20/05/2026
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग स्वरोजगार महिला संघ नेपाल (National Indigenous Disabled Self-Employment Women Association Nepal ) द्वारा सामाजिक विकास कार्यालय, बागमती प्रदेशको सहयोगमा आदिवासी महिला तथा अपाङ्गता भएका महिलाहरूका लागि आयोजित ३ दिने बुनाई (Crochet) तालिम जेठ ३–५ गते २०८३ सम्म सफलतापूर्वक सम्पन्न भएको छ।
यस तालिममार्फत सहभागीहरूलाई इयरिङ, किचेन तथा टोपी लगायतका हस्तकलात्मक सामग्री बनाउन आवश्यक बुनाई सीप प्रदान गरिएको थियो। तालिमले सहभागीहरूमा सिर्जनशीलता, आत्मविश्वास तथा स्वरोजगारका अवसरहरू बढाउन महत्वपूर्ण योगदान पुर्याएको छ। 🧶
तालिमको सहजीकरण आदिवासी अपाङ्गता भएकी महिला Anu Rai ज्यूले गर्नुभएको थियो। उहाँको अनुभव, सीप र प्रेरणादायी सहजीकरणले सहभागीहरूलाई नयाँ कुरा सिक्न, आत्मनिर्भर बन्न तथा आफ्ना क्षमताहरूलाई अझ मजबुत बनाउन उत्साहित गरेको थियो। यस कार्यक्रमले आदिवासी महिला तथा अपाङ्गता भएका महिलाहरूको सीप विकास, आर्थिक सशक्तीकरण तथा सामाजिक समावेशीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको थियो। सहभागीहरूले तालिमबाट सिकेका सीपहरूलाई भविष्यमा आयआर्जन तथा स्वरोजगारका माध्यमका रूपमा उपयोग गर्न सक्ने विश्वास व्यक्त गरेका छन्।
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्नुहुने सामाजिक विकास कार्यालय, बागमती प्रदेश, सम्पूर्ण सहभागीहरू, सहकार्यकर्ता तथा सहयोगी व्यक्तित्वहरू प्रति NID SEWA Nepal हार्दिक आभार व्यक्त गर्दछ। 🙏
हामी समावेशी समाज निर्माण, महिला सशक्तीकरण तथा आर्थिक आत्मनिर्भरताका लागि निरन्तर प्रतिबद्ध रहनेछौं।
#बुनाईतालिम #महिलासशक्तीकरण #अपाङ्गतासमावेशीकरण #आदिवासीमहिला #सीपविकास #स्वरोजगार #समावेशीसमाज