PharmacY Association of Nepal - PhAN

PharmacY Association of Nepal - PhAN Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from PharmacY Association of Nepal - PhAN, Dhumbarahi, Kathmandu.

27/04/2026

नेपालको चुनौती पेटेन्ट स्वीकार्ने कि अस्वीकार गर्ने भन्ने होइन। वास्तविक चुनौती भनेको वास्तविक नवप्रवर्तनलाई ....

नयाँ वर्ष २०८३ को शुभ उपलक्ष्यमा नेपाल फार्मेसी संघ (PhAN) सँग आबद्ध देशभरका सदस्य ज्यूहरू, अहोरात्र सेवामा खटिनुभएका फर...
14/04/2026

नयाँ वर्ष २०८३ को शुभ उपलक्ष्यमा नेपाल फार्मेसी संघ (PhAN) सँग आबद्ध देशभरका सदस्य ज्यूहरू, अहोरात्र सेवामा खटिनुभएका फर्मासिष्ट, फार्मेसी सहायक, स्वास्थ्यकर्मी तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यो नयाँ वर्षले फार्मेसी पेसाको गरिमालाई अझ उचाइमा पुर्‍याउन र सुरक्षित औषधि सेवामार्फत स्वस्थ समाज निर्माण गर्न हामी सबैलाई थप ऊर्जा र प्रेरणा प्रदान गरोस्।

नेपाल फार्मेसी संघका कोषाध्यक्ष आदरणीय यादु पन्त ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂तपाईंको समर्पण, नेतृत्व र सक्रियत...
11/04/2026

नेपाल फार्मेसी संघका कोषाध्यक्ष आदरणीय यादु पन्त ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना! 🎉🎂

तपाईंको समर्पण, नेतृत्व र सक्रियताले फार्मेसी क्षेत्रलाई सधैं प्रेरणा दिएको छ। आगामी दिनहरूमा पनि तपाईंको योगदान अझ उच्च शिखरमा पुगिरहोस् भन्ने कामना गर्दछौ।

Congratulations 🙏
29/03/2026

Congratulations 🙏

🌼 राम नवमीको शुभकामना 🌼  मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मजयन्तीका अवसरमा सम्पूर्ण फार्मासिस्ट, स्वास्थ्यकर्मी तथा...
27/03/2026

🌼 राम नवमीको शुभकामना 🌼

मर्यादा पुरुषोत्तम भगवान श्रीरामको जन्मजयन्तीका अवसरमा सम्पूर्ण फार्मासिस्ट, स्वास्थ्यकर्मी तथा आम नागरिकहरूमा सुख, शान्ति, समृद्धि तथा सु–स्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।

नवीनतम प्रविधि, अनुसन्धान र औषधि उद्योगका सम्भावनाहरूको अवलोकन गर्दै PhAN केन्द्रिय पदाधिकारीहरू Nepal Pharma Expo 2026 ...
15/03/2026

नवीनतम प्रविधि, अनुसन्धान र औषधि उद्योगका सम्भावनाहरूको अवलोकन गर्दै PhAN केन्द्रिय पदाधिकारीहरू Nepal Pharma Expo 2026
फार्मेसी क्षेत्रको विकास र सुदृढ भविष्यतर्फ दृढ कदम। 💊🇳🇵

11/03/2026
नेपाल फार्मेसी संघ (PhAN) बाँके जिल्ला शाखाका साथीहरूसँगको भेटघाट निकै उत्साहजनक र फलदायी रह्यो। केन्द्रीय महासचिवको रूप...
01/02/2026

नेपाल फार्मेसी संघ (PhAN) बाँके जिल्ला शाखाका साथीहरूसँगको भेटघाट निकै उत्साहजनक र फलदायी रह्यो। केन्द्रीय महासचिवको रूपमा बाँके पुग्दा साथीहरूले देखाउनुभएको हार्दिकता र सांगठनिक सक्रियताले थप उर्जा प्रदान गरेको छ।
भेटघाटका क्रममा हामीले शाखाको वर्तमान संगठनात्मक अवस्था, फार्मेसी क्षेत्रमा हाम्रो व्यावसायिक भूमिका र आगामी दिनमा तय गरिने कार्ययोजनाका बारेमा घनिभूत छलफल गर्यौँ। पेशागत हकहित र संगठनको सुदृढीकरणका लागि बाँके शाखाका साथीहरूको यो प्रतिबद्धताले समग्र फार्मेसी क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास लिएको छु। न्यानो आतिथ्यताका लागि सम्पूर्ण साथीहरूमा हार्दिक आभार!

हार्दिक धन्यवाद।स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिकसम्बन्धी परिपत्रमा फार्मासिस्टहरूको पारिश्रमिक स्पष्ट नखुलाइएको भन...
25/01/2026

हार्दिक धन्यवाद।

स्वास्थ्यकर्मीहरूको न्यूनतम पारिश्रमिकसम्बन्धी परिपत्रमा फार्मासिस्टहरूको पारिश्रमिक स्पष्ट नखुलाइएको भन्ने गुनासोपछि नेपाल फार्मेसी संघको तर्फबाट माननीय स्वास्थ्य मन्त्रीज्यूलाई भेटी ध्यानाकर्षण गराएका थियौँ। सोही क्रममा स्वास्थ्यकर्मीभित्र फार्मासिस्ट पनि पर्ने भएकाले अस्पताल तथा मेडिकल कलेजहरूलाई स्पष्ट परिपत्र जारी गर्न अनुरोध गरेका थियौँ ।
आज उक्त विषयको सुनुवाइ भई स्वास्थ्य मन्त्रालयबाट फार्मासिस्टहरूको पारिश्रमिक वृद्धिसम्बन्धी स्पष्ट पत्र जारी भएकोमा माननीय स्वास्थ्य मन्त्रीज्यू तथा स्वास्थ्य मन्त्रालयप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछौं। साथै यस परिपत्रको प्रभावकारी कार्यान्वयनका लागि नेपाल फार्मेसी संघका प्रदेश तथा जिल्ला कार्यसमितिहरूलाई सम्बन्धित अस्पतालका फार्मासिस्टसँग समन्वय गरी पहल गर्न अनुरोध गर्दछौं।

नेपाल फार्मेसी संघ
केन्द्रीय कार्यसमिति

काठमाडौँ विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक  प्रोफेसर डा. पन्ना थापाज्यू (वरिष्ट फार्मासिष्ट) मध्यपश्चिम विश्वविद्य...
22/01/2026

काठमाडौँ विश्वविद्यालयका पूर्व परीक्षा नियन्त्रक प्रोफेसर डा. पन्ना थापाज्यू (वरिष्ट फार्मासिष्ट) मध्यपश्चिम विश्वविद्यालय सेवा आयोगको अध्यक्ष जस्तो गरिमामय पदमा नियुक्ति हुनुभएकोमा यहाँलाई नेपाल फार्मेसी संघको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।
धन्यवाद।

युवराज भुसाल
अध्यक्ष
नेपाल फार्मेसी संघ केन्द्रीय कार्यसमिति

Address

Dhumbarahi
Kathmandu

Alerts

Be the first to know and let us send you an email when PharmacY Association of Nepal - PhAN posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to PharmacY Association of Nepal - PhAN:

Share