17/01/2025
राष्ट्रिय गिर्जाघर (चर्च) निजि धार्मिक गुठी नेपालको एक बिशेष बैठक आज सम्पन्न भएको छ ।
💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐💐
काठमाडौँ: आज मिति २०८१ माघ ०४ गते शुक्रबारको दिन "राष्ट्रिय गिर्जाघर (चर्च) निजी धार्मिक गुठी नेपाल" को एक बिशेष बैठक संस्थाको अध्यक्ष रेभ्. पास्टर सामुएल सोदेम्बा ज्यूको अध्यक्षमा बसी यस संस्थाको महत्वपूर्ण बिशेषहरुमा छलफल गरि निर्णय गरेका छन् । १७ जना पदाधिकारीहरुको उपस्थिति रहेको आजको यस बैठकमा आगामी दिनहरुमा यस संस्थाले नेपाली मण्डलीहरुको निम्ति गर्नुपर्ने र गरिने योजनाका बिषयहरुमा पनि छलफल गरेको छ । साथै, मिति २०८१ पुष २५ गतेको दिन सम्पन्न भएका पत्रकार सम्मेलनको बारेमा, साथै हाल 'धार्मिक गुठी की निजि गुठी' भन्ने विचारहरू जुन सामाजिक संजालमा उठेका छन् ति बिषयहरुमा पनि बिशेष समिक्षा सहितको छलफल कुराकानी आजको बैठकले गरेका छन् ।
आगामी दिनहरुमा आवस्यकता अनुसार स्थानीय मण्डलीहरुले वोर्कसपहरू वा सहजताको निम्ति साथ-सहयोगहरू मागेको अवस्थामा यस संस्थाले गुठी ऐन अनुसार नेपाल सरकारको मालपोत कार्यलयमा दर्ता गर्नको निम्ति जति पनि प्रकियागत कार्यहरू छन्, तिहरुमा साथ दिने बिषयलाई महत्वको साथ लिइएको कुरा संस्थाको तर्फबाट रेभ्. पास्टर पदमनाथ पराजुली ज्यूले बताउनुभएको छ । साथै, जग्गा रजिस्ट्रेसन पास गरेको लालपुर्जा पनि राष्ट्रिय गिर्जाघर (चर्च) धार्मिक निजि गुठी नेपालको नाममा आइसकेको पनि बताउनुभएको छ । यो गुठी कुनै निजि व्यक्ति बिशेषको नभई मण्डली समुदायको रहेको रेभ्. पराजुली ज्यूले जानकारी गर्नुभएको छ । साथै, वहाँले नेपाली मण्डलीहरू कोहि कसैलाई भ्रममा नपर्न बरु यस बारेमा चासो र खोजि गर्नको निम्ति सबै नेपाली मण्डलीहरुलाई आव्हान गर्नुभएको छ ।