श्री कृष्ण प्रणामी युवा परिषद, काठमाडौँ जिल्ला समिति

  • Home
  • Nepal
  • Kathmandu
  • श्री कृष्ण प्रणामी युवा परिषद, काठमाडौँ जिल्ला समिति

श्री कृष्ण प्रणामी युवा परिषद, काठमाडौँ जिल्ला समिति This group aims to bound all the youths and inspire them for different kind of volunteering works.

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला समिति काठमाण्डौका सेवाभावि उपाध्यक्ष श्री दिनेश शर्मा धिमालज्यूको आज पर्न गए...
02/07/2026

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला समिति काठमाण्डौका सेवाभावि उपाध्यक्ष श्री दिनेश शर्मा धिमालज्यूको आज पर्न गएको जन्मोत्सवको पावन अवसरमा उहाँमा श्रीराज्जी महाराजजीको अनुकम कृपा सदैव बर्सिरहोस्,दिव्य र दीर्घ जीवनको शुभेच्छा व्यक्त गर्दै जन्मोत्सवको हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्रणाम

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, काठमाडौँ जिल्ला समितिका सेवाभावी सदस्य श्री निरंजन लम्सालज्यु को पर्न गएको शुभ जन्...
26/06/2026

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, काठमाडौँ जिल्ला समितिका सेवाभावी सदस्य श्री निरंजन लम्सालज्यु को पर्न गएको शुभ जन्मोत्सवको पावन अबसरमा दिव्य एवं दीर्घ जीवनको शुभेच्छा व्यक्त गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
काठमाडौँ जिल्लाबाट जन्मोत्सव सहयोग अभियान अन्तर्गतको जिल्लाको कोषमा रु ५०००/- पाँच हजार सहयोग प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँमा श्रीराज्जी महाराजको अनुकम कृपा बर्सिरहोस्। फेरि पनि जन्मोत्सवको हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछौं । प्रेम प्रणाम 🙏

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल केन्द्रीय महासचिव आदरणीय दिपक कार्कीज्यूको आज पर्न गएको जन्मोत्सवको पावन अवसरमा उहा...
06/06/2026

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल केन्द्रीय महासचिव आदरणीय दिपक कार्कीज्यूको आज पर्न गएको जन्मोत्सवको पावन अवसरमा उहाँमा श्रीराज्जी महाराजजीको अनुकम कृपा सदैव बर्सिरहोस्,दिव्य र दीर्घ जीवनको शुभेच्छा व्यक्त गर्दै जन्मोत्सवको हार्दिक शुभकामना व्यक्त गर्दछौं । प्रणाम

श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको पञ्च आधारशिला मध्ये एक आधारशिला "वातावरणको संरक्षण गरौं" भन्ने नारालाई आत्मसात गर...
05/06/2026

श्री कृष्ण प्रणामी युवा परिषद् नेपालको पञ्च आधारशिला मध्ये एक आधारशिला "वातावरणको संरक्षण गरौं" भन्ने नारालाई आत्मसात गर्दै प्रत्येक वर्ष जुन ५ का दिन मनाइँदै आएको विश्व वातावरण दिवसको अवसरमा श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल बागमती प्रदेश जिल्ला समिति काठमाडौँद्वारा आयोजित श्रीकृष्ण प्रणामी केन्द्रीय धाम नवतन धामको क्षेत्रभित्र श्री नवतनधामका महन्त परमपुज्य श्री १०८ पुरुषोत्तमजी महाराजजीको नेतृत्वमा श्रीकृष्ण प्रणामी युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष ज्यू लगायत पदाधिकारी ज्यूहरूको समुउपस्थितिमा विभिन्न प्रजातिका फलफुलका बिरुवाहरू रोपण गर्दै साथै विगतमा रोपिएका बिरुवाहरूको संरक्षण तथा गोडमेल गरी विश्व वातावरण दिवस मनाइयो।
उक्त अवसरमा कैद गरिएका केही तस्बिरहरूको साथमा सबैमा प्रेम प्रणाम🙏

प्रेम प्रणाम 🙏   विश्व वातावरण दिवस २०८३ को अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति काठमाडौँद्वारा वृक्षा...
04/06/2026

प्रेम प्रणाम 🙏
विश्व वातावरण दिवस २०८३ को अवसरमा श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति काठमाडौँद्वारा वृक्षारोपण कार्यक्रम निम्न मिति,समय र स्थानमा आयोजना गरि सम्पन्न गरिने हुदाँ सबैमा जानकारी गराउदै उपस्थितिका लागी अनुरोध गर्दछौं । प्रेम प्रणाम
मिति :- २०८३ जेष्ठ २२ गते शुक्रबार
स्थान :- श्री नवतन धामको प्राङ्गण
समय :- अपरान्न ४:०० बजे

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल बागमती प्रदेश जिल्ला समिति काठमाडौँले विगत ५ वर्षदेखि  गर्दै आएको न्यानो माया  कार्...
25/05/2026

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल बागमती प्रदेश जिल्ला समिति काठमाडौँले विगत ५ वर्षदेखि गर्दै आएको न्यानो माया कार्यक्रममा हामीलाई निरन्तर रूपमा सहयोग गर्नुहुने न्युरोड स्थित रञ्जना ट्रेडका व्यवसायीज्यूहरू साथै सामाजिक व्यक्तित्वहरु लाई उहाँहरूकै पसल कवलमा तथा कार्यालयमा श्री कृष्ण प्रणामी युवा परिषद् नेपालका जिम्मेवार पदाधिकारीहरूको उपस्थितिमा तपसिलमा उल्लेखित सहयोगदाताहरूलाई विगतमा गरिएको सहयोगको उच्च सम्मान तथा आगामी दिनमा पुन सहयोगको अपेक्षा राख्दै सम्मान गर्ने कार्यक्रम गरियो।
१ श्री राजकुमार अधिकारी
२ सुलभ श्रेष्ठ
३ सुन्दर श्रेष्ठ
४ राजन दाहाल
५ राधेश्याम दाहाल
६ भागवत अधिकारी
७ कृष्ण सापकोटा
८ राम श्रेष्ठ
९ ईश्वरी खनिया
कैद गरिएका केही तस्बिरहरूको साथमा

15/04/2026

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल बागमती प्रदेश जिल्ला समिति काठमाडौँका उपाध्यक्ष श्री दिनेश प्रसाद धिमालजीको ममतामयी माताको धामागमन भएकोमा श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल काठमाडौँ जिल्ला समितिको तर्फबाट मकवानपुर जिल्ला समितिका साथीहरूसँग समन्वय गर्दै संयुक्त रुपमा उहाँको निजी निवास हेटौडा गौरीटारमा उपस्थित भई धामबासी माताजीप्रति मेहेर सागर पाठगरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मातृ शोकमा रहनुभएका उपाध्यक्षजी लगायत परिवारजनमा समवेदना प्रकट गरियो ।
साथै सोही स्थान गौरीटार मकवानपुर मै माताजीकै धामागमन भई शोकमा रहनुहुने श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मकवानपुर जिल्ला समितिका सदस्य श्री कृष्णप्रसाद वाग्लेजी लगायत परिवारजनमा उपस्थित भई समवेदना प्रकट गरियो । । प्रणाम । ।

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल बागमती प्रदेश जिल्ला समिति काठमाडौँका उपाध्यक्ष श्री दिनेश प्रसाद धिमालजीको ममतामयी...
15/04/2026

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल बागमती प्रदेश जिल्ला समिति काठमाडौँका उपाध्यक्ष श्री दिनेश प्रसाद धिमालजीको ममतामयी माताको धामागमन भएकोमा श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल काठमाडौँ जिल्ला समितिको तर्फबाट मकवानपुर जिल्ला समितिका साथीहरूसँग समन्वय गर्दै संयुक्त रुपमा उहाँको निजी निवास हेटौडा गौरीटारमा उपस्थित भई धामबासी माताजीप्रति मेहेर सागर पाठगरी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै मातृ शोकमा रहनुभएका उपाध्यक्षजी लगायत परिवारजनमा समवेदना प्रकट गरियो ।
साथै सोही स्थान गौरीटार मकवानपुर मै माताजीकै धामागमन भई शोकमा रहनुहुने श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल मकवानपुर जिल्ला समितिका सदस्य श्री कृष्णप्रसाद वाग्लेजी लगायत परिवारजनमा उपस्थित भई समवेदना प्रकट गरियो । । प्रणाम । ।

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति काठमाण्डौका उपाध्यक्ष श्री दिनेश प्रसाद धिमालज्यु को ममतामयी माता बिष्ण...
12/04/2026

श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिति काठमाण्डौका उपाध्यक्ष श्री दिनेश प्रसाद धिमालज्यु को ममतामयी माता बिष्णुदेवी धिमालज्यको धामगमनले सम्पूर्ण जिल्ला समिति परिवार स्तब्ध भएको छ । सांसारिक दुःखको यस घडीमा हामी श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल जिल्ला समिति काठमाण्डौ मर्माहत भएका छौं । माताजीको यस समाज प्रतिको देनलाई उच्च कदर गर्दै माताजीको आत्मा परमधाममा श्री राज्जीको सामिप्यमा जागृत होस यही प्रार्थन साथ भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै, शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौं ॥ प्रणाम ॥

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, काठमाडौँ जिल्ला समितिका सेवाभावी सदस्य श्री राधा बुढाथोकी ज्युको पर्न गएको शुभ जन्...
07/04/2026

श्री कृष्ण प्रणामी युवा परिषद् नेपाल, काठमाडौँ जिल्ला समितिका सेवाभावी सदस्य श्री राधा बुढाथोकी ज्युको पर्न गएको शुभ जन्मोत्सवको पावन अबसरमा दिव्य एवं दीर्घ जीवनको शुभेच्छा व्यक्त गर्दै हार्दिक शुभकामना व्यक्त गर्दछौं ।
काठमाडौँ जिल्लाबाट जन्मोत्सव सहयोग अभियान अन्तर्गतको जिल्लाको कोषमा रु ५०००/- पाँच हजार सहयोग प्रदान गर्नुभएकोमा हार्दिक धन्यवाद ज्ञापन गर्दै उहाँमा श्रीराज्जी महाराजको अनुकम कृपा बर्सिरहोस्। फेरि पनि जन्मोत्सवको हार्दिक बधाई तथा शुभकामना अर्पण गर्दछौं । प्रेम प्रणाम 🙏

Address

Kathmandu
Kathmandu

Alerts

Be the first to know and let us send you an email when श्री कृष्ण प्रणामी युवा परिषद, काठमाडौँ जिल्ला समिति posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to श्री कृष्ण प्रणामी युवा परिषद, काठमाडौँ जिल्ला समिति:

Shortcuts

Share