03/08/2026
"स्वस्थ वातावरण, समृद्ध भविष्य" भन्ने मूल नारालाई आत्मसात गर्दै मिति २०८३ श्रावण १७ (१ अगस्ट २०२६) मा चन्द्रागिरि–१, इन्द्रदह मा सम्पन्न संयुक्त वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
यस अभियानमा सहभागी भई वातावरण संरक्षणप्रति आफ्नो अमूल्य समय, श्रम र योगदान प्रदान गर्नुहुने सम्पूर्ण लायन्स क्लबहरू, लायन सदस्यहरू, स्वयंसेवकहरू तथा सहयोगी महानुभावहरू प्रति हाम्रो क्लबलको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं।
एउटा बिरुवा आज रोप्नु भनेको भोलिको पुस्ताका लागि स्वच्छ हावा, हरियाली र समृद्ध भविष्यको आधार तयार गर्नु हो। आउनुहोस्, यस्ता वातावरणमैत्री अभियानलाई निरन्तरता दिऔँ र हरियाली नेपाल निर्माणमा सबै मिलेर अघि बढौँ।
"एक बिरुवा – हजारौं आशा" 🌿