14/04/2026
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना !
आदरणीय बाफलबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरू,
पुरानो वर्षलाई बिदा गर्दै नयाँ आशा र उमङ्गका साथ हामी नयाँ वर्ष २०८३ को संघारमा आइपुगेका छौं। यस शुभ अवसरमा बाफल चोक समाजको तर्फबाट सम्पूर्ण बाफलबासी नगरबासीहरूमा सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
विगतका दिनहरूमा बाफल क्षेत्रको विकास, सरसफाइ र आपसी सद्भाव कायम राख्न यहाँहरूले पुर्याउनुभएको सहयोगका लागि हामी कृतज्ञ छौं। आगामी दिनमा पनि हाम्रो बाफललाई अझ सुन्दर, सुरक्षित र सभ्य समाजको रूपमा अगाडि बढाउन हामी सबैको एकता र सहकार्य निरन्तर रहनेछ भन्ने विश्वास लिएका छौं।
यो नयाँ वर्षले हामी सबैमा नयाँ जोस र जाँगर थपोस्। हाम्रो टोल, हाम्रो गौरव!
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना ! "न्हूँ दया भिन्तुना"
शुभकामना सहित,
कार्यसमिति तथा समस्त परिवार
बाफल चोक समाज
वडा नं १३, ज्ञानोदय मार्ग, बाफल चोक, काठमाडौं ।