27/08/2026
हार्दिक श्रद्धाञ्जली तथा समवेदना
रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी–पहिरोबाट भएको अमूल्य मानवीय क्षति, जनधनको विनाश तथा प्रभावित परिवारहरूले भोग्नुपरेको पीडाप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौँ। यस प्राकृतिक विपद् मा ज्यान गुमाउनुहुने सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौँ।
यस दुःखद घडीमा घाइते तथा प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित जीवन तथा आवश्यक सहयोग प्राप्तिको कामना गर्दछौँ। साथै, विपद् बाट प्रभावित समुदायको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सम्पूर्ण नेपाली समाजलाई मानवीय भावना, सहकार्य र एकताका साथ अघि बढ्न हार्दिक आह्वान गर्दछौँ।
शान्ति, शिक्षा र विकासका लागि एकता
हाम्रो साझा प्रतिबद्धता, हाम्रो मानवीय जिम्मेवारी।