Sri Sathya Sai Centre For Human Values Nepal

Sri Sathya Sai Centre For Human Values Nepal Education For Human Values

ॐ श्री साईराम, श्री सत्य साई शिक्षा प्रतिष्ठान, नेपालको आयोजनामा  मिति २०८२ चैत्र २९ गतेदेखि सुरु भएको सात दिवसीय गुरु त...
23/04/2026

ॐ श्री साईराम,

श्री सत्य साई शिक्षा प्रतिष्ठान, नेपालको आयोजनामा मिति २०८२ चैत्र २९ गतेदेखि सुरु भएको सात दिवसीय गुरु तालिम कार्यक्रमको अन्तिम दिनको सत्र मिति २०८३ वैशाख ०५ गते सम्पन्न भयो । उक्त दिन सहभागीहरूबाट नमुना बालविकास कक्षा तथा मौखिक परिक्षा सञ्चालन गरिएको थियो ।

साथै दीक्षान्त समारोहमा सम्पूर्ण दिनको समिक्षा, अनुभव आदानप्रदान, प्रमाणपत्र वितरण, समापन समरोहका साथै भगवानको दिव्य आरतीबाट उक्त सत्र समापन भयो ।

मिति २०८३ वैशाख ४ गते , शुक्रबार श्री सत्य साई आध्यात्मिक शिक्षा (बालविकास) गुरु तालिम कार्यक्रमको छैठौँ दिनको सत्र सम्प...
22/04/2026

मिति २०८३ वैशाख ४ गते , शुक्रबार श्री सत्य साई आध्यात्मिक शिक्षा (बालविकास) गुरु तालिम कार्यक्रमको छैठौँ दिनको सत्र सम्पन्न भयो ।
उक्त सत्रमा ५ शिक्षा प्रणाली, ध्यान र प्रार्थना, कथा वाचन, सामुहिक गान, सामुहिक कृयाकलाप, जस्ता विषयहरूमा कक्षा सञ्चालनका साथै शैक्षिक सामग्री तयारी कार्यशाला तथा कार्ययोजना तयारी एवम् प्रस्तुत गरी सम्पन्न गरियाे । त्यस्तै भोजन पश्चातको सत्रमा सम्पूर्ण सहभागी साईरामहरूबाट साँस्कृतिक कार्यक्रम प्रस्तुत।

मिति २०८३ वैशाख ३ गते , विहीबार श्री सत्य साई आध्यात्मिक शिक्षा (बालविकास) गुरु तालिम कार्यक्रमको पाँचौँ दिनको सत्र सम्प...
21/04/2026

मिति २०८३ वैशाख ३ गते , विहीबार श्री सत्य साई आध्यात्मिक शिक्षा (बालविकास) गुरु तालिम कार्यक्रमको पाँचौँ दिनको सत्र सम्पन्न भयो ।

उक्त सत्रमा ५ शिक्षा प्रणाली, ध्यान र प्रार्थना, कथा वाचन, सामुहिक गान, सामुहिक कृयाकलाप, , विद्यालयमा बालविकास कक्षा सञ्चालन जस्ता विषयहरूमा कक्षा सञ्चालन र नमुना कक्षा प्रस्तुत गर्दै सम्पन्न गरियाे । त्यस्तै भोजन पश्चातको सत्रमा "पञ्चतत्त्व र मानव" भन्ने विषयमा सत्र सञ्चालन गरियो।

मिति २०८३ वैशाख २ गते , बुधबार श्री सत्य साई आध्यात्मिक शिक्षा (बालविकास) गुरु तालिम कार्यक्रमको चौथो दिनको सत्र सम्पन्न...
19/04/2026

मिति २०८३ वैशाख २ गते , बुधबार श्री सत्य साई आध्यात्मिक शिक्षा (बालविकास) गुरु तालिम कार्यक्रमको चौथो दिनको सत्र सम्पन्न भयो ।
उक्त सत्रमा ५ शिक्षा प्रणाली, ध्यान र प्रार्थना, कथा वाचन, सामुहिक गान, सामुहिक कृयाकलाप, अभिभावन, आहार विहार, विविधतामा एकता जस्ता विषयहरूमा कक्षा सञ्चालन गर्दै सम्पन्न गरियाे । त्यस्तै भोजन पश्चातको सत्रमा "श्री सत्य साई शिक्षा दर्शन तथा पद्दति" भन्ने विषयमा सत्र सञ्चालन गरियो।

मिति २०८३ बैशाख १ गते , मंगलवार श्री सत्य साई आध्यात्मिक शिक्षा (बालविकास) गुरु तालिम कार्यक्रमको तेस्रो दिनको सत्र सम्प...
15/04/2026

मिति २०८३ बैशाख १ गते , मंगलवार श्री सत्य साई आध्यात्मिक शिक्षा (बालविकास) गुरु तालिम कार्यक्रमको तेस्रो दिनको सत्र सम्पन्न भयो ।
उक्त सत्रमा ५ शिक्षा प्रणाली, ध्यान र प्रार्थना, कथा वाचन, सामुहिक गान, सामुहिक कृयाकलाप,इच्छाकटौती, मानिसक स्वास्थ्य, स्वास्थ्य तथा सरसफाई जस्ता विषयहरूमा कक्षा विषयहरूमा कक्षा सञ्चालन गर्दै सम्पन्न गरियाे । त्यस्तै भोजन पश्चातको सत्रमा "बालिवकासमा वेद" भन्ने विषयमा छलफल गरियाे।

मिति २०८२ चैत्र ३० गते, सोमबार श्री सत्य साई आध्यात्मिक शिक्षा (बालविकास) गुरु तालिम कार्यक्रमको दोस्रो दिनको सत्र सम्पन...
13/04/2026

मिति २०८२ चैत्र ३० गते, सोमबार श्री सत्य साई आध्यात्मिक शिक्षा (बालविकास) गुरु तालिम कार्यक्रमको दोस्रो दिनको सत्र सम्पन्न भयो ।
उक्त सत्रमा ५ शिक्षा प्रणाली, जप,ध्यान र प्रार्थना, कथा वाचन, सामुहिक गान, सामुहिक कृयाकलाप्, भगवान श्री सत्य साई बाबाको कार्य र सन्देशहरु, गुरूको भूमिका जस्ता विषयहरूमा कक्षा सञ्चालन गर्दै सम्पन्न गरियाे। त्यस्तै भोजन पश्चातको सत्रमा "श्री सत्य साई आध्यात्मिक शिक्षा - देश व्यापी अभियान - किन ? कसरी ?" विषयमा छलफल रहेको थियो ।

श्री सत्य साई शिक्षा प्रतिष्ठान, नेपालको आयोजनामा मिति २०८२ चैत्र २९ देखि २०८२ बैशाख ०५ गतेसम्म आयोजित ७ दिने आवासीय "श्...
13/04/2026

श्री सत्य साई शिक्षा प्रतिष्ठान, नेपालको आयोजनामा मिति २०८२ चैत्र २९ देखि २०८२ बैशाख ०५ गतेसम्म आयोजित ७ दिने आवासीय "श्री सत्य साई आध्यात्मिक शिक्षा (बालविकास) गुरु तालिम कार्यक्रम" भगवानलाई पुष्पगुच्छा अर्पण तथा दीप प्रज्ज्वलनबाट आह्वान गरी शुभारम्भ भएको छ । उक्त कार्यक्रममा नेपालभरिका ५१ जना शिक्षक तथा शिक्षिकाहरूको सक्रिय सहभागिता रहेको छ । श्री सत्य साई आध्यात्मिक शिक्षा (बालविकास) गुरु तालिम कार्यक्रमको पहिलो दिनको सत्र विभिन्न क्रियाकलाप गर्दै सम्पन्न भयो ।
उक्त सत्रमा बालविकास - श्री सत्य साई अवधारणा, सिकाई पद्दती, मानव मूल्यहरू, बालविकास तथा ५ शिक्षा प्रणाली, ध्यान र प्रार्थना, कथा वाचन, सामूहिक गान, सामूहिक कृयाकलाप र बालविकास कक्षामा विद्युतिय सामग्रीको प्रयोग र प्रभावकारिता जस्ता विषयहरूमा कक्षा सञ्चालन गर्दै सम्पन्न गरियाे।

२०८२ चैत्र २४ गते मंगलबार श्री सत्य साई युवा सशक्तीकरण तालिम कार्यक्रमको तेस्रो दिन डा‍‍. सुरेन्द्र उपाध्याय साईरामद्वार...
06/04/2026

२०८२ चैत्र २४ गते मंगलबार श्री सत्य साई युवा सशक्तीकरण तालिम कार्यक्रमको तेस्रो दिन डा‍‍. सुरेन्द्र उपाध्याय साईरामद्वारा "Working For Sai" विषयमा मन्तव्य सत्र रहेकाले यस अपूर्व अवसरको सदुपयोग गरी निम्न माध्यमबाट फेसबुक पेजको प्रत्यक्ष प्रशारणमा जोडिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।

समयः साँझ ०७ः३० बजे
प्रसारण लिंकः https://www.facebook.com/share/18WyyTZzTg/

जय साईराम ।

२०८२ चैत्र २२ गते आईतबार श्री सत्य साई युवा सशक्तिकरण तालिम कार्यक्रमका सहभागीहरूलाई श्री सत्य साई ग्लोबल काउन्सिलका उपा...
05/04/2026

२०८२ चैत्र २२ गते आईतबार श्री सत्य साई युवा सशक्तिकरण तालिम कार्यक्रमका सहभागीहरूलाई श्री सत्य साई ग्लोबल काउन्सिलका उपाध्यक्ष श्री निमेश पाण्डेय साईरामद्वारा सम्बोधन सत्र रहेकाले यस अपूर्व अवसरको सदुपयोग गरी निम्न समय तथा माध्यमबाट हुने प्रत्यक्ष प्रशारणमा जोडिनुहुन हार्दिक अनुरोध गर्दछौ ।

समय - साँझ ०७ः३० बजे
लिंक - https://www.facebook.com/share/1PTvFZ7rvK/

जय साईराम ।

ॐ श्री साईराम,श्री सत्य साई शिक्षा प्रतिष्ठान नेपालले २०८२ चैत्र २९ देखि २०८३ वैशाख ५ गतेसम्म श्री सत्य साई शिक्षा प्रति...
22/03/2026

ॐ श्री साईराम,

श्री सत्य साई शिक्षा प्रतिष्ठान नेपालले २०८२ चैत्र २९ देखि २०८३ वैशाख ५ गतेसम्म श्री सत्य साई शिक्षा प्रतिष्ठान नेपाल, टोखामा सात दिवसीय बालिवकास गुरु तालिम सञ्चालन गर्न गइरहेको व्यहोरा जानकारी गराउँछौँ । उक्त तालिममा सहभागी हुनका लागि अनलाइन फारम भर्ने अन्तिम मिति थप गरिएको हुँदा उल्लिखित मितिसम्म आ–आफ्नो नाम यथाशीघ्र दर्ता गर्नुहुन अनुरोध गर्दछौँ ।

फारम भर्ने अन्तिम मितिः २०८२ चैत्र १४ गते शनिबार

फारमको लिङ्क -
https://forms.gle/44AQ2fJGNuUGsA8Y6

कार्यक्रमका बारेमा थप जानकारीका लागि यस विवरण पत्रमा गइदिनुहुन हार्दिक अनुरोध गर्दछौँ ।https://drive.google.com/.../1KTeB.../view...

जय साईराम !

Address

Tokha
Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Sri Sathya Sai Centre For Human Values Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share