Culture and Archaeology Research Center

Culture and Archaeology Research Center We are here for search, research, conserve and protect about history, culture and archaeological heritages of Nepal.

04/02/2026

Dance

One hundred years ago, on October 10, 1925, China's Palace Museum, also known as the  , officially opened its doors to t...
08/12/2025

One hundred years ago, on October 10, 1925, China's Palace Museum, also known as the , officially opened its doors to the public for the first time, unveiling its priceless collection of imperial art and artifacts.

Constructed between 1406 and 1420, the Forbidden City once served as the imperial palace for the Ming (1368-1644) and Qing (1644-1912) dynasties. Today, it is inscribed as a World Cultural Heritage Site and stands as one of the world's largest and best-preserved ancient wooden architectural complexes.

Over the past century, the Forbidden City has withstood the passage of time and the upheavals of war. After the founding of the People's Republic of China, preserving its ancient architecture became a national priority. In 1953, the museum established a dedicated restoration team, which completed more than 430 projects within its first decade, repairing and renewing over 160,000 square meters of historic structures. In 1961, the State Council designated the Forbidden City as one of the nation's key sites for cultural heritage protection.

चीनको पल्लो शान सी प्रान्तको फा मन मन्दिरको पूरातत्व कार्य-1चीनको पल्लो शान सी प्रान्तको फु फंग जिल्लामा पर्ने फा मन मन्...
04/12/2025

चीनको पल्लो शान सी प्रान्तको फा मन मन्दिरको पूरातत्व कार्य-1

चीनको पल्लो शान सी प्रान्तको फु फंग जिल्लामा पर्ने फा मन मन्दिर गौतम बुद्धको वास्तविक हस्थी राखिएको प्रसिद्ध मन्दिर हो। सन 1987 को अप्रिल महिनामा केही चिनियाँ पूरातत्वविदहरुले फा मन मन्दिरको जिर्णोद्धार गर्दा स्तूपको आधार मुनि एउटा भूमिगत राज-भवन फेला पारेका थिए। सो भूमिगत राज-भवनमा सुरक्षित रहेका अमूल्य पूरातात्त्विक वस्तुहरुले विश्वलाई आश्चर्यचकित तुल्याएका छन। पल्लो शान सीमा चीनको छिन वंशको टेरा कोटा फेला पारिएपछि त्यहाँको पूरातात्त्विक अनुसन्धानको क्षेत्रमा प्राप्त भएको अर्को एउटा महत्वपूर्ण उपलव्धि ठानिएको छ।

फा मन मन्दिर सी आन प्रान्तदेखि 120 किलोमिटर पश्चिमतिर पर्ने फु फंग जिल्लामा पर्दछ। त्यसको निर्माण चीनको पै वै वंश काल (सन 499 को अघिपछि) मा थालिएको थियो। सातौं शताव्दीमा चीनको थांग वंशताका फा मन मन्दिरको अवस्था एकदमै राम्रो थियो। थांग वंशकालको सरकारले ठूलो परिमाणमा घन-जनको प्रयोग गरी फा मन मन्दिरको विस्तार गर्नुका साथै अन्त्यमा चौबिसवटा चोकसहितको विशाल मन्दिरको निर्माण गरेको थियो। तिनताका फा मन मन्दिरका भिक्षुहरुको संख्या पाँच हजारभन्दा बढी थियो र यो नै त्यति बेलाको राजधानी क्षेत्रको सबैभन्दा ठूलो मन्दिर थियो।

बौद्ध धर्मको पाठ्य-पुस्तकका अनुसार, प्राचीन भारतका सम्राटले बौद्ध धर्मको प्रचार-प्रसारका लागि विश्वका विभिन्न ठाउँमा चौरासी हजारवटा स्तूपको निर्माण गरी बुद्धको हस्थीलाई बाँडेर ती स्तूपहरुमा गाडेका थिए। उनले चीनमा उन्नाइसवटा त्यस्ता स्तूपहरु निर्माण गरेका थिए। तीमध्ये फा मन मन्दिर पनि एक हो।

स्तूपको जगमा बुद्धको अमूल्य हस्थी गाडिएकाले फा मन मन्दिर निकै पवित्र र लोकप्रिय छ। त्यसको नाम सारा विश्वमा फैलिएको छ र त्यसैले यो मन्दिर बौद्ध धर्मको प्रसिद्ध मन्दिर बनेको छ। चीनको ऐतिहासिक सामग्रीका अनुसार, चीनको थाँग बंशका आठजना सम्राटहरुले धेरै पटक बुद्धको हस्थीलाई आफ्नो दरवारमा राख्नुका साथै ठूलो मात्रामा अमूल्य वस्तुहरु फा मन मन्दिरको भूमिगत राज-भवनमा गाडेका थिए। तर युद्ध र भुइँचालो आदि कारणले गर्दा फा मन मन्दिर क्रमशः क्षतिग्रस्त हुँदैगयो।

सन 1981 मा फा मन मन्दिरमा सयौं वर्षसम्म सुरक्षित अवस्थामा रहेको तेह्र तलाको स्तूप बाढीका कारण भत्कियो। सन 1987 मा पल्लो शान सी प्रान्तको पूरातत्व टोलीले फा मन मन्दिरको आधारको सर्वेक्षण गर्ने क्रममा एक हजार एक सय तेह्र वर्ष पूरानो चीनको थाँग बंशको भूमिगत राज-भवन पुनः फेला परेको छ।

29/11/2025

हाम्रो लोक ज्ञान -
मानव जातिले आफ्नो विकासक्रममा विभिन्न अभ्यासहरु प्रयोग गरी प्राप्त अनुभवलाई ज्ञान विज्ञान बनाएको भेटिन्छ । त्यसलाई मौलिक ज्ञान वा लोक ज्ञान भनिन्छ । यीमध्ये घरेलु औषधिको प्रयोग पनि लोक ज्ञानमध्ये एक हो । जुन लोक ज्ञान अहिले बिर्सिदै गएको अवस्था छ ।
१) तितेपाती - शरीर चिलाउँदा, कुनै चोटपटक लागेमा, सिँया, वायु, जागित्रा लागेमा तितेपातीको मुन्टा, पात, डाँठ, आदिको प्रयोग गरिन्थ्यो ।
२) बनमारा - शरीरमा चोटपटक लागेर रगत बग्दा रगत रोक्न पात र मुना प्रयोग गरिन्थ्यो ।
३) ईलामे - शरीरमा चोटपटक लागेर रगत बग्दा रगत रोक्न ईलामेको पात र मुना प्रयोग गरिन्थ्यो ।
४) अबिजाले - पिनास र रुघालागेमा अबिजाले झारको प्रयोग गरिन्थ्यो ।
५) भ्रमरे झार - पिनास र रुघालागेमा भ्रमरे झारको जरा प्रयोग गरिन्थ्यो ।
६) सिरु - जुका र चुर्ना परेमा सिरुको टुसा र जराको प्रयोग गरिन्थ्यो ।
७) ऐँशेलु - टन्सिल भएमा ऐँशेलुको मुनाको सेवन गरिन्थ्यो ।
८) अम्बा - पखाला लागेमा अम्बाको पात तथा बोक्राको सेवन गरि उपचार गरिन्थ्यो ।
९) हलेदो - उल्टी वा छादने भएमा हलेदोको प्रयोग गरिन्थ्यो ।
१०) मलिबाँसको मुना - निमोनिया भएमा मलिबाँसको मुनाको झोल सेवन गरिन्थ्यो ।
११) गाँजा - पशुहरुलाई पखाला लागेका गाँजाको प्रयोग गरिन्थ्यो ।
१२) गुराँसको फूल - माछाको काँडा घाँटीमा अड्किएमा गुराँसको फूल सेवन गरिन्थ्यो ।
१३) हर्चुर - हड्डी भाँचिएमा हर्चुर लगाएर काम्रो बाँधिन्थ्यो ।
१४) बेसार - लागुभागु लागेमा बेसारको धुलो प्रयोग गरिन्थ्यो ।
१५) कुकुर डाइना - गर्भ पतन तथा परिवार नियोजनको लागि कुकुर डाइनाको तरुल प्रयोग गरिन्थ्यो ।
१६) टिमुर - पेट फुलेमा, भुँडी दुखेमा टिमुरको प्रयोग गरिन्थ्यो ।
१७) मनपाहा - टन्सिल भएमा मनपाहाको काँचो मासुको प्रयोग गरिन्थ्यो ।
१८) पहेँले फल - दाँत किराले खाएमा पहेँले फलको बिँयाको धुँवा लगाएर उपचार गरिन्थ्यो ।
१९) सुर्ती - घाँउमा किरा परेमा काँचोपात वा सुर्तीको झोल प्रयोग गरिन्थ्यो ।
२०) अम्लिसो - पिलो आएमा अम्लिसोको जरा घोटेर लगाइन्थ्यो ।
२१) खरानी - पेटमा जुका आँउ परेमा फूल खरानीको सेवन गरिन्थ्यो ।
२२) चिप्लेकिरा - हाँड भाँचिएमा जिउँदो चिप्लेकिराको सेवन गरिन्त्ज्यो ।
२३) कुकुरको दिशा - विष वा बिख परेमा कुकुरको आलो दिशा खुवाइन्थ्यो ।
३३) लहरे ऊन्यु - जनै खटिरा आएमा लहरे ऊन्यु प्रयोग गरिन्थ्यो ।
२४) पहेँले झार - जन्डिस भएमा पहेँले झारको जरा सेवन गरिन्थ्यो ।
२५) गड्यौला - निमोनिया भएमा केराको थाम्बाभित्र बस्ने गड्यौला सेवन गरिन्थ्यो ।
२६) अडेरी - लुतो आएमा अडेरीको मुना प्रयोग गरिन्थ्यो ।
क्रमशः आदि आदि औषधोपचारसम्बन्धि लोक ज्ञान अहिले लोप प्राय भैसकेको अवस्था छ ।

Ramesh Rai

नेपालबाट चोरी भएर बेलायत पुगेको र हाल राष्ट्रिय संग्रहालयमा राखिएको कुमारी छें को तोरण कुमारी छें मै पुनर्स्थापना गर्न ब...
21/11/2025

नेपालबाट चोरी भएर बेलायत पुगेको र हाल राष्ट्रिय संग्रहालयमा राखिएको कुमारी छें को तोरण कुमारी छें मै पुनर्स्थापना गर्न बाजागाजासहित फिर्ता ल्याइँदै।
तस्बिर : अभिषेक महर्जन

टेम्केमैयुङ ४लुङ्गिनमा अवस्थित खोपीलुङ देवी।धुप बत्ति गरेर दुध चढाइने विशेष गरेर गाइवस्तु बाघ, भालुले नखावस् भनि सबै जात...
18/11/2025

टेम्केमैयुङ ४लुङ्गिनमा अवस्थित खोपीलुङ देवी।
धुप बत्ति गरेर दुध चढाइने विशेष गरेर गाइवस्तु बाघ, भालुले नखावस् भनि सबै जातजातिले पूजा गरिने खोपीलुङ देवी भाकल गरेर धेरै टाढा टाढा बाट भक्तजनहरू आउने गर्छन्। परापूर्वकालमा रुङमाहाङ राईहरू पूजारी रहेको यस खोपीलुङ देवीको पछि आएर रुछेनबुङ्ग राईहरू पनि पूजारी पाइएको छ।टेम्के डाँडाको नजिकै रहेको यस खोपीलुङ देवीलाइ रुुङमाहाङ राईहरूले शक्ति पीठको रूपमा लिने गरेको स्थानीय जानकारहरू बताउँछन्। पछिल्लो पुस्ताकाहरुलाई खोपीलुङ देवी बारे खासै जानकारी नभएको बुझिन्छ।

वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण आगामी शुक्रबार पुनःस्थापना गरिने भएको छ ।विसं २०५६ तिर चो...
17/11/2025

वसन्तपुरस्थित जीवित देवी श्रीकुमारीको वासस्थानबाट चोरिएको तोरण आगामी शुक्रबार पुनःस्थापना गरिने भएको छ ।

विसं २०५६ तिर चोरिएको तोरण संयुक्त राज्य बेलायतको बाराकाट सङ्ग्रहालयमा भेट्टाइएपछि फिर्ता गरेर राष्ट्रिय सङ्ग्रहालय छाउनीमा राखिएको थियो । सो तोरण पुनःस्थापनाका लागि आज काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको अध्यक्षतामा बसेको साझेदार कार्यालयका अधिकारीहरुको बैठकले, थिंलाथ्व पारुअर्थात् नेपाल संवत्को दोस्रो महिनाको पहिलो दिन वडा नम्बर २३ कार्यालयको संयोजन र सरोकारवाला तथा समुदायसँगको समन्वयमा पुनःस्थापना गर्ने निर्णय गरेको हो ।

बैठकमा उपप्रमुख डङ्गोलले, पुर्खाका सिर्जना समुदायमा असुरक्षित भए भनेर सङ्ग्रहालयमा राख्नु नहुने बरु, समुदायको जिम्मामा कलाकृतिलाई आफ्नै ठाउँमा राख्नुपर्ने धारणा व्यक्त गरे ।

“ती कलाकृतिहरुलाई सम्बन्धित वडाको अगुवाइमा पुनःस्थापित गराउने अभियान नै चलाउँछौँ”, उहाँले भन्नुभयो, “कुमारी घरको तोरणको सुरक्षाका लागि सबै चनाखो हुनुपर्छ । अहिले समुदाय सचेत र सक्रिय छ । वसन्तपुर क्षेत्र सुरक्षा निकायको आँखाभन्दा टाढा छैन । यसकारण तोरणलाई आफ्नै ठाउँमा राख्न अब डराउनु पर्दैन ।”

बैठकमा वडा नम्बर २३ का अध्यक्ष एवं कामपाको विधायन समितिका संयोजक मचाराजा महर्जनले, कुमारी घरको गरिमा बचाउन वडा कार्यालयले सक्रिय भूमिका निर्वाह गर्ने, आवश्यक स्रोत, साधन, उपकरण र जनशक्तिको परिचालन गर्ने धारणा राखे ।

कुमारी घरका संरक्षक गौतम शाक्यका अनुसार यी २०५६÷०५७ सालमा बेलुकाको समय पारेर ट्याक्सीमा राखेर तोरण चोरिएका हुन् । “तोरण निकाल्दा निकाल्दै देखेर प्रश्न गर्नेलाई चोरले, मर्मत गर्न लगेको भनेर जवाफ दिएछन्”, शाक्यले भने, “तीन महिनाभित्र तीनवटै तोरण हराएका हुन् । यसरी चोरी भएको विषय पुरातत्व विभागमा जानकारी दिएको र नेपाल प्रहरीमा खोजी गर्न निवेदन दिइएको थियो ।

कुमारी वहालको तोरण र मञ्जुश्री नकःमहाविहारका दाताको मूर्ति २०७८ चैत ४ गते (सन् २०२२ मार्च १८ तारिख)का दिन बेलायतका लागि नेपालवासमा हस्तान्तरण गरिएको थियो । त्यसपछि नेपाल ल्याएर छाउनी सङ्ग्रहालयमा बुझाइएको थियो ।

यसरी हराएका चोरिएका कलाकृति तथा मूर्तिहरु फिर्ता गराउन सन् १९७० को युनेस्को महासन्धिको व्यवस्था प्रयोग गर्ने गरिएको छ । प्राचीन स्मारक ऐन २०१३ अनुसार १०० वर्ष अवधि पूरा गरेका सांस्कृतिक संरचनालाई सम्पदाका रुपमा ग्रहण गरिन्छ ।
तस्विरः सामाजिक सञ्जाल

17/11/2025

सम्पदा सम्बन्धि स्थलगत कक्षामा छलफल गर्दै, शिवपुरी विद्यालय बालुवाटारका विद्यार्थी भाइबहिनीहरु सँग ।
का.म.न.पा. ४ मा अबस्थित टुँडाल देवी (वैष्णवी देवी) मन्दिर परिसर ।
फोटो : सरिता महतो

Culture and Archaeology Research Center, Kirtipur.

🙏

नेपाल बार एशोसिएशन पुरातत्व एवम् सम्पदा संरक्षण कानून समिती
16/11/2025

नेपाल बार एशोसिएशन पुरातत्व एवम् सम्पदा संरक्षण कानून समिती

Address

Kirtipur Kathmandu
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Culture and Archaeology Research Center posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share