस्वार्थ भावले NMAको लागि काम गर्न चाहन्छौं।

कुल बहादुर गुरुङ
अध्यक्ष पदको उम्मेदवार
कुल बहादुर गुरुङ समुह

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when NMA Election 2025-Kul Gurung Team posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share