11/09/2026
🩸 बृहत् रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न — हार्दिक धन्यवाद! 🙏
नेपाल बुद्धिष्ट तामाङ सुधार समिति र दुप्चेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त आयोजना, गोकर्णेश्वर नगरपालिकाको सहयोग तथा नेपाल मेडिकल कलेज ब्लड बैंकको प्राविधिक सहकार्यमा आयोजित बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
हालै नेपालमा आएको भीषण बाढी–पहिरोमा परी घाइते हुनुभएका व्यक्तिहरू तथा रगतको आवश्यकता परेका गोकर्णेश्वर नगरवासीहरूलाई रगतको अभाव हुन नदिने मानवीय उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा दुप्चेश्वर सहकारीका अध्यक्ष श्री रूप तामाङ, नेपाल बुद्धिष्ट तामाङ सुधार समितिका अध्यक्ष श्री दीपक तामाङ, गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्री जयराम महत ज्यु , समितिका संरक्षक श्री सुनबहादुर तामाङ ज्युउ , वडा सदस्य श्री राजेश श्रेष्ठ ज्यु, समितिका सल्लाहकारहरू श्री राजेन्द्र तामाङ ज्यु, श्री ग्याल्बोन तामाङ ज्यु, श्री नरेश तामाङ ज्यु र श्री पूर्ण तामाङ ज्यु, नेपाल मेडिकल कलेज ब्लड बैंकका संयोजक श्री सञ्जय आचार्य ज्यु तथा दुप्चेश्वर सहकारीका प्रबन्धक श्री उमेश राय ज्युको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन नेपाल बुद्धिष्ट तामाङ सुधार समितिका महासचिव एवं दुप्चेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव श्री चन्द्रमान तामाङज्यूले गर्नुभएको थियो।
साथै, दुवै संस्थाका पदाधिकारी, सञ्चालक समिति सदस्य, सदस्य, शुभचिन्तक तथा रक्तदाताहरूको उल्लेखनीय सहभागिताले कार्यक्रम भव्य र सफल बनेको छ।
आफ्नो अमूल्य रगत दान गरी जीवन बचाउने यस पुण्य कार्यमा सहभागी हुनुहुने सम्पूर्ण रक्तदाताहरूप्रति विशेष आभार व्यक्त गर्दछौँ। सहयोगी गोकर्णेश्वर नगरपालिका, प्राविधिक सेवा प्रदान गर्ने नेपाल मेडिकल कलेज ब्लड बैंकको टोली, उपस्थित अतिथिहरू तथा कार्यक्रम सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष योगदान पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ।
नेपाल बुद्धिष्ट तामाङ सुधार समिति परिवार
दुप्चेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार