Hamro Suruwat हाम्रो सुरुवात

Hamro Suruwat हाम्रो सुरुवात "A small effort towards Humanity, Youth, Society & Country"

सर्वनिदान क्लिनिकमा नि:शुल्क अर्थो-फिजियो स्वास्थ्य शिविर! सर्वनिदान क्लिनिक, रातोपुल, काठमाडौं तपाईंको चाल र हड्डीको स्...
09/12/2025

सर्वनिदान क्लिनिकमा नि:शुल्क अर्थो-फिजियो स्वास्थ्य शिविर!
सर्वनिदान क्लिनिक, रातोपुल, काठमाडौं तपाईंको चाल र हड्डीको स्वास्थ्यमा केन्द्रित नि:शुल्क स्वास्थ्य शिविर आयोजना गर्न पाउँदा गर्व गर्दछ!
चाहे त्यो लगातार ढाड दुख्ने होस्, खेलकुदमा चोटपटक लाग्ने होस्, वा हिँडडुल गर्न कठिनाइ होस्, हाम्रो विशेषज्ञ टोली तपाईंलाई राम्रोसँग हिँड्न र स्वस्थ जीवन बिताउन मद्दत गर्न यहाँ छ।
👨‍⚕️ Orthopedics: Dr. Suyash Timilsina
👩‍⚕️ Physiotherapy: Dr. Alina Shrestha
🗓️ Date: Saturday, Dec 13, 2025 (मंसिर २७, २०८२)
8am to 12 noon
📍 Location: Sarwanidan Clinic, Ratopul, Kathmandu
📞 Info/Directions: 01-4589278 (पुलकै छेउमा)

🌸✨ मैतिदेवी परिवारको सन्देश ✨🌸-------------------------------------------------------प्रिय मैतिदेवी परिवार, शुभेच्छुक र ...
18/10/2025

🌸✨ मैतिदेवी परिवारको सन्देश ✨🌸
-------------------------------------------------------
प्रिय मैतिदेवी परिवार, शुभेच्छुक र सहयोगी हातहरूलाई —
हरेक साल न्हुदया भिन्तुना, म्ह पूजाको अवसरमा हामीले गर्वका साथ मनाउँदै आएको “मैतिदेवी सांस्कृतिक सडक महोत्सव”
हाम्रो संस्कृति, पहिचान र एकताको सुन्दर प्रतीक बनेको छ ।💫

तर यस वर्ष —
देशको वर्तमान अवस्था, सुरक्षा चुनौतीहरू र हाम्रा जेन्जी भाइबहिनीहरूको त्याग र मागप्रतिको सम्मानस्वरूप हामीले यस वर्ष (२०८२ कार्तिक ५ गते पर्ने) १३ औं मैतिदेवी सांस्कृतिक सडक महोत्सव स्थगित गर्ने निर्णय गरेका छौँ। 🙄🙏

यो निर्णय वडा नं. ३० का जनप्रतिनिधि ज्यूहरू,
काठमाडौँ महानगरपालिकाका नगर प्रहरी र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ज्यूहरूको सल्लाह–सुझाव अनुसार पनि गरिएको हो।

कृपया अन्य वडामा वा ठाउँमा महोत्सव भए पनि हामीप्रति प्रश्न नगर्नुहोस् ।❤️
हामीले यो निर्णय सामूहिक जिम्मेवारी, समय र सन्तुलनको भावनाका साथ गरेका हौँ।

🪷 रथयात्रा/खट जात्रा निमन्त्रण 🪷
-----------------------------------

हाम्रो परम्परा र आस्थाको निरन्तरता स्वरूप,
यस वर्ष पनि हुने मैतिदेवी / मालीगाँउ खट जात्रा/रथयात्रा तथा पूजाआजा कार्यक्रममा सबै भक्तजन तथा शुभेच्छुकहरूलाई हार्दिक निमन्त्रण। 🌼

आउनुहोस्, हाम्रो आस्था, संस्कार र एकताको खट जात्रामा सहभागी बनौं।
जय मैतिदेवी माता 🙏

💐 विशेष क्षमायाचना र आभार
यस वर्षको महोत्सवका लागि हामीले आमन्त्रण गरेका श्री तीन ब्यान्ड, अनुप्रस्थ ब्यान्ड, र अन्य सम्माननीय कलाकारहरू, स्थानीय भाइबहिनी,हाम्रा बाजा खल तथा सम्पूर्ण प्रतिभाशाली व्यक्तिहरूलाई कार्यक्रम स्थगित गर्नुपरेको कारण सहभागी हुन नपाउनु भएकोमा हृदयदेखि क्षमायाचना गर्दछौं 🙏

हजुरहरूको माया, समय र साथप्रति सदा आभारी रहनेछौं।
त्यसैगरी,
पोहोर सालको महोत्सवमा हाँस्दै, रमाउँदै, सहयोग गर्दै बसेका सबै शुभेच्छुक र परिवारजनहरूलाई हार्दिक सम्झना र धन्यवाद।
हजुरहरूको त्यो माया नै हाम्रो संस्कृतिको साँचो बल हो ❤️

🌺 — मैतिदेवी परिवार 🌺
एकता, आस्था र जिम्मेवारीको प्रतीक 🇳🇵
united club & family.

सबै माझ २०८२ को दशैँ, तिहार, नेपाल सम्बत ११४६ तथा छठ पर्वको मंङ्गलमय शुभकामना।
जय राष्ट्रिय जय राष्ट्रवाद जय देश जय नेपाल. 🕉️🇳🇵☮️

ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको १ महिने कठिन श्री स्वस्थानी माताको ब्रत तथा यात्राको क्रममा २०८१/१०/१६ गते, बुधबार सा...
28/01/2025

ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको १ महिने कठिन श्री स्वस्थानी माताको ब्रत तथा यात्राको क्रममा २०८१/१०/१६ गते, बुधबार सानोगौचरण चौरमा बिहान १०-१२ बजे सम्म विश्राम समय रहेकोले सम्पुर्ण भक्तजन, स्थानीयहरु दर्शन गर्न आउनुहोला । कुनै पनि किसिमको सहयोग गर्न चाहनुहुन्छ भने सम्पर्क 9851040150 / 9851040307
#स्वस्थानीब्रत #सालीनदि #सानोगौचरण
#शान्त_नेपाल_समाज

ाम्रो_सुरुवात

।।यही शनिबार रगत व्यवस्थापनमा हाम्रो सानो प्रयास।। 🙋       डेँगु लगायत अन्य रोगबाट प्रभावित बिरामीको उपचारको लागी आवश्यक...
23/10/2024

।।यही शनिबार रगत व्यवस्थापनमा हाम्रो सानो प्रयास।। 🙋
डेँगु लगायत अन्य रोगबाट प्रभावित बिरामीको उपचारको लागी आवश्यक रगत🩸को उच्च मागलाई ध्यानमा राखी यही कार्तिक १० गते शनिवार बिहान ११:००-३:०० बजे सम्म मैतिदेवी मन्दिर परिसर क्षेत्रमा रक्तदान‌ कार्यक्रम रहेकोले हजुरहरुको साथ, सहयोगको अपेक्षा गर्दछौँ ।🙏
‌ आफुलाई आवश्यक पर्दा मात्र होइन अरुलाई आवश्यक पर्दा रक्तदानको महत्व बुझी रक्तदान गरौँ। रगत भन्ने चिज कसलाई कतिबेला चाहिन्छ थाहाहुँदैन, त्यसैले हरेक स्वस्थ व्यक्तिले नियमित रक्तदान गरौं ।🙏🇳🇵

शान्त नेपाल समाज Shanta Nepal Samaj Maitidevi United Club Annapurna School of Science & Management

📣 सम्पुर्णमा सतर्कताका लागि अनुरोध!! 📢नियमित झरी र समय समयमा भारी वर्षा भइ रहेकोले देशैभरी तथा काठमाडौंका नदीहरुमा पानीक...
28/09/2024

📣 सम्पुर्णमा सतर्कताका लागि अनुरोध!! 📢

नियमित झरी र समय समयमा भारी वर्षा भइ रहेकोले देशैभरी तथा काठमाडौंका नदीहरुमा पानीको प्रवाह उच्च भएको छ। यसबाट बस्ती डुबान, जमिन कटान, जन धनको क्षतिको जोखिम बढेको छ ।

यसकारण, नदी किनारा, खोला, खोल्सामा अत्यावश्यक कामबाहेक नजाऔं, पानी जम्मा भएको सडकमा प्रवेश नगरौं, सवारी प्रवेश नगराऔं, कोरिडोर, सडक किनारा, सडक तथा गल्लीमा सवारी पार्किङ् नगरौं, अनावश्यक सामान राखेर आवागमनमा अवरोध नगरौं ।

आवश्यक सतर्कता अपनाऔं। विपद सामना गर्न पूर्व तयारी गरौं।

** आ-आफ्नो ठाउँमा युवा, समाजसेवीहरु स्थानीय सरकारसङ्ग समन्वय गरि पुर्वतयारीका साथ रहौं ।**
सम्पर्क: ☎️ १११४ सशस्त्र प्रहरी

ॐ ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको श्री स्वस्थानी माताको ब्रत तथा यात्राको क्रममा साथ सहयोग गर्नुहुने सम्पुर्ण ब्यक्ति...
08/02/2024

ॐ ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको श्री स्वस्थानी माताको ब्रत तथा यात्राको क्रममा साथ सहयोग गर्नुहुने सम्पुर्ण ब्यक्तित्व, संघसंस्थाहरुमा धेरै धेरै धन्यवाद ।
#स्वस्थानीब्रत #सालीनदि #सानोगौचरण

२०८० गुँला पर्व, नाग पन्चमीको शुभकामना तथा आजैबाट सुरु हुन गैरहेको "मैती लाखे" नाँचमा सबैलाई स्वागत गर्दछौं । समय: साँझ ...
20/08/2023

२०८० गुँला पर्व, नाग पन्चमीको शुभकामना तथा आजैबाट सुरु हुन गैरहेको "मैती लाखे" नाँचमा सबैलाई स्वागत गर्दछौं । समय: साँझ ५:०० देखि ~ ७:००
मैतीदेवीमा परम्परागत देखि प्रचलनमा रहेको लाखे नाच विभिन्न कारणबस बिगत तीन दशक देखि स्थगीत अवस्थामा रहेको लाखे नाँचलाई मैतीदेवी युनाईटेड क्लब तथा स्थानीय वासिन्दाको संयुक्त प्रयासमा यो संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ लाखे नाँच पुनःसंचालन हुन गइरहेको छ।

तसर्थ यस कार्यक्रमलाई सब्य र भब्यताका साथ सफल बनाउनका लागी तपाईहरु सबैबाट साथ, सल्लाह र सहयोग को अपेक्क्षा गरेका छौ ।

समाज निर्माणका लागि हाम्रो ऐतिहासिक दायित्व र भूमिका निर्वाह गर्नबाट कदापि चुक्नु हुँदैन ।

लाखे, झ्यालींचा नाच, नायः खीं, धिमे बाजा सिक्न ईच्छुक ( वडा ३० का ) दाजु भाइ, साथीहरुले असार २८ गते सम्म हाम्रो क्लबका स...
11/07/2023

लाखे, झ्यालींचा नाच, नायः खीं, धिमे बाजा सिक्न ईच्छुक ( वडा ३० का ) दाजु भाइ, साथीहरुले असार २८ गते सम्म हाम्रो क्लबका साथीहरुसँग सम्पर्क गरेर प्रशिक्षण कक्षाको लागी आफ्नो सिट सुरक्षित गर्नको लागी अनुरोध गर्दछु । 🙏
सम्पर्क: ९८४१३५३३९०

Address

Gyaneshwor
Kathmandu
977

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Suruwat हाम्रो सुरुवात posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Hamro Suruwat हाम्रो सुरुवात:

Share