Public Educational Trust Schools' Association Nepal (PETSAN)

Public Educational Trust Schools' Association Nepal (PETSAN) Public Educational Trust School's Association Nepal (PETSAN) is the umbrella organisation of different public educational trust schools of Nepal.

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (PETSAN)             संस्थागत प्रोफाइल !स्थापना: २०६६ सालप्रकृति: सार्वजनिक शै...
03/10/2026

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (PETSAN)
संस्थागत प्रोफाइल !

स्थापना: २०६६ साल
प्रकृति: सार्वजनिक शैक्षिक गुठी तथा गैरनाफामूलक सेवामूलक विद्यालयहरूको साझा संस्था
मूल उद्देश्य: Let’s All the Public Trust Schools be United
१. परिचय
सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (PETSAN) नेपालभर सार्वजनिक शैक्षिक गुठी तथा गैरनाफामूलक सेवाभावबाट सञ्चालित विद्यालयहरूको साझा प्रतिनिधिमूलक संस्था हो। यी विद्यालयहरू संस्थागत विद्यालयका रुपमा सञ्चालन भए तापनि नाफा वितरण गर्ने उद्देश्य नभई शिक्षा प्रदान गर्ने सार्वजनिक तथा सेवामूलक उद्देश्यबाट सञ्चालित छन्।
PETSAN ले यस्ता विद्यालयहरूको साझा हित, शैक्षिक गुणस्तर, नीतिगत स्पष्टता, राज्यसँग समन्वय तथा सार्वजनिक शिक्षा क्षेत्रमा उनीहरूको योगदानलाई प्रभावकारी बनाउन प्रतिनिधित्व गर्दै आएको छ।

२• PETSAN अन्तर्गतका विद्यालयहरूको विविधता :
PETSAN अन्तर्गत ऐतिहासिक, सामाजिक, धार्मिक तथा विशिष्ट उद्देश्यबाट स्थापना भएका (जस्तै वुढानीलकण्ठ स्कुल देखि मदरसा सम्मका )विभिन्न प्रकृतिका विद्यालयहरू रहेका छन्। मुख्य रूपमा:

* २०२८ सालभन्दा अगाडि निजी विद्यालयको रुपमा स्थापना भएका तथा २०२८ सालमा सरकारीकरण भई पछि २०३६ सालपश्चात् पुनः गैरसरकारी व्यवस्थापनमा सञ्चालन गर्न दिइएका ऐतिहासिक विद्यालयहरू।
* विदेशी दाता तथा सहयोगबाट स्थापना/सञ्चालित विद्यालयहरू।
* निजी लगानीबाट स्थापना भई पछि नाफारहित सार्वजनिक शैक्षिक गुठीमा रूपान्तरण गरिएका विद्यालयहरू।
* शहीदका सन्तान तथा परिवारका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएका शहीद विद्यालयहरू।
* गुम्बा, मदरसा तथा अन्य धार्मिक/सांस्कृतिक प्रकृतिका विद्यालयहरू।
* नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा निजामती सेवामा कार्यरत कर्मचारीका सन्तानलाई शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएका विद्यालयहरू।

३• सार्वजनिक प्रकृति र विशेषता :
यी विद्यालयहरूको महत्वपूर्ण विशेषता भनेको विद्यालय सञ्चालनसँग सम्बन्धित सम्पत्ति तथा स्रोत–साधन शैक्षिक तथा सार्वजनिक प्रयोजनमा समर्पित हुनु र नाफा वितरण नगर्नु हो।
राज्यको नीति, कानुन र स्वीकृत व्यवस्थाअनुसार सञ्चालित यस्ता विद्यालयहरूमा राज्यले आवश्यकताअनुसार सहयोग, अनुदान तथा अन्य सहजीकरण गर्न सक्ने र आवश्यक अवस्थामा प्रचलित कानुनबमोजिम सामुदायिक विद्यालयमा रूपान्तरण गर्न पनि सक्ने प्रकृति समेत रहेको छ।
त्यसैले यस्ता विद्यालयहरूलाई केवल “संस्थागत/निजी विद्यालय” को परम्परागत वर्गीकरणमा मात्र नराखी सार्वजनिक शिक्षा प्रणालीमा योगदान पुर्‍याउने गैरनाफामूलक शैक्षिक संस्थाका रूपमा पहिचान र सम्बोधन गर्नु आवश्यक रहेको PETSAN को धारणा छ।
४• PETSAN का प्रमुख उद्देश्यहरू

* सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूलाई संगठित र एकीकृत गर्ने।
* विद्यालयहरूको साझा शैक्षिक तथा नीतिगत विषयमा सरकारसँग समन्वय र सहकार्य गर्ने।
* सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूको पहिचान र अधिकारलाई संस्थागत गर्ने।
* शैक्षिक गुणस्तर, सुशासन र व्यवस्थापकीय क्षमता अभिवृद्धिमा सहयोग गर्ने।
* राज्यको शिक्षा नीतिनिर्माणमा सम्बन्धित विद्यालयहरूको व्यावहारिक अनुभव र सुझाव प्रस्तुत गर्ने।
* सार्वजनिक तथा सेवामूलक शिक्षामा गुठी विद्यालयहरूको योगदानलाई थप प्रभावकारी बनाउने।
* ⁠सार्बजनिक शैक्षिक गुठी बिद्यालयहरुको विकास र बिस्तारको लागि आर्थिक तथा भौतिक स्रोत जुटाउन पहल गर्ने ।
५•राज्यसँगको अपेक्षित सहकार्य
PETSAN सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूलाई राज्यको शिक्षा प्रणालीको सहयोगी र साझेदार पक्षका रूपमा विकास गर्दै गुणस्तरीय, पहुँचयोग्य तथा सेवामूलक शिक्षा विस्तारमा सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छ।
यसका लागि सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूको स्पष्ट कानुनी पहिचान, वर्गीकरण, नीतिगत स्थायित्व, आवश्यक सरकारी सहयोग तथा राज्यसँगको सहकार्यका लागि प्रभावकारी संयन्त्र निर्माण हुनु आवश्यक रहेको संघको धारणा छ।

६•निष्कर्ष
“शिक्षा सेवा हो, व्यवसाय होइन” भन्ने मूल भावनालाई आत्मसात् गर्दै सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूले लामो समयदेखि नेपालको शिक्षा क्षेत्रमा पुर्‍याउँदै आएको योगदानलाई थप व्यवस्थित, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले PETSAN सरकार, विद्यालय तथा सरोकारवाला पक्षबीच सहकार्य, समन्वय र साझेदारीको सेतुका रूपमा अघि बढिरहेको छ।

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (PETSAN)
केन्द्रीय सचिवालय
जे •एस. पौडेल
केन्द्रीय अध्यक्ष (9851097126)

हार्दिक आभार तथा धन्यवाद !!सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (PETSAN) ले बाढीपीडित राहत कोषका लागि रु. ११,५९,३५५...
03/10/2026

हार्दिक आभार तथा धन्यवाद !!

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपाल (PETSAN) ले बाढीपीडित राहत कोषका लागि रु. ११,५९,३५५/- को सहयोग रकम अर्थ मन्त्रालयमा पुगेर सम्बन्धित सचिवज्यूलाई हस्तान्तरण गरेको छ।

यस मानवीय अभियानमा सहयोग पुर्‍याउनुहुने PETSAN केन्द्रीय कमिटीका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरू र सहयोगी सदस्य विद्यालयहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ।

संकटमा साथ, सेवामा एकता—यही हो हाम्रो पहिचान।

जे•एस. पौडेल
केन्द्रीय अध्यक्ष, PETSAN

#बाढीपीडित_राहत #मानवीय_सेवा #एकतामै_शक्ति #सहयोग

लेखा व्यवस्थापनसम्बन्धी एकदिने प्रशिक्षण सफलतापूर्वक सम्पन्न !!!     Public Educational Trust Schools’ Association, Nepa...
23/08/2026

लेखा व्यवस्थापनसम्बन्धी एकदिने प्रशिक्षण सफलतापूर्वक सम्पन्न !!!

Public Educational Trust Schools’ Association, Nepal (PETSAN) केन्द्रीय समितिको आयोजनामा २२ वटा सार्वजनिक शैक्षिक गुठी विद्यालयका ४५ जना लेखापाल तथा प्राचार्यज्यूहरूको सहभागितामा एकदिने लेखा तथा वित्तीय व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
अनुभवी तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्टज्यूबाट विद्यालयको लेखा प्रणाली, वित्तीय अनुशासन, पारदर्शिता, बजेट व्यवस्थापन, अभिलेख व्यवस्थापन तथा प्रभावकारी आर्थिक प्रशासनलगायतका महत्वपूर्ण विषयमा अत्यन्त उपयोगी र व्यवहारिक प्रशिक्षण प्रदान गरियो।
विद्यालयको आर्थिक व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन यस प्रशिक्षणले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।
;कार्यक्रमलाई ज्ञानवर्धक, व्यावहारिक र उपलब्धिमूलक बनाउन सहयोग गर्नुहुने प्रशिक्षकज्यू, सहभागी सम्पूर्ण प्राचार्य तथा लेखापालज्यूहरू र PETSAN केन्द्रीय समितिप्रति हार्दिक धन्यवाद तथा आभार।
"सुदृढ आर्थिक व्यवस्थापन नै गुणस्तरीय शैक्षिक संस्थाको आधार हो।”

लेखा व्यवस्थापनसम्बन्धी एकदिने प्रशिक्षण सफलतापूर्वक सम्पन्न !!!     Public Educational Trust Schools’ Association, Nepa...
23/08/2026

लेखा व्यवस्थापनसम्बन्धी एकदिने प्रशिक्षण सफलतापूर्वक सम्पन्न !!!

Public Educational Trust Schools’ Association, Nepal (PETSAN) केन्द्रीय समितिको आयोजनामा २० वटा सार्वजनिक शैक्षिक गुठी विद्यालयका ४५ जना लेखापाल तथा प्राचार्यज्यूहरूको सहभागितामा एकदिने लेखा तथा वित्तीय व्यवस्थापनसम्बन्धी प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
अनुभवी तथा वरिष्ठ चार्टर्ड एकाउन्टेन्टज्यूबाट विद्यालयको लेखा प्रणाली, वित्तीय अनुशासन, पारदर्शिता, बजेट व्यवस्थापन, अभिलेख व्यवस्थापन तथा प्रभावकारी आर्थिक प्रशासनलगायतका महत्वपूर्ण विषयमा अत्यन्त उपयोगी र व्यवहारिक प्रशिक्षण प्रदान गरियो।
विद्यालयको आर्थिक व्यवस्थापनलाई थप व्यवस्थित, पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउन यस प्रशिक्षणले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।
;कार्यक्रमलाई ज्ञानवर्धक, व्यावहारिक र उपलब्धिमूलक बनाउन सहयोग गर्नुहुने प्रशिक्षकज्यू, सहभागी सम्पूर्ण प्राचार्य तथा लेखापालज्यूहरू र PETSAN केन्द्रीय समितिप्रति हार्दिक धन्यवाद तथा आभार।
"सुदृढ आर्थिक व्यवस्थापन नै गुणस्तरीय शैक्षिक संस्थाको आधार हो।”

गुरुपूर्णिमा तथा व्यास जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना. !!!       आदरणीय सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपा...
29/07/2026

गुरुपूर्णिमा तथा व्यास जयन्तीको पावन अवसरमा हार्दिक शुभकामना. !!!

आदरणीय सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (PETSAN) का सदस्य विद्यालयहरूमा समर्पित सम्पूर्ण गुरुजन, शिक्षक तथा शिक्षिकाहरूमा गुरुपूर्णिमा तथा व्यास जयन्ती को पावन अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
गुरु केवल ज्ञान दिने व्यक्ति मात्र होइन, उहाँ समाज परिवर्तनका संवाहक, चरित्र निर्माणका शिल्पी र राष्ट्र निर्माणका आधारस्तम्भ हुनुहुन्छ। महर्षि वेदव्यासले ज्ञान, दर्शन र संस्कृतिको उज्यालो संसारलाई दिनुभएको अतुलनीय योगदानले हामी सबैलाई सत्य, नैतिकता र कर्तव्यको मार्गमा निरन्तर प्रेरित गरिरहेको छ।
तपाईंहरूजस्ता समर्पित शिक्षकहरूको अथक परिश्रम, निष्ठा, माया र मार्गदर्शनले हजारौँ विद्यार्थीको भविष्य उज्यालो बनिरहेको छ। शिक्षाको माध्यमबाट असल नागरिक, सक्षम नेतृत्व र समुन्नत नेपालको निर्माणमा तपाईंहरूको योगदान सदैव सम्मानयोग्य र प्रेरणादायी रहनेछ।
यस पावन अवसरले सम्पूर्ण गुरुजनमा सुस्वास्थ्य, दीर्घायु, ऊर्जा, सम्मान र निरन्तर सफलता प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु।

“गुरुको ज्ञान नै जीवनको उज्यालो हो, गुरुको प्रेरणा नै सफलताको पहिलो पाइला हो।”

हार्दिक शुभकामना!

जे. एस. पौडेल
अध्यक्ष
सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (PETSAN)

04/07/2026
"ज्ञान, समर्पण र उत्कृष्टताको सम्मान — SEE 2082 सम्मान समारोह सफलतापूर्वक सम्पन्न "        सार्वजनिक शैक्षिक गुठी विद्या...
04/07/2026

"ज्ञान, समर्पण र उत्कृष्टताको सम्मान — SEE 2082 सम्मान समारोह सफलतापूर्वक सम्पन्न "
सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (PETSSAN) द्वारा आयोजित SEE–2082 सम्मान कार्यक्रम आज सिद्धार्थ वनस्थली स्कुल, वनस्थली, काठमाडौं को सभाहलमा भव्य एवं गरिमामय रूपमा सम्पन्न भएको छ।
देशभरका सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित सदस्य विद्यालयहरूबाट शैक्षिक सत्र २०८२ को एस.ई.ई. परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, उनीहरूको सफलतामा समर्पित भावले योगदान पुर्‍याउने शिक्षक तथा कर्मचारी, साथै उत्कृष्ट विद्यालयहरू लाई सम्मान गर्दै उनीहरूको समर्पण, परिश्रम र उपलब्धिको उच्च कदर गरिएको छ।
संस्थाका संरक्षक श्री रमेशमान महर्जनज्यूको प्रमुख आतिथ्यता, राष्ट्रिय अध्यक्ष जे. एस. पौडेलज्यूको अध्यक्षता, निवर्तमान अध्यक्ष श्री रूपक राजवंशीज्यू तथा महासचिव श्री जगत महर्जनज्यूको प्रेरणादायी सम्बोधन, साथै वरिष्ठ उपाध्यक्षज्यूको स्वागत मन्तव्यले कार्यक्रमलाई अझ गरिमामय बनाएको थियो।
कार्यक्रममा नेपालको शैक्षिक नीति, सुशासन र पारदर्शिता, गुणस्तरीय शिक्षाको प्रवर्द्धन, तथा सार्वजनिक शैक्षिक गुठी विद्यालयप्रति वर्तमान सरकारले अपनाउनुपर्ने नीति र सम्बोधन लगायतका समसामयिक विषयहरूमा सार्थक छलफल सम्पन्न भयो। यस्ता रचनात्मक विमर्शहरूले सार्वजनिक शैक्षिक गुठी विद्यालयहरूको भूमिका अझ सशक्त, प्रभावकारी र परिणाममुखी बनाउने विश्वास लिइएको छ।
यस सम्मानका सबै पात्र विद्यार्थी, शिक्षक, कर्मचारी, विद्यालयहरू तथा कार्यक्रममा सम्मानित सम्पूर्ण व्यक्तित्वहरूलाई सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (PETSSAN) को तर्फबाट हार्दिक बधाई तथा उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।
“उत्कृष्टताको सम्मानले नै नयाँ उत्कृष्टताको प्रेरणा दिन्छ।”
जे. एस. पौडेल� अध्यक्ष�सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (PETSAN) – केन्द्रीय समिति

हार्दिक श्रद्धाञ्जली !
20/03/2026

हार्दिक श्रद्धाञ्जली !

https://www.facebook.com/share/1ae9iN4iFG/
09/02/2026

https://www.facebook.com/share/1ae9iN4iFG/

इटहरी, माघ २६ । सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (PETSAN) को कोशी प्रदेश भेला मिति २०८२ साल माघ २४ गते होटल इनट....

https://kavreheadline.com/?p=31631&fbclid=IwdGRjcAP2LmtjbGNrA_YuY2V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHglJ...
09/02/2026

https://kavreheadline.com/?p=31631&fbclid=IwdGRjcAP2LmtjbGNrA_YuY2V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHglJrlbaHbCiGWn8lU8H1GwLnmUAAE-sZxd8BfH7MU-JgoKlO6oCYXIT0-n4_aem_aiVUOv7VIED7UqdXO8-kqA

सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ, नेपाल (PETSAN) को कोशी प्रदेश भेला मिति २०८२ साल माघ २४ गते होटल इनटुरिष्टको सभा ह....

Address

Swayambhu
Kathmandu

Telephone

+97714388108

Website

Alerts

Be the first to know and let us send you an email when Public Educational Trust Schools' Association Nepal (PETSAN) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Public Educational Trust Schools' Association Nepal (PETSAN):

Shortcuts

Share