28/07/2026
UNDO International को १४ औँ अन्तर्राष्ट्रिय बैठक सम्पन्न; दोस्रो वार्षिक साधारणसभा डिसेम्बरमा काठमाडौंमा हुने
प्रेस विज्ञप्ति
UNDO International को १४ औँ अन्तर्राष्ट्रिय बैठक सम्पन्न; दोस्रो वार्षिक साधारणसभा डिसेम्बरमा काठमाडौंमा हुने, मनोनयन, संगठन विस्तार, संस्थागत नीतिहरू तथा दोस्रो वार्षिक साधारणसभाको तयारीलगायत महत्वपूर्ण निर्णयहरु सम्पन्न।
जुलाई २६, २०२६ — युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन (UNDO International) को १४औँ अन्तर्राष्ट्रिय बैठक संस्थाका अध्यक्ष सोनाम लामाको अध्यक्षतामा शनिबार, जुलाई २५, २०२६ मा भर्चुअल माध्यमबाट सफलतापूर्वक सम्पन्न भएको छ।
बैठकले UNDO International का पछिल्ला गतिविधिहरूको समीक्षा गर्दै संस्थागत संरचना सुदृढीकरण, विश्वव्यापी सञ्जाल विस्तार तथा विश्वभर रहेका नेपाली डायस्पोरा समुदायबीच सहकार्य र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यसहित एक दर्जनभन्दा बढी महत्वपूर्ण निर्णयहरू गरेको छ।
बैठकले संस्थाको आचारसंहिता, आर्थिक नीति, राष्ट्रिय संगठन विस्तार कार्यनिर्देशिका तथा राष्ट्रिय संगठनको विधान पारित गरेको छ। यी नीतिगत तथा संस्थागत दस्तावेजहरूले UNDO International र विस्तार हुँदै गएको यसका राष्ट्रिय संगठनहरूको सुशासन तथा सञ्चालनका लागि थप सुदृढ आधार प्रदान गर्नेछन्।
नयाँ राष्ट्रिय नेतृत्वलाई स्वागत
UNDO International को निरन्तर विश्वव्यापी विस्तारअन्तर्गत बैठकले हालै गठन भएका मकाउ, स्पेन र संयुक्त राज्य अमेरिकाका राष्ट्रिय संगठनका अध्यक्षहरूलाई औपचारिक रूपमा स्वागत गरेको छ।
UNDO मकाउका अध्यक्ष सन्तोष गुरुङ, UNDO स्पेनका अध्यक्ष तुल्सी गुरुङ र UNDO अमेरिकाका अध्यक्ष राजेश पाण्डेलाई अन्तर्राष्ट्रिय कार्यसमितिको पदेन सदस्यका रूपमा स्वागत गरिएको हो।
उहाँहरूको सहभागिताले राष्ट्रिय संगठनहरूबीच समन्वय सुदृढ गर्दै विश्वभर रहेका नेपालीहरूका लागि एकीकृत विश्वव्यापी मञ्च निर्माण गर्ने UNDO International को अभियानलाई थप बल पुर्याउने अपेक्षा गरिएको छ।
राम सी. पोख्रेल अन्तर्राष्ट्रिय कार्यसमिति सदस्यमा मनोनित
बैठकले अमेरिकाको टेक्सस निवासी राम सी. पोख्रेललाई अन्तर्राष्ट्रिय कार्यसमिति सदस्यमा मनोनित गरेको छ।
पोख्रेल सफल व्यवसायी तथा गैरआवासीय नेपाली संघ (NRNA) का पूर्व अन्तर्राष्ट्रिय पदाधिकारी हुनुहुन्छ। व्यवसाय, संस्थागत नेतृत्व तथा नेपाली डायस्पोरा समुदायसँगको उहाँको अनुभवले UNDO International का विश्वव्यापी अभियान र गतिविधिहरूमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रदीप परियार थापा अन्तर्राष्ट्रिय प्रेस संयोजकमा नियुक्त
बैठकले अमेरिकाको न्यू जर्सी निवासी प्रदीप परियार थापालाई अन्तर्राष्ट्रिय प्रेस संयोजकको जिम्मेवारी प्रदान गर्नुका साथै UNDO International को प्रवक्ताको अतिरिक्त जिम्मेवारीसमेत दिएको छ।
थापा सञ्चार क्षेत्रमा लामो अनुभव भएका सञ्चारकर्मी हुनुका साथै विभिन्न सामाजिक तथा सामुदायिक संघसंस्थामा सक्रिय हुनुहुन्छ। उहाँले नयाँ जिम्मेवारीअन्तर्गत संस्थाको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम समन्वय, सार्वजनिक सञ्चार तथा विश्वभरका नेपाली डायस्पोरा समुदाय र सरोकारवालासँगको सञ्चार तथा पहुँच विस्तारमा भूमिका निर्वाह गर्नुहुनेछ।
तीन जना सल्लाहकार मनोनित
अन्तर्राष्ट्रिय बैठकले विभिन्न क्षेत्रमा हासिल गरेको विज्ञता तथा UNDO International लाई पुर्याएको योगदानको कदर गर्दै तीन जना विशिष्ट व्यक्तित्वलाई सल्लाहकारमा मनोनित गरेको छ।
नवनियुक्त सल्लाहकारहरूको विस्तृत विवरण छुट्टै सार्वजनिक गरिनेछ।
दोस्रो वार्षिक साधारणसभा काठमाडौंमा हुने
बैठकले UNDO International को दोस्रो वार्षिक साधारणसभा आगामी डिसेम्बर २०२६ मा काठमाडौं, नेपालमा आयोजना गर्ने निर्णय गरेको छ। साधारणसभाको निश्चित मिति संस्था दर्ता रहेको नेपाल सरकार, परराष्ट्र मन्त्रालयसँगको परामर्शमा तय गरिनेछ।
आगामी साधारणसभामा UNDO International को नेतृत्व, राष्ट्रिय संगठनका प्रतिनिधिहरू, डायस्पोरा अगुवाहरू, सदस्य तथा सरोकारवालाहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। साधारणसभाले संस्थाको हालसम्मको प्रगतिको समीक्षा गर्दै विश्वव्यापी समन्वयलाई थप सुदृढ बनाउनुका साथै आगामी कार्यदिशा र प्राथमिकताहरू तय गर्नेछ।
विश्वव्यापी रूपमा विस्तार हुँदै गएको आफ्नो सञ्जालमार्फत UNDO International ले विश्वभर रहेका नेपालीहरूबीच एकता, सहकार्य र सहभागिता सुदृढ गर्दै नेपालको विकास तथा राष्ट्र निर्माणमा नेपाली डायस्पोराको अर्थपूर्ण योगदानलाई प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।
जारी मिति: जुलाई २६, २०२६
प्रदीप परियार थापा
अन्तर्राष्ट्रिय प्रेस संयोजक
युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेशन
UNDO International
PRESS RELEASE
UNDO International Concludes 14th International Meeting; Second Annual General Assembly Set for December in Kathmandu
New appointments, organizational expansion, governance policies, and preparations for the Second Annual General Assembly among key decisions
July 26, 2026 — The United Nepali Diaspora Organization (UNDO International) successfully concluded its 14th International Meeting, held virtually on Saturday, July 25, 2026, under the chairmanship of President Sonam Lama.
The meeting reviewed UNDO International’s recent activities and made more than a dozen decisions aimed at strengthening the organization’s institutional framework, expanding its global network, and advancing engagement among Nepali diaspora communities worldwide.
Among the major decisions, the meeting approved the organization’s Code of Conduct, Financial Policy, National Organization Expansion Guidelines, and Constitution for National Organizations, establishing a stronger governance framework for UNDO International and its growing network of national chapters.
New National Leadership Welcomed
As part of UNDO International’s continued global expansion, the meeting formally welcomed the Presidents of the recently formed national organizations in Macao, Spain, and the United States.
Santosh Gurung, President of UNDO Macao; Tulsi Gurung, President of UNDO Spain; and Rajesh Pandey, President of UNDO USA, were welcomed as ex-officio members of the International Executive Committee.
Their inclusion reflects UNDO International’s ongoing efforts to strengthen coordination among national organizations and build a unified global platform for Nepalis living around the world.
Ram C. Pokhrel Nominated to International Executive Committee
The meeting nominated Ram C. Pokhrel of Texas, USA, as a member of the International Executive Committee.
Pokhrel is a successful entrepreneur and a former international office-bearer of the Non-Resident Nepali Association (NRNA). His experience in entrepreneurship, organizational leadership, and diaspora engagement is expected to contribute to UNDO International’s growing global initiatives.
Pradeep Pariyar Thapa Appointed International Press Coordinator
The meeting also appointed Pradeep Pariyar Thapa of New Jersey, USA, as International Press Coordinator, with the additional responsibility of serving as a spokesperson for UNDO International.
Thapa is a media professional with extensive experience in communications and involvement in various social and community organizations. In his new role, he will support the organization’s international media coordination, public communications, and outreach to Nepali diaspora communities and stakeholders.
Three Advisors Nominated
The International Meeting also nominated three distinguished individuals as Advisors in recognition of their expertise in various fields and their contributions to UNDO International.
Further details regarding the newly nominated Advisors will be announced separately.
Second Annual General Assembly to Be Held in Kathmandu
The meeting decided to hold UNDO International’s Second Annual General Assembly in Kathmandu, Nepal, in December 2026.
The exact date of the General Assembly will be finalized in consultation with the Ministry of Foreign Affairs of the Government of Nepal, where the organization is registered.
The upcoming General Assembly is expected to bring together UNDO leadership, national representatives, diaspora leaders, members, and stakeholders to review organizational progress, strengthen global coordination, and chart future priorities for the organization.
Through its expanding international network, UNDO International seeks to strengthen unity, collaboration, and engagement among Nepalis across the global diaspora while encouraging their meaningful contribution to Nepal’s development and nation-building.
Issued on July 26, 2026
Pradeep Pariyar Thapa
International Press Coordinator
United Nepali Diaspora Organization
UNDO International