आभा For Creativity

आभा For Creativity Group for creative people!! you can forward your poetry. at [email protected]

हार्दिक आभार । #आभाकाव्यलहर
15/04/2025

हार्दिक आभार ।
#आभाकाव्यलहर

सृजनात्मकता र कलाको प्रवाहलाई आत्मीय ढङ्गले उजागर गर्ने उद्देश्यसहित ‘आभा For Creativity’ द्वारा आयोजित ‘आभा काव्य लहर–८’ कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। साहित्य, सङ्गीत र रङ्गमञ्चीय प्रस्तुतीकरणको समिश्रण रहेको यस साँझले दर्शक, स्रोता र सहभागीहरूलाई एकसाथ सृजनात्मक यात्रामा सहभागी गरायो।
#शास्त्रीय_सुरबाट_शुरु_भएको ‘आभा साँझ’
कार्यक्रमको आरम्भ अच्युतरमण भण्डारी सङ्गीत प्रतिष्ठानका कलाकारहरूको शास्त्रीय सङ्गीत प्रस्तुतीबाट भयो, जसलाई ‘आभा सांगीतिक लहर’ नाम दिइएको थियो। नेपाली धर्म, संस्कृति र परम्परागत संगीतको जगेर्नाको उद्देश्यका साथ स्थापित- प्रतिष्ठानका संस्थापक पं. अच्युतराम भण्डारीले तबला, परशुराम भण्डारीले सारंगी, र सीता भण्डारीले तानपुरा वादन गर्दै आधा घण्टा लामो मनमोहक प्रस्तुती दिए, जसले दर्शकलाई भावनात्मक र सांगीतिक ध्यानमा डुबायो। यसले वातावरणलाई शान्त, ध्यानपूर्ण र सृजनामय बनायो।

#आत्मीयता_र_सिर्जनाको_साझा_थलो
कार्यक्रम सञ्चालिका अंशु खनालले साहित्य, संगीत र कलालाई जीवनका गहिरा अनुभूतिहरूको अभिव्यक्ति बताउँदै यो साँझ साहित्यिक औपचारिकता नभई आत्मीयता र सिर्जनाको साझा थलो भएको उल्लेख गरिन्। “आजको कार्यक्रम कुनै औपचारिकता होइन, यो एक आत्मीय जमघट हो- जहाँ स्रष्टाहरू, श्रोता, दर्शकहरू एउटै वृत्तमा छौँ”, उनले भनिन्।

#कविहरूका_गहिरा_अनुभूतिहरू
कार्यक्रमको दोस्रो खण्डमा, प्रमुख प्रस्तोता कवि तथा लेखकहरू प्रा.डा. अभि सुवेदी, कवि मञ्जुल र कवि एलिसा एकलासले क्रमशः २५–२५ मिनेटको समयावधिमा आफ्ना सशक्त कविता र त्यससँग जोडिएका जीवनका अनुभूतिहरू प्रस्तुत गरे। उनीहरूको कविताले केवल साहित्यिक सौन्दर्य मात्र होइन, संवेदनाको गहिराइ पनि उजागर गर्‍यो।
कवि-त्रयको कविताले प्रस्तुत गरेका जीवनका अनुभव, सामाजिक बिम्ब र मानव संवेदनाको गहिरो अभिव्यक्तिले कहिले दर्शकदीर्घालाई ताली पिटायो भने कहिले गहिरो ध्यानमा डुबायो।
जब प्रा.डा. अभि सुवेदीले भने- “ल्याऊ मञ्जुल, पानी ल्याऊ”
कार्यक्रमको एक विशेष क्षणमा कवि मञ्जुल र प्रा.डा. अभि सुवेदीबीचको मित्रताको एक सानो तर भावुक दृश्यले सम्पूर्ण माहोललाई हृदयस्पर्शी बनायो। कार्यक्रमको अन्त्यतिर कवि मञ्जुल कविता सुनाइरहँदा सुवेदीले मञ्चमा चढेर आत्मीयतापूर्वक पानीको बोतल थमाइदिए, जुन दृश्यले मित्रताको मौन कविता बोलेजस्तै अनुभूति गरायो।
मञ्जुलले पानी पिइसकेर भने, “अभिले दिएको पानी खाएँ मैले, तपाइँहरूले दिएको पानी खाएँ मैले, मलाई लाग्छ, अझ कविता भन्न बल भयो।”
यस क्षणले दर्शकदीर्घालाई भावुक मात्र होइन, प्रेरितसमेत बनायो। कार्यक्रमले सिर्जनशीलता, कविता र मित्रताको अनुपम संगम प्रस्तुत गर्दै दर्शकहरूमा गहिरो प्रभाव छोड्यो।
सहभागी विनोद देउवाले भने, “दुई दिग्गज, दुई कवि र जीवनभरका मित्रहरू—आजको ‘आभा काव्य लहर–८’ मा साझा गरिएको त्यो न्यानो क्षणले कला, आन्दोलन र मित्रताको अमर सम्बन्धलाई झल्कायो।”
कवि कपिल मौनले उक्त क्षणबारे सामाजिक सञ्जालमा लेखेका छन्, “मित्रताको यस्तो मिठो अभिव्यक्तिको साक्षी हुन पाउँदा सारा दर्शक–श्रोता ताली पिट्न थाले। मलाई आभा फर क्रिएटिभिटीको कार्यक्रम सफल भएको अनुभूति भयो।”
त्यसैगरी, कवि विपना अधिकारीले यस घटनाले आफूलाई आगामी काव्यिक यात्रामा थप प्रेरणा मिलेको बताएकी छन्। कवि विजय लुइटेलले भनेका छन्, “दुई दिग्गजको त्यो मित्रताको साक्षी हुन पाएँ, भाग्यमानी ठान्दछु।”

#कविता_र_परफर्मेन्स_आर्टको_संयोजन
अतिथि तीन कविका एक-एक कविताहरूलाई अझ प्रभावशाली बनाउँदै सुरज पराजुली, भूमिका थारु र कबिर काफ्काले ती कवितामाथि Performance Art प्रस्तुत गरे। ती दृश्यात्मक प्रस्तुतिहरूले कविताभित्र लुकेको भावना, आन्दोलन र अनुभूतिलाई दृश्यमार्फत उजागर गरिदिए, जसले श्रोता-दर्शकलाई भावनात्मक रुपमा गहिरोसँग छुने काम गर्‍यो।

#स्रष्टा_सम्मान_र_साझेदारीमा_देखिएको_नवीनता_र_संवेदनशीलता
आभा काव्य लहर–८’ मा अतिथि कवि, संगीतकार र कलाकारहरूको सम्मानमा देखिएको रचनात्मकता अन्य कार्यक्रमभन्दा पृथक रह्यो। माला, आकर्षक प्रमाणपत्र, हस्तनिर्मित झोला, चित्रकलाका पोर्ट्रेट, गुलाफका फूलहरूसहित सम्मान गरिँदा आत्मीयता र सिर्जनशीलताको सुन्दर समागम देखिन्थ्यो।
कविहरूलाई कविता वाचनको प्रारम्भमै सम्मान गरिएको थियो, र प्रत्येक कविले कविता सुनाउँदै गर्दा उनको पोट्रेट सँगैको इजेलमा राखिएको थियो, जसले प्रस्तुतिलाई अझ भावनात्मक र अर्थपूर्ण बनाएको थियो। कलात्मक साझेदारहरू Bimba Arts, Yarn Heaven, Rashik Arts र Dharko Arts को यस कला प्रदर्शनीमार्फत थप सजीव र कलामय बनाएका थिए। यसैगरी, Yarn Heaven द्वारा प्रदान गरिएका हातेनिर्मित सिर्जना (गुलाफको फूल) ले आत्मीयता थपेको थियो।
कार्यक्रमलाई प्लास्टिकमुक्त बनाउने जमर्कोस्वरूप, प्लास्टिकमुक्त, वातावरणमैत्री जीवनशैलीको लागि प्रेरणादायी कार्य गरिरहेको ‘इको साथी नेपाल’ले बाँसका बोतलहरू उपलब्ध गराउँदै वातावरणमैत्री सन्देश प्रवाह गर्‍यो। साथै, कार्यक्रमको अर्को वातावरणीय साझेदार ‘बिघ्नहर्ता नेपाल’ले चेपाङ समुदायबाट निर्मित अम्रिसो र बाबियोका डायरीहरू अतिथि कवि, संगीतकार र कलाकारहरूलाई प्रदान गरेर ग्रामीण सशक्तीकरणसँग साहित्यको सेतु बाँध्यो।
खाद्य साझेदारको रूपमा 'काँईला मिठे फापर' अर्थात् ‘काँईला दाइको सातु घर’ कार्यक्रममा सहभागी भएको थियो। काँईला मिठे फापर प्रस्तुत गरेको परम्परागत स्वाद, पौष्टिकता र शुद्धताले कार्यक्रमलाई थप मिठास प्रदान गरेको थियो।
यस्तै, सामुदायिक साझेदारको रूपमा Sathi Circle र डिजिटल साझेदारका रूपमा Sathi Solutions आबद्ध थिए। डिजिटल प्रविधिको सशक्त प्रयोगले कार्यक्रमलाई व्यवस्थित, प्रवाहमूलक र समकालीन बनाएको थियो।
मिडिया साझेदारका रूपमा टुरशाला, साहित्यपोस्ट र द म्यासेज आबद्ध थिए। साथै, शैक्षिक साझेदारको रूपमा Star International Educational Consultancy Pvt. Ltd. (SIEC) कार्यक्रमसँग आबद्ध थियो ।
यसैगरी, आतिथ्य साझेदारको रूपमा Hospitality Sales and Marketing Association Nepal (HSMAN) को उल्लेखनीय सहभागिता रहेको थियो। होटल तथा रिसोर्ट क्षेत्रमा क्रियाशील सेल्स र मार्केटिङ पेशाकर्मीहरूको यस सञ्जालले कार्यक्रम व्यवस्थापन र पाहुना सत्कारको पक्षलाई व्यावसायिक र व्यवस्थित बनाएका थिए।
कार्यक्रमको अध्यक्षता रसिक राजले गरेका थिए भने संयोजन राजु झल्लु प्रसादले गरेका थिए।
समापन मन्तव्यका क्रममा अध्यक्ष रसिक राजले ‘आभा काव्य लहर’को निरन्तरताप्रति धेरै शुभेच्छुक, साथीहरू तथा सहयोगीहरूले चासो राख्दै “आभाको कार्यक्रम कहिले हुन्छ?” भनी पटक–पटक सोधिरहेकाले ‘आभा काव्य लहर – ८’ को पुनरागमन भएको बताए।
“यो केवल कार्यक्रमको पुनरागमन मात्र होइन, त्यो प्रश्नको उत्तर पनि हो,” उनले भने।
उनले स्मरण गरे, “२०७५ असार ३० मा पहिलो संस्करण सुरु गरेका थियौं, र २०७६ माघ २५ मा सातौं संस्करण सम्पन्न भएको थियो। लामो अन्तरालपछि आज फेरि आठौं संस्करण लिएर उपस्थित भएका छौँ।” उनले थपे, “यस शृंखलालाई निरन्तरता दिन तपाईंहरूको माया, विश्वास र साथ आभाले सधैँ खोजिरहनेछ।”

कार्यक्रम संयोजक राजु झल्लु प्रसादले साहित्य, सङ्गीत र भावभंगी कलाको समागम प्रस्तुत गर्ने प्रयासस्वरुप, पुराना र नयाँ पुस्ताबीच सेतु निर्माणका साथै विविध कलाका स्वरूपहरूलाई एउटै मञ्चमा ल्याएको बताए।
“आभाले आफ्नो विशेष कार्यक्रमको हरेक ३/३ महिना नियमित रूपमा गर्दै आइरहेको ‘आभा काव्य लहर’को आठौँ शृंखलामा थप सृजनशील भएर हामी पुन: फर्किएका छौं”, उनले अगाडि भने, “यस शृंखलालाई हामी साहित्य, सङ्गीत र भावभंगी कलाको समागम प्रस्तुत गर्ने प्रयासस्वरुप, पुराना र नयाँ पुस्ताबीच सेतु निर्माणका साथै विविध कलाका स्वरूपहरूलाई एउटै मञ्चमा ल्याउने जमर्को गर्दै जानेछौं।”
प्रसादले ‘पठन संस्कृतिको विकास, सिर्जनशीलताको अभ्यास’ भन्ने मूल उद्देश्यका साथ स्थापना भएको ‘आभा For Creativity’ शुरुदेखि नै साहित्य, कला र परफर्मेन्स आर्टको प्रवर्द्धनमा सक्रिय रहँदै आएको बताए। उनका अनुसार, मासिक रूपमा सञ्चालन हुँदै आएको ‘आभा सिर्जना प्रवाह’ अन्तर्गत २७ वटा श्रृंखलाहरू सम्पन्न भइसकेका छन्, र अब यसलाई पुनः निरन्तरता दिइनेछ। यस शृंखलाले समकालीन सिर्जनालाई स्थायी मञ्च प्रदान गर्दै आएको छ। साथै, पुस्तकालय स्थापना, राहत वितरण, सामाजिक चेतनामूलक गतिविधि, ओपन माइक, परफर्मेन्स आर्ट, कला–प्रशिक्षण तथा विद्यालयस्तरीय सिर्जनात्मक अभ्यासहरूलाई पनि आगामी दिनमा निरन्तरताका साथ अघि बढाइने उनले स्पष्ट पारे।
प्रसादले सबै सहभागी साझेदार, स्रष्टा, अतिथि कवि, संगीतकार, कलाकार, र स्वयंसेवक र दर्शकप्रति गहिरो आभार प्रकट गर्दै आगामी संस्करण 'आभा काव्य लहर–९' गजल विशेष हुने र त्यस शृंखलामा अझ सशक्त, सृजनशील र सामूहिक सहभागिता हुने विश्वास व्यक्त गरे।

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न
13/04/2025

साहित्य, संगीत र कलाको संगम ‘आभा काव्य लहर–८’ भव्यताका साथ सम्पन्न

सृजनात्मकता र कलाको प्रवाहलाई आत्मीय ढंगले उजागर गर्ने उद्देश्यसहित ‘आभा For Creativity’ द्वारा आयोजित

आभा काव्य लहर-८सृजनात्मकता र कला प्रवाहको उत्सवका रूपमा आभा For Creativity द्वारा आयोजित ‘आभा काव्य लहर–८’ सम्पन्न भएको ...
13/04/2025

आभा काव्य लहर-८

सृजनात्मकता र कला प्रवाहको उत्सवका रूपमा आभा For Creativity द्वारा आयोजित ‘आभा काव्य लहर–८’ सम्पन्न भएको छ।

कार्यक्रमको सुरुवात अच्युतराम भण्डारी संगीत प्रतिष्ठान(Achyutram Bhandari Sangit Pratishthan) का कलाकारहरूले प्रस्तुत गर्नुभएको शास्त्रीय संगीतबाट भएको थियो।

त्यसपश्चात प्रा.डा. अभि सुवेदी, Alisha Eklass र मञ्जुलले क्रमशः २५/२५ मिनेटको समयावधिमा आफ्ना कविता साथसाथै त्यससँग जोडिएका रोचक अनुभवहरू प्रस्तुत गर्नुभएको थियो।

ती कविताहरूलाई थप दृश्यात्मक र प्रभावशाली बनाउँदै, हरेक कविको एउटा–एउटा कविता माथि कलाकार–त्रय Suraj Parajuli Bhumika Tharu र कबिर काफ्काले भावभंगी कला (Performance Art) प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रम सञ्चालन अन्शु खनाल ले गर्नुभएको थियो।

कार्यक्रम आभा For Creativityका अध्यक्ष रसिक राज को अध्यक्षता तथा Rajendra Bhatta को संयोजकत्वमा सम्पन्न भएको थियो।

यस सृजनात्मक यात्रामा साथ दिई सहयोग पुर्‍याउनु हुने सम्पूर्ण सहयोगी, शुभेच्छुक, हितैषी, मित्र, तथा साहित्य–संगीत–कलाका पारखीहरूप्रति आभा For Creativity परिवार गहिरो कृतज्ञता प्रकट गर्दछ।

हामी तपाईंहरूसँग मिलेर अझ गहिरो सृजनात्मक यात्राको बाटो तय गर्ने प्रयास निरन्तररुपमा गर्नेछौँ।

धन्यवाद!

आभा काव्य लहर-९ को प्रतीक्षामा रहनुहोला !!

------------------------------------------------------------------------

Aabha Kavya Lahar–8: A Mesmerizing Confluence of Literature, Music & Performing Arts

Aabha Kavya Lahar–8, a celebration of creativity and expression, was grandly concluded under the organization of Aabha For Creativity.

The event opened with a soul-stirring classical music performance by artists from Achyutaraman Bhandari Sangeet Pratisthan, setting a serene and artistic ambiance.

Following this, the three distinguished poets — Prof. Dr. Abhi Subedi, Manjul, and Elisa Aklas — each shared their poetic creations within a 25-minute segment, intertwining their words with personal stories and reflections.

Bringing the poetry to life, theatre artists Suraj Parajuli, Kabir Kafka, and Bhumika Tharu presented expressive performance art interpretations, adding a rich visual and emotional layer to the poetic recitations.

The event was skillfully hosted by Anshu Khanal, conducted under the presidency of Rasik Raj and coordinated by Raju Jhallu Prasad.

The Aabha For Creativity family extends heartfelt gratitude to all our supporters, well-wishers, friends, and lovers of literature, music, and art who helped make this event a beautiful success.

Thank you!
Together, we walk the path of creativity and expression.

Stay tuned for Aabha Kavya Lahar–9!

#आभाकाव्यलहर #

अब केही समयमा सुरु हुन्छ। समयमै पुग्नोस् हैठिक ३ बजे सुरु हुनेछ।हार्दिक निमन्त्रणा ।आभा काव्य लहर–८ साथमा सांगीतिक लहर त...
12/04/2025

अब केही समयमा सुरु हुन्छ। समयमै पुग्नोस् है
ठिक ३ बजे सुरु हुनेछ।

हार्दिक निमन्त्रणा ।
आभा काव्य लहर–८
साथमा सांगीतिक लहर तथा भावभङ्गी कलाको प्रस्तुति

📅 २०८१ चैत्र ३० गते, शनिबार
🕒 दिउँसो ठिक ०३ बजे
📍 मण्डला थिएटर, थापागाउँ

टिकट : रू २००/५००
सम्पर्क : 986-1898990, 9849321873
नोट: कार्यक्रम निर्धारित समयमा सुरु हुनेछ ।

🎨 आभा काव्य लहर–८ मा हाम्रो कला साझेदार (Art Partner): RashikArtsहामी घोषणा गर्दछौं कि RashikArts - आभा काव्य लहर–८ को क...
11/04/2025

🎨 आभा काव्य लहर–८ मा हाम्रो कला साझेदार (Art Partner):
RashikArts

हामी घोषणा गर्दछौं कि RashikArts - आभा काव्य लहर–८ को कलात्मक साझेदार (Art Partner) को रूपमा हामीसँग आबद्ध भएको छ।

RashikArts द्वारा प्रस्तुत सिर्जनात्मक सहयोगले हाम्रो कार्यक्रममा रंग, रचनात्मकता, र जीवन्तता थपेको छ। यस सहकार्यले साहित्य, संगीत, र कला बीचको सेतु निर्माण गर्दै कला-साहित्यिक अभिव्यक्तिलाई थप सुदृढ बनाएको छ।

हामी सम्पूर्ण आभा For Creativity परिवारका तर्फबाट को निरन्तर सिर्जनात्मक यात्रा र कलाको माध्यमबाट सामाजिक सन्देश प्रवाह गर्ने प्रयासका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Facebook: https://www.facebook.com/rashikarts
------------------------------------------------------------------

🎨 Our Art Partner for Abha Kavya Lahar–8: RashikArts

We are delighted to announce that RashikArts — "A creative identity filled with cultural devotion and the beauty of artistic expression" — has joined us as the Art Partner for Abha Kavya Lahar–8.

The creative collaboration presented by RashikArts has added color, creativity, and vibrancy to our program. This partnership has strengthened the bridge between literature, music, and art, further enriching cultural expression.

On behalf of the entire Abha For Creativity family, we extend our heartfelt wishes to RashikArts for their continuous creative journey and efforts to convey social messages through art.

Facebook: https://www.facebook.com/rashikarts

#आभाकाव्यलहर

📚 आभा काव्य लहर–८ मा हाम्रो मिडिया साझेदार (Media Partner): शब्द मिडिया प्रा.लि (साहित्यपोस्ट । SahityaPost)हामी हर्षका ...
11/04/2025

📚 आभा काव्य लहर–८ मा हाम्रो मिडिया साझेदार (Media Partner):
शब्द मिडिया प्रा.लि (साहित्यपोस्ट । SahityaPost)

हामी हर्षका साथ घोषणा गर्दछौं कि शब्द मिडिया प्रा.लि (SahityaPost लेखक समूह) — विश्वभरिका नेपालीभाषी कवि, लेखक र सृजनशील व्यक्तित्वहरूको साझा केन्द्रका रूपमा स्थापित पहिलो र एकमात्र ई-दैनिक साहित्यपोस्ट — आभा काव्य लहर–८ को मिडिया साझेदारको रूपमा हामीसँग आबद्ध भएको छ।

साहित्यपोस्टले नेपाली भाषाको साहित्यिक र सिर्जनात्मक क्षेत्रमा पुर्‍याउँदै आएको योगदान अत्यन्त प्रेरणादायी छ। यहाँको साहित्यिक सेवाभाव, सृजनशील प्रतिभाको पहिचान, कवि–लेखकको प्रवर्द्धन र बौद्धिक बहसको संस्कृति विकासमा देखाइएको प्रतिबद्धता सराहनीय छ।

हामी सम्पूर्ण आभा For Creativity परिवारका तर्फबाट Sahityapost लाई हार्दिक आभार प्रकट गर्दछौं।

Facebook: https://www.facebook.com/sahitya.post.33
Website: https://sahityapost.com/
Youtube: https://www.youtube.com/

-------------------------------------------------------------

📚 Our Media Partner for Abha Kavya Lahar–8:
Sahitya Post (Shabda Media Pvt. Ltd.)

We are excited to announce that साहित्यपोस्ट । SahityaPost (Shabda Media Pvt. Ltd.) — the first and only e-daily literary platform serving as a shared space for Nepali-speaking poets, writers, and creative individuals worldwide — has joined us as the Media Partner for Abha Kavya Lahar–8.

साहित्यपोस्ट । SahityaPost’s remarkable contribution to the Nepali language’s literary and creative fields has been truly inspiring. Their commitment to literary service, identifying creative talent, promoting poets and writers, and fostering a culture of intellectual debate is highly commendable.

On behalf of the entire Abha For Creativity family, we express our heartfelt gratitude to साहित्यपोस्ट । SahityaPost.

Facebook: https://www.facebook.com/sahitya.post.33
Website: https://sahityapost.com/
Youtube: https://www.youtube.com/

#आभाकाव्यलहर

📢 आभा काव्य लहर–८ मा हाम्रो मिडिया साझेदार (Media Partner): Da Messagesहामी हर्षका साथ घोषणा गर्दछौं कि Da Messages — सा...
11/04/2025

📢 आभा काव्य लहर–८ मा हाम्रो मिडिया साझेदार (Media Partner):
Da Messages

हामी हर्षका साथ घोषणा गर्दछौं कि Da Messages — साहित्य, समाज र समाचारको अनुपम संगमका रूपमा क्रियाशील समाचार संस्था — आभा काव्य लहर–८ को मिडिया साझेदारको रूपमा हामीसँग आबद्ध भएको छ।

Da Messages ले साहित्यिक चेतनाको विस्तार, सृजनशील अभिव्यक्तिहरूको प्रवर्द्धन, र सामाजिक विषयवस्तुको सशक्त प्रस्तुतीकरणमार्फत पुर्‍याएको योगदान अत्यन्तै सराहनीय छ।

हामी सम्पूर्ण आभा For Creativity परिवारका तर्फबाट Da Messages लाई हार्दिक आभार प्रकट गर्दछौँ।

Facebook: https://www.facebook.com/damessages22
Youtube: https://www.youtube.com/

---------------------------------------------------------------------

🎤 Our Media Partner for Abha Kavya Lahar–8: Da Messages

We are delighted to announce that Da Messages — an active platform merging literature, society, and journalism — has joined us as the Media Partner for Abha Kavya Lahar–8.

Da Messages has made a commendable contribution by expanding literary consciousness, promoting creative expressions, and presenting social issues with impact and sensitivity. Their consistent collaboration and support have played a vital role in elevating our campaign to new heights.

On behalf of the entire Abha For Creativity family, we express our heartfelt gratitude to Da Messages.

Facebook: https://www.facebook.com/damessages22
Youtube: https://www.youtube.com/

#आभाकाव्यलहर

🎤 आभा काव्य लहर–८ मा हाम्रो Media Partner: Tourshalaहामी घोषणा गर्दछौं कि टुरशाला मिडिया नेटवर्क प्रा.लि. (Tourshala.com...
11/04/2025

🎤 आभा काव्य लहर–८ मा हाम्रो Media Partner: Tourshala

हामी घोषणा गर्दछौं कि टुरशाला मिडिया नेटवर्क प्रा.लि. (Tourshala.com) Tourshala— आभा काव्य लहर–८ को मिडिया साझेदार (Media Partner) को रूपमा हामीसँग आबद्ध भएको छ।

नेपालको पर्यटन, वातावरण, इतिहास, पुरातत्व, कृषि, जलवायु परिवर्तन र साहित्य क्षेत्रमा टुरशालाको सक्रिय भूमिका अत्यन्त सराहनीय छ।
नेपालका ग्रामीण भेगका मुद्दा, जीवनशैली, विश्वास प्रणाली, कला, संस्कृति र लोकवाङ्मयको खोज, दस्तावेजीकरण र प्रचारप्रसारमार्फत टुरशालाले नेपाली मौलिकता संरक्षणमा उल्लेखनीय योगदान दिएको छ।

सामाजिक–सांस्कृतिक चेतना अभिवृद्धि र ग्रामीण आवाजको उजागरमा टुरशालाको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गर्दै, यहाँको सफल र समृद्ध भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

Facebook: https://www.facebook.com/tourshala
Youtube: https://www.youtube.com/
Website: https://tourshala.com/

-------------------------------------------------------------------

🎤 Our Media Partner for Abha Kavya Lahar–8: Tourshala

We are pleased to announce that Tourshala Media Network Pvt. Ltd. (Tourshala.com) has joined us as the Media Partner for Abha Kavya Lahar–8.

Tourshala’s remarkable contribution in the fields of tourism, environment, history, archaeology, agriculture, climate change, and literature in Nepal is highly commendable. Through its efforts in exploring, documenting, and promoting issues, lifestyles, belief systems, arts, culture, and folklore of Nepal’s rural regions, Tourshala has made a noteworthy contribution to preserving Nepali identity and originality.

Believing in Tourshala’s continuous involvement in raising social and cultural awareness and amplifying rural voices, we extend our best wishes for its successful and prosperous future.

Facebook: https://www.facebook.com/tourshala
Youtube: https://www.youtube.com/
Website: https://tourshala.com/

#आभाकाव्यलहर

🎨 आभा काव्य लहर–८ मा हाम्रो कला साझेदार (Art Partner):Bimba Artsहामी घोषणा गर्दछौं कि Bimba Arts  — आभा काव्य लहर–८ को क...
11/04/2025

🎨 आभा काव्य लहर–८ मा हाम्रो कला साझेदार (Art Partner):
Bimba Arts

हामी घोषणा गर्दछौं कि Bimba Arts — आभा काव्य लहर–८ को कला साझेदार (Art Partner) को रूपमा हामीसँग आबद्ध भएको छ।

Bimba Arts द्वारा प्रस्तुत सिर्जनात्मक सहकार्यले हाम्रो कार्यक्रममा रंग, रचनात्मकता, र जीवन्तता थपेको छ। यस सहकार्यले साहित्य, संगीत, र कला बीचको सेतु निर्माण गर्दै सांस्कृतिक अभिव्यक्तिलाई सुदृढ बनाएको छ।

हामी सम्पूर्ण आभा For Creativity परिवारका तर्फबाट Bimba Arts को निरन्तर सिर्जनात्मक यात्रा र कलाको माध्यमबाट सामाजिक सन्देश प्रवाह गर्ने प्रयासका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।

Facebook: https://www.facebook.com/bimbaartsnepal

-----------------------------------------------------------------

🎨 Our Art Partner at Abha Kavya Lahar–8:
Bimba Arts

We are delighted to announce that Bimba Arts has joined us as the Art Partner for Abha Kavya Lahar–8.

The creative collaboration presented by Bimba Arts has added vibrant colors, imagination, and energy to our event. This partnership has helped build a meaningful bridge between literature, music, and art, while strengthening the spirit of cultural expression.

On behalf of the entire Abha For Creativity family, we extend our heartfelt best wishes to Bimba Arts for their continued creative journey and their inspiring efforts to convey social messages through art.

Facebook: https://www.facebook.com/bimbaartsnepal

#आभाकाव्यलहर

🎨 आभा काव्य लहर–८ मा हाम्रो कला साझेदार (Art Partner):Yarn Heavenहामी  घोषणा गर्दछौं कि Yarn Heaven — “प्रेमपूर्वक हस्तन...
11/04/2025

🎨 आभा काव्य लहर–८ मा हाम्रो कला साझेदार (Art Partner):
Yarn Heaven

हामी घोषणा गर्दछौं कि Yarn Heaven — “प्रेमपूर्वक हस्तनिर्मित सिर्जनाहरू” प्रस्तुत गर्ने एक सिर्जनात्मक पहिचान — आभा काव्य लहर–८ को कलात्मक साझेदार (Art Partner) को रूपमा हामीसँग आबद्ध भएको छ।

Yarn Heaven को हाते सीप र सिर्जनात्मक अभियानले यस कार्यक्रमलाई थप रंगीन, आत्मीय र सौन्दर्यपरक बनाउँदै साहित्यिक भावनासँग कलालाई पनि समाहित गरिदिएको छ।

आभा For Creativity परिवार यस अर्थपूर्ण सहकार्यप्रति Yarn Heaven लाई हार्दिक आभार व्यक्त गर्दछ।

Instagram: https://www.instagram.com/yarnheaven_27_/

-----------------------------------------------------------------

🎨 Our Art Partner at Abha Kavya Lahar–8:
Yarn Heaven

We are delighted to announce that Yarn Heaven — a creative identity known for presenting “lovingly handmade creations” — has joined Abha Kavya Lahar–8 as our Art Partner.

Yarn Heaven’s handcrafted artistry and creative initiative have added warmth, vibrance, and elegance to the event, beautifully blending the essence of literature with the spirit of art.

The Abha For Creativity family extends heartfelt gratitude to Yarn Heaven for this meaningful collaboration.

Instagram: https://www.instagram.com/yarnheaven_27_/

#आभाकाव्यलहर

Address

Kathmandu

Telephone

+9779849321873

Website

Alerts

Be the first to know and let us send you an email when आभा For Creativity posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to आभा For Creativity:

Share

Our Story

तपाइहरूको लेख-रचना एवं सल्लाह, सुझाव र प्रतिक्रियाको हामी सदैव स्वागत गर्नेछौं ।[email protected]

#Stay_Safe #Stary_Home