Nepal Student Sarokar - NSS

Contact the organization

Nepal Student Sarokar - NSS नेपालको ईतिहास लाई हेरी भबिस्यमा हुन सक्ने विद्यार्थी क्षमता को मुल्याङ्कन गर्दै आजको दिनमा शैक्षिक स्तर बृदि गर्न विद्यार्थी हक हित को लागि आन्दोलन

To cultivate a resilient and empowered student community in Nepal through advocacy, educational excellence, and inclusive support.

अधिकारको वकालत, शैक्षिक उत्कृष्टता र समावेशी सहयोगका माध्यमबाट नेपालमा एक सक्षम र सशक्त विद्यार्थी समुदायको निर्माण गर्ने।

18/09/2026

मन्त्रिपरिषद्को आज बसेको बैठकले १३ देशमा नेपाली राजदूत नियुक्तिको सिफारिस गरी संसदीय सुनुवाइका लागि सङ्घीय संसद्समक्ष पठाउने निर्णय गरेको छ।

जसमा भारतका लागि डा. निश्चल नाथ पाण्डे, चीनका लागि डा. कल्याण राज शर्मा, संयुक्त राज्य अमेरिकाका लागि चिरन जङ्ग थापा, बेलायतका लागि गौरव शमशेर जङ्गबहादुर राणा, जर्मनीका लागि सरू जोशी, इजरायलका लागि सुरेश कुमार कर्ण, स्पेनका लागि प्राप्ति शेरचन, जापानका लागि जिज्ञान कुमार थापा, ओमानका लागि डा. पदमाक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरि बहादुर सुनारलाई राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको छ।

त्यस्तै, मन्त्रिपरिषद्को बैठकले नेपाल नागरिकता (पाँचौँ संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय गरेको छ। त्यसैगरी साविकमा कृषि, वन तथा पर्यावरण मन्त्रालयअन्तर्गत रहेको नेपाल मौसम विज्ञान विभागलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत रहने गरी नेपाल सरकार (कार्य विभाजन) नियमावली, २०८३ संशोधन गरिएको छ।

यसैगरी मन्त्रिपरिषद्को बैठकले नेपाल विद्युत् प्राधिकरणको रिक्त कार्यकारी निर्देशक पदमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गर्ने र सहसचिव रुद्र सिंह तामाङलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय पनि गरेको छ।

11/09/2026

आज सम्माननीय प्रधानमन्त्रीज्यूसँग खुला वातावरणमा देशको समग्र आर्थिक विकास, निजी क्षेत्रको सोंचाई, हाम्रा सामू रहेका चुनौती एवं अवसरहरुको बारेमा खुलस्त छलफल गर्ने मौका मिल्यो । बर्षैपिच्छे सरकार परिवर्तन हुने वातावरणको अन्त्य गर्दै एउटा स्थाइ सरकार जसको मूल उदेश्य भनसुन, करप्सन र विचौलियाको अन्त्य गर्दै पारदर्शी र वित्तिय अपराधलाइ वित्तिय अपराधकै रुपमा ट्रिट गर्ने र राम्रो काम गर्नेहरुलाई झन राम्रो काम गर्ने वातावरण दिने दृष्टिकोणको अपेक्षा उद्यमी व्यवसायीले र त्यसमाथि पनि नयाँ पुस्ताका उद्यमीहरुले राखेको बिषय मैले प्रधानमन्त्रीज्यूसमक्ष राखेँ ।

मैले माथि उल्लेख गरेका दिशाहरुतर्फ सरकारकातर्फबाट सकारात्मक संकेतहरु बाहिर आएका छन् । सम्माननीय प्रधानमन्त्रीज्यू र सरकारले लिएको धारणा हाम्रा यिनै अपेक्षा अनुकुल नै देखिएका छन् तथापी केही कुराहरु कार्यान्वयनको तहमा ग्राउण्डसम्म पुगेर त्यसका परिणामहरु देखिनमा भइरहेको ढिलाईले कता कता उद्यमी व्यवसायीको मनमा एक प्रकारको अन्योलको वातावरण अझै पनि विद्यमान छ । चाहे त्यो वन खानीसँग जोडिएको बिषय होस् वा लामो समयदेखि ओगटेर राखिएका वा सरकारसँग भएका हाइड्रोपावर प्रोजेक्टमा लगानीकर्तालाई पारदर्शी रुपमा सहभागी बनाउने बिषय र पिपिए लगायत यसमा खुला रुपमा काम गर्न दिने वातावरण एवं ति सम्वद्ध निकायमा देखिएका ढिला सुस्ती र काम गर्ने पुरानै प्रवृत्ती अझै पनि कायम हो कि भन्ने पनि देखिएको छ ।

मुलुकमा चरम तरलता छ । ब्याजदर घटेको छ । अब त केही हुने हो कि भन्ने आशा पलाएता पनि सोचे अनुसारको लगानी हुन नसक्नुको कारण पनि यिनै हुन् भन्ने देखिन्छ । यसलाइ परिवर्तन गर्नका लागि प्रधानमन्त्रीज्यूले लिनु भएको अग्रसरता सह्रानिय छ । समस्या समाधान गर्न तत्काल प्रधानमन्त्री कार्यालयमै तत्काल समस्याको निर्णय दिन सक्ने संयन्त्र बनाईनु प्रभावकारी हुन्छ भन्ने मेरो दृष्टिकोण प्रस्तुत गरेको छँु ।

यसैगरि देशको अर्थतन्त्रमा विशिष्ठ योगदान पुर्‍याइरहेका उद्यमी व्यवसायीसँग प्रधानमन्त्रीज्यूको निरन्तर संवाद हुनु जरुरी छ भन्ने बिषयमा पनि हामीले छलफल गरेका छौँ । प्रधानमन्त्रीज्यू यसमा सकारात्मक देखिनु भएको छ ।

त्यस्तै, कानून निर्माण गर्ने क्रममा नै उद्यम व्यवसायलाई छेकेर अप्ठयारोमा पार्ने सोंच राखेर आफ्नो उदेश्य पूरा गर्न सजिलो हुन्छ भन्ने पुरानो मानसिकता राखि बनाइएका कानूनहरु अझै पनि विद्यमान छन् । तदर्थवादलाई प्रश्रय दिने यस्ता कानूनहरुमा ढिलाई नगरि सुधार गर्नुपर्छ, लगानीकर्ताहरुलाई आत्मविश्वास दिलाउनका लागि पनि । देशमा अहिले लगानीको प्रर्याप्त स्रोत उपलब्ध छ । बैंकिङ क्षेत्रमा मात्रै होइन, सरकारका विभिन्न निकायमा ५० खर्बभन्दा बढि रकम थुप्रिएर बसेको छ । दूरगामी प्रभाव पार्ने ठूला पूर्वाधारका परियोजनाहरु जस्तै पूर्व पश्चिम रेलवे, फर्टिलाईजर (डिएपी) प्लान्ट, रारा, डोल्पा, खप्तड जस्ता ठाउँलाई नयाँ डेस्टिनेशन बनाउन आवस्यक पर्ने पूर्वाधार निर्माण, छिमेकी दुबै मुलुकका शहरहरुमा दुई घण्टाभित्र पुग्न सक्ने गरि एयर कनेक्टिभिटीको विकास गरि ५० लाख पर्यटक भित्रयाउने सोंच, आइटी सेक्टरलाई बार्षिक २ अर्बको निर्यातबाट १० अर्बमा पुर्‍याउने लक्ष लिन सकिन्छ ।

नेपालमा एजुकेशन सिटीको अवरधारणा कार्यान्वयनमा ल्याउन स्पष्ट सोंच, कानूनी आधार तयार गरिनुपर्दछ । विश्वमा नाम चलेका विश्वविद्यालयहरुलाई नेपालमै ल्याई नेपालबाट बार्षिक रुपमा बाहिरिइरहेको १७० अर्बलाई कसरी देशभित्रै राख्न सकिन्छ भनेर योजना बनाउन अब ढिला भइसकेको छ । बर्षौदेखि थाती रहेका यस्ता दूरगामी परियोजनाको थालनीले नयाँ वातावरण तयार गर्न सक्छ । यस्ता परियोजनामा सरकारको सहभागिता किन जरुरी छ भने नेपालको बैंकिङ प्रणालीले १० बर्षभन्दा बढिका दिर्घकालिन यस्ता परियोजनामा लगानी गर्न सक्ने वातावरण बनिसकेको छैन । यस्ता परियोजनामा सरकारले लगानी गर्नुपर्छ र निजी क्षेत्रलाई पिपिपि मोडलमा सहभागी बनाउनु पर्दछ । मेडिकल कलेज र नर्सिङ अध्ययनका लागि नियमनलाई बलियो बनाएर नेपाललाई दक्षिण एसियाकै हब बन्ने गरि खुला गर्ने नीति सरकारले लिनुपर्दछ भन्ने बिषयमा हामीले छलफल गर्‍यौँ ।

सम्माननीय प्रधानमन्त्रीज्यूसँग आज दुई घण्टा लामो अन्तक्रियाका केही दृष्टान्तहरुलाई मात्र मैले यहाँ राखेको हुँ । छलफल अत्यन्तै सौहाद्रपूर्ण रह्यो । प्रधानमन्त्रीज्यूले देशको अर्थतन्त्रको बारेमा अत्यन्तै गंभिरता र गहिराइका साथ चासो राख्नु भयो । उहाँ आफै पनि खुलस्त रुपमा छलफलमा सहभागी हुनुुभयो । प्रधानमन्त्रीज्यूसँगको संवाद पछि म उत्साहित कुन रुपमा छु भने यति लामो छलफलको क्रममा उहाँ र हामीवीच कुनै पनि विषयमा विमती देखिएन । सरकार र निजी क्षेत्र एउटै लयमा अगाडि बढ्न सक्छन् भन्ने आजको संवादले स्पष्ट पारेको छ । यो छलफलमा देखिएको सहमतिलाई कति छिटो कार्यान्वयनमा हामीले लैजान सक्छौँ भन्ने कुराले भोलीको नेपाली अर्थतन्त्रको दिशा र लगानीकर्ताले प्रोत्साहन प्राप्त गर्नेछन् भन्ने मलाई लागेको छ ।

04/09/2026
03/09/2026

प्राकृतिक विपद् व्यवस्थापन सबैका लागि चुनौतीपूर्ण नै हुन्छ। तर पनि उपलब्ध स्रोत–साधनहरुको प्रयोग गरी हामी अहोरात्र खटिरहेका छौं। यो विपद्मा हामीलाई अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग प्राप्त भइरहेको छ।

यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारमा निरन्तर लागिरहेका छौं। सम्पर्कविहीन मानिसहरुको खोजी पनि निरन्तर भइरहेकै छ।

त्योसँगै खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्रीहरुसमेत उपलब्ध गराएर प्रभावित नागरिकहरुलाई होल्डिङ सेन्टरहरुमा बसोबास गराइरहेका छौं। कतिपय प्रभावित नागरिकहरुले आफ्ना लागि अस्थायी बसोबासको व्यवस्था गर्न थाल्नुभएको छ। तर, उहाँहरुका लागि हामीले हरेक दिन हेलिकप्टरमार्फत राहत सामग्री पुर्‍याइरहेका छौं। प्रभावित नागरिकहरुलाई आफ्नो पीडाभन्दा माथि उठाउन आवश्यक मनोपरामर्शसहित स्वास्थ्य सेवा पनि उपलब्ध गराइरहेका छौं।

पछिल्लो समयको कार्यप्रगतिः

१. नागरिक व्यवस्थापन
हामीले प्रदेश र स्थानीय तहसँगको समन्वयमा प्रभावित क्षेत्रमा विभिन्न होल्डिङ सेन्टरहरु सञ्चालन गरी नागरिकहरुलाई बसोबास गराइरहेका छौं। उहाँहरुका लागि खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य सामग्रीहरु उपलब्ध गराइरहेका छौं।

नुवाकोटमा सञ्चालित २४ होल्डिङ सेन्टरमा २ हजार ७९६ जना नागरिकहरु बसोबास गरिरहनुभएको छ। रसुवाका ५ वटा होल्डिङ सेन्टरहरुमा १९५ र काठमाडौँका २ स्थानमा होल्डिङ सेन्टर सञ्चालन गरी रसुवाका विभिन्न प्रभावित क्षेत्रका ३०० जना नागरिकहरुलाई बसोबास गराइरहेका छौं। यस्तै, रसुवाका विभिन्न क्षेत्रका ४५०० जना नागरिकहरुलाई प्रत्येक दिन हेलिकप्टरमार्फत राहत वितरण गराइरहेका छौं।

२. संघ, प्रदेश र स्थानीय तहको समन्वय
बाढी आए लगत्तै हामीले (सम्पर्क हुन सकेका) प्रभावित जिल्लाका स्थानीय कर्मचारी तथा जनप्रतिनिधिहरुसँग घटनाबारे जानकारी लिएका थियौं। उहाँहरुले दिएको प्रारम्भिक सूचनाका आधारमा समेत विपद् प्रतिकार्य अघि बढायौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट समेत प्रत्यक्ष रुपमा निरन्तर उहाँहरुसँग संवाद जारी छ। उहाँहरुका गुनासो सम्बोधन पनि भइरहेको छ।

घटना भएकै दिन मन्त्रिपरिषद्को बैठकबाट प्रभावित जिल्लाका स्थानीय तहहरुलाई ३ महिनाको अवधिका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ दफा ३२ अनुसार विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेका थियौं। घटनाको भोलिपल्ट (भदौ ११ गते) बाढी प्रभावित क्षेत्रमा हामी पुग्दा बागमती प्रदेशका मुख्यमन्त्रीको टोलीसँग विपद् व्यवस्थापनबारे छलफल भयो। त्यसपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उहाँहरुसँग छलफल गरी विपद् व्यवस्थापनमा आ–आफ्नो जिम्मेवारी अझै गम्भीर रुपमा निर्वाह गर्ने निर्णय भएको थियो। उक्त छलफलका आधारमा एकआपसमा समन्वय गर्दै राहत वितरणलगायत व्यवस्थापनको काम भइरहेको छ।

३.पूर्वाधार पुनःस्थापना
बाढीका कारण सञ्चार, विद्युत्, खानेपानी, सडक, पुल, स्वास्थ्य तथा शैक्षिक संस्थालगायत पूर्वाधारहरु प्रभावित भएकोबारे यहाँहरुलाई जानकारी नै छ।

यी पूर्वाधारहरु जतिसक्दो चाँडो सम्भव भएमा मर्मत, नभए पुनः निर्माणलाई प्राथमिकता दिएका छौं। प्रभावित क्षेत्रमा सञ्चार र ५.७७ प्रतिशत घरधुरीमा मात्रै विद्युत् सेवा पुर्‍याउन बाँकी छ। अन्य पूर्वधार पहिल्यकै अवस्थामा फर्काउन सम्बन्धित मन्त्रालयहरुको नेतृत्वमा तीव्र गतिमा काम भइरहेको छ। हामीलाई थाहा छ–पूर्वाधार पुनःस्थापना विपद्मा परेका नागरिकहरुका लागि अर्को एउटा राहत हो।

गल्छी–मुग्लिन सडकखण्डअन्तर्गत कृष्णभीरको हिलसाइडमा ‘ग्याबियन ब्रेस्ट वाल’ माथिबाट सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी निर्माण अघि बढाइएको छ। आजदेखि रुख कटान र भित्ता काटेर ट्रयाक खोल्ने काम सुरु भएको छ। कृष्णभीरको समस्या दीर्घकालीन रुपमा समाधानका लागि टनेल, सोइल नेलिङ, सिट पाइललगायतका विकल्पबारे आवश्यक अध्ययन गरिनेछ। भदौभित्र उक्त सडकखण्डमा यातायात सञ्चालन गर्नेछौं। परेवाभीरमा डाइभर्सन निर्माण भइ यातायात सुरु भइसकेको छ भने त्यसको स्तरोन्नतिको काम पनि भइरहेको छ।

त्रिशूली–वेत्रावती सडकखण्डअन्तर्गतको १० किलोमिटरमध्ये ८ किलोमिटरमा लेदो हटाइएको छ भने बाँकी २ किलोमिटरमा काम जारी छ। क्षतिग्रस्त थप ३५ किलोमिटरमा काम गर्नका लागि आपत्कालीन बोलपत्र आह्वान भइसकेको छ।

तादीमा बेलिब्रिज राख्न फाउण्डेसन निर्माण सुरु भइसकेको छ। भोलिसम्म तादीमा बेलिब्रिज पुर्‍याउने प्रयास भइरहेको छ। बेत्रावतीमा बेलिब्रिज राख्न सर्भे भइ फाउण्डेसन निर्माण सुरु भएको छ। त्रिशूलीमा सर्भे सकिएको छ। उक्त स्थानमा १२० मिटरको बेलिब्रिज आवश्यक देखिएको छ।
काठमाडौँस्थित बेलायती राजदूतावासलाई ७० मिटरभन्दा लामा र डबल लेन भएका १० वटा बेलिब्रिज अनुदानमा उपलब्ध गराइदिन अनुरोध गरिएको छ।

४. खोज र उद्धारमा सक्रियता
बाढी आएलगत्तै सरकारले प्रभावित क्षेत्रमा खोज तथा उद्धार कसरी गर्‍यो भन्नेबारे हामीले टाइमलाइनसहित हिजो सार्वभौम संघीय संसद्मा जानकारी गराइसकेका छौं।
हामीले बाढीको सूचना पाएलगत्तै प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि राज्यका सबै संयन्त्र सक्रिय बनाएका थियौँ। परिणामस्वरुप हालसम्म १२०३८ जनाको उद्धार गरिसकेका छौं। यति हुँदाहुँदै पनि हामीले १२५९ जना प्रियजनलाई गुमाएका छौँ। अझै पनि सम्पर्कविहीन ५०८३ जनाको खोजी जारी छ। सँगसँगै प्रभावित मानिसहरुको विस्तृत तथ्यांक संकलन भइरहेको छ।
प्रभावित भएका जलविद्युत् आयोजनाहरुमा मानिसहरु फसेको आशंकामा खोज तथा उद्धारको प्रयास जारी छ। नेपाली सेनाको नेतृत्वमा भारत, चीन र कोरियाका विज्ञहरुले काम गरिरहनुभएको छ।
बाढीले कतिपय नेपाली नागरिक र व्यवसायीहरु चीनको केरुङमै फस्नुभएको थियो। ११४ जनालाई सिन्धुपाल्चोकको तातोपानी नाका हुँदै नेपालतर्फ ल्याउन सहजीकरण भइरहेको छ।
मालवाहक कन्टेनरहरुलाई भने कोरला नाकाबाट ल्याउने तयारी गरिएको छ।

५. जलवायु परिवर्तन
यो विपद् हाम्रा लागि निकै पीडादायी छ। हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ। हामीले विश्वलाई लामो समयदेखि भनिरहेकै थियौं–जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा ठूलो असर परिरहेको छ, हिमालहरु पग्लदै छन्। यसको असर हिमालय क्षेत्रमा मात्रै होइन, समुन्द्रको तटसम्म पुगिरहेको छ। हामीलाई विगतदेखि नै जुन डर थियो त्यो यथार्थमा रसुवाको भोटेकोशी नदीमा भीषण बाढी बनेर आयो। नेपालले त्रासदीपूर्ण घटना बेहोर्‍यो। हामीले यसको जवाफ विश्व समुदायसँग खोज्नुपर्छ र हामीले यसबो मानव सभ्यतालाई जवाफ दिनुपर्नेछ। यो हाम्रो जिम्मेवारी पनि हो।

६. अन्तर्राष्ट्रिय सहयोग
बाढी आएकै दिनदेखि हामीले मित्रराष्ट्रहरुबाट विभिन्न किसिमको सहयोग प्राप्त गरिरहेका छौं। हाम्रो दुःखमा उहाँहरु दरिलो खम्बा बनेर उभिनुभएको छ। हामीलाई पहिलो दिनदेखि छिमेकी राष्ट्र भारतले विभिन्न चरणमा आवश्यक सबै किसिमको सहयोग गरिरहेको छ। भारतले हालसम्म ५ चरणमा ७४ टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। साथै, उद्धारका लागि विज्ञ टोलीहरु पनि प्रभावित क्षेत्रमा खटाइरहेको छ।

चीनले नेपाललाई ३० करोड रुपैयाँ र ५० टन राहत सामग्री उपलब्ध गराइसकेको छ। साथै, नेपाल सरकारले चीनसँग प्रभावित क्षेत्रका लागि ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ।

पाकिस्तानबाट ८६ टन राहत सामग्री प्राप्त हुँदैछ। श्रीलंकाले १० लाख अमेरिकी डलरको सहयोगको प्रतिबद्धता जनाएको छ। बंगलादेशले पनि राहत सामग्री पठाउने तयारी गरेको छ।

अमेरिकाबाट ५ लाख अमेरिकी डलर दिने प्रतिबद्धता आएको छ। अष्ट्रेलियाबाट १ मिलियन अमेरिकी डलर (नगद सहयोग) सहयोगको प्रतिबद्धता आएको छ भने विशेषज्ञसहित ड्रोन अपरेटरसहितको टोली चाँडै नेपाल आउने भएको छ।

यूएईले ८३ टन अत्यावश्यक राहत सामग्री उपलब्ध गराइसकेको छ भने १० मिलियन डलरसम्मको सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। कतारले पनि ४० टन राहत सामग्री उपलब्ध गराएको छ।

संयुक्त अधिराज्य (यूके)ले ५ मिलियन पाउण्डले सहयोग गर्ने घोषणा गरेको छ। त्यसैगरी, युरोपेली संघअन्तर्गतको नागरिक सुरक्षा र मानवीय सहायता परिचालनले २ मिलियन यूरो, स्विट्जरल्याण्डले १ मिलियन अमेरिकी डलर, डेनमार्कले ३५ लाख डेनिस क्रोनर, जर्मनीले २ मिलियन अमेरिकी डलर, आयरल्याण्डले ५ लाख यूरो, चेक रिपब्लिकले २५ लाख चेक कोरुना, नर्वेले १२.७ मिलियन नर्वेजियन क्रोन सहयोगको घोषणा गरिसकेका छन्। साथै, फ्रान्सले प्रभावित क्षेत्रका २०० घरपरिवारका लागि आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ । यस्तै, लक्जेम्बर्ग र लाटभियाले पनि राहत सामग्री उपलब्ध गराएका छन्।

अझै पनि कतिपय देशहरुले आफूले गर्ने सहयोगको प्रस्ताव गरेका छन् तर हामीले नेपालको आवश्यकता अनुसार उनीहरुलाई सहयोगको प्रस्ताव गरिरहेका छौं।

साथै, विश्व बैंकबाट १६७ मिलियन अमेरिकी डलरको सहुलियतपूर्ण कर्जा, एसियाली विकास बैंक (एडिबी)बाट बजेटरी सहयोग (अनुदान) का लागि ५ मिलियन अमेरिकी डलर र एडिबीबाटै प्राविधिक सहायताका लागि १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउने प्रतिबद्धता आएको छ।

हामीलाई विश्वास छ–यो विपदबाट चाँडै उठ्नेछौं।
धन्यवाद

28/08/2026

आज रक्षाबन्धन। सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको जीवनरक्षा र सुरक्षित भविष्यका लागि हृदयदेखि प्रार्थना गर्दछु। यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ। उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ।आज भएका प्रमुख काम तथा प्रगति :
१. खोज तथा उद्धारमा १५,४३१ सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरीका ४,४७३, नेपाली सेनाका ६,७५५ र सशस्त्र प्रहरी बल नेपालका ४,२०३ जना रसुवा तथा भोटेकोशी–त्रिशूली करिडोरलगायत प्रभावित क्षेत्रमा परिचालित छन्।
२. हालसम्म ४,४५१ जनाको उद्धार गरिएको छ, जसमा जलविद्युत् सुरुङबाट उद्धार गरिएका १९१ जना र आजको हवाई उद्धारबाट उद्धार गरिएका ५१७ जना समेत छन्। नेपाली सेना तथा निजी क्षेत्रका गरी १६ वटा हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे, स्याफ्रुबेँसीलगायत क्षेत्रमा निरन्तर Shuttle Flight सञ्चालन भइरहेको छ। हालसम्म ९९ हवाई उडान भएका छन्।
३. उद्धारसँगै राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याइएको छ। हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ भने हेलिकप्टरबाट ६ वटा उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पठाइएको छ। प्रभावित क्षेत्रमा सञ्चार सेटहरू समेत पठाइएको छ।
४. सुरुङमा फसेका नागरिक तथा कामदारको उद्धारलाई उच्च प्राथमिकता दिइएको छ। Upper Trishuli Hydropower Project, रसुवागढी जलविद्युत् केन्द्रमा फसेका र अन्य जोखिमयुक्त सुरुङमा खोज तथा उद्धार जारी छ। आवश्यक विशेष उद्धार उपकरणसमेत परिचालन गरिएको छ।
५. खोजी कार्य तल्लो तटीय क्षेत्रसम्म विस्तार गरिएको छ। रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा थप सुरक्षाकर्मी परिचालन गरी बेपत्ता नागरिक तथा शवको खोजी कार्य जारी छ।
६. विदेशी नागरिकको खोज, उद्धार तथा पहिचानमा विशेष समन्वय भइरहेको छ। हालसम्म १२९ जना विदेशी पर्यटक/नागरिकको उद्धार तथा पहिचान भएको छ। परराष्ट्र मन्त्रालयले दूतावास तथा परिवारसँग समन्वयका लागि Emergency Control Room सञ्चालन गरेको छ।
७. विदेशी सहयोग अस्वीकार गरिएको भन्ने प्रचार भ्रामक हो। भारत, चीन तथा अन्तर्राष्ट्रिय साझेदारसँग उद्धार तथा राहतका लागि आवश्यक सहयोग र सामग्रीबारे निरन्तर समन्वय भइरहेको छ। उद्धारमा हेलिकप्टर परिचालन गर्दा हवाई सुरक्षा, भौगोलिक पहुँच र वास्तविक आवश्यकतालाई ध्यानमा राखिएको छ।
८. भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निरन्तर निगरानी भइरहेको छ। सम्भावित जोखिमका क्षेत्रमा पूर्वसूचना र सुरक्षित स्थानमा स्थानान्तरणको तयारी गरिएको छ। जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। २ लाखभन्दा बढी SMS Alert मार्फत पूर्वसूचना दिइएको छ।
९. राहत तथा उद्धार कार्यको प्रत्यक्ष नेतृत्व र समन्वयलाई प्रभावकारी बनाइएको छ। माननीय गृहमन्त्रीज्यू स्वयं प्रभावित जिल्लामा स्थलगत रूपमा उपस्थित भई सुरक्षा निकाय, स्थानीय प्रशासन, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गर्दै आवश्यक निर्देशन दिइरहनुभएको छ।
१०. सडक सम्पर्क पुनःस्थापनाको काम तीव्र पारिएको छ। वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याई साना चारपाङ्ग्रे सवारीसाधन सञ्चालन सुरु भएको छ। काठमाडौ मुग्लिङको बाटो एक तर्फी रुपमा सन्चालनमा ल्याइएको छ ।
११. रसुवालाई पुनःसडक सञ्जालसँग जोडिएको छ। काठमाडौं–टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चेसम्मको वैकल्पिक सडक साना चारपाङ्ग्रे सवारीसाधनका लागि सुचारु भएको छ। क्षतिग्रस्त पुलमा बाइपास खोल्ने काम सुरु गरिएको छ। नियमित सडक सम्पर्कका लागि भारत तथा चीनबाट ४८ मिटर लम्बाइका १० वटा Bailey Bridge उपलब्ध गराउन औपचारिक पहल गरिएको छ।
१२. खानेपानी, इन्धन तथा सरसफाइको तत्काल व्यवस्था गरिएको छ। नुवाकोटमा KUKL का ४ वटा वाटर ट्याङ्कर परिचालन गरिएको छ भने सुरक्षित खानेपानीका लागि ९०० केजी ब्लिचिङ पाउडर प्रभावित क्षेत्रमा पठाइएको छ। नुवाकोटका भैरवी, सूर्यमती र पञ्चकन्या आयल स्टोरमा डिजल ४१ हजार लिटर र पेट्रोल २४ हजार लिटर मौज्दात रहेको छ। १७ हजार लिटर हवाई इन्धन नुवाकोटमा पठाइएको छ।
१३. प्रभावित क्षेत्रको क्षतिको विस्तृत मूल्यांकन सुरु गरिएको छ। सडक, पुल, विद्युत्, खानेपानी, दूरसञ्चार, जलविद्युत् तथा अन्य संरचनाको क्षति मूल्यांकनका लागि Sectoral Groups तथा १५ वटा प्राविधिक टोली परिचालन गरिएका छन्।
१४. स्वास्थ्य सेवा निरन्तर राख्न स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्र सक्रिय गरिएको छ। ६ वटा अस्पताललाई standby अवस्थामा राखिएको छ। वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, धुलिखेल अस्पताललगायतबाट मेडिकल टोली परिचालन गरिएको छ। आवश्यक औषधि तथा स्वास्थ्य सामग्री पठाइनुका साथै कम्तीमा ५,००० जनसंख्यालाई लक्षित गरी टेन्ट तथा आपतकालीन स्वास्थ्य सामग्रीको व्यवस्था गरिएको छ। रोगको निगरानी तथा मातृ–बाल स्वास्थ्यसहित अत्यावश्यक स्वास्थ्य सेवा निरन्तर राखिएको छ।
१५. दूरसञ्चार सेवा पुनःस्थापनामा प्रगति भएको छ। प्रभावित १९८ टावर/साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन्। NTC का १२० मध्ये ८२ र Ncell का ७८ मध्ये ६३ वटा साइट सञ्चालनमा आएका छन्। बाँकी साइटमा आवश्यक प्राविधिक तथा ऊर्जा स्रोत परिचालन गरी सेवा पुनःस्थापनाको काम भइरहेको छ।
१६. विद्युत् सेवा पुनःस्थापनाको काम तीव्र पारिएको छ। नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ भने धुन्चेमा विद्युत् सेवा सञ्चालनका लागि आवश्यक काम भइरहेको छ।
१७. जोखिममा रहेका परिवारका लागि सुरक्षित बसोबास तथा आवतजावतको व्यवस्था अघि बढाइएको छ। Emergency Shelter का लागि स्थल पहिचान तथा Relocation को काम भइरहेको छ। सडक तथा पुल अवरुद्ध भएका बस्तीमा पहुँच सहज बनाउन रसुवा तथा नुवाकोटका करिब १० स्थानमा तुइन निर्माण गर्ने काम अघि बढाइएको छ।
१८. राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक स्रोत परिचालन भइरहेको छ। बाढी तथा विपद्बाट प्रभावित १५ वटा स्थानीय तहलाई तत्काल राहत, उद्धार तथा आवश्यक व्यवस्थापनका लागि कुल रु. ६ करोड ७५ लाख रकम उपलब्ध गराइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा रु. १.९ अर्बभन्दा बढी रकम संकलन भएको छ। प्रभावित व्यक्ति, परिवार तथा व्यवसायका लागि राहत तथा पुनःस्थापना प्याकेज तयार भइरहेको छ। मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रभावित व्यक्ति तथा व्यावसायिक संस्थालाई लक्षित Business Recovery Package तयार गर्ने काम अघि बढाइएको छ। साथै, प्रधानमन्त्रीज्यूलगायत मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब/पारिश्रमिक उद्धार कोषमा जम्मा गर्ने व्यवस्था अघि बढाइएको छ।
१९. राहत, उद्धार तथा पुनःस्थापनामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोग एकीकृत रूपमा परिचालन गरिएको छ। सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, नेपाल स्काउट, स्वयंसेवी संस्था, निजी क्षेत्र तथा विकास साझेदारसँग समन्वय गरी आवश्यक स्रोतसाधन परिचालन भइरहेको छ।
२०. अन्त्यमा, नेपाली MMA खेलाडी रवीन्द्र ढाँटले ‘Road to UFC’ मा जित हासिल गर्दै फाइनलमा प्रवेश गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु। नेपालमा आएको विपद्को अवस्थाबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनुभएकोमा नेपाल सरकारको तर्फबाट उहाँलाई हार्दिक धन्यवाद। उहाँको सफलता सम्पूर्ण नेपाली खेलप्रेमी तथा राष्ट्रकै लागि गौरवको विषय हो।सरकारको सम्पूर्ण ध्यान अहिले प्रभावित नागरिकमै केन्द्रित छ। मैदानको वास्तविक अवस्था बुझेर आवश्यक निर्णय गर्ने र स्रोतसाधन त्यहीअनुसार परिचालन गर्ने गरी हामी निरन्तकाम गरिरहेका छौँ।

28/08/2026

रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट पीडित बनेकाहरुका लागि आवश्यक राहत सामग्री संकलन गर्न सरकारले ३ वटा स्थान तोकेको छ।
​विदेशबाट हवाई माध्यममार्फत आउने राहत सामग्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपतकालीन गोदामघरमा जम्मा गरिनेछ। त्यसपछि सरकारले आवश्यकताअनुसार प्रभावित क्षेत्रमा ती सामग्री वितरण गर्नेछ।
यसैगरी स्वदेशभित्रबाट प्राप्त हुने राहत सामग्री क्रमशः नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथेली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा संकलन गरी प्रभावित क्षेत्रमा वितरण गरिनेछ।
​बाढीप्रभावितका लागि राहत दिन चाहने व्यक्ति वा संघ-संस्थाले सरकारले तोकेका तिनै स्थानमा सामग्री पुर्‍याउनुपर्नेछ।
​सम्पर्क व्यक्तिहरू तथा स्थान:
​त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (राष्ट्रिय आपतकालीन गोदामघर):
​सम्पर्क: श्रद्धा भट्टराई (डब्लुएफपी प्रतिनिधि) – ९८४१८७९२२२
​नेपाली सेनाको मैथेली ब्यारेक (बट्टार, नुवाकोट):
​सम्पर्क: आविष्कार (नेपाली सेना) – ९८५१२३४३२४
​बैरेनी ब्यारेक (धादिङ):
​सम्पर्क: दिलिप घले – ९८५११५४२२६
​यसबाहेक इच्छुकदाताहरूले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी (CDO) मार्फत पनि राहत सहयोग उपलब्ध गराउन सक्नुहुनेछ।
साथै आर्थिक सहयोग गर्न चाहनेहरुले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा योगदान पुर्‍याउन सक्नुहुनेछ।

वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिए...
08/08/2026

वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् ? धेरैको मनमा यो शङ्का र चिन्ता थियो र छ, जुन अस्वाभाविक होइन।तर, जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ; तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्। नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ।त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्।

१. वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको “गुड म्यानुफ्याक्चरिङ प्राक्टिस” (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आई गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गर्न कम्पनी सफल भएको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ। सरकारले जारी गरेसदन गर्ने तयारी अन्तिम चरणमा छ को शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुरुप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा छ। लिमिटेडबाट हाल ११ प्रकारका औषधि उत्पादन भइरहेका छन्।

२. बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परिक्षण पछि नेपाल सरकारले नै संचालन गर्ने छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरू भईसकेको छ।

३. नेपाल वायुसेवा निगमबाट गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो। यस अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगीता (अकुपेन्सी) बढेर ८६% पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६% ले बढी हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता समेत यसै अवधिमा भुक्तानी गरिएको छ।

४. दुग्ध विकास संस्थान (डीडीसी) बाट रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र ८ महिनाको अवधि (७२ करोड रुपैयाँ) लाई घटाएर २-३ महिना (३५ करोड रुपैयाँ) मा झारिएको छ। किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री ३५% ले बढेर राजस्व संकलन औषत दैनिक रु. ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ। कानुन विपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गरिरहेको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको छ। चाँडै खाडीमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको छ भने नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गरिँदैछ।

५. सिंहदरबार वैद्यखाना विकास समितिबाट सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरिएको छ। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ४ गुणा बढी हो। हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने तर्फ अग्रसर भएको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। चालु आर्थिक वर्षमा पाउडर र ट्याब्लेट औषधि उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड हासिल गर्ने, जडीबुटी र औषधिजन्य कच्चा पर्दाथको प्रशोधन केन्द्र स्थापनालगायतको लक्ष्य लिइएको छ।हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ।माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईँहरू सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गर्दछौँ।

वर्षौंदेखि बन्द रहेका, घाटामा थलिएका र निराशाले घेरिएका हाम्रा आफ्नै राष्ट्रिय उद्योग के फेरि तङ्ग्रेर आफ्नै गोडामा उभिएलान् ? धेरैको मनमा यो शङ्का र चिन्ता थियो र छ, जुन अस्वाभाविक होइन।तर, जब नियत सफा हुन्छ, जिम्मेवारीप्रति इमान्दारिता देखाइन्छ; तब जस्तोसुकै चुनौतीपूर्ण परिस्थितिमा पनि सुधारका नयाँ ढोका खुल्छन्। नयाँ सरकारले शुरुदेखि नै राष्ट्रिय उद्योग र संस्थानहरूलाई कसरी पुनः जीवन्त र प्रतिस्पर्धी बनाउन सकिन्छ भनेर निरन्तर सहजीकरण, उत्प्रेरणा र समन्वयलाई प्राथमिकतामा राखेको छ।त्यही इमान्दार प्रयास, कानुन कार्यान्वयन र निरन्तरको “टिमवर्क” का कारण केही उद्योगमा आशालाग्दा परिणाम देखिन थालेका छन्।

१. वर्षौंसम्म घाटामा रहेको नेपाल औषधि लिमिटेडले पछिल्लो ४ महिनामा २ करोड ३८ लाख रुपैयाँको औषधि बिक्री गरेको छ। विश्व स्वास्थ्य संगठनको “गुड म्यानुफ्याक्चरिङ प्राक्टिस” (जिएमपी) मापदण्ड प्राप्त गरेपछि औषधि बिक्रीमा बढोत्तरी आई गत आर्थिक वर्षमा ३ करोड रुपैयाँ नाफा आर्जन गर्न कम्पनी सफल भएको छ। चालु आर्थिक वर्षमा ३० करोड रुपैयाँको औषधि बिक्री गर्ने लक्ष्य लिइएको छ। सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी एक सय कार्यसूचीमा लिमिटेडबाट आगामी ३ वर्षमा ९८ प्रकारका निःशुल्क औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। सोही लक्ष्यअनुरुप यस वर्ष ३७ प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएकामा २५ प्रकारका औषधिको उत्पादन गर्ने तयारी अन्तिम चरणमा छ। लिमिटेडबाट हाल ११ प्रकारका औषधि उत्पादन भइरहेका छन्।

२. बन्द अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्न परीक्षण उत्पादनको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ। परिक्षण पछि नेपाल सरकारले नै संचालन गर्ने छ। तान (लुम) मर्मतपछि परीक्षण उत्पादन सुरु भएर केही मात्रामा कपडा उत्पादन सुरू भईसकेको छ।

३. नेपाल वायुसेवा निगमबाट गत आर्थिक वर्षको चैतदेखि असारसम्म ६ अर्ब २७ करोड ६३ लाख रुपैयाँ आम्दानी गरिएको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब १० करोड २१ लाख रुपैयाँले बढी हो। यस अवधिमा नेपाल एयरलाइन्सको सीट उपयोगीता (अकुपेन्सी) बढेर ८६% पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६% ले बढी हो। कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट जहाज खरिद गर्न लिइएको ऋणबापतको १ अर्ब ६ करोड १९ लाख रुपैयाँ किस्ता समेत यसै अवधिमा भुक्तानी गरिएको छ।

४. दुग्ध विकास संस्थान (डीडीसी) बाट रोकिएको किसानको बक्यौता भुक्तानीलाई प्राथमिकता दिँदै भुक्तानी चक्र ८ महिनाको अवधि (७२ करोड रुपैयाँ) लाई घटाएर २-३ महिना (३५ करोड रुपैयाँ) मा झारिएको छ। किसानलाई दूधमा प्रतिलिटर १ रुपैयाँ प्रोत्साहन रकम थप गरिएको छ । सुधारका प्रयास सुरु भएपछि दैनिक बिक्री ३५% ले बढेर राजस्व संकलन औषत दैनिक रु. ६० लाखबाट ९० लाख रुपैयाँ पुगेको छ। कानुन विपरीत विगतदेखि सबै कर्मचारीलाई वितरण गरिरहेको घ्यू र दूधको सुविधा कटौती गरी वार्षिक झण्डै ३ करोड रुपैयाँ बचत गरिएको छ। चाँडै खाडीमा घ्यू, चीनमा बटर र छुर्पी निर्यात गर्ने तयारी भइरहेको छ भने नगरकोट केन्द्रबाट चिज उत्पादन पुनः सुरु गरिँदैछ।

५. सिंहदरबार वैद्यखाना विकास समितिबाट सरकार गठन भएपछि ११ करोड १६ लाख रुपैयाँ बराबरको आयुर्वेदिक औषधि उत्पादन गरी बजारीकरण गरिएको छ। गत आर्थिक वर्षमा औषधिको कारोबार करिब १३ करोड रुपैयाँ पुगेको छ जुन, अघिल्लो आर्थिक वर्षको तुलनामा ४ गुणा बढी हो। हाल निःशुल्क वितरण हुने ३५ प्रकारका औषधि उत्पादनमा वैद्यखाना आत्मनिर्भर बन्ने तर्फ अग्रसर भएको छ। हाल १०५ प्रकारका आयुर्वेदिक औषधि उत्पादन भइरहेका छन् भने चालु आर्थिक वर्षमै १५० प्रकारका औषधि उत्पादन गर्ने लक्ष्य लिइएको छ। चालु आर्थिक वर्षमा पाउडर र ट्याब्लेट औषधि उत्पादनमा ‘गुड म्यानुफ्याक्चरिङ प्राक्टिस’ (जिएमपी) मापदण्ड हासिल गर्ने, जडीबुटी र औषधिजन्य कच्चा पर्दाथको प्रशोधन केन्द्र स्थापनालगायतको लक्ष्य लिइएको छ।हामीमा इमान्दारिता र देशप्रतिको समर्पण रहिरह्यो भने रुग्ण अवस्थामा रहेका हाम्रा अन्य उद्योगमा पनि नयाँ जीवन भर्न सकिन्छ भन्ने विश्वास बलियो भएको छ।माटोमा उत्पादन बढाएर देशलाई आत्मनिर्भर बन्ने बाटोमा अघि बढाउने यो यात्रामा तपाईँहरू सबैको रचनात्मक साथ, भरथेग र विश्वासको अपेक्षा गर्दछौँ।

29/06/2026

Kumar Ben सङ्ग निकै राम्रो इतिहास र भुराजनितिको चेत रहेछ।चेत र जानकारी फरक कुरा हो।यो स्तरको कथित पढेलेखेका ९९% नेपालीसङ्ग छैन।नेपालका readymade बुद्धिजीवीसङ्ग त जहअन हउने कउरा नऐ भअएन।उहाँलाई त्यतिकै प्रधानमन्त्री बालेन साहको ब्रेन भनिन्दैन रहेछ।

Kumar Ben लेख्नुहुन्छ ।

म पनि ललितपुरको मूल थलो रहेको नेवार हुँ , पृथ्वीनारायण शाहले उपत्यकाका ३ राज्यहरुबारे प्रशस्त चर्चा र परिचर्चा हुनेगर्छ र यस बारे प्रशस्त लेखहरु आइरहन्छ ।
पृथ्वी नारायण शाहसँग नेवार समुदाय अनिवार्य रुपले जोडिन्छ किनकी पृथ्वीनारायण शाह ले जितेका राज्यहरु मध्य रणनैतिक र आर्थिक रुपले सबैभन्दा महत्त्वपूर्ण राज्य उपत्यकाका मल्ल राज्यहरु थिए । यसैले कतिपय नेवार समुदायमा पृथ्वीनारायण शाह प्रती एक खालको धारणा छ । तत्कालिन समयमा पुरै एशिया महादेशमा बेलायती साम्राज्य लज्जास्पद तरिकाले हारेको पहिलो युद्ध गोर्खा सेना सँग भएको सिन्धुलिगढिको युद्ध थियो , यो युद्धमा ७० प्रतिशत बेलायती सेना मारिएर पुरै हतियार गोर्खाले कब्जा गरेको थियो । यो युद्धको परिणामले बेलायतिहरुलाई एउटा आक्रोश र बदलाको भावना जागेको थियो । तत्कालिन समयमा बेलायती साम्राज्यलाई टक्कर दिन चीन , फ्रान्स , जर्मन , रुस , पोर्चुगल , स्पेन लगायतका शक्तिशाली राज्यहरु समेत हिच्किचाउँथे र सकभर बेलायत सँगको मूठभेड टार्ने प्रयत्न गर्थे , बेलायती साम्राज्यलाई हराउनु असम्भव जस्तै हो भन्ने मत विश्वव्यापी रुपमा स्थापित भएको समयमा पृथ्वीनारायणले बेलायती साम्राज्यलाइ ठूलो धक्का दिएका थिए र बेलायती साम्राज्यको जग हल्लाइदिएका थिए ।
तत्कालिन परिस्थितिमा उपत्यकाका मल्ल राज्यहरु समक्ष केही सिमित विकल्पहरु थिए :
१- उपत्यकाको मल्ल राजाहरु एकजुट भएर फेरि एउटै बलियो राज्य बनाउने र नेपाल एकिकरणको नेतृत्व गर्ने ।
२- नेपाल भित्रकै कुनै राज्य द्धारा पराजित भएर अधिनस्थ हुने ।
३- भारत कब्जा गरिसकेको अंग्रेज साम्राज्यको अधिनस्थ हुने ।
४- कालान्तरमा तिब्बत निलेको चिनियाँ साम्राज्यको अधिनस्थ हुने ।
उपत्यकाको नेवा: राज्यहरु समक्ष यी ४ बाहेक अन्य विकल्प थिएन , यी ४ विकल्प छलेर आजको मिति सम्म पनि उपत्यकाको ३ मल्ल राज्यहरु त्यही स्वरुप र आकार-प्रकारमा आज सम्म अस्तित्वमा रहिरहन्थे भनेर सोंच्नेहरु या त मिशनरी बाट बुद्धि भुटिएका पटमूर्ख हुन या त INGO हरु बाट दानापानी खाएर परिचालित हुन ।
अत्यन्त संकिर्ण , साँघुरो र स्वार्थपरक चिन्तन र स्वभावको कारण उपत्यकाका मल्ल राजाहरुले पहिलो उत्तम विकल्पको मार्ग बाट च्युत भए , नेवार समुदायको सदस्यको रुपमा मेरो लागि सबैभन्दा उत्तम र अनिवार्य विकल्प यहि थियो । यो विकल्प प्रती मल्ल राजाहरु आफैं उदासिन रहेपछी बाँकी रह्यो ३ विकल्प । त्यसैले पृथ्वीनारायण शाहले उपत्यकामा विजय हासिल गरेर नेपाल एकीकरण गरेको एतिहासिक पृष्ठभूमिको आलोचना गर्नेहरु :
१- अंग्रेज साम्राज्यको गुलाम हुन पाइएन ,
२- खैरेहरुको लात खान पाइएन ,
३- आफ्नो स्वास्नी चेलिबेटी खैरे वा मुश्लिम आक्रान्तकारी बाट बलात्कृत गराउन पाइएन ,
४- कुनै भारतिय राज्यको नागरिक भएर दार्जिलिङ्गमा झैं भाषिक र अन्य अधिकारको माग गर्दै भारतियको तातो गोलि खान पाइएन,
५- तिब्बत झैं चिनियाँको कब्जामा परेर सरणार्थी हुन पाइएन ,
६- स्वतन्त्र राष्ट्रको माग गर्दै फाँसिमा झुन्डिन पाइएन ,
७- भारतको सोमनाथ , जगन्नाथ लगायतका हजारौं मन्दिरहरु मा परचक्री बाट दर्जनौ पटक आक्रमण , तोठफोड र लूट भए झैं पशुपतीनाथ , स्वयम्भू , लूम्बिनी , जनकपुर र मुक्तिनाथमा परिचक्री बाट आक्रमण , तोडफोड र लूट मच्चाएको दृष्य हेर्न पाइएन भन्दै आफ्नै थाप्लो थटाएर आफैलाई धिक्कार्ने पटमूर्ख वा विदेशिको हन्डी खाएर , दानापानी हसुरेर तिनको स्वार्थ र ईसारामा बोल्ने , लेख्ने दलालहरु हुन । उपत्यकाको मल्ल राज्यहरु समक्ष रहेको ४ विकल्पहरु मध्य सबैभन्दा उपयुक्त विकल्प पहिलो विकल्प थियो , उपत्यकाको राज्यहरु आर्थिक रुपले समृद्ध पनि थियो , यहि समृद्धिको उपयोग गरेर सैन्य क्षेत्रलाई मजवुत बनाएर एकिकरणको नेतृत्व गर्न सक्थ्यो तर उपत्यकाको ३ राज्यहरु एक आपसमा लडन र एक आपसलाई कमजोर बनाउन तल्लिन रहे । बेलायत , पोर्चुगल , फ्रान्स , डच , टर्किसहरु ७ समुन्द्र पार गरेर पुरै भारत निलेर , नाकको डाँडी मुनि आइपुगेर तिब्बत हुँदै चीन तर्फ आँखा लगाइरहँदा समेत उपत्यकाका मल्ल राज्यहरुको ध्यान थानकोट काटेर बाहिर जान सकेन बरु एक अर्कालाई कमजोर बनाउन ईसाई मिशनरी र अंग्रेजहरु सँग सम्बन्ध बढाउने होडबाजिमा लागे । जय प्रकाश मल्ल ले रातो कार्पेट बिछाएर ईसाई पादरिहरुलाई भित्राए , अंग्रेज सेनालाई उपत्यका भित्राउन पहल गरे। व्यापारको निहुँमा भारतको गुजरात स्थित सुरतमा पहिलोपटक छिरेको धोकेबाज अंग्रेजले जुन राजा संग व्यापारिक सम्झौता गरेर सुरत छिरेको थियो त्यही राजालाई धोकापूर्ण तरिकाले हत्या गरेर राज्य हत्याउँदै बिस्तारै पुरै भारत निलेको तथ्य भित्रको अन्तर्वस्तु ठम्याउन जय प्रकाश मल्ल असमर्थ रहे र गद्धी जोगाउन आत्मघाती कदम चाले । विश्वभर साम्राज्यवादी विस्तारको होड चलेको तत्कालिन परिस्थितीलाई ठिक तरिकाले ठम्याएर राज्यको अस्तित्व जोगाउन राज्य विस्तार को नेतृत्व गर्नुपर्ने अनिवार्य आवश्यकतालाई मल्ल राजाहरुले बुझ्न सकेनन । तर एउटा निकै सानो र पछौटे राज्य गोर्खाका राजा पृथ्वीनारायण शाहले यो सब परिस्थितिलाई गहिरिएर नियालिरहेका थिए , नाकको डिलैमा आइपुगेको अंग्रेज साम्राज्यको नियत , लक्ष , रणनिती र चालबाजि अनि सम्भावित परिणामलाई उनले राम्ररी ठम्याएका थिए । सैन्यकरण गरि राज्य विस्तार गरेर राज्यलाई शक्तिशाली बनाउनु बाहेक आफ्नो सानो राज्य र नेपालको अस्तित्व जोगाउन अन्य विकल्प नरहेको कटु तथ्य उनले बुझे तर यो तथ्यलाई उपत्यकाका मल्ल राजाहरुले बुझ्न सकेनन ।
पृथ्वीनारायण शाहले उपत्यकामा जित हासिल गरे लगत्तै धर्म प्रचारको बहानामा अंग्रेजको बिस्तारबादी अभियानको लागि जाशुसी गर्न उपत्यका छिरेका पादरिहरुलाई देश निकाला गरे फलस्वरुप अंग्रेजहरु पृथ्वीनारायण शाह प्रती थप आक्रोशित बने र बदला लिएरै छोड्ने अठोट लिए । यसकारण उपत्यका बाट अपमानजनक ढंगले धपाइएका पादरिहरु र सिन्धुलिगढिको युद्धमा लज्जास्पद ढंगले हराइएका अंग्रेज सेनापती बेलायत पुगेर पृथ्वीनारायण शाह विरुद्ध वमन गर्दै पुस्तकहरु लेखे , ती पुस्तकको छायाँहरु अहिले नेपाल भित्रीएको छ र विभिन्न INGO हरु मार्फत सूक्ष्म रुपले प्रचार प्रसार र वितरण गरिएको छ ।
निश्चय नै युद्ध मा परास्त भएको समुदायहरुको युद्ध विजेताप्रती सकारात्मक भावना आउनु कठिन नै हुन्छ तर तत्कालको परिवेशलाई निकै फराकिलो ढंगले व्याख्या , विश्लेषण गरेर गहिराईमा केलाउन जरुरी हुन्छ । तत्कालिन अवस्थामा विश्वभर तरबारको बलमा राज्य विस्तार गर्ने होडबाजी थियो , जुन राज्यले सैन्यशक्ती मजबुत बनाएर आफ्नो राज्य विस्तार गर्दै मजबुत बनाउन सक्यो त्यो राज्य बाँच्यो , अन्य राज्य पराजित भएर कुनै राज्यमा गाभियो , यो भन्दा अर्को विकल्प थिएन , यो तथ्यलाई पृथ्वीनारायण शाहले राम्ररी बुझेका थिए । नत्र गोर्खा राज्य पनि कुनै राज्य द्धारा पराजित भएर अधिनस्थ हुनुपर्थ्यो । जस्तो मानिलिउँ : पृथ्वीनारायण शाहले नेतृत्व गरेको गोर्खा राज्यले उपत्यका माथी हमला गरेर आफ्नो राज्यमा नगाभेको भए र पृथ्वीनारायण शाहले राज्य विस्तार वा एकीकरणको अभियान नछेंडेको भए आजको मिति सम्म गोर्खा राज्य र उपत्यकाका राज्यहरु त्यही स्वरुप , आकार र स्थितिमा रहिरहन्थे त ? उपत्यकामा ३ ओटा मल्ल राज्यहरु आजको मितिमा स्वतन्त्र राष्ट्रको रुपमा रहिरहेको हुन्थे त ? यो सम्भव छ ?
बिदेसी बाट बुद्धि भुटिएका उपत्यकाका नेवारहरुले पृथ्वीनारायण शाहले उपत्यकामा विजय हासिल नगरेको भए के परिणाम हुन सक्थ्यो भन्ने तथ्यगत बाटोलाइ सूक्ष्म रुपले नियाल्नै पर्छ । यो सम्भावित सिनारियो बुझ्न शमसुद्धिन ईलियासले उपत्यकामा गरेको आक्रमणको पृष्ठभूमी र परिणाम प्रती दृष्टि लगाउन जरुरी हुन आउँछ । शमसुद्धिनले उपत्यकाका तिनै शहरमा आक्रमण गरेर , ७ दिन सम्म तिन ओटै शहरमा आगजनी गरेर , छोरिबेटी बलात्कार गरेर सम्पूर्ण मन्दिर, पाटी , पौवा तोडफोड गरेका थिए। पशुपती र स्वम्भू क्षतविक्षत बनाएका थिए र शमसुद्धिनले तोडफोड गरेर क्षतविक्षत बनाएका हजारौं मुर्तीहरु अहिले पनि पशुपती लगायतका सयौं ठाउँमा छन । उपत्यका भित्र शमसुद्धिनले आक्रमण नगरेको केबल एउटै मन्दिर अहिलेको भाटभटेनी नजिक रहेको बराहको मन्दिर थियो , मन्दिरको अगाडि बराह (सुँगुर) को प्रतिमा रहेकोले ईलियासको फौजले यो मन्दिर छोएका थिएनन । मकवानपुर गढिमा पृथ्वीनारायण शाहको फौजले मिर कासिमको सेना लाई धुलो चटाइन नसकेको भए र मिर कासिमको फौज उपत्यका छिरेको भए काठमाडौका नेवार , नेवारी सम्पदा र संस्कृतिको के हालत हुन्थ्यो भन्ने अनुमान गर्न मीर कासिमले भारतमा आंतक मच्याएर हत्या गरेको मानिसको संख्या र उनले ध्वस्त गरेका सम्पदाहरुको संख्या बुझेर अनुमान लगाउन सकिन्छ ।
कतिपय पटमूर्खहरु ( दूर्भाग्यवश यस्ता पटमूर्खहरु कथित पढेलेखेका समेत छन ) भन्छन : अंग्रेजले भारतलाई विकसित गरेर छोड्यो , बरु नेपाल पनि अंग्रेजले लिईदिएको भए हुन्थ्यो ! म केवल १-२ प्रसंगको याद दिलाउँछु विशेषत उपत्यकाको नेवारहरुलाई ।
भारतको कथित स्वतन्त्रता हुनुभन्दा ठिक ४ वर्ष अगाडि अर्थात सन १९४३ मा भारतमा भोकमरी लागेर ४५ लाख मानिस अकालमा मरेका थिए । भोकमरिको कारण र पृष्ठभूमी अनौठो , ताज्जुवलाग्दो र दुखदपूर्ण छ । त्यो समय शक्तिराष्ट्रहरु बिच आफ्नो साम्राज्य र बजार जोगाउने होडबाजी थियो र विश्वयुद्धको तयारी थियो , युद्धको यो तयारी स्वरुप बेलायतले १९४३ देखि नै भारतभर बाट खाद्यान्न संचय गरेको थियो । जसको परिणाम भारतमा खाद्य संकट पैदा भएर भोकमरी लागेर मानिसहरु मर्दै थिए । बेलायतले भारत बाट खाद्यान्न जति युद्धको तयारी गरेको क्षेत्रमा ओसार्दा समेत खासमा भारतमा खाद्यान्न संकट हुने थिएन , खाद्य बढी भएको क्षेत्र बाट खाद्य संकट भएको क्षेत्रमा खाद्यान्न ढुवानी गरेको भए मानिसहरु भोकमरिले मर्ने थिएनन तर बेलायतिहरुले ढुवानिमा ब्यबधान पैदा गरे फलस्वरुप चर्को भोकमरिले लाखौं मानिसहरु भकाभक मर्दै थिए । भोकमरिले मर्ने मानिसको संख्या १३ लाख नाघेर लासको चाङ थुप्रीए पछि अग्रेज गर्भर्नर समेत अत्तालिए र बेलायती प्रधानमन्त्री लाई टेलिग्राम पठाए : "भारत भर भोकमरी लागेर मानिसहरु खेर जान थाले , केहि व्यवस्था होस ।" बेलायती प्रधानमन्त्री विस्टन चर्चिल ले प्रतुत्तर पठाएर सोधे : "के महात्मा गान्धी समेत भोकमरी लागेर मरे ? " गभर्नर ले जवाफ फर्काए :" नाई ! गान्धी त जिउँदै छन ।" चर्चिलले आदेश दिए : "गान्धी नै भोकमरि लागेर मरेका छैनन भने फिक्री नगर्नु , मानिसहरु कति मर्छन मर्न दिनु , युद्ध पश्चात् पनि थप ४ वर्ष हामिलाई विश्वभर छरिएका सेनाहरुको लागि प्रचुर मात्रामा खाद्यान्न आवश्यक हुन्छ त्यसैले केवल एउटै कुरामा ध्यान दिनु , जे जसरी हुन्छ खाद्यान्न संचय गर्नु र युद्धभूमी तर्फ पठाउनु , कालाहरु मर्दै गरून् । " कतिपयलाई भ्रम छ : बेलायतले भारतलाई विकास गरेर छोडे , खैरेहरुले लेखेको प्लान्टेड शिक्षा पाएर हुर्केका पटमूर्खहरुको यस खालको धारणा छ । केही कुराको याद दिलाउँछु ।
- भारतमा दशौं हजार स्नाकोत्तर कलेज , लाखौं गुरुकुल हुँदा बेलायत भर एउटा पनि स्कुल थिएन ।
- भारतमा नालन्दा , विक्रमशिला , तक्षशिला लगायतका आजको गनिएको अक्सफोर्ड , क्याम्ब्रीज भन्दा ठूला दर्जनौ विश्वविद्यालय छँदा पश्चिमी जगतमा विश्वविद्यालय बारे कल्पना समेत थिएन ।
- आज भन्दा ७ वर्ष अघि सम्म भारतको साक्षरता दर ९२% थियो अहिले ५२% को हाराहारी होला ।
- ५०० वर्ष अघि सम्म विश्वको कुल लत्ताकपडा निर्यात मध्य भारत एक्लैको हिस्सा ४५% थियो ।
- कुनै बेला विश्वको कुल ग्राहस्थ उत्पादन मध्य भारत एक्लैको हिस्सा आधा भन्दा बढी थियो , पश्चिमी देशका राजा , महाराजाहरु भारतिय कपडामा निर्भर थिए।
- उच्च स्तरको स्टिल को लागि पुरै विश्व भारतमा निर्भर थियो र भारतकै स्टिल बाट पानी जहाज बन्थ्यो ।
तर खैरेहरुले ईतिहास यसरी लेखेर घोकाए कि आजका भारतियहरुले कुनै बेला हामी विश्वकै समृद्ध हौं त्यसैले विश्वभरका लुटेरा , डाँकुहरुको आँखामा परेर लुटियौँ र हरिकंगाल भयौं भन्ने विर्सिए , भारतको विहार विश्वको शैक्षिक केन्द्र थियो र पटना विश्वको व्यापारिक राजधानी थियो आज विहारको हालत हेरेर यो कुराको कल्पना पनि गर्न सकिन्न । खैरेहरुले भरतियहरुको बुद्धि यति सम्म भुटे कि आज भारतमा भारत पत्ता लगाउने भास्को डि गामा हुन भनेर पढाइन्छ र सबै भारतिय यहि भन्छन जबकी भारतको ईतिहास लाखौं बर्ष पुरानो छ , जैन धर्मको लिखित ईतिहास नै ६० हजार वर्ष पुरानो छ तर भ्याटिकनले विश्वभर लूटपाट मच्याउन मिशनरिहरुलाई भगबन्डा लगाए जस अनुसार भारत लुटने ठेक्का पोर्चुगल र अमेरिका लुटने ठेक्का स्पेनले पायो , अन्य भूभाग यसरी नै ठेक्का तोकियो र भास्को डि गामा नामको डाँकु भारत लुटन आयो , उनले ३ पटक भारत लुटेर हजारौं पानी जहाजमा धनमाक लुटेर लगे , यहि लुटेरा अपराधिलाई भारत पत्ता लगाउने महान व्यक्ती भनेर भारत भर पढाइन्छ , शिक्षा क्षेत्रमा यि खुराफाती खैरेहरुको पकड हेरौं न ! नेपालको स्थिती पनि यो भन्दा भिन्न छैन त्यसैले योजनावद्ध रुपले पृथ्वीनारायण माथी हमला गरिएको छ , उपत्यका पृथ्वीनारायणको अधिनमा जानू हुँदैनथ्यो भन्नुको सिधा मतलब उपत्यका अंग्रेज वा चिनियाँ वा मुश्लिम आक्रान्तकारिको कब्जामा जानुपर्थ्यो भन्नू होईन ?
उपत्यकाको नेवारहरुले उपत्यका पृथ्वीनारायण शाहको अधिनमा जाँदा के भयो भन्ने जगजाहेर छ , अब यस तर्फ गहिरिएर बिचार गर्नु जरुरी छ कि उपत्यका बेलायती साम्राज्य , चिनियाँ साम्राज्य वा मुश्लिम आक्रान्तकारिको कब्जामा गएको भए के हुन्थ्यो ? मकवानपुर सम्म आइपुगेको मिर कासिमले भारतमा के गरे ! शमसुद्धिनले उपत्यका हमलाको दौरान के गरे ! युद्धको समय बेलायतले खाद्यान्न संचय गर्न भारतमा कति नागरिकलाई भोकमरिमा पारेर मराए ! चिनियाँ कब्जा पछि कति तिब्बतिहरु शरणार्थी भएर लखेटिएका छन ! यो सब विचार गर्न जरुरी छ । ६२-६३ को आन्दोलन पश्चात् गाँडेहरुले जसरी पृथ्वीनारायण शाहको शालिक तोडे त्यसरी नै पृथ्वीनारायण शाहले चाहेको भए जयप्रकाश मल्ल वा जयस्थिती मल्ल को शालिक तोड्न सक्थेनन ? शमसुद्धिनले पशुपतिमा हमला गर्न सक्थे र पृथ्वीनारायण शाहले सक्थेनन ?
अहिले पृथ्वीनारायण शाहले तरबार चलाए , राज्य एकीकरण गरेको होइन विस्तार गरेको हो भनेर होहल्ला गर्ने फटाहाहरु छन ती सबै कुनै न कुनै अमूक INGO बाट भत्ता बुझेर भुक्ने हुन । के बेलायती वा अन्य कुनै साम्राज्यवादिले हातमा फुल लिएर राज्य विस्तार गरेका हुन ? जर्मनिमा विश्मार्क वा रुसमा जारहरुले फुल लिएर राज्य एकीकरण गरेका हुन ? यी दलाल फटाहाहरु घुमाउरो तरिकाले के भन्दैछन भने हामिलाई दानापानी दिलाउने मालिकहरुले बन्दुक र तरबारको बलमा साम्राज्य लादे पनि पृथ्वीनारायण शाहले बन्दुक र तरबार बोक्न हुँदैनथ्यो , फुल लिएर युद्धमा जानुपर्थ्यो ।
अहिले पृथ्वीनारायण शाहले राज्य विस्तार गरेको हो कि एकीकरण गरिएको हो भन्ने विवाद निकालीदैछ , विश्वमा लाखौं साना राज्यहरु थिए ती सब नामेट भएर अहिले स्वतन्त्र राष्ट्रको रुपमा २०० हाराहारीको राष्ट्र छन जस मध्यको एउटा नेपाल हो , पृथ्वीनारायण शाहको यत्नको परिणामस्वरूप नेपाल एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा विश्व माझ परिचित छ , उनको ध्यय राज्य विस्तार हो कि राज्य एकीकरण हो भन्ने विषय गौण हो , नियत वा लक्ष जे सुकै भए पनि परिणाम चाहिँ नेपाल स्वतन्त्र राष्ट्रको रुपमा अस्तित्वरत छ । पृथ्वीनारायण शाहले राज्य एकीकरण गर्न होइन अफ्नो राज्य विस्तार गर्ने नियतले कदम चालेका हुन भन्ने गगन , बाबुराम , प्रचण्ड , भाङ्गकाजिहरुले कहिले आफ्नो आमा बुवा को बारेमा आफ्नो जन्मबारे कुरा राखेको छ ।
संसारमा जसले राज्य एकीकरण गरे चाहे विश्मार्क हुन वा जार हुन ती प्रती त्यहाँका पछिल्लो शासकहरुले कहिल्यै यस्तो विवाद निकालेको देखिंदैन बरु बडो श्रद्धापूर्वक सम्झिएर राष्ट्रनायकको रुपमा आदर गरिन्छ तर कहिं नजन्मने लफंगा-कपूतहरु यहि देशमा जन्मन्छन , जसको नेपाल राष्ट्रको लागि २ कौडिको योगदान छैन बरु यो राष्ट्रलाई कमजोर र छिन्नबिन्न पार्न हदै सम्मको घटिया हर्कत गरिरहन्छ तिनैले पृथ्वीनारायण शाहको सत्तोसराप गरिरहेको देखिन्छ । यिनै कपूतहरुको कारण यो देश विश्वभर बदनाम छ तर अंग्रेज साम्राज्य , इस्लामिक साम्राज्य मात्र नभएर विशाल चिनियाँ साम्राज्यलाई समेत चुनौती दिएर नेपाल र नेपालिको नाम गौरवका साथ उच्च राख्ने पृथ्वीनारायण शाहको छवि धुमिल बनाएर बदनाम गर्ने कुलंगारहरु यो देशको प्रमुख पदमा छ्यापछ्यापती हुनु लज्जास्पद स्थिती हो ।" -
शब्द :

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Nepal Student Sarokar - NSS posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Nepal Student Sarokar - NSS:

Shortcuts

Share