Swoyambhu Club

Swoyambhu Club social organization

यस क्लब सामाजिक सेवामा स्वयम् सेवक, सरसफाई, स्वास्थ्य शिविर, रक्तदान, अन्य सेवा तथा कार्यक्रमहरु संचालन गर्दै आइरहेको साथै खेलकुद क्षेत्रमा पनि फूटबल प्रतियोगिताहरुमा निरन्तर सहभागिता जनाउदै आइरहेका छौ ।

18/09/2026

नेपाली फुटबलमा अब आर-पारको लडाइँ! ⚽💥
सरकारले निलम्बन फुकुवामा ठोस निर्णय नगरे सोमबारदेखि फिफा (FIFA) को निर्देशनअनुसारै गतिविधि अगाडि बढाउने एन्फाको अल्टिमेटम। गत असारदेखि 'तेस्रो पक्षको हस्तक्षेप' भन्दै फिफाले एन्फालाई निलम्बन गरेपछि नेपाली फुटबल र खेलाडीको भविष्य अन्धकारमा छ। नेताहरूको कुर्सीको खिचाताण र राजनीतिले गर्दा देश अन्तर्राष्ट्रिय फुटबलबाटै आउट हुने अवस्था आयो!
अब पनि सरकार मौन बस्ने कि नेपाली फुटबल जोगाउन ठोस कदम चाल्ने? 😡

17/09/2026
14/09/2026

एन्फा कर्मचारी, रेफ्री, प्रशिक्षकसहितको टोलीले मंगलबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा धर्ना दिने कार्यक्रम रहेको महासचिव किरण राईले जानकारी दिए ।

14/09/2026
सम्पूर्णमा बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!!
11/09/2026

सम्पूर्णमा बुवाको मुख हेर्ने दिनको हार्दिक शुभकामना!!

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका जनतालाई स्वयम्भू क्लब महिला उपसमितिका तर्फबाट सङ्कलित रु...
03/09/2026

भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका जनतालाई स्वयम्भू क्लब महिला उपसमितिका तर्फबाट सङ्कलित रु २५००० राहत सहयोग रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरियो
१) शोभा लामा - ५०००
२) सुरेन्द्र +मंगला मानन्धर - ५०००
३) ध्रुब+सरु लामा - ५०००
४) बाबुराजा+सन्देवी मानन्धर -१५००
५) बिमल+बिमला मानन्धर - २०००
६) लिला लामा - २०००
७) मिना लामा - १०००
८) बसन्ती लामा - १०००
९) उषा श्रेष्ठ - १०००
१०) उपासना श्रेष्ठ - १०००
११) शोभा महर्जन - ५००
कुल सहयोग रकम - २५०००

03/09/2026

बाढीपीडितको साथमा ‘सी’ डिभिजन फुटबल परिवार ।

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा सहयोगका लागि शहिद स्मारक ‘सी’ डिभिजन फुटबल लिगमा सहभागी १० क्लबले संयुक्त रूपमा रु. १ लाख १३ हजार १ सय सहयोग गरेका छन्।

बाढी प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले पुल्चोक स्पोर्ट्स क्लब, महावीर स्टडिज एन्ड एथलेटिक्स सेन्टर, खालिबारी युवा फुटबल क्लब, सामाजिक युथ क्लब, समाज कल्याण खेलकुद केन्द्र, स्वयम्भू क्लब, मनोहरा युनाइटेड युथ क्लब, स्पोर्ट्स एकेडेमी साँगा, झम्सिखेल युथ क्लब र सिन्धुपाल्चोक फुटबल क्लबले सहयोगमा ऐक्यबद्धता जनाएको ‘सी’ डिभिजनको संयोजक दिवाकर घलेले बताए।

खेलकुद मैदानमा प्रतिस्पर्धाको माध्यम भए पनि विपत्तिका बेला समाजसँग उभिनु पनि खेलकुद क्षेत्रको सामाजिक उत्तरदायित्व भएको सन्देश क्लबहरूले दिएका छन्।

Address

Swoyambhu
Kathmandu
9771414

Website

Alerts

Be the first to know and let us send you an email when Swoyambhu Club posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Swoyambhu Club:

Shortcuts

Share