Chabahil Byawasayi Sangh - CBS

Chabahil Byawasayi Sangh - CBS Chabahil Byawasayi Sangh - CBS Official Page

मिति २०८२/१०/०३ गते शनिबारको दिन देउराली भिलेज रिसोर्ट, मुड्खु भञ्ज्याङ् मा चाबहिल ब्यवसायी संघको पहिलो बार्सिक साधारणसभ...
19/01/2026

मिति २०८२/१०/०३ गते शनिबारको दिन देउराली भिलेज रिसोर्ट, मुड्खु भञ्ज्याङ् मा चाबहिल ब्यवसायी संघको पहिलो बार्सिक साधारणसभा सम्पन्न भयो। संघका अध्यक्ष रमेश नेपालको अध्यक्षता भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष सतिन्द्र दङ्गालले स्वागत मन्तव्य राख्नु भएको थियो। त्यसै गरि विशिष्ट अतिथि श्यामसागर श्रेष्ठले पनि मन्तव्य राख्नु भयो। कार्यक्रमको प्रमुख अतिथि काठमाडौ जिल्ला उद्योग वानिज्य संघका उपाध्यक्ष रमानाथ श्रेष्ठले पनि आफ्नो महत्त्वपूर्ण भनाइ राख्नु भएको थियो। कार्यक्रम सन्चालन महासचिव मनोज धिमालले गर्नु भएको थियोे।सो साधारणसभा बाट तपसिल बमोजिम नयाँ कार्यसमिति निर्वाचित भएको छ।
अध्यक्ष रमेश नेपाल
बरिश्ठ उपाध्यक्ष सतिन्द्र दङ्गाल
उपाध्यक्ष उर्मिला घिमिरे
महासचिव मनोज धिमाल
सचिब सि पि नेपाल
काेषाधयक्ष विश्वराज लामिछाने
सह काेषाधयक्ष उमेश प्र पौडेल
सदस्य बिष्णु हरि खनाल
सदस्य पारस नेपाल
सदस्य सीता थपलिया
सदस्य सन्जय सुनार
सदस्य सन्तोश बराइली
सदस्य राधिका भटराई
सदस्य सर्मिला तिमल्सिना
सदस्य कमलेश कुमार निधि
सदस्य भक्ति मैनाली
सदस्य लिजा लामा
सदस्य धिरज लकान्द्री
यस साधारणसभा भव्य र सभ्य रूपमा सफल बनाउन प्रत्यक्ष, अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पुर्ण आदरणीय व्यक्तित्व हरुलाई धेरै- धेरै धन्यवाद।

आज मिती २०८२/१०/०३ गते शनिबारको दिन यस चावहिल व्यवसायी संघको प्रथम अधिवेशन तथा बृहत वनभोज कार्यक्रम देउराली भिलेज रिसोर्...
17/01/2026

आज मिती २०८२/१०/०३ गते शनिबारको दिन यस चावहिल व्यवसायी संघको प्रथम अधिवेशन तथा बृहत वनभोज कार्यक्रम देउराली भिलेज रिसोर्ट मुड्खु भञ्ज्याङमा भव्यताको साथ सम्पन्न भएको छ ।

उद्घाटन सत्र कार्यक्रमको सभापतीत्व यसै संघका अध्यक्ष रमेश नेपालज्युले गर्नुभएको थियो भने, प्रमुख अथितीमा नेपाल उध्योग बाणिज्य महासंघ काठमान्डौं च्याप्टरका उपाध्यक्ष, अग्रज व्यवसायी रमानाथ श्रेष्ठ ज्युले गर्नुभएको थियो र बिशिष्ट अथितीमा चाबहिलका बरिष्ठ समाजसेवी, अग्रज व्यवसायी तथा यसै संघका सल्लाहकार समितीका संयोजक श्याम सागर श्रेष्ठ ज्युले गर्नुभएको थियो । साथै संघका सम्पुर्ण पदाधिकारीज्युहरु, सदस्यज्युहरु र सल्लाहाकारज्युहरुले आशन ग्रहण गर्नुभएको थियो । कार्यक्रमको संचालन यसै संघका महासचिब मनोज धिमालज्युले गर्नुभएको थियो ।

कार्यक्रम निकै सभ्य र भव्यताको साथ सम्पन्न भएको छ र सर्वसम्मत तवरले श्री रमेश नेपाल ज्यु कै अध्यक्षतामा कार्यसमितीको चयन भएको छ। यो अधिवेशनबाट जीम्मेवारी पाउनुभएका सम्पुर्ण पदाधिकारीज्युहरु लगायत सदस्यज्युहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं र आगामी दिनहरुमा चाबहिल बजार र व्यवसायीहरुको हक, हित तथा समग्र बिकासमा हामी सबै एक ठिक्का हुनेछौं भन्नेमा पनी पुर्ण बिश्वास व्यक्त गर्दछौ।

छोटो समयको जानकारीमा पनी ठुलो संख्यामा उध्योगी तथा व्यवसायी साथीहरु उपस्थित भएर आजको यस कार्यक्रमलाई सफल पार्न भुमिका खेल्नुहुने सबै आदरणिय व्यवसायी साथीहरु, अथितीज्युहरु, वडा सदस्यज्यु, सम्पुर्ण सल्लाहकार तथा अग्रजहरु लगायत सबैमा हार्दिक कृतज्ञता समेत व्यक्त गर्न चाहन्छौँ ।

यस चावहिल व्यवसायी संघको प्रथम अधिवेशन तथा बृहत बनभोज कार्यक्रममा सम्पूर्ण सदस्य ज्यू हरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।...
14/01/2026

यस चावहिल व्यवसायी संघको प्रथम अधिवेशन तथा बृहत बनभोज कार्यक्रममा सम्पूर्ण सदस्य ज्यू हरूलाई हार्दिक निमन्त्रणा गर्दछौँ।
स्थान- देउराली भिलेज रिसोर्ट, मुड़खु भञ्ज्याङ,भ्यू टावर
मिति - २०८२/१०/०३ गते शनिवार
भेला हुने स्थान- चावहिल प्लाजा, चावहिल चोक
समय - विहान ७:०० बजे

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Chabahil Byawasayi Sangh - CBS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share