Joint Ambulance Drivers Association Nepal

Joint Ambulance Drivers Association Nepal Joint Ambulance Drivers Associatuon (Trade union S.) is the biggest non-profitable social organization of Nepal. It is certified by (Labour ministry) govt.

It is only one organization for all Ambulance Drivers in the nation. of Nepal dated on 11/10/2074. Ambulance sanchalan majdoor bhalaikosh company.

11/09/2026

अत्यन्तै जरुरी सुचना!
२०८३/५/२६
-----------------------------
श्री अध्यक्ष ज्यु
सबै जिल्ला शाखाहरु,

विषय : नविकरणको बारेमा ।
उपरोक्त विषयमा आ.ब. २०८३/०८४ का लागि सबै जिल्लाहरु जसले सदस्यता नविकरण गर्नु भएको छैन वहाँहरुले यहि २०८३ असोज मशान्त सम्ममा आ-आफ्नो जिल्ला नविकरण कार्य सम्पन्न गर्नु हुन अनुरोध गरिएको छ । उक्त समय सिमा भित्र नवीकरण नगर्ने जिल्ला शाखाहरु स्वतह खारेज हुने ब्यबस्था भएकोले समय मै नवीकरण गर्नु हुन समेत जानकारी गराइन्छ । साथै नवीकरणका लागी पटक पटक ताकेता गर्ने कार्य नगर्ने निर्णय भएको हुदा आफ्नो जिल्ला नवीकरण गर्ने जस्तो जिम्मेवारी पुर्ण कार्य समयमै पूरा गर्नु हुन समेत सचेत गराइन्छ । साथै जिल्ला शाखा खारेज भएमा संबंधित जिल्ला कार्य समिति नै जिम्मेवार हुने छ ।
मुक्ति काफ्ले
महासचिव

11/09/2026

सुचना !
हिजो मिति २०८३/५/२५ गतेका दिन आयोजना गरिएको भर्चुअल बैठकमा सहभागी सबै सचिवालय सदस्य ज्युहरुलाइ धन्यवाद । बिबिध विषयमा छलफल र राम्रो निर्णय भएका छन जसले संस्थालाई पुनर्जीवन र पुनर्स्थापना गर्न निकै मद्दत गर्दछ भन्ने आसा राखिएको छ ।
हिजो ८ बजे बेलुका देखि शुरु गरिएको भर्चुअल बैठकमा सबै विषयहरु नसकिएको हुदा आज मिति २०८३/५/२६ गते बेलुका ९ बजे पुनः भर्चुअल बैठक बस्ने भएकोले सचिवालय सदस्यहरु सबै अनिवार्य सहभागी हुनु हुन यो सुचना जारी गरिएको छ । यस सुचनालाइ सबैले एक आपसमा सेयर गर्नु हुन समेत अनुरोध छ ।
महासचिव

30/08/2026

भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार तथा मानवीय सेवामा अहोरात्र खटिनुभएका सम्पूर्ण एम्बुलेन्स चालकज्यूहरूलाई हार्दिक धन्यवाद तथा उच्च सम्मान व्यक्त गर्दछौँ।
यस विपद्को कठिन परिस्थितिमा आफ्नो ज्यानको समेत प्रवाह नगरी घाइते तथा प्रभावित नागरिकहरूको उद्धारमा पुर्‍याउनुभएको योगदान अत्यन्तै प्रशंसनीय र प्रेरणादायी छ।
मानवीय सेवामा समर्पित सम्पूर्ण एम्बुलेन्स चालकज्यूहरूलाई हार्दिक आभार।

महासचिव
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल

सुचना!!!निशुल्क सब बहान सेवा :
27/08/2026

सुचना!!!
निशुल्क सब बहान सेवा :

बिज्ञप्ति:
27/08/2026

बिज्ञप्ति:

26/08/2026

२०८३-०५-१०
आज मिति २०८३/५/१० गतेका दिन बिहान भोटेकोशी नदीमा आएको बाढीले रसुवा जिल्ला र तल्लो तटीय क्षेत्रमा गरेको जीवनको क्षति र विध्वंसबाट हामी अत्यन्त मर्माहत भएका छौँ ।
हामी मृतकका परिवार तथा प्रियजनहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल

कार्यक्रम सम्पन्न !!!आज मिति २०८३/०४/३० गतेका दिन संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन संघ) जिल्ला शाखा दाङक...
15/08/2026

कार्यक्रम सम्पन्न !!!
आज मिति २०८३/०४/३० गतेका दिन संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन संघ) जिल्ला शाखा दाङको वार्षिक साधारण सभा तथा छैठौं जिल्ला अधिवेशन आज दाङको तुलसीपुरमा सम्पन्न भएको छ।
सम्पन्न छैठौं जिल्ला अधिवेशनले भोजराज भट्टराईको अध्यक्षतामा ११ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ। जसको वरिष्ठ उपाध्यक्षमा सुभाष चौधरी उपाध्यक्षमा लोकराज महतरा सचिवमा ऋषिराज पौडेल, कोषाध्यक्षमा निराजन चौधरी त्यसैगरी सदस्यहरूमा बुद्धि नेपाली बिन्तीराम चौधरी। लक्ष्मण चौधरी सर्वन चौधरी विक्रम गुप्ता र राजु चौधरी चयन हुनुभएको छ ।
साथै संघको सचिवालय र केन्द्रिय सदस्यहरुको संयुक्त बैठक समेत सोही स्थानमा बसि वार्सिक कार्य योजना (आ.ब. २०८३/०८४) सर्बसम्मत रुपमा पारित भएको छ जुन आजकै मिति देखि कार्यान्वयनको दिशामा अगाडि बढ्ने छ ।
उपस्थित सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछु ।
महासचिव

09/08/2026

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ)
केन्द्रीय कार्यालय / केन्द्रीय सचिवालय

अत्यन्त जरुरी सूचना !!!

यस संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ) को सचिवालय तथा केन्द्रीय समितिको महत्वपूर्ण बैठक निम्न मिति, समय र स्थानमा आयोजना हुन गइरहेकाले संघका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, सचिवालय सदस्य तथा सम्बन्धित सम्पूर्ण पदाधिकारी एवं सदस्यज्यूहरूलाई अनिवार्य उपस्थितिका लागि यो सूचना प्रकाशित गरिएको छ।

बैठकसम्बन्धी विवरण:
मिति: २०८३ साल साउन ३० गते (२०८३/०४/३०) शनिबार
स्थान: तुलसीपुर, दाङ
समय: बिहान 11 बजे

सहभागी: केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा सचिवालय सदस्यहरू (अनिवार्य उपस्थिति)

छलफलका मुख्य कार्यसूचीहरू (Agenda):
१. संघको सांगठनिक स्थिति तथा सुदृढीकरण सम्बन्धी।
२. सदस्यता वितरण तथा नवीकरण सम्बन्धी।
३. एम्बुलेन्स चालकहरूको हक, हित, सुरक्षा तथा अधिकारका विषयमा।
४. आगामी कार्ययोजना तथा भावी रणनीति तय गर्ने सम्बन्धमा।
५. अध्यक्षको अनुमतिले प्रस्तुत हुने विविध विषयहरू।

अतः तोकिएको मिति र स्थानमा समयमै अनिवार्य उपस्थित भई बैठकलाई सफल र फलदायी बनाउनुहुन हार्दिक अनुरोध गर्दछौं।

(मुक्ती काफ्ले)
महासचिव
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल (ट्रेड युनियन संघ)

05/08/2026

हाम्रो मुख्य अबधारणा :
१) एम्बुलेन्स चालकहरूको पेशागत हक, अधिकार र मर्यादाको संरक्षण।
२) उचित तलब, सेवा–सुविधा, बीमा, सञ्चय कोष तथा सामाजिक सुरक्षाको सुनिश्चितता।
३) चालकहरूको सीप विकास, तालिम र क्षमता अभिवृद्धि।
४) दुर्घटना वा कार्यका क्रममा हुने जोखिममा कानुनी तथा मानवीय सहयोग।
५) स्वास्थ्य संस्था, सरकार र सम्बन्धित निकायसँग समन्वय गरी प्रभावकारी एम्बुलेन्स सेवा विकास।
६) एम्बुलेन्स सेवामा अनुशासन, नैतिकता, पारदर्शिता र सेवाभावको प्रवर्द्धन।
७) एम्बुलेन्स चालकहरूको एकता, संगठन र सामूहिक आवाजलाई सशक्त बनाउने।
हाम्रो संघको मुख्य अवधारणा भन्दा बाहिर कोहि पनि जानू हुदैन र यसैबीच रहेर संघले बार्सिक कार्य योजना २०८३/०८४ तैयार गरेको छ ।
मुक्ति काफ्ले
महासचिव ।

04/08/2026

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल : जिम्मेवार, मर्यादित र अधिकारमुखी ट्रेड युनियन :

संयुक्त एम्बुलेन्स चालक संघ नेपाल एम्बुलेन्स चालकहरूको मात्र होइन, एम्बुलेन्स सेवासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध सम्पूर्ण श्रमिकहरूको साझा ट्रेड युनियन संस्था हो। यस संस्थामा एम्बुलेन्स चालकहरू, अस्पताल कर्मचारीहरू, पेरामेडिक्स तथा एम्बुलेन्स सेवासँग सम्बन्धित अन्य श्रमिकहरू सदस्य बन्न सक्ने व्यवस्था रहेको छ। हाम्रो उद्देश्य कुनै व्यक्ति वा संस्थाको विरोध गर्नु होइन, बरु स्वास्थ्य सेवालाई अझ मर्यादित, व्यवस्थित, सुरक्षित र जनउत्तरदायी बनाउनु हो।
एम्बुलेन्स सेवा स्वास्थ्य प्रणालीको अत्यन्त संवेदनशील अंग हो। बिरामीको जीवन र समयसँग प्रत्यक्ष जोडिएको यस सेवामा कार्यरत जनशक्तिको पेशागत सम्मान, सुरक्षा, हक–अधिकार र क्षमता अभिवृद्धि सुनिश्चित हुनु आवश्यक छ। यही विश्वासका साथ संयुक्त एम्बुलेन्स चालक संघ नेपाल स्थापना भएको हो।
हाम्रो संगठनको मूल सिद्धान्त स्पष्ट छ। राज्यले ल्याएका सकारात्मक नीति, कानुन र सुधारका कार्यक्रमहरूको हामी सधैँ स्वागत र समर्थन गर्छौं। तर श्रमिकको हक–अधिकार, पेशागत मर्यादा वा जनहितविपरीत जाने कुनै पनि निर्णय, नीति वा अभ्यासप्रति हामी लोकतान्त्रिक र रचनात्मक ढंगले असहमति जनाउँछौं। हाम्रो भूमिका सधैँ संवाद, सहकार्य र समाधानको पुल बन्ने हो, द्वन्द्व सिर्जना गर्ने होइन।
हामीले कुनै पनि व्यक्तिलाई अन्धो समर्थन गर्ने नीति लिएका छैनौँ र ब्यक्तिगत फाइदाका लागि कुनै गतिविधि गर्दैनौ र गर्न पनि दिदैनौ । यदि हाम्रो आफ्नै संगठनका कुनै सदस्य, एम्बुलेन्स चालक वा अन्य कुनै सरोकारवाला गलत कार्यमा संलग्न भएको पाइन्छ भने त्यसको हामी स्पष्ट रूपमा विरोध गर्छौँ। गलतलाई संरक्षण गर्नु ट्रेड युनियनको धर्म होइन। अनुशासन, पारदर्शिता, इमानदारी र सेवाभाव हाम्रो संगठनका मूल आधार हुन्। त्यसैले सहीलाई साथ दिने र गलतलाई सच्याउने संस्कृतिको विकासमा हामी प्रतिबद्ध छौँ।
हाम्रो विश्वास छ कि स्वस्थ श्रम सम्बन्ध, जिम्मेवार सेवा प्रवाह र राज्यसँगको सहकार्यबाट मात्रै गुणस्तरीय एम्बुलेन्स सेवा सम्भव हुन्छ। त्यसैले हामी सरकार, स्वास्थ्य संस्था, स्थानीय तह, अस्पताल, एम्बुलेन्स सञ्चालक र सम्पूर्ण स्वास्थ्यकर्मीहरूसँग हातेमालो गर्दै नागरिकले सहज, सुरक्षित र विश्वसनीय एम्बुलेन्स सेवा पाउने वातावरण निर्माण गर्न निरन्तर लागिपरेका छौँ।
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल कुनै स्वार्थ समूह होइन, यो पेशागत सम्मान, सामाजिक उत्तरदायित्व र जनसेवाको भावनाले प्रेरित संस्था हो। हामी अधिकारसँगै कर्तव्यलाई पनि उत्तिकै महत्व दिन्छौँ। श्रमिकको आवाजलाई सम्बन्धित निकायसम्म पुर्‍याउने, आवश्यक सुधारका लागि पहल गर्ने र स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धिमा योगदान गर्ने हाम्रो निरन्तर प्रतिबद्धता रहनेछ।
अन्त्यमा, सम्पूर्ण एम्बुलेन्स चालक, अस्पताल कर्मचारी, पेरामेडिक्स तथा स्वास्थ्य क्षेत्रका श्रमिकहरूलाई यस साझा अभियानमा एकताबद्ध हुन हार्दिक आह्वान गर्दछु। हामी सबै मिलेर मर्यादित, व्यवस्थित, पारदर्शी र जनविश्वासयुक्त एम्बुलेन्स सेवा निर्माण गर्न सक्षम हुनेछौँ भन्ने विश्वास व्यक्त गर्दछु। साथै आउदा दिनहरु अझ जटिल हुँदै जाने भएकोले सबैको साथ राय र सल्लाहमा यसलाई उचाइमा पुर्याउदै संघका उद्देश्य पूरा गर्न कटिबद्ध रहेको समेत स्पष्ट पार्न चाहन्छु ।
मुक्ति काफ्ले
महासचिव

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when Joint Ambulance Drivers Association Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Joint Ambulance Drivers Association Nepal:

Shortcuts

Share