Nepal Dalmoth Producers Association (NEDPA)

Nepal Dalmoth Producers Association (NEDPA) स्वदेशी दालमोठ उधोगलाई चिनाउ , राष्ट्रिय अर्थतन्त्रमा टेवा पुगाउ |

सम्पूर्ण सदस्यज्यूहरुमा कुशे औंशीको शुभकामना।
11/09/2026

सम्पूर्ण सदस्यज्यूहरुमा कुशे औंशीको शुभकामना।

धैर्यता, क्षमाशील हुनु, आत्मनियन्त्रण, चोरी नगर्नु, भित्री र बाहिरी पवित्रता, इन्द्रियहरूलाई वशमा राख्नु, बुद्धिको प्रयो...
04/09/2026

धैर्यता, क्षमाशील हुनु, आत्मनियन्त्रण, चोरी नगर्नु, भित्री र बाहिरी पवित्रता, इन्द्रियहरूलाई वशमा राख्नु, बुद्धिको प्रयोग गर्नु, ज्ञान प्राप्त गर्नु, सत्य बोल्नु र क्रोध नगर्नु—यी दश धर्मका मूल लक्षण हुन्। कठिन समयमा धैर्य नै सबैभन्दा ठूलो बल हो।

हामी सबैलाई यो कठिन परिस्थितिबाट पार पाउन विश्व शान्ति र कल्याणको लागि प्रार्थना भगवान श्रीकृष्णले सकारात्मक उर्जा प्रदान गरून्। जय श्रीकृष्ण!

नेपाल दालमोठ उत्पादक संघ परिवार।

26/08/2026
💐 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 💐​नेपाल दालमोठ उत्पादक संघका आदरणीय कोषाध्यक्ष श्री हरि कुमार दुलाल ज्यूलाई शुभ जन्...
25/08/2026

💐 जन्मदिनको हार्दिक मंगलमय शुभकामना! 💐
​नेपाल दालमोठ उत्पादक संघका आदरणीय कोषाध्यक्ष श्री हरि कुमार दुलाल ज्यूलाई शुभ जन्मोत्सवको पावन अवसरमा संघको तर्फबाट हार्दिक बधाई तथा उत्कृष्ट शुभकामना व्यक्त गर्दछौँ।
​तपाईंको कार्यकुशलता, लगनशीलता र संघप्रतिको अतुलनीय योगदानको उच्च कदर गर्दै आगामी दिनहरूमा यहाँको सुस्वास्थ्य, दीर्घायु, समृद्ध जीवन र थप सफलताको कामना गर्दछौँ।

हेमकान्त पराजुली
अध्यक्ष
नेपाल दालमोठ उत्पादक संघ (NEDPA) परिवार 🎂✨

14/08/2026

नेपालमा बदाम (Peanut) आयात तथा स्वदेशी उद्योग सञ्चालनमा सहजीकरण सम्बन्धी महत्वपूर्ण बैठक र सहमति

​आज श्रावण २९ गते, शुक्रबार प्लान्ट क्वारेन्टाइन एन्ड पेस्टिसाइड म्यानेजमेन्ट सेन्टर, हरिहर भवन, ललितपुरमा एक महत्वपूर्ण बैठक सम्पन्न भएको छ।
​प्लान्ट क्वारेन्टाइनका नयाँ नियमहरूका कारण बदाम आयातमा देखिएको समस्या र यसबाट स्वदेशी उद्योग सञ्चालनमा परेको गम्भीर असरबारे सम्बन्धित निकायका अधिकारी तथा कर्मचारीहरूसँग छलफल गरियो। निकै फलदायी रहको उक्त छलफलमा बदाम आयातमा सहजीकरण गर्ने सम्बन्धमा सकारात्मक सहमति बनेको छ।
​यस पहलकदमीमा सहभागी भई महत्वपूर्ण सहयोग पुर्‍याउनुहुने नेपाल उद्योग वाणिज्य संघ, काठमाडौँका अध्यक्ष आदरणीय रमानाथ श्रेष्ठज्यू, वरिष्ठ उपाध्यक्ष दुर्गा राज श्रेष्ठज्यू, नेपाल खाद्य किराना व्यवसायी संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठज्यू, तथा नेपाल दालमोठ उत्पादक संघका अध्यक्ष हेमकान्त पराजुलीज्यू, सचिव भुवन श्रेष्ठज्यू, कोषाध्यक्ष हरि कुमार दुलालज्यू लगायत उपस्थित सम्पूर्ण प्रतिनिधिज्यूहरूमा हार्दिक आभार प्रकट गर्दछौँ।
​यस सहमतिले स्वदेशी उद्योगी व्यवसायीहरूका समस्याहरू समाधान हुने र आयातमा सहजता आउने कुरामा हामी विश्वस्त छौँ।
​

समस्या सामधानमा एकता!Plant Quarantine and Pesticide management center
14/08/2026

समस्या सामधानमा एकता!
Plant Quarantine and Pesticide management center



हिजो भएको नेपाल वितरक संघको २५ औं साधारणसभा तथा रजत जयन्तीको अवसरमा अतिथिको रुपमा Token Of Love लिनु हुँदै यस संघका श्री...
08/08/2026

हिजो भएको नेपाल वितरक संघको २५ औं साधारणसभा तथा रजत जयन्तीको अवसरमा अतिथिको रुपमा Token Of Love लिनु हुँदै यस संघका श्री रोशन पाण्डे ज्यू, Roshan Pandey

खिर खाने दिन (साउन १५) को हार्दिक शुभकामना! 🥣🌺​कृषि, परम्परा र मिठो स्वादको संगम साउन १५ को यो पावन अवसरमा नेपाल दालमोठ ...
31/07/2026

खिर खाने दिन (साउन १५) को हार्दिक शुभकामना! 🥣🌺
​कृषि, परम्परा र मिठो स्वादको संगम साउन १५ को यो पावन अवसरमा नेपाल दालमोठ उत्पादक संघका तर्फबाट सबैमा सुख, समृद्धि र उत्तम स्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

हेमकान्त पराजुली
अध्यक्ष
​नेपाल दालमोठ उत्पादक संघ (NEDPA)

नेपाल दालमोठ उत्पादक संघ २२औँ वर्षमा प्रवेश: स्वदेशी उद्योग र एकतामा जोड"उत्सव, एकता र प्रतिबद्धताको निरन्तरता" भन्ने ना...
21/07/2026

नेपाल दालमोठ उत्पादक संघ २२औँ वर्षमा प्रवेश: स्वदेशी उद्योग र एकतामा जोड

"उत्सव, एकता र प्रतिबद्धताको निरन्तरता" भन्ने नाराका साथ नेपाल दालमोठ उत्पादक संघ (NEDPA) को २२औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ।
​कार्यक्रममा संघका अध्यक्ष, पदाधिकारी तथा उद्योगी मित्रहरूको उपस्थितिमा २२औँ वार्षिकोत्सवको केक काटी खुसीयाली साटासाट गरियो। स्वदेशी दालमोठ तथा स्न्याक्स उद्योगको संरक्षण, प्रवर्धन र राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने प्रतिबद्धतालाई पुनः दोहोर्‍याउँदै कार्यक्रम सम्पन्न भएको छ।
​सम्पूर्ण सदस्य, उपभोक्ता तथा शुभचिन्तकहरूमा हार्दिक आभार व्यक्त गर्दछौँ।
​


://nedpa.org.np/

नेपाल दालमोठ उत्पादक संघको २२औं वार्षिक उत्सवको हार्दिक शुभकामना!​स्वदेशी उद्योगको प्रवर्द्धन, गुणस्तरीय उत्पादन र सामूह...
21/07/2026

नेपाल दालमोठ उत्पादक संघको २२औं वार्षिक उत्सवको हार्दिक शुभकामना!
​स्वदेशी उद्योगको प्रवर्द्धन, गुणस्तरीय उत्पादन र सामूहिक सहकार्यको २२ वर्ष!
नेपाली बजारमा गुणस्तरीय र स्वादिष्ट उत्पादन पुर्‍याउँदै राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउन निरन्तर क्रियाशील संघ र सम्पूर्ण उद्योगी व्यवसायीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं।
​स्वदेशी उत्पादनलाई बढाऔं, राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याऔं!
://nedpa.org.np

Address

Kathmandu
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Nepal Dalmoth Producers Association (NEDPA) posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Dalmoth Producers Association (NEDPA):

Shortcuts

Share