27/02/2026
हार्दिक शुभकामना एवं धन्यवाद ।।
४०औं ऐतिहासिक " तामाङ एल्बम दिवस " को सम्पुर्ण देश बिदेशमा रहनु भएका तामाङ तथा सेलो गित संगितप्रेमि दाजुभाई दिदिबाहिनिहरु र कलाकारहरुमा हार्दिक शुभकामना ।।
नेपाल तामाङ कलाकार संघले आयोजना गरेको आजको कार्यक्रम
" ४० औं ऐतिहासिक तामाङ एल्बम दिवस तथा १५ औं लोकप्रिय गायिका स्व. योगिता मोक्तान स्मृति सभा एवं योगिता मोक्तान प्रतिभा पुरस्कार बितरण कार्यक्रम २०८२ "
मा संस्थाको निमन्त्रणा लाई स्विकार गर्नु भै कार्यक्रममा उपस्थितहुनुहुने प्रमुख अतिथि बरिष्ठ गायक तथा संगितकार प्रेम लोप्चन ज्यु लगायत संम्पुर्ण अग्रज स्रष्टाहरु , देश तथा बिदेशका बिभिन्न संघ संस्थाका प्रतिनिधि ज्युहरु , पत्रकार ज्युहरु , तामाङ कलाकार ज्युहरु , तामाङ गित संगितका साथै तामाङ कलाकार र कलाकार संघलाई माया गर्नु भै उपस्थित हुनुहुने सम्पुर्ण गित संगितप्रेमि दाजुभाई दिदिबाहिनि , शुभचिन्तक सबैमा हार्दिक धन्यवाद ब्यक्त गर्दछौं ।
आजको कार्यक्रममा हामिले तामाङ गितको एल्बम निकाल्नु भै तामाङ गित संगितमा योगदान गर्नु हुने अग्रज स्रष्टा एवं तामाङ गितका अभियान्त ज्युहरु :
बरिष्ठ अग्रज गायक तथा संगितकार तिर्थ मोक्तान , अग्रज गायक तथा संगितकार कृष्णा बहादुर तामाङ , अग्रज म्हेन्दोमाया गायक तथा संगितकार सागर यस वाईबा लाई संस्थागत सम्मान गर्यौं ।
यसपालिको योगिता मोक्तान प्रतिभा पुरस्कार गायिका सुमिना लो लाई प्रदान गर्यौं ।
सम्पुर्ण स्रष्टाहरुप्रति हार्दिक सम्मान तथा शुभकामना ब्यक्त गर्दछौं ।
हाम्रो उदेश्य तामाङ भाषा , संस्कार संस्कृति ,तामाङ सेलो गित संगितका साथै तामाङ स्रष्टाहरुको सम्मान अनि नव कलाकारहरुलाई प्रोत्साहन गर्नु हो । हामि हाम्रो अभियानमा सदा लागिपरेका छौं ।
हाम्रो अभियानलाई सदैव साथदिनु हुने सबैमा धन्यवाद एवं सदा साथ र समर्थनको अपेक्षा राख्दछौं ।
थुजेछे ।
- नेपाल तामाङ कलाकार संघ