22/06/2026
इन्जिनियरिङ तथा भूगर्भ अध्ययन मञ्च/ Engineering & Geology Circle, दाङ सोसाइटी
Dang Society अन्तर्गत इन्जिनियरिङ तथा भूगर्भ अध्ययन मञ्च (Engineering and Geology Circle) गठन गरिएको छ। यस मञ्चको उद्देश्य विभिन्न इन्जिनियरिङ विधा, वास्तुकला (Architecture) तथा भूगर्भशास्त्र (Geology) क्षेत्रका पेशाकर्मीहरूलाई एकै थलोमा आबद्ध गर्दै व्यावसायिक सहकार्य, ज्ञान आदानप्रदान, नवप्रवर्तन तथा दाङ लगायत समग्र समाजको दिगो विकासमा योगदान पुर्याउनु हो।
यस मञ्चमा विभिन्न विधाका इन्जिनियर, आर्किटेक्ट तथा भूगर्भविद्हरू सामान्य सदस्यका रूपमा आबद्ध रहनेछन्।
मञ्चको संयोजन समिति निम्नानुसार रहेको छः
ई. अनिता पन्थी – संयोजक (रासायनिक इन्जिनियर/Chemical Engineer , Current, Nepal Oil Corporation)
ई. आयुष सुवेदी– सदस्य (यातायात/ट्रान्सपोर्टेशन इन्जिनियर/ Transportation Engineer,Freelancer )
श्री अभिषेक देवकोटा – सदस्य (सांख्यिकीविद्/ Statistician, Freelancer )
इन्जिनियरिङ तथा भूगर्भ अध्ययन मञ्चले विभिन्न प्राविधिक क्षेत्रका विज्ञहरूबीच अनुभव र विशेषज्ञता आदानप्रदान गर्ने, प्राविधिक पहलहरू सञ्चालन गर्ने तथा अनुसन्धान, नवप्रवर्तन र सामुदायिक सहभागितामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने लक्ष्य लिएको छ।