09/08/2026
#साभार #अग्नीबाण बाट ।
नेपालमा दक्षिणपन्थी समूहको चलखेल: राजाविनाको कथित गणतान्त्रिक हिन्दूराष्ट्र र भूराजनीतिक षड्यन्त्र!
---------------------------------------------------------------
नेपालमा पछिल्लो समय राजाविनाको कथित गणतान्त्रिक हिन्दूराष्ट्रको बखेडा झिकेर जसरी साम्प्रदायिक सद्भाव भड्काउने र अस्थिरता निम्त्याउने काम भइरहेको छ, यसको पछाडि गहिरो भूराजनीतिक षड्यन्त्र र दक्षिणपन्थी संगठनहरूको सुनियोजित जालो छ। नेपालको राष्ट्रियता, राजसंस्था र मौलिक सनातन संस्कृतिलाई कमजोर पार्न सक्रिय यी तत्वहरूको पर्दाफास गर्नु आजको आवश्यकता बनेको छ।
इतिहास पल्टाएर हेर्दा, अंग्रेजहरूले उपनिवेश बनाएको भारत छोड्नुअगाडि आफ्ना केही बफादार पात्रहरू तयार पारेर एउटा संगठन बनाए, जसको नाम थियो आरएसएस अर्थात् राष्ट्रिय स्वयंसेवक संघ। यस संगठनका संस्थापकहरूमा केशव बलिराम हेडगेवार (Keshav Baliram Hedgewar) र माधव सदाशिवराव गोलवलकर (Madhav Sadashivrao Golwalkar) रहेका थिए।
केशव बलिराम हेडगेवार आरएसएसका संस्थापक हुन् जसले सन् १९२५ मा नागपुरमा यसको स्थापना गरेका थिए।
माधव सदाशिवराव गोलवलकर (गुरुजी) यसका दोस्रो प्रमुख तथा यसको विचारधारालाई कठोर रूपमा स्थापित गर्ने वैचारिक गुरु थिए। यी दुबै अंग्रेजका बफादार पात्र थिए ।
अंग्रेजहरूले यो संगठन स्थापना गराउनुको भित्री उद्देश्य आफूहरूले भारत छोडेर गएपनि आफ्नो प्रभाव र मुद्दालाई भारतमा स्थापित गराइरहनु, कथित राष्ट्रवादको खोल ओढाएर भारतीय धर्म-संस्कृतिलाई भ्रष्टीकरण गर्नु, सनातन हिन्दू धर्मको वर्णव्यवस्थालाई ध्वस्त पार्नु र भारतीय समाजलाई नस्लीय, जातीय तथा वर्गीय रूपमा फुटाएर भारतलाई सधैँभरि अस्थिर र असफल राष्ट्र बनाइरहनु थियो। खासगरी, मुस्लिम समुदायप्रती घृणा फैलाउने र हिन्दू-मुस्लिम दंगा गराइरहने यो संगठनको मुख्य उद्देश्य थियो।
आश्चर्यको कुरा के छ भने, त्यो संगठनले स्वतन्त्रतापछि पनि लामो समयसम्म भारतको झण्डालाई आफ्नो देशको झण्डा स्वीकार गरेन र भारतको राष्ट्रिय गानलाई राष्ट्रिय गान मानेन। यहाँसम्म कि, नागपुरस्थित आफ्नो कार्यालयमा भारतको राष्ट्रिय झण्डा (तिरंगा) लगाएको अभियोगमा आफ्नै ४ जना कार्यकर्तामाथि मुद्दा चलायो र उनीहरूलाई आठ वर्षसम्म थुनामा राख्यो। भारतलाई स्वतन्त्र बनाउने आन्दोलन दबाउन अंग्रेजको पक्षमा सुराकी गर्ने यो समूहले स्वतन्त्र भारतका प्रमुख सेनानी महात्मा गान्धीको हत्या समेत गर्यो। अझ अचम्मको कुरा, त्यो समूहले अहिले पनि बेलायतको महारानीको पूजा गर्छ र बेलायतको महारानीलाई आफ्नो देशको महारानी ठान्छ। भारतमा हुने हरेक हिन्दू-मुस्लिम दंगामा यही समूहको मुख्य हात रहेको हुन्छ। भारतमै त्यो संगठन धेरैपटक प्रतिबन्ध भइसकेको छ भने अमेरिकामा समेत आरएसएसलाई आतंकवादी समूह घोषणा गर्न र प्रतिबन्ध लगाउन धेरैपटक प्रस्ताव पेस गरिएको छ।
----------------------------------------------------------------
नेपालमा प्रवेशको प्रयास र राजा वीरेन्द्रको अडान:
आरएसएसको मुख्य संगठन भारतमा खोलेका अंग्रेजहरूले त्यसको पहिलो शाखा संगठन 'हिन्दू स्वयंसेवक संघ'को नाममा आफ्नो अर्को उपनिवेश केन्यामा खोलेका थिए। नेपालमा पनि त्यो समूह 'हिन्दू स्वयंसेवक संघ'को नाममा दर्ता भएको छ र त्यसको शाखाको रूपमा विश्व हिन्दू परिषद लगायतका दर्जनौं शाखा संगठनहरू सक्रिय छन्। आश्चर्यको कुरा यो छ कि आरएसएसका शाखा संगठनहरु विश्वभर एक लाख भन्दा बढिको संख्यामा छन् । बिदेशमा केही शाखा संगठनहरु दर्ता छन् भने केही गुपचुप चलाइएका छन् । तर मुख्य संगठन 'आरएसएस' विश्वभर कहि पनि दर्ता छैन ।
नेपालमा यो समूह राजा वीरेन्द्रको पालामा 'मातृभूमि नेपाल' को नाममा दर्ता गर्ने अनुमति मागेर प्रवेश गर्न खोजेको थियो। तर, राजालाई कसैले सूचना दियो कि त्यो समूह अंग्रेजहरूको बफादार समूह हो र भारतको गुप्तचर संस्था (RAW) सँग त्यो संस्था जोडिएको छ। त्यसपछि राजाले त्यो संस्था दर्ताको प्रस्ताव लिएर आउनेलाई तत्काल देश छोड्न आदेश दिए। राजाबाट निराश भएर फर्केको त्यो रिस पोख्न भारतले २०४६ सालको कथित आन्दोलन गराउन मुख्य भूमिका मात्रै खेलेन, २०५८ साल जेठ १९ को दरबार हत्याकाण्डमा समेत अप्रत्यक्ष भूमिका खेल्यो। माओवादीको कथित १२ वर्षे जनयुद्धमा तत्कालीन माओवादी विद्रोहीहरूलाई दिल्लीमा लुकाएर राख्ने र हतियारसमेत दिएर १७,००० नेपाली जनता मार्न सहयोग पनि त्यही संगठनबाट भारतको प्रधानमन्त्री बनेका अटल बिहारी बाजपेयीको कार्यकालमा भयो। दरबार हत्याकाण्ड हुँदा पनि अटल बिहारी बाजपेयी नै भारतका प्रधानमन्त्री थिए।
नेपालको तराई क्षेत्रमा हिन्दू-मुस्लिमबीचको दंगामा सोही समूहको प्रत्यक्ष/अप्रत्यक्ष भूमिका रहेको प्रश्न उठ्ने गरेको छ। मुस्लिम समाजप्रति घृणा फैलाउनु र साम्प्रदायिक दंगा भड्काउनुमा बारम्बार त्यही समूहको संलग्नता रहेको आरोप लाग्ने गरेको छ। हिन्दूको आवरणमा नेपालमा राजसंस्थाविरोधी भ्रामक प्रचार गर्न, राजसंस्थाविरोधी गलत इतिहासको प्रशिक्षण दिन र राजसंस्थाविरुद्ध अफवाह फैलाउन त्यही समूह सक्रिय छ। अझ गजबको कुरा के भने, कतिपय त्यही समूहका व्यक्तिहरू बाहिरबाट राजावादी आवरणमा देखिन्छन्। दलाई लामाको 'फ्री तिब्बत मिसन' सँगसमेत त्यो समूह जोडिएको आरोप छ।
जब-जब नेपालमा राष्ट्रवादी समूहले राजसंस्थाको मुद्दा चर्काउन थाल्छन्, त्यही समूह सबैभन्दा पहिला हिन्दूको आवरणमा कथित गणतान्त्रिक हिन्दूराष्ट्रको मुद्दा बोकेर आन्दोलन सुरु गर्ने, हिन्दू-मुस्लिम दंगा गराउने र राष्ट्रवादी आन्दोलनलाई कमजोर पार्ने कार्यमा सक्रिय हुने गर्छन्। बेलाबेलामा कथित हिन्दूराष्ट्रको मुद्दा उठाउने र तराईमा दंगा गर्ने कार्यमा त्यही समूहका मानिसहरू देखिएको आरोप लाग्ने गर्छ।
अहिले कथित गणतान्त्रिक हिन्दूराष्ट्रको माग राखेर आमरण अनशन बस्ने विनय यादव आरएसएसकै नेपाल शाखा संगठनका मुख्य पात्र हुन्। जसले बारम्बार नेपालमा चीन र पाकिस्तानविरोधी गतिविधि गर्दै आएका छन्। चीनको सहयोगमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रमुख विरोधी तिनै थिए। चीनले नेपालमा सस्तो सामान दिएको कारण भारतीय सामानको व्यापारमा असर परेको भन्दै काठमाडौंको न्युरोड र असनमा चीनविरोधी प्रदर्शनको अगुवाइ तिनै विनय यादवले गरेका थिए। त्यतिमात्र होइन, नेपालमा चीनका राष्ट्रपति सी जिनपिङको तस्वीर र चिनियाँ झण्डासमेत जलाएका थिए।
अहिले तिनै आरएसएसका नेपाल प्रतिनिधि कथित गणतान्त्रिक हिन्दूराष्ट्रको माग गर्दै अनशन बसेका छन्। नेपालमा गणतान्त्रिक हिन्दूराष्ट्रको मुद्दा उठाउने मुख्य व्यक्ति तिनै विनय यादव हुन् । नेपालमा धर्म र संस्कृतिको रूपमा प्रवेश गरेको आरएसएसले नेपालको राजनीतिमा प्रत्यक्ष हस्तक्षेप गर्ने र सत्ता कब्जा गर्ने षड्यन्त्र समेत गरिरहेको छ । सोही उद्देश्य अनुसार भाजपाकै फोटोकपी पार्टी नेजपाका नाममा राजनीतिक दल समेत खोलिएको छ । जुन पार्टीको चुनाव चिह्न समेत भाजपाकै कमलको फूल रहेको छ।
जब राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनमा संविधान संशोधनको मुद्दा उठायो, नेपालगन्जको वीरेन्द्र चोकमा २० वर्षपछि राजा वीरेन्द्रको सालिक राख्यो, र संविधान संशोधनमा व्यवस्था नै परिवर्तन हुन सक्ने र गणतन्त्र नै फालिन सक्ने डरले तिनै दक्षिणपन्थी समूहले तराई दंगा सुरु गरे। यसैको प्रभावस्वरुप बालेन सरकारलाई गणतन्त्र र संघीयताप्रति प्रतिबद्ध छु भन्न बाध्य पारियो। त्यतिमात्र होइन, प्रधानमन्त्रीबाट अझै ५० वर्ष संविधान संशोधन नहुने कुरा बोल्न समेत उनीहरूले बाध्य पारे।
यदि तराई दंगा डिजे बजाएको सामान्य झगडा मात्रै हुन्थ्यो भने मधेसवादी दलले किन खोजे संघीयताको कुरा? प्रचण्डले किन गरे आफूसँग वार्ता हुनुपर्ने कुरा? सिके राउतले किन खोजे मधेसवाद? अमरेश सिंहले किन गरे गणतन्त्र टसमस भए अर्को आन्दोलन गर्ने कुरा? दक्षिणपन्थीहरूले किन मागे कथित हिन्दूराष्ट्रको माग?
यी सबै कुराहरू सुनियोजित रूपमा भएका थिए। सुनियोजित रूपमा रचिएको दंगामा ३ जनाले ज्यान गुमाए। आखिर गरिबकै छोराछोरीलाई सिकार बनाइयो। चाहे टिकापुर काण्ड होस् या गौर हत्याकाण्ड, चाहे माओवादी जनयुद्ध होस् या मधेस आन्दोलन—हरेक आन्दोलनमा मारिने गरिबकै छोराछोरी हुन्। आफ्ना मुद्दा स्थापित गराउन र सरकारलाई दबाब दिन हरेक आन्दोलनमा गरिबकै छोराछोरीलाई सिकार बनाइएको छ।
#अग्नीबाँण