FOPAN Federation of Photographers Association

Contact the organization

FOPAN Federation of Photographers Association Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from FOPAN Federation of Photographers Association, Kathmandu.

नेपालभरका फोटोग्राफरहरूको एकमात्र राष्ट्रिय छाता संस्था
फोटोग्राफी पेशाको विकास, एकता र हित संरक्षण
दर्ता: २०८१ असार ५ (काठमाडौं दर्ता नं. २९४)
उद्देश्य: नेपाली फोटोग्राफरलाई उकास्ने!

पोखरा फोटोग्राफर संघको २५औँ अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई एवं सफल...
06/09/2026

पोखरा फोटोग्राफर संघको २५औँ अधिवेशनबाट सर्वसम्मत रूपमा निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।

अध्यक्ष: नन्दकला पौडेल
उपाध्यक्ष: लक्ष्मीपति पौडेल
सचिव: अग्निधर तिमिल्सिना
कोषाध्यक्ष: राजु तिमिल्सिना

सदस्यहरू:
प्रकाश पौडेल, चन्द्रप्रकाश ढुंगाना, प्रेम श्रेष्ठ, मिरु लम्साल र बबीता पौडेल

नब निर्बाचित सम्पूर्ण नयाँ कार्यसमितिले फोटोग्राफी क्षेत्रको व्यावसायिक विकास, संस्थागत सुदृढीकरण, फोटोग्राफरहरूको हक–हित संरक्षण तथा नयाँ पुस्ताको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु।

साथै नब निर्वाचित सम्पूर्ण टिमलाई सफल, उपलब्धिमूलक र स्मरणीय कार्यकालका लागि हार्दिक शुभकामना!

अध्यक्ष
महेन्द्र प्रसाद उपाध्याय

सूचना ! सूचना !! सूचना !!!विषय: ललितपुर जिल्ला फोटोग्राफर संघको तदर्थ समिति गठन कार्यक्रममा सहजीकरण तथा सहयोग सम्बन्धमा।...
04/09/2026

सूचना ! सूचना !! सूचना !!!
विषय: ललितपुर जिल्ला फोटोग्राफर संघको तदर्थ समिति गठन कार्यक्रममा सहजीकरण तथा सहयोग सम्बन्धमा।
नेपाल फोटोग्राफर महासंघको उद्देश्य र मर्म अनुरूप देशका विभिन्न भागमा छरिएर रहेका फोटोग्राफी व्यवसायीहरूको संस्थागत विकास र हकहितको संरक्षण गर्ने हाम्रो निरन्तरको प्रतिबद्धता सर्वविदितै छ।
यसै सन्दर्भमा, ललितपुरका फोटो व्यवसायीहरूबाट आफ्नो पेसागत हक, हित र संरक्षणका लागि ललितपुर जिल्लामा एक छुट्टै जिल्लास्तरीय संगठन "ललितपुर फोटोग्राफर संघ" स्थापना गर्न महासंघ समक्ष गरिएको मौखिक तथा लिखित अनुरोध एवं प्राप्त पत्रलाई महासंघले सकारात्मक रूपमा लिँदै आवश्यक सहजीकरण गर्दै आएको छ।
उक्त प्रस्तावित ललितपुर जिल्ला फोटोग्राफर संघको तदर्थ समिति गठन गर्नका लागि तपसिल बमोजिमको मिति, समय र स्थानमा विशेष भेला आयोजना गरिएको छ। तसर्थ, नेपाल फोटोग्राफर महासंघका सम्पुर्ण जिम्मेवारी प्राप्त आदरणीय केन्द्रीय पदाधिकारीहरू, सदस्यहरू तथा महासंघका सम्वन्धीत विषयका संयोजकहरूलाई उक्त ऐतिहासिक कार्यक्रममा उपस्थित भई ललितपुरका व्यवसायीहरूको उत्साहजनक पहललाई उल्लेख्य एवं प्रभावकारी सहयोग पुर्‍याउनुहुन यो सूचना जारी गरिन्छ।
तपसिल:
मिति: २०८३ भाद्र २० गते, शनिबार
समय: बिहान .०८ः०० बजे (
स्थान: जिल्ला अदालत अगाडीकाे पार्क, ललितपुर
पेसागत एकता र व्यावसायिक समृद्धिका लागि महासंघको यो आह्वानलाई शिरोधार्य गरी सक्रिय सहभागिता जनाउनुहुनेछ भन्ने पूर्ण विश्वास लिइएको छ।

नेपाल फ़ोटोग्राफ़र महासंघ यो दुखको पीड़ित संगै राज्यको साथमा छ ! हातेमालो गर्न चाहन्छ !
27/08/2026

नेपाल फ़ोटोग्राफ़र महासंघ यो दुखको पीड़ित संगै राज्यको साथमा छ ! हातेमालो गर्न चाहन्छ !

बाढी पहिरोको विपद्‌मा उच्च सतर्कता तथा सहयोगका लागि हार्दिक अपिलमिति: २०८३ भाद्र १०रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको...
26/08/2026

बाढी पहिरोको विपद्‌मा उच्च सतर्कता तथा सहयोगका लागि हार्दिक अपिल

मिति: २०८३ भाद्र १०

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्रिशूली नदी आसपासका तटीय क्षेत्रहरूमा भएको ठूलो भौतिक तथा मानवीय क्षतिप्रति नेपाल फोटोग्राफर महासंघ गहिरो दुःख व्यक्त गर्दछ।

यस विषम परिस्थितिमा नदी तटीय क्षेत्र तथा पहिरोको जोखिममा रहनुभएका सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरूलाई तत्काल सुरक्षित स्थानतर्फ जान तथा नेपाल सरकार एवं स्थानीय प्रशासनले जारी गरेका सुरक्षा निर्देशनहरूको पूर्ण पालना गर्न हार्दिक अनुरोध गरिन्छ।

बाढी प्रभावित क्षेत्रमा हुनुहुने सम्पूर्ण नागरिकहरूले धैर्यता अपनाई उच्च सतर्कताका साथ सुरक्षित रहन आग्रह गरिन्छ।
महासंघका सम्पूर्ण प्रदेश तथा जिल्ला संघहरूलाई एकताबद्ध भई यस राष्ट्रिय विपद्‌को घडीमा आ-आफ्नो क्षेत्रबाट मानवीय तथा भौतिक उद्धार र राहत सहयोगमा जुट्न आह्वान गरिन्छ।
फिल्डमा खटिनुहुने सम्पूर्ण फोटोग्राफर, फाेटाेपत्रकार तथा सञ्चारकर्मी साथीहरूले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै विपद् व्यवस्थापन र उद्धार कार्यमा स्थानीय प्रशासनसँग समन्वय गरी तथ्यपरक सूचना प्रवाह गर्न अनुरोध छ।

आपत्कालीन यस परिस्थितिमा सबै तहका संघ-संस्था, समाजसेवी तथा नागरिकहरू एकजुट भई प्रभावितहरूको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पुर्‍याउन महासंघ हार्दिक अपिल गर्दछ।

नेपाल फोटोग्राफर महासंघ
केन्द्रीय कार्यालय, काठमाण्डाै
महासचिव
बिक्रम न्याैपाने
तस्विर श्राेत सामाजिक संञ्जाल

दाङको भालुबाङमा नेपाल फोटोग्राफर महासंघ लुम्बिनीको दोस्रो बैठक सम्पन्न, विभिन्न उपसमिति र कार्यदल गठन !
22/08/2026

दाङको भालुबाङमा नेपाल फोटोग्राफर महासंघ लुम्बिनीको दोस्रो बैठक सम्पन्न, विभिन्न उपसमिति र कार्यदल गठन !

नेपाल फोटोग्राफर महासंघ लुम्बिनी प्रदेशको दोस्रो बैठक दाङको भालुबाङमा सम्पन्न भएको छ। बैठकले प्रदेशमा फोटोग्र....

“एउटा तस्बिरले हजार शब्द बोल्छ, र फोटोग्राफीले समयलाई इतिहासमा सुरक्षित गर्छ।”आज १९ अगस्ट, अर्थात् १८७ औँ विश्व फोटोग्रा...
19/08/2026

“एउटा तस्बिरले हजार शब्द बोल्छ, र फोटोग्राफीले समयलाई इतिहासमा सुरक्षित गर्छ।”

आज १९ अगस्ट, अर्थात् १८७ औँ विश्व फोटोग्राफी दिवस (World Photography Day)। यो दिन आम सर्वसाधारणले सहज रूपमा फोटोग्राफी प्रविधिलाई अपनाउन र तस्बिरमार्फत भावना तथा समयलाई कैद गर्न पाएको ऐतिहासिक दिन हो।
सन् १७६५ मा जन्मिएका फ्रान्सेली आविष्कारक जोसेफ निकेफोर निएप्स ले सन् १८२६/१८२७ ताका आफ्नो घरको झ्यालबाट संसारकै पहिलो स्थायी तस्बिर "View from the Window at Le Gras" खिचेका थिए। यसै योगदानका कारण उहाँलाई विश्वकै पहिलो फोटोग्राफरका रूपमा चिनिन्छ।

आधुनिक फोटोग्राफीका विकासकर्ता लुइस डागुएरे (Louis Daguerre) ले विकास गरेको संसारकै पहिलो व्यावहारिक फोटोग्राफी प्रणाली "डागुएरियोटाइप" (Daguerreotype) को प्याटेन्ट फ्रान्स सरकारले खरिद गरी १९ अगस्ट १८३९ का दिन सम्पूर्ण विश्वका लागि “निःशुल्क उपहार” स्वरूप खुला गरेको घोषणा गर्‍यो। यही युगान्तकारी दिनको सम्झनामा हरेक वर्ष १९ अगस्टलाई विश्व फोटोग्राफी दिवसका रूपमा मनाउन थालिएको हो।

फ्रान्स सरकारले खुला गरेको यही ऐतिहासिक प्रविधिलाई नेपालमा पहिलोपटक भित्र्याउने श्रेय डम्बर शमशेरलाई जान्छ। उहाँलाई नै नेपालको पहिलो नेपाली फोटोग्राफरका रूपमा इतिहासले स्मरण गर्दछ।

दृश्य, समय र भावनालाई क्यामराको लेन्सभित्र कैद गरी जीवन्त बनाउने सम्पूर्ण आदरणीय फोटोग्राफरहरू, दृश्य-सञ्चारकर्मीहरू तथा समस्त फोटोप्रेमी महानुभावहरूमा १८७ औँ विश्व फोटोग्राफी दिवसको अवसरमा नेपाल फोटोग्राफर महासंघ परिवार हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछाै भने सम्वन्धि प्रदेश संध तथा जील्ला संधहरूले अाज अाफ्नाे स्थानबाट कार्यक्रम गरि विश्व फाेटाेग्राफी दिवसलाइ सम्झदै फाेटाेग्राफीलाइ उकास्न याेगदान गर्नु भएकाेमा यहाहरू सबैलाइ बधाइ तथा शुभकामना पनि व्यक्त गर्दछाै ।

बिक्रम न्यौपाने
महासचिव
नेपाल फोटोग्राफर महासंघ

भावपूर्ण श्रद्धाञ्जलीनेशनल फोटो स्टुडियोका सञ्चालक, सुर्खेत फोटोग्राफर संघका निवर्तमान अध्यक्ष एवं नेपाल फोटोग्राफर महास...
18/08/2026

भावपूर्ण श्रद्धाञ्जली

नेशनल फोटो स्टुडियोका सञ्चालक, सुर्खेत फोटोग्राफर संघका निवर्तमान अध्यक्ष एवं नेपाल फोटोग्राफर महासंघका केन्द्रीय सचिव श्री धनबहादुर घर्तीज्यूका पूजनीय पिताको असामयिक निधन भएको खबरले नेपाल फोटोग्राफर महासंघ परिवार स्तब्ध एवं मर्माहत भएका छौं।

यस दुःखद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं। साथै, शोकाकुल परिवारजन तथा आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दै यस असह्य पीडालाई सहन सक्ने धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भनी ईश्वरसँग प्रार्थना गर्दछौं।

नेपाल फोटोग्राफर महासंघ परिवार

नेपाल फोटोग्राफर महासंघधन्यवाद तथा शुभकामना ज्ञापनदाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा मिति २०८३ श्रावण २२ गतेदेखि २४ गत...
11/08/2026

नेपाल फोटोग्राफर महासंघ
धन्यवाद तथा शुभकामना ज्ञापन

दाङ जिल्ला फोटोग्राफर एसोसिएसनद्वारा मिति २०८३ श्रावण २२ गतेदेखि २४ गतेसम्म सफलतापूर्वक सम्पन्न गरिएको "फोटोग्राफिक वर्कसप" प्रति नेपाल फोटोग्राफर महासंघको गम्भीर ध्यानकृष्ट भएको छ।

उक्त वर्कसप सञ्चालन गरी दाङ जिल्लाका फोटोग्राफरहरूलाई हौसला प्रदान गर्नुका साथै उहाँहरूको सिप विकास र व्यवसायीकरणमा पुर्‍याएको अतुलनीय योगदानको उच्च मूल्याङ्कन गर्दै महासंघ सम्पूर्ण दाङ जिल्ला फोटोग्राफर एसोसिएसन परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछ।

साथै, यस ज्ञानमूलक तथा शिक्षाप्रद कार्यक्रममा मुख्य मेन्टरको रूपमा खटिएर आफ्नो अमूल्य ज्ञान र अनुभव साटासाट गर्नुभएकोमा महासंघका उपाध्यक्ष एवं केन्द्रीय मेन्टर श्री Digambar Rajbansi Rajbanshiज्यु प्रति हार्दिक आभार तथा धन्यवाद ज्ञापन गर्दछौँ।

दाङ जिल्लाले देखाएको यो अनुकरणीय पहलजस्तै देशका अन्य सम्पूर्ण जिल्ला एसोसिएसनहरूले पनि फोटोग्राफी शिक्षा, तालिम र क्षमता अभिवृद्धिका कार्यक्रमहरू सञ्चालन गर्दै लगेमा हाम्रा नेपाली फोटोग्राफरहरूको सिप र व्यवसायले व्यावसायिकताको सर्वोच्च शिखर (सगरमाथा) चुम्न धेरै समय लाग्ने छैन भन्ने महासंघको दृढ विश्वास रहेको छ।

भविष्यमा पनि यस्ता रचनात्मक तथा व्यावसायिक क्षमता विकासका कार्यक्रमहरूले निरन्तरता पाउनेछन् भन्ने आशा र विश्वास व्यक्त गर्दछौँ।

विक्रम न्यौपाने
महासचिव
नेपाल फोटोग्राफर महासंघ

फाेटाेः यमुना बाेहरा

सम्पूर्ण फोटोग्राफर मित्रहरुलाई हार्दिक नमस्कार फोटोग्राफर संघ गण्डकीविभिन्न जिल्लामा रहेर फोटोग्राफी ब्यबसाय संचालन गर्...
03/08/2026

सम्पूर्ण फोटोग्राफर मित्रहरुलाई हार्दिक नमस्कार
फोटोग्राफर संघ गण्डकी

विभिन्न जिल्लामा रहेर फोटोग्राफी ब्यबसाय संचालन गर्ने, फोटोग्राफी व्यवसायलाई संस्थागतरुपले अघि बढाउदै पेशागत हकहित र क्षमताको विकास गर्ने मुल उद्येश्यका साथ स्थापना गरिएको संस्थाको नाम हो फोटोग्राफर संघ गण्डकी प्रदेश। यो प्रदेश स्तरिय सामाजिक तथा ब्यवसायिक संस्था हो ।
यो संस्था बि.स २०७६ भाद्र २० गते बिधिवत रुपमा स्थापना भएको हो । गण्डकी प्रदेशका ११ वटै जिल्ला समेटेर प्रदेश स्तरिय संस्था बनेको छ । फोटोग्राफीे क्षेत्रलाई अहिलेको २१ औ शताब्दीको संघारमा अति नै महत्वपुर्ण र सम्बेदनशिल क्षेत्रको रुपमा मानिन्छ । सरकारका हरेक निकाय संग र जनताका हरेक क्रियाकलापहरु संग सिधै सम्पर्कमा रहने क्षेत्र भएकोले पनि यस क्षेत्रको बेग्लै महत्व छ । स्थानिय निकाय नगर तथा गाउँपालिका देखि मन्त्रालय सम्म यस्ले विशेष महत्व राख्दछ । छापा तथा बिद्युतीय संचार माध्यममा फोटो तथा भिडियोग्राफीको बिषेश महत्व रहेको सर्वविधितै कुरा हो ।

फोटोग्राफर संघ गण्डकी नेपालको बिधान २०७६ को परिच्छेद २ दफा ४ को उपदफा ’ग’ अनुसार फोटोग्राफरहरुको शिप र दक्षता अभिबृद्धी गर्दै उत्प्रेरणा प्रदानका लागि यो फोटोग्राफी प्रतियोगिता स्थापना गरेको हो। फोटोग्राफर संघ गण्डकी प्रदेशले फोटोग्राफरहरुको शिप र दक्षता अभिवृद्धी गर्दै उत्प्रेरणा प्रदानका लागि फोटोग्राफी मार्फत देशको पर्यटन प्रवद्र्धन, अग्रगामी समाज निमार्णमा योगदान दिने खालका रचनात्मक, कलात्मक, सन्देशमुलक खालका फोटोग्राफी गर्ने व्यक्तिहरुको पहिचान साथै सम्मान गर्ने यो प्रतियोगिताको मुख्य उद्धेश्य रहेको छ ।
फोटोग्राफी क्षेत्रको विकासका साथै यस क्षेत्र संग सम्बन्धित व्यक्तिहरुको क्षमता बिकासका लागि हरेक बर्षमा प्रतियोगिता आयोजना गर्ने गरिन्छ । प्रतियोगितात्मक विधा अन्र्तगत वैवाहिक फोटो (Mirage National Wedding Photo Contest) सम्बन्धित विभिन्न ५ विधामा र प्रकृति र प्राकृतिक सुन्दरता -Nature & Landscape सम्वन्धि एक गरि कुल ६ बिधामा यो प्रतियोगिता सञ्चालन गरिएको छ । प्राकृतीक सम्पदा र मानव जनजिवन संग सिधा सम्पर्कमा रहने बिषयवस्तुहरु र फोटोग्राफी व्यवसायको मेरुदण्डको रुपमा रहेको विवाह उत्सव सम्वन्धित तस्विरहरुको प्रतियोगितात्मतक तरिकाले गरिने भएको हुंदा र गण्डकी प्रदेश भित्रका हरेक विषयबस्तुहरु समावेश गरिएका तस्विरहरुले समग्र गण्डकी प्रदेशकै पर्यटन बिकासको उत्थानमा अवश्य सहयोग पुग्नेछ भन्ने आशा लिएका छौ ।
दैनिक जनजीवन, प्रकृती, विवाह उत्सव सम्वन्धी फोटोको प्रतियोगिता आयोजना गरी यी विषयको संरक्षण र महत्वको बारेमा आम नागरिक लाई सचेत गराउने उद्देश्यको साथ गण्डकी प्रदेश र देशैभरी फोटो प्रतियोगिता गर्न लागिएको हो ।

त्यसैले यो सुर्वण अवसरलाई मध्यनजर गरेर प्रतियोगितामा भाग लिई आफ्नो क्षमतालाई सबै सामु पुर्याउन हुन अनुरोध गर्दछौं

तलको लिंक मा क्लिक गर्नुहोला

https://forms.gle/zNzG2yz8VMRL6Gda9

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when FOPAN Federation of Photographers Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to FOPAN Federation of Photographers Association:

Shortcuts

Share