28/08/2026
रसुवा, नुवाकोट र धादिङ लगायतका जिल्लामा बाढी तथा पहिरोका कारण भएको ठूलो जनधनको क्षतिप्रति NYEN परिवार गहिरो दुःख व्यक्त गर्दछ। ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। साथै, घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।
यस कठिन परिस्थितिमा NYEN ले राहतका लागि आर्थिक सहयोग गरिसकेको छ र आगामी दिनमा आवश्यकता अनुसार सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी जुनसुकै सहयोग गर्न प्रतिबद्ध रहेको जानकारी गराउँदछौँ।
विपत्तिमा एकजुट बनौँ, प्रभावित परिवारको साथमा उभिऔँ। 🇳🇵❤️
National Youth Entrepreneurs Network (NYEN)