नागरिक आवाज

नागरिक आवाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नागरिक आवाज, Kathmandu.

09/04/2026

एउटा अन्तर्वार्ता छोटकरीमा हेरियो। के सोध्न बोलाइएको थियो? के बोल्न गएको? कुन प्रश्नमा के उत्तर दिएको? के जमाना आयो, बरे! यो कस्तो नमिठो कमेडी?

09/04/2026

मान्छेको उपचार भइरहेको हो कि कालो धनको उपचार भइरहेको हो - यो कुरा नेपाल सरकारले नै पत्ता लगाओस्।

08/04/2026

प्रधानमन्त्रीको घरमै राजदूतहरू आफुखुशी भेट्न जाने देशमा पहिलो पटक देशमा प्रधानमन्त्री भएको अनुभूति भयो।
पुनश्चःछोराछोरीलाइ नहुनु सामान्य हो।

08/04/2026

एमालेको कार्यवाहक अध्यक्षमा ठ्याक्कै केपी ओलीजस्तै उच्च क्षमता र सम्भावना भएका व्यक्ति बादल चयन भएको खबर आयो।सुहाङ नेमाङजस्तो व्यक्ति चयन होलान् कि भन्ने थियो।पहिलेजस्तै प्रगतिशील एमाले बन्न सफल भएकोमा बधाई।

08/04/2026

टोल सुधार समितिदेखि प्रधानमन्त्रीको कार्यालयसम्म, अपवाद बाहेक सर्वसाधारणलाई सेवा दिने होइन, लुट्नेहरूले पालैपालो ३६ वर्ष लुटे। भ्रष्टाचार मात्र होइन, नीतिगत बाटो मिलाएर लुटे। कुनै पनि लुटेरा नछुटोस्।

08/04/2026

राजनीतिक पावर बिना, भ्रष्टाचार बिना र दुई नम्बर काम बिना आफ्नै योग्यता र क्षमताको आधारमा मेहनत गरेर, कसैलाई नठगी धनी बनेका नेपाली कति जना होलान्?

03/04/2026

भाइरल हुन जे पनि गर्ने, जहाँ पनि जाने कामविहीन मानिसहरू र त्यस्ता भाइरल व्यक्तिहरूलाई देखाएर डलर कमाउने र आफूलाई वरिष्ठ पत्रकार साबित गर्नेहरूले समाज बिगारेको कसैले देखेनन्।

03/04/2026

म तटस्थ, विदेशमा भाँडा माझ्ने एक नेपाली नागरिक हुँ। पत्रकार टीकाराम यात्रीजीका प्रश्नहरू र उनका कार्यक्रमहरू जेन्जी आन्दोलनअघि सम्म मलाई निकै मन पर्थे।

03/04/2026

विदेशीको दलाल भनेर अरूलाई आरोप लगाउनेहरू नै साँचैका विदेशीका दलाल हुन् भन्ने कुरा आफैं बरबराउन थालेका छन्। गाढा धमिलो भएको संसद भवन केही हदसम्म सङ्लो त भयो, तर पूर्ण रूपमा सङ्लो भने अझै भएको छैन।

Agree!
02/04/2026

Agree!

02/04/2026

जव एमाले पार्टीमा सुहाङ नेमाङ जस्तो स्वच्छ छवि भएको र आशा लाग्दो युवाले प्रस्तावक र समर्थक समेत पाउँदैनन् भने एमालेबाट के आशा गर्न सकिन्छ?

01/04/2026

बालेन सरकारले जे गरिरहेको छ, ठीक गरिरहेको छ। समाजले जे चाहेको थियो, त्यही भइरहेको छ। #नागरिकआवाज

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when नागरिक आवाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share