Optical Professional Association of Nepal - OPAN

Optical Professional Association of Nepal - OPAN Join our Community!

Dedicated to support Optical Professionals, OPAN strives to ensure their rights, professionalize the optical retail industry, and maintain a healthy professional environment between optical wholesalers, retailers, and customers.

बुद्ध जयन्ती, उभौली पर्व तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको पावन अवसरमाOPAN परिवारका सम्पूर्ण सदस्य साथीहरूमा हार्दिक शुभ...
01/05/2026

बुद्ध जयन्ती, उभौली पर्व तथा अन्तर्राष्ट्रिय श्रमिक दिवसको पावन अवसरमा
OPAN परिवारका सम्पूर्ण सदस्य साथीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

यस विशेष दिनले हामी सबैमा शान्ति, समृद्धि, एकता र परिश्रमप्रतिको सम्मानको भावना अझ सुदृढ बनाओस् भन्ने कामना गर्दछौँ।

OPAN सँगको तपाईंको साथ, सहयोग र विश्वासप्रति हार्दिक धन्यवाद।

जय OPAN 🙏

14/04/2026

नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना

Optical Professional Association Of Nepal (OPAN) को तर्फबाट सम्पूर्ण सदस्यज्यूहरू, सहकर्मीहरू तथा सम्पूर्ण अप्टिकल व्यवसायसँग आवद्ध महानुभावहरूमा नयाँ वर्ष २०८३ सालको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

नयाँ वर्ष २०८३ ले सम्पूर्ण सदस्यज्यूहरूको व्यक्तिगत तथा व्यवसायिक जीवनमा सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगति ल्याओस् भन्ने कामना गर्दछौं।

यस नयाँ वर्षमा OPAN परिवार अझ सुदृढ, संगठित तथा व्यवसायिक रूपमा थप उचाइ हासिल गर्न सफल होस् भन्ने विश्वासका साथ, सम्पूर्ण सदस्यज्यूहरूको सक्रिय सहयोग र सहकार्यको अपेक्षा गर्दछौं।

नयाँ वर्ष २०८३ तपाईंहरू सबैका लागि सफल, समृद्ध तथा उपलब्धिमूलक रहोस्।

धन्यवाद।

15/02/2026

महाशिवरात्रिको पावन अवसरमा OPAN का सम्पूर्ण कार्यसमिति तथा सदस्यज्यूहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं।
भगवान शिवको दिव्य कृपाले यहाँहरूको व्यक्तिगत तथा व्यावसायिक जीवनमा सफलता, सुस्वास्थ्य र समृद्धि प्रदान गरून्। साथै संस्थाको उद्देश्य प्राप्तिमा थप ऊर्जा, एकता र समर्पण भाव वृद्धि होस् भन्ने कामना गर्दछौं।
हर हर महादेव।

अप्टिकल व्यवसायी सङ्घ नेपालद्वारा आयोजित दोस्रो साधारण सभा तथा वनभोज कार्यक्रम भव्य र सफल रूपमा सम्पन्न भएको छ।औपचारिक स...
02/02/2026

अप्टिकल व्यवसायी सङ्घ नेपालद्वारा आयोजित दोस्रो साधारण सभा तथा वनभोज कार्यक्रम भव्य र सफल रूपमा सम्पन्न भएको छ।

औपचारिक सङ्घ–संस्था नहुँदा विगतमा भोग्नुपरेका अनेक चुनौतीहरूका बाबजुद पनि सङ्घ दर्ता गरी दोस्रो साधारण सभा (2nd AGM) सफलतापूर्वक सम्पन्न गर्न सक्नु हामी सबैका लागि गौरवको विषय हो।

यस सफल कार्यक्रमका लागि अमूल्य समय दिएर उपस्थित भई हाम्रो संस्थाको आतिथ्य स्वीकार गर्नु हुने सम्माननीय अतिथि महानुभावहरू, सल्लाहकारज्यूहरू, सञ्चालक कार्यसमिति परिवार तथा सम्पूर्ण सदस्यज्यूहरू प्रति सङ्घको तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

आगामी दिनहरूमा सङ्घलाई अझ व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दछौं।

जय ओपान!

अंग्रेजी नयाँ बर्ष 2026 को अवसरमा सम्पुर्ण व्यवसायी साथीहरुमा यो नयाँ बर्ष उत्तोरत्तर प्रगती, व्यवसायीक लाभ, सुस्वास्थ्य...
01/01/2026

अंग्रेजी नयाँ बर्ष 2026 को अवसरमा सम्पुर्ण व्यवसायी साथीहरुमा यो नयाँ बर्ष उत्तोरत्तर प्रगती, व्यवसायीक लाभ, सुस्वास्थ्य, दिर्घायु तथा आनन्दमय होस् भन्ने कामना गर्दछौं ।

- अप्टिकल व्यलसायी संघ नेपाल परिवार ।

अप्टिकल व्यवसायी संघ नेपालको तर्फबाट तमु ल्होसारको अबसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
30/12/2025

अप्टिकल व्यवसायी संघ नेपालको तर्फबाट तमु ल्होसारको अबसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

समाचार प्रशारणको लागी धन्यबाद ।
13/07/2025

समाचार प्रशारणको लागी धन्यबाद ।

काठमाडौं । अप्टिकल व्यवसायी संघ नेपालले विभिन्न आयोजना गरी प्रथम ऐतिहासिक वर्ष सम्पन्न गरेको छ । नेपाल उद्योग वा...

धन्यवाद Xray Nepal समाचारको लागी ।
13/07/2025

धन्यवाद Xray Nepal समाचारको लागी ।

काठमाडौं। अप्टिकल व्यवसायी संघ नेपालले विभिन्न कार्यक्रम आयोजना गरी प्रथम स्थापना दिवस तथा भेला मनाएको छ।

13/07/2025

काठमाडौं । अप्टिकल व्यवसायी संघ नेपालले विभिन्न कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकउत्सव मनाएको छ । नेपाल उद्.....

आजको हाम्रो Nepal Optical Day लाई भव्यताका साथ सफल पारिदिन मुख्य भुमिका खेल्ने तपाँईहरु सबै व्यवसायी मित्रहरु, आयोजक टिम...
12/07/2025

आजको हाम्रो Nepal Optical Day लाई भव्यताका साथ सफल पारिदिन मुख्य भुमिका खेल्ने तपाँईहरु सबै व्यवसायी मित्रहरु, आयोजक टिमहरु, प्रायोजक साथीहरु, सुरक्षाकर्मी साथीहरु लगायल सबैमा हार्दिक धन्यवाद र आभार प्रकट गर्न चाहन्छौं ।

अप्टिकल व्यवसायी संघ निरन्तर सकृय रुपमा विविध क्षेत्रका अप्टिकल व्यवसायी साथीहरुसँग अन्तर्कृया तथा समेट्ने क्रम जारी राख...
05/07/2025

अप्टिकल व्यवसायी संघ निरन्तर सकृय रुपमा विविध क्षेत्रका अप्टिकल व्यवसायी साथीहरुसँग अन्तर्कृया तथा समेट्ने क्रम जारी राखेको छ ।

सोहि क्रममा आज टोखा नगरपालिका भएको अप्टिकल व्यवसायीहरुको भेलामा धेरै समसामायीक विषयहरुमा छलफल तथा अन्तर्कृया कार्यक्रम भयो । जसमा अप्टिकल व्यवसायी संघको क्षेत्रीय संयोजकको रुपमा टोखा नगरपालीकाको लागी श्री लक्ष्मण थापामगर तथा तारकेश्वर नगरपालिकाको लागी श्री धीरजकुमार ठाकुर ज्युहरुलाई चयन गरिएको छ ।

चयन हुनुभएका संयोजक साथीहरुलाई हार्दिक वधाई तथा सफल र प्रभावकारी नेतृत्वको लागी समेत शुभकामना व्यक्त गर्दछौ ।

त्यसैगरी आँउदो मिती २०८२ असार २८ गते शनीबारको दिन अप्टिकल व्यवसायी संघ नेपालको आयोजनना हुन गैरहेको भव्य कार्यक्रम “Nepal Optical Day” को लागी पनी सबैमा हार्दिक निमन्त्रणा समेत गर्दछौं ।

Address

OPAN Strives To Ensure Their Rights, Professionalize The Optical Retail Industry, And Maintain A Healthy Professional Environment Between Optical Wholesalers, Retailers, And Customers
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Optical Professional Association of Nepal - OPAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share