Nepali संसार

Nepali संसार "संसारभरिका नेपाली, एउटै मन, एउटै संसार। 🇳🇵"

14/04/2026

आकाशका तारा गन्न सकिएला,
तर मनका रहर भन्न सकिन्न।
शब्दमा त केवल आभास मात्र हुन्छ,
पूरै जिन्दगी त पानामा अटाउन सकिन्न।

09/04/2026

SEE कस्तो रहयो .?

बासुदेव घिमिरे, पूर्वसांसद, एमाले !सांसद भएको बेला मैले आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या बोकेर प्रधानमन्त्रीकहाँ प...
05/04/2026

बासुदेव घिमिरे, पूर्वसांसद, एमाले !

सांसद भएको बेला मैले आफ्नो निर्वाचन क्षेत्रका जनताका समस्या बोकेर प्रधानमन्त्रीकहाँ पुग्न खोजेँ ,
पटक-पटक समय माग्दा पनि एक पटक पनि ढोका खुलेन।
जनताले मलाई पठाएका थिए, तर मैले उनीहरूको आवाज पुर्‍याउन सकिनँ। त्यो पीडा आजसम्म बिर्सिएको छैन।
तर आज दृश्य फेरिएको छ।
सबै दलका निर्वाचित जनप्रतिनिधिहरूलाई एकै ठाउँमा बोलाएर छलफल हुँदैछ ,
दल हेरिँदैन, विचारधारा हेरिँदैन, केवल जनताको प्रतिनिधित्व हेरिन्छ।
यही हो लोकतन्त्रको साँचो अभ्यास।
नेतृत्वको परीक्षा भाषणमा होइन, व्यवहारमा हुन्छ। ढोका बन्द राख्ने र ढोका खुला राख्ने ,
यी दुई शैलीले नै भन्छ, नेता जनताका लागि छ कि जनता नेताका लागि।
प्रधानमन्त्रीज्यूको यो खुला संवादको पहललाई म हृदयदेखि नै स्वागत गर्छु
किनभने यसको महत्त्व मैले आफैँ भोगेको पीडाबाट थाहा पाएको छु।

राजनीतिमा आलोचना गर्न सजिलो छ, तर राम्रो कामको प्रशंसा गर्न साहस चाहिन्छ।

30/03/2026

देउवा दम्पती विरूद्घ रेड कर्नर नाेटिस जारी ❗️

घर भित्र सुरूङ खनेर करोडौं रूपैयाँ लुकाउने देउवा दम्पती विरूद्घ रेड कर्नर नाेटिस जारी गर्ने तयारी गरिएको छ।

उनीहरू माथि सम्पत्ति छानबिन cib ले तिव्र पारेको छ तर छानबिन अघि बढ्दा देउवा दम्पती उपचारकाे बाहनामा देश छाडेर भागेका थिए।

एमाले नेता सुरेन्द्र पाण्डे भन्नुहुन्छ- कार्यकर्तालाई सडकमा ओरालेर कसैको भलो हुँदैन् , ७७ जना नेपालीको ज्या न जानु सामान...
30/03/2026

एमाले नेता सुरेन्द्र पाण्डे भन्नुहुन्छ- कार्यकर्तालाई सडकमा ओरालेर कसैको भलो हुँदैन् , ७७ जना नेपालीको ज्या न जानु सामान्य कुरा होइन। त्यो पीडा वास्तविक छ र पीडित परिवारको न्यायको माग जायज छ मलाई नेकपा (एमाले) का कार्यकर्ताको चिन्ता छ। पार्टीलाई जीवन सुम्पेका ती हजारौँ कार्यकर्तालाई सडकमा ओराल्नु र मुलुकलाई मु'ठभेडतर्फ धकेल्नु कसैको हितमा छैन।

🚨 बालेन शाहलाई – ३ गहकिला सुझाव 🚨देश बदल्न नाराले होइन, कामले देखिनुपर्छ। त्यसका लागि:✅ १. कानूनको कठोर कार्यान्वयनभ्रष्...
22/03/2026

🚨 बालेन शाहलाई – ३ गहकिला सुझाव 🚨

देश बदल्न नाराले होइन, कामले देखिनुपर्छ। त्यसका लागि:

✅ १. कानूनको कठोर कार्यान्वयन
भ्रष्टाचारमा शून्य सहनशीलता, सबैलाई बराबर नियम। “ठूला माछा” समात्न सकियो भने मात्रै विश्वास बढ्छ।

✅ २. डिजिटल नेपाल – सहज सेवा
लाइसेन्स, कर, दर्ता सबै अनलाइन। बिचौलिया हटाउने, जनतालाई झन्झटमुक्त सेवा दिने।

✅ ३. रोजगारी केन्द्रित अर्थतन्त्र
युवा विदेशिनु रोक्न देशमै अवसर। साना उद्योग, कृषि र पर्यटनमा ठोस लगानी।

🇳🇵 अब कुरा होइन, परिणाम चाहिन्छ।
नेतृत्वमा दृढता, प्रणालीमा सुधार, र जनतामा विश्वास—यही हो परिवर्तनको बाटो।

***nShah

🚨  बालेन शाहलाई सुझाव 🚨देश बदल्न नाराले होइन, कामले देखिनुपर्छ। त्यसका लागि:✅ १. कानूनको कठोर कार्यान्वयनभ्रष्टाचारमा शू...
22/03/2026

🚨 बालेन शाहलाई सुझाव 🚨

देश बदल्न नाराले होइन, कामले देखिनुपर्छ। त्यसका लागि:

✅ १. कानूनको कठोर कार्यान्वयन
भ्रष्टाचारमा शून्य सहनशीलता, सबैलाई बराबर नियम। “ठूला माछा” समात्न सकियो भने मात्रै विश्वास बढ्छ।

✅ २. डिजिटल नेपाल – सहज सेवा
लाइसेन्स, कर, दर्ता सबै अनलाइन। बिचौलिया हटाउने, जनतालाई झन्झटमुक्त सेवा दिने।

✅ ३. रोजगारी केन्द्रित अर्थतन्त्र
युवा विदेशिनु रोक्न देशमै अवसर। साना उद्योग, कृषि र पर्यटनमा ठोस लगानी।

🇳🇵 अब कुरा होइन, परिणाम चाहिन्छ।
नेतृत्वमा दृढता, प्रणालीमा सुधार, र जनतामा विश्वास—यही हो परिवर्तनको बाटो।

***n

15/03/2026

"काम त जिन्दगीभरि सकिँदैन ऐ साथी, कहिलेकाहीँ चियाको कपसँगै अल्छी बनेर त हेरौँ। न कामको चिन्ता, न समयको डर—मात्र तिमी, म र यो तातो चियाको चुस्की।"

Come back Gorkhali 💪🏻
12/10/2025

Come back Gorkhali 💪🏻

Address

Kathmandu
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepali संसार posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share